गीतकार बालक गुरुङको ‘बोली मिठो, मुस्कान मिठो'(भिडियोसहित) - राष्ट्रपत्र
बिहिबार, चैत्र १६, २०७९

गीतकार बालक गुरुङको ‘बोली मिठो, मुस्कान मिठो'(भिडियोसहित)


गीतकार बालक गुरुङको नयाँ गीत ‘बोली मिठो, मुस्कान मिठो…’ सार्वजनिक भएको छ । लोकप्रिय गायकद्वय राजेश पायल राई र सुनिता थेगिम लिम्वुको स्वर, बालककै सङ्गीत, अशोककुमार राईको सङ्गीत संयोजन, पदम राजनको रेकर्डष्टि र मुस्कान मुकारुङको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतकार संघ नेपालका अध्यक्ष शुभ मुकारुङ, उपाध्यक्ष बसन्त वित्यासी थापा, महासचिव रमेश कोइराला, सचिव महेश आचार्य, कोषाध्यक्ष जे.बी. समयोगी, सदस्य शीतल कादम्बिनीलगायत एवम् सञ्चारकर्मीको उपस्थीतिमा शुक्रबार गीतकार सङ्घ नेपालको सभाकक्षमा गीतको भिडियो सार्वजानिक गरिएको हो ।

यस युगल गीतका स्रष्टा गीतकार बालक गुरुङले अघिल्ला गीतहरू भन्दा फरक र पृृथक शैलीमा प्रस्तुत गर्नुभएको छ । मौलिकपनको यो गीतमा एक सुन्दरीलाई सुशिल स्वभाव, मिठो बोलचालको सुुन्दर शव्दमा संयोजन गर्दै, आफूलाई मन परेको प्रस्ताव राखी, लगनगाँठो जुराउने, बेहुली अन्माई लैजानेसम्म भाव व्यक्त गरिएको छ ।

यस युगल गीतमा ती सुन्दरीले आफनो योवन र वैंशलाई सहजरुपमा व्यक्त गरेपनि माईती साक्षी राखेर मात्र लगनगाँठो जुराउने ईच्छा व्यक्त गरेकी छन् । सार्वजनिक लिप्सीङ भिडियोमा ‘राई ईज किङ’ उपनामले चर्चित राजेश पायल राई र सुनिता थेगिमले रमणीयताकासाथ लिप्सीङ अभिनय गर्नुभएको छ ।

दुर्गा वान्तवा राईको छायाँकन रहेको गीतको भिडियोमा मनोज राईको सम्पादन छ । गीतको भिडियो पञ्चम म्युजिक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published.