राजनीति

अब युवापुस्तालाई सत्ता हस्तान्तरण हुन्छ की हुदैन ?
राजनीति, समाचार

अब युवापुस्तालाई सत्ता हस्तान्तरण हुन्छ की हुदैन ?

-डा.डिआर उपाध्याय, लामो समय देखि युवापुस्तालाई सत्ता हस्तान्तरण गर्नु पर्छ भन्ने बहस चल्दै आएको छ । तर पनि युवापुस्तामा सत्ता हस्तान्तरण हुने कुनै संकेत देखिदैन । नेपाली काँगे्रसको संसदीय दलको नेतामा युवा पुस्ताका नेता गगन थापा पराजित भए । अब उनको प्रधानमन्त्री हुने बाटो रोकिएको छ । नेपाली काँग्रेसमा संसदीय दलको नेता नभई प्रधानमन्त्रीको उम्मेदवार हुन पाइदैन । हाम्रो देशमा अझै पनि पुराना वा बूढा पुस्ता राजनीतिमा हाबी भएका छन । उनीहरुलाई पाखा लगाउन अझै सकिएको छैन । युवा पुस्ता यो देशका कर्णधार हुन । यो देशको नेतृत्व अब युवाको हातमा जानु पर्छ भन्ने हाम्रो मान्नेता हो । बूढा पुस्ताको सत्ता चलाइले देश बन्न सक्दैन । यो कुरा हामी लामो समय देखि भोग्दै पनि आएका छौ । अब बूढा पुस्ताले जनताका समस्या समाधान गर्न सक्दैनन् । यो एक्काइसौँ शताब्दीको युग हो । जनता नयाँ परिवर्तनको खोजिमा छन । अब जनताला...
अब बन्ने सरकारले देशमा स्थिरता ल्याउनु पर्छ
राजनीति, समाचार

अब बन्ने सरकारले देशमा स्थिरता ल्याउनु पर्छ

-डा.डिआर उपाध्याय, आमनिर्वाचन सम्पन्न भई नतिजा आइसकेको छ। नेपाली जनताको आशा, भरोसालाई मूर्त रूप दिने कार्य अब राजनीतिक दलले गर्नु जरुरी छ। अब देशको बिकास र समृद्धि तर्फ राजनीतिक दलहरुले प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने बेला आएको छ । अब कुरा मात्र गरेर हुदैन, ब्यवहारमा देखाउनु पर्ने बेला भएको छ । अहिलेको आमनिर्वाचनमा कुनै पनि पार्टीले बहुमत आर्जन गर्न सकेको छैन । त्यसो भएकोले अब मिलीजुली अर्थात् सहमतिको सरकार गठन गर्नु पर्ने बाध्यता उत्पन्न भएको छ । अहिलेको निर्वाचनको जनादेश राजनीतिक दलबीच मिलेर काम गर्नमा केन्द्रित छ। सबै राजनीतिक दल मिलेर जादा देशलाई फाइदा हुने देखिन्छ । दलहरु मिल्न नसके देशलाई ठूलो घाटा हुने अबस्था आउन सक्छ । समृद्धि एवं विकास नै जनताको चाहाना हो । त्यस कारण सबै राजनीतिक दल मिलेर जाँदा राजनीतिक रूपमा राम्रो हुने देखिन्छ। एकता अनि सहमति नै देश विकासको मूल मर्म ...
जनहितमा काम नगर्ने पार्टी आफै सकिन्छन
राजनीति, समाचार

जनहितमा काम नगर्ने पार्टी आफै सकिन्छन

-डा.डिआर उपाध्याय, अहिलेको निर्वाचन मतपरिणामले नेपाली जनताले परिवर्तन चाहेको देखियो । ब्यवस्था परिवर्तन भएको पनि यति धेरै बर्ष भैसक्यो तर जनताको अबस्थामा परिवर्तन आउन नसक्दा जनताले परिवर्तन खोजेका हुन । राजनीतिक दलहरु सरकारमा पटक पटक गए तर जनताको मर्म बुझने खालको कुनै काम हुन सकेनन् । त्यसो भएर पनि जनता असन्तुष्टि छन । देशमा सुशासन कायम हुन नसके विकासको गति अगाडि बढ्न सक्दैन । २०७४ सालको आमनिर्वाचनमा नेपाली जनताले कम्युनिस्टलाई बहुमत दिए । तर कम्युनिस्टले सहज बहुमत भएर पनि राज्यसत्ता चलाउन सकेनन् । सत्ता स्वार्थको राजनीतिलाई लिएर कम्युनिस्टका नेताहरु बीच बिवाद चुलीदै गए पछि अन्ततः एक ठाउँ रहन सकेनन् । माधब नेपालले पार्टी नै फुटाए । आज कम्युनिष्टहरु अलक अलक हुँदा धेरै कमजोर देखिएका छन । कम्युनिष्टका नेताहरु पदका लागी फुटछन । यो कुरा इतिहासले प्रष्ट पार्दै पनि आएको छ । कम्युनिष्टहरु पट...
फ्रि भिसामा मलेसिया होइन, बारा ४ मै रोजगारीको अवसर बनाउछौं –वाग्ले
राजनीति, समाचार

फ्रि भिसामा मलेसिया होइन, बारा ४ मै रोजगारीको अवसर बनाउछौं –वाग्ले

बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार ईच्छाबहादुर वाग्लेले फ्रि भिसामा मलेसिया पठाउने नभई आफ्नै क्षेत्रमा रोजगारीको वातावरण बनाउने उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।बारा ४ मा चापाकल चुनाब चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता वाग्लेले आफ्ना प्रतिष्पर्धीहरुले मधेशका गरिब परिवारका यूवालाई फ्रि भिसामा मलेसिया पठाउने प्रलोभन बाँडिरहेकाले त्यस्ता उम्मेदवारलाई मत नदिन आग्रह गरेका हुन् ।सोमबार बाराको परवानीपुर गाउँपालिकामा आयोजित एक चुनाबी सभालाई सम्बोधन गर्दै उम्मेदवार वाग्लेले आफ्नै परिवारसंग बसेर आफ्नै क्षेत्रमा रोजगारीको वातावरण बनाउन आँफूलाई मतदान गर्न आग्रह गरे ।‘३० हजार कमाउन मलेसिया होइन, बारा ४ मै प्रशस्त अवसर बनाउन सकिन्छ, त्यो वातावरण म बनाउँछु’ वाग्लेले भने ।...
काठमाडौं क्षेत्र नं १० को ‘क’ मा राप्रपाका सापकोटाको सम्भावना प्रवल
राजनीति, समाचार

काठमाडौं क्षेत्र नं १० को ‘क’ मा राप्रपाका सापकोटाको सम्भावना प्रवल

आम चुनावको मिति नजिकिँदै जाँदा काठमाडौं क्षेत्र नं. १० को प्रदेशतर्फ चुनावी सरगर्मी ह्वातै बढेको छ । अहिले उम्मेदवारहरु आ–आफ्ना एजेण्डा लिएर मतादाताको घरदैलोमा पुगेका छन् । काठमाडौं क्षेत्र नं. १० मा राप्रपाबाट उमेशराज सापकोटा चुनावी मैदानमा छन् । उनी ‘हलो’ चुनाव चिन्ह लिएर प्रदेश तर्फ क बाट चुनावमा होमीएका छन् । सापकोटा उम्मेदवारी बनेसँगै अहिले क्षेत्र नं. १० का मतदाताहरु निकै उत्साहित भएका छन् । अन्य राजनीतिक पार्टी भन्दा राष्ट्रिय प्रजातन्त्र पार्टीमा मतदाताहरुको आर्कषण बढेको उम्मेदावार सापकोटा बताउँछन् । उनी भन्छन्, ‘अहिलेका मतदाता अलि सचेत भएको पाएको छु । उहाँहरु पार्टी भन्दापनि व्यक्ति राम्रो खोजिरहनुभएको छ ।’ आफु लामो समयदेखि यहि क्षेत्रमा राजनीति गरेको र यहाँका जनताको आशाको केन्द्र भएकाले पनि मतादाताहरु उत्साहित भएको उनको अनुभव छ । यसो त यस क्षेत्र देशकै राजधानी भएर पनि विकास नि...
विकासमा अब्बल निर्विकल्प नेता ‘सोमप्रसाद पाण्डे’
राजनीति, समाचार

विकासमा अब्बल निर्विकल्प नेता ‘सोमप्रसाद पाण्डे’

विकासप्रेमी नेताका रुपमा चिनिनुहुन्छ सोमप्रसाद पाण्डे । मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि उहाँ पाल्पा क्षेत्र नं २ बाट एकीकृत समाजवादीका तर्फबाट काँग्रेस वाम गठबन्धनका साझा उमेद्वार बन्नुभएको छ । प्रजातान्त्रीक आन्दोलनसँगै राष्ट्रिय राजनीतिमा होमीनुभएका पाण्डे २०५१, २०५६, २०७० र २०७४ मा साँसदका रुपमा निर्वाचित व्यक्तित्व हुनुहुन्छ । विकास प्रेमी नेताका रुपमा छवी बनाइसक्नुभएका उहाँ पाल्पा २ मा निर्विकल्प व्यक्तित्व हुनुहुन्छ । जसको उपस्थिति विना सिंगो पाल्पाले एक्लो महशुष गर्ने गरेको छ । बिशेषगरी पाल्पाको विकासमा सोमप्रसाद पाण्डेको भूमिका महत्वपूर्ण मानिन्छ । सडक निर्माण, पुर्वाधारको विकास, विभिन्न गाउँमा खानेपानीको व्यबस्थापन, सौचालयको व्यबस्थापन, शिक्षाका लागि पूर्वाधारको निर्माण जस्ता कार्यले सोमप्रसाद पाण्डेलाई पाल्पाले विकासप्रमि नेताका रुपमा स्थापीत गरेको छ । अधि...
राजेन्द्र बजगाईंको पक्षमा जनलहर
राजनीति, समाचार

राजेन्द्र बजगाईंको पक्षमा जनलहर

आगामी मंसिर ४ गते हुने आम निर्वाचनामा गोरखा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उमेदवार भएका राजेन्द्र बजगाईंको पक्षमा जनलहर देखिएको छ । नेपाली कांग्रेसको तर्फबाट गठबन्धनका उम्मेदवार बजगाईं जनताका माझमा विकासप्रेमी र संकटका सारथीका रुपमा चिनिनुहुन्छ । लामो समय पर्यटन व्यवसायमा रहनुभएका बजगाईं कांग्रेसको महासमिति सदस्य समेत हुनुहुन्छ । गोरखाको उच्च हिमाली क्षेत्रमा मानवीय संकट पर्नासाथ अधिकांशले बजगाईलाई नै सम्झने गर्दछन् ।।उहाँले धेरैपटक गोरखामा बिरामी र दुर्घटनामा परेकाहरुको उद्धार गर्दै आउनुभएको छ । गोर्खाली युवालाई प्रत्यक्ष रोजगारीको लागि उहाँको भूमिका महत्वपूर्ण रहँदै आएको छ । विकास र समृद्धिका लागि अग्रसर उहाँ गोरखाको विकास तथा निर्माणका लागि एक पील्लरका रुपमा स्थापीत हुनुहुन्छ । गोरखाको भीमसेन गाउँपालिका मसेल वडा नं. स्थित सामान्य कृषक परिवारमा जन्मिनु भएका बजगाईं बाल्यकालदेखिनै...
गठबन्धनको राजनीति,चुनावी घोषणा पत्र र निर्वाचन
राजनीति, समाचार

गठबन्धनको राजनीति,चुनावी घोषणा पत्र र निर्वाचन

-डा.डी.आर.उपाध्याय खनाल, काठमाडौं । यति बेला देश भरी नै चुनावी माहोल तातेको छ । यसै सिलसिलामा बिभिन्न राजनीतिक दलहरुले चुनावी घोषणा पत्र सार्वजनिक गरिरहेका छन । घोषणा पत्रमा खासै नयाँ कुरा केही पाउन सकिदैन । हुन त घोषणा पत्र जारी गर्दैमा सबै कुरा पुरा हुन्छन भन्ने कुनै ग्यारेन्टी छैन । बिगतका पटक पटकका चुनावमा पनि चुनावी घोषणा पत्र जनताले पढेकै हुन । तर ती घोषणा पत्रमा लेखेका कुरा कार्यान्वयन भएको पाइदैन । जनतालाई सधै भ्रममा राखेर भोट बटुल्ने खेल राजनीतिक दलहरुले पटक पटक गरिरहेका छन । अब जनता पहिले जस्तो झुक्किने काम गर्नु हुदैन । बिबेक प्रयोग गरेर मात्र हाम्रा मान्छे होइन, राम्रा मान्छेलाई जिताउने अभियानमा लाग्नु पर्छ । त्यसो भयो भने मात्र मुलुकको भविश्य बन्छ । खराव मान्छेलाई चुनावी माध्यममार्फत ठाउँका ठाउँ रोक्नु पर्छ । पुराना नेताहरुलाई पटक पटक हेरियो अब युवालाई हेर्न बाँकी छ । यु...
भण्डारीको प्रबेशले नेकपा एमाले युबाहरुको केन्द्र बन्दै
राजनीति, समाचार

भण्डारीको प्रबेशले नेकपा एमाले युबाहरुको केन्द्र बन्दै

विबेकशिल साझाका केन्द्रीय सदस्य गोपाल भण्डारीको नेतृत्वमा ७१ जना नेकपा एमालेमा प्रबेश विबेकशिल साझा पार्टिका केन्द्रिय सदस्य गोपाल भण्डारीको नेतृत्वमा स्वतन्त्र ब्यक्तिहरु तथा विभिन्न पार्टी परित्याग गरि एउटा ठूलो समुह नेकपा एमाले प्रवेश गरेको छ। चुनावको मुखमा देशका विभिन्न ठाउँहरुमा गरि ७१ जना उनको नेतृत्वमा नेकपा एमाले प्रबेश गरेका हुन । बिबेकशिल साझा, नेकपा समाजबादि , नेकपा माओबादी केन्द्रका बिभिन्न कमिटीहरुमा रहि काम गरिरहेका तथा स्वतन्त्र ब्यक्तिहरुको प्रबेश भएको हो। नेकपा एमालेका अध्यक्ष के. पि. ओलिले पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा नव प्रबेशिलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा बोल्दै पार्टीका महासचिव शंकर पोखरेल अब देश बनाउने कार्यमा क्षमतावान युवाहरु अघि सर्नुपर्ने र त्यसको केन्द्रको रुपमा प्रबेशको लहर आएको बताउनु भयो कार्यक्रममा नव प्रबेशिहरुको प्रतिनिधित...
जनताका प्रतिनिधि बेइमान भए देश बिग्रन्छ
राजनीति, समाचार

जनताका प्रतिनिधि बेइमान भए देश बिग्रन्छ

-डा.डी.आर.उपाध्याय खनाल, अहिले राजनीतिक दलहरू चुनावको बिषयलाई लिएर ब्यस्त छन । उनीहरु संग कुरा गर्ने फुर्सद नै छैन । आज देश भरी चुनावी प्रचार ब्यापक रुपमा बढी रहेको छ । मंसिर ४ गते चुनाव हुदैछ । निर्वाचनको चटारो सबै दलहरुलाई लागेको छ । अहिले सबै दलहरु चुनावमा नै केन्द्रित छन । जनताको मन जित्नेहरुका लागी यो चुनाव अवसर हो, जनतालाई धोका दिनेहरुका लागी यो चुनाव ठूलो चुनौती हो । दलहरु जनता प्रति त्यति गम्भिर भएको देखिएन् । यो ठूलो समस्या हो । देश र जनताको निम्ति राजनीति गर्छु भन्ने हरु नै बेइमान भए । यो नै समस्या हो । जनतामा बिहान बेलुकाको छाक टार्न धौं धौ परिरहेको अबस्था छ । अब मुलुक बनाउन सबै उठ्नु पर्छ । जनताका प्रतिनिधि देश प्रति इमान्दार हुनु पर्छ । जनताका प्रतिनिधि नै बेइमान भए भने देश बिग्रन्छ । आज सत्तारुढ राजनीतिक दलहरू आफ्नै बलबुतामा नभई एक अर्काको बुइ चढेर अघि बढन खोजिरहेका छन ...