समाचार

दैनिक उपभोग्यका वस्तुहरूको मूल्य वृद्धि अकासिँदो
मनोरन्जन, समाचार

दैनिक उपभोग्यका वस्तुहरूको मूल्य वृद्धि अकासिँदो

-डा.डिआर उपाध्याय, सरकारले छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिनु पर्छ । सरकारले यति लामो समय सम्म पनि पूर्णता पाउन सकिरहेको छैन । सबै तिरबाट आलोचना भइरहेको छ । विकास निर्माण र जनजीजिविकाको सवालमा कसैको चासो र ध्यान छैन । आज सम्पूर्णको ध्यान यता तिर केन्द्रित हुनु पर्दथ्यो । अहिले विकास निर्माणका ठूला ठुला योजनाहरू अवरुद्ध छन् । दैनिक उपभोग्यका वस्तुहरूको मूल्य वृद्धि अकासिँदो छ । महँगीले जनता मारमा परिरहेका छन् । यो सवालमा कसैले आवाज उठाउँदैन । जनता भोकले मर्ने डर छ । काम छैन , पैसा छैन उपभोग्यका वस्तुहरूको मूल्य वृद्धि अकासिएको छ । अब त सोच्ने बेला हो नी । खै सोचेको ? सरकारी संयन्त्रहरूले प्रभावकारी रूपमा काम गरिरहेका छैनन् । प्रशासनिक संयन्त्र अत्यन्तै सुस्त छ । यो तरिकाले बिकास र समृद्धि गर्न सकिदैन । सबै भन्दा पहिला जनताका जनजीविकाका सवालमा गम्भिर बनौं । आमजनताका जनजीविकाक...
सन्दिप भट्टराईको ‘मलाई भुलिदिनु’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सन्दिप भट्टराईको ‘मलाई भुलिदिनु’ सार्वजनिक(भिडियो)

सन्दिप भट्टराईको ‘मलाई भुलिदिनु’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक निशान भट्टराईको स्वर रहेको गीतको भिडियोमा चर्चित मोडल पल शाहको अभिनय रहेको छ भने उनलाई मोडल उषा उप्रेतीले साथ दिएकी छिन् । https://youtu.be/KbqDPL8ywhI सन्दिप भट्टराईको शब्द तथा संगीत रहेको गीतलाई प्रमोद परियारले एरेन्ज गरेका हुन् । सुब्रत आचार्यले भिडियोको निर्देशन गरेका हुन भने छायांकन उत्सव दाहालको छ । गीतकार समेत रहेका किरण माईकल घिमिरे कार्यकारी निर्माता रहेको भिडियोलाई विकास दाहालको सम्पादन गरेका छन । जया शर्माले क्रियटिभ निर्देशन गरेकि छिन् ।...
भारतको चर्चित पत्रिकाले छाप्यो आफ्नो आवरणमा डा.डिआरको फोटो
मनोरन्जन, समाचार

भारतको चर्चित पत्रिकाले छाप्यो आफ्नो आवरणमा डा.डिआरको फोटो

नेपालका कीर्तिमानी गीतकार तथा साहित्यकार डा.डि.आर.उपाध्यायलाई भारतको एउटा प्रतिष्ठित पत्रिकाले आफ्नो आवरणमा प्रस्तुत गरेको छ । मुम्बईबाट प्रकाशित हुने मासिक पत्रिका ‘फिल्म्स टुडे’ ले यही अक्टोबर महिनाको अंकमा डा.उपाध्यायलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरेको छ ।पत्रिकाले विभिन्न ५९ विधामा विश्व कीर्तिमान कायम गर्न सफल डा.उपाध्यायलाई आवरणसहित विभिन्न छ वटा पृष्ठमा प्रस्तुत गरेको छ । पत्रिकाले डा. उपाध्यायका लागि ‘द ५९ वल्र्ड रेकर्ड होल्डर, मास्टर ब्लास्टर, वल्र्ड्स रिनाउन्ड लिरिसिष्ट एण्ड नोभलिष्ट फ्रम नेपाल’ अर्थात ‘५९ वटा विश्व कीर्तिमान कायम गर्ने नेपालका लोकप्रिय गीतकार तथा उपन्यासकार डा.डि.आर उपाध्याय’ भन्दै शीर्षक बनाएको छ । पत्रिकाका प्रकाशक तथा सम्पादक श्याम सिंघानियाले आफ्नो सम्पादकीयमा समेत ‘भारतको छिमेकी मुलुक नेपालका बहुप्रतिभाशाली व्यक्तित्व तथा ५९ वटा विश्व कीर्तिम...
पोई पर्यो कालेबाट गोपाल ढकाल ‘छन्दे’ बने सर्वोत्कृष्ट हास्यअभिनेता
मनोरन्जन, समाचार

पोई पर्यो कालेबाट गोपाल ढकाल ‘छन्दे’ बने सर्वोत्कृष्ट हास्यअभिनेता

विगत डेढ दशकदेखि नेपाली कलाकारिताका क्षेत्रमा समर्पित चर्चित तथा सफल हाँस्यकलाकार गोपाल ढकाल छन्देले मिति २०७८ असोज १३ गते काठमाण्डौँको जमलस्थित नाचघरमा भएको क्वालिटी ईन्टरटेन्मेन्ट अवार्डमा २०७६ सालमा रिलिज भएको सुपर हिट चलचित्र पोइ पर्यो काले बाट सर्वोत्कृत्ट हाँस्य अभिनेताको अवार्ड चुम्न सफल भएका छन् ।क्वालिटी फिल्मस् प्रा लिको को आयोजनामा भएको उक्त अवार्डमा फिल्म,म्युजिक,फेशन का विभिन्न बिधामा अवार्ड वितरण गरिएको थियो । उमेश गुरुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय सभाका माननिय श्री गणेश प्रसाद तिमल्सिना प्रमुख अतिथि, पूर्व सेनापति श्री राजेन्द्र क्षेत्रीे बिशेष अतिथि रहनु भएको थियो भने कार्यक्रमको संचालन आवाजका दुनियाका साथी दिनेश डि सीले गर्नुभएको थियो । चलचित्र बिकास वोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्माता संघका अध्यक्ष ...
कता जादै छ एमाले ?
राजनीति, समाचार

कता जादै छ एमाले ?

-डा.डिआर उपाध्याय, मुलुकको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमाले अब महाधिवेशनको तयारीमा जुटेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले यो महाधिवेशन एकताबद्ध र मर्यादित रूपमा सम्पन्न गर्नुपर्ने बताएका छन । ओलीको यो एकताबद्धको सन्देश के हुने हो त्यो हेर्न बाँकी छ । पार्टी फेरी फुटने होकी कुनै ठेगान छैन । एमालेलाई एकताबद्ध राख्नका लागि केपी ओली अलि गम्भिर हुनु पर्छ । कुनै समय यस्तो थियो एमाले भने पछि युवा जमात जुरर्मुराउथ्यो । अहिले त्यस्तो छैन । पहिले धेरै युवाको जमात एमालेमा थियो ।अहिले एमाले तितर बितर छ । अहिले १० बुँदे सहमतिका कुराले एमाले भित्र बिवाद छ । पार्टी एकताबद्ध हुने कुनै संकेत देखिदैन । अध्यक्ष ओलीले गम्भिरता पूर्वक नसोच्ने हो भने अब एमाले सीपी मैनालीको माले जस्तो हुन कुनै बेर छैन । यदि एमालेले पार्टी मिलाउन सकेन भने एमाले सीपी मैनालीको माले जस्तो हुन्छ । पार्टी च...
सिटी सेन्टरमा महिला चेम्बरको आयोजनामा दसैं–तिहार व्यापार मेला सुरु
अर्थ/व्यापार, समाचार

सिटी सेन्टरमा महिला चेम्बरको आयोजनामा दसैं–तिहार व्यापार मेला सुरु

नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल महिला चेम्बरको आयोजनामा बुधबारबाट काठमाडौंमा दसैं–तिहार व्यापार मेला–२०२१ सुरु भएको छ ।नेपालमा उत्पादन भएका अग्र्यानिक कृषि उत्पादनलगायत अन्य उपभोग्य वस्तुहरु प्रवर्द्धनका लागि कमलपोखरीस्थित सिटी सेन्टरमा मेला आयोजना गरिएको महिला चेम्वरले जनाएको छ । मेलामा घरेलु उत्पादनका बस्तुलाई प्राथमिकताका साथ राखिएको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले  मेलाको उद्घाटन गर्नुभयो । मल्लले देशमा स्वरोजगार बढाउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । त्यस्तै उहाले गाँउ गाउमा महिलाले उत्पादन गरेको बस्ुतलाई बजारसम्म ल्याउन चेम्वरले सहयोग गर्ने धारणा राख्नुभयो ।त्यस्तै नेपाली महिला उद्यमीहरुको प्रवर्द्धनका लागि गठन भएको नेपाल महिला चेम्बरकी सचिव लीमा अधिकारीले मेलाबाट नेपालमा उत्पादन भएका कृषियोग्य अर्ग्यानिक तथा अन्य उपभोग्य वस्तुहरुको प्रवर्द्धनमा महत्वपूर्...
लेखनाथ पोखरेलको ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ
मनोरन्जन, समाचार

लेखनाथ पोखरेलको ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ

स्रष्टा लेखनाथ पोखरेलको कथासङ्ग्रह ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको छ । केही समयअघि नियात्रासङ्ग्रह ‘फकलीको गाउँ’ पाठकमाझ ल्याउनुभएका पोखरेलको दोस्रो कृति ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको हो ।सावित्री पोखरेल प्रकाश रहनुभएको २४० पेजको यो कथासङ्ग्रहमा विभिन्न परिवेशका कथा समेटिएको छ । कृति भित्रै कै एक कथा ‘मार्बल हाउसकी शालिनी’लाई लिएर पुस्तकको नाम राखिएको छ । पुस्तकमा ‘तृष्ण’, ‘ममता’, ‘विद्रोही’, ‘विकल्प’, ‘जन्मकुण्डली’, ‘प्रतिकार’, ‘मार्बल हाउसकी शालिनी’, ‘पुनर्मिलन’, ‘उज्ज्वला’, ‘अन्ततः’, ‘कक्टेल पार्टी’, ‘गृहलक्ष्मी’ र ‘कथा यस्तो पनि’ जस्ता कथाका पन्ध्र गुच्छा समेटिएका छन् । लेखकले आफ्नै गाउँघरका विविध परिवेश र विषयवस्तुलाई टपक्क टिपेर पन्ध्र गुच्छालाई मालामा उन्नु भएको छ । कृतिमा लेखकले समुद्रबाट मोती टिपेझैँ टिपेका समाजभित्रका विविध वस्तुलाई उनेर तयार पारेको साहित्यकार खेम...
सरकारसँग नेपाली जनताले ठूलो अपेक्षा राखेका छन
राजनीति, समाचार

सरकारसँग नेपाली जनताले ठूलो अपेक्षा राखेका छन

-डा.डिआर उपाध्याय, प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई गति दिन सकेनन् । सरकारको गति सुस्त भयो । मन्त्रीपरिषदले अझै पूर्णता पाउन सकेन । मुलुकको भाग्य र भबिश्य निर्माण गर्ने कुरामा खासै कसैको ध्यान पुगे जस्तो देखिएन । अब देउवा सरकारले ध्यान दिएर काम गर्नु पर्ने आबश्यकता देखिएको छ । अब गफ गरेर समय कटाउने बेला छैन । जनताको भबिश्य उज्ज्वल बनाउन सबै दलहरुका बीच सहकार्यताको आबश्यकता छ । अव जनताले त्यो खोजेका छन । अहिले जनताका धेरै आकाँक्षा र माग चुलिदै गएका छन । ति जनताका माग पुरा पर्ने बाटोमा सरकार अग्रसर हुनु पर्छ । जनताको विश्वासलाई अपमान गर्ने र जनता प्रति बिश्वासघात गर्ने काम कुनै पनि दलहरुले गर्नु हुदैन । सरकारसँग नेपाली जनताले ठूलो अपेक्षा राखेका छन । यो सरकारले जनअपेक्षा पूरा गर्न कुनै कसर बाँकी छोड्नु हुँदैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ओली समूहले यो सरकार जनताको जनादेशक...
एपेक्स एकेडेमीले कोरोना प्रभावित ४९ विद्यार्थीलाई छात्रवृत्ति दिने
शिक्षा, समाचार

एपेक्स एकेडेमीले कोरोना प्रभावित ४९ विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडौं – एपेक्स एजुकेशनल एकेडेमीले कारोनाबाट प्रभावित ७ प्रदेशका ४९ जना विद्यार्थीलाई चिकित्सा तथा इन्जिनियरिङ तयारी कक्षामा छात्रवृत्ति उपलव्ध गराउने भएको छ । एकेडेमीले शनिवार छात्रवृत्ति कार्यक्रमबारे जानकारी दिदैँ २३ औं बार्षिकोत्सवको अवसरमा चिकित्सा शिक्षा तथा इन्जिनियररिङ तर्फको पूर्व तयारी कक्षामा सहभागि हुने कोरोना प्रभावित तथा नेपाल सरकारले निर्धारण गरेको आरक्षित समुहलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छात्रवृत्ति उपलब्ध गराउने जनाएको हो । विगत दुई दशकदेखि लोकसेवा आयोग अन्तरर्गतका तयारी कक्षा सञ्चालन गर्दै आएको एकेडेमीले ईन्जिनियरिङ र मेडिकल तयारी कक्षामा सहभागि हुने कोरोना प्रभावित विद्यार्थीलाई छात्रवृत्ति उपलव्ध गराउने एकेडेमीका अध्यक्ष हरीप्रसाद पौडेलले बताए । उनले भने, ‘हामीले कलेजका टपरलाई मात्र प्राथमिकता नदिएर राज्यले दिएको कोटा अनुसार छात्रवृत्ति उपलव्ध गराउने ...
ग्रेस ईभेन्टद्वारा आयोजित ग्रेस ट्यालेन्ट हन्ट दोस्रो संस्करण सम्पन्न
मनोरन्जन, समाचार

ग्रेस ईभेन्टद्वारा आयोजित ग्रेस ट्यालेन्ट हन्ट दोस्रो संस्करण सम्पन्न

ग्रेस ईभेन्टद्वारा आयोजित ग्रेस ट्यालेन्ट हन्ट दोस्रो संस्करण सम्पन्न भएको छ ।कोभिड १९ को विसम परिस्थितिलाई मध्यनजर गर्दै अनलाईनको माध्यमबाट प्रतियोगिता संचालन गरिएको थियो । असोज ४ गते अनलाईनकै माध्यमबाट फाईनल गरिएको ग्रेस हन्टको निर्णायक मन्डलमा ग्रेस इभेन्टका गुडविल एम्बेसडर दिपिका लामा, गायक राज बाबू नेपाल र नृत्य निर्देशक जिना लोप्चन हुनु हुन्थ्यो । ७४ जना सहभागी भएको प्रतियोगीताबाट प्रथम गौरब जोसि , रनरअप प्रसुन्ना भुजेल , भ्यूवर च्वाइस एलिना बि.क भएका थिए भने आस्वसन राई र रेस्मा कार्कि उत्कृष्ट ५ मा पर्न सफल भएका थिए । ट्यालेन्ट हन्टमा भिउजको आधारमा मात्र नभई प्रतिभालाई पहिलो प्राथमिकता दिईएको कार्यक्रम संयोजक एवम ग्रेस ईभेन्टका मार्केटिङ म्यानेजर मिङमा शेर्पाले जानकारि दिनुभयो । ग्रेस ईभेन्टका प्रमुख अधिकृत अधिकृत सुरज थापाका अनुसार प्रतियोगिताबाट बिजयी एवम उत्कृष्ट ५ मा पर...