भण्डारीको प्रबेशले नेकपा एमाले युबाहरुको केन्द्र बन्दै - राष्ट्रपत्र
मङ्लबार, मंसिर १२, २०८०

भण्डारीको प्रबेशले नेकपा एमाले युबाहरुको केन्द्र बन्दै


विबेकशिल साझाका केन्द्रीय सदस्य गोपाल भण्डारीको नेतृत्वमा ७१ जना नेकपा एमालेमा प्रबेश विबेकशिल साझा पार्टिका केन्द्रिय सदस्य गोपाल भण्डारीको नेतृत्वमा स्वतन्त्र ब्यक्तिहरु तथा विभिन्न पार्टी परित्याग गरि एउटा ठूलो समुह नेकपा एमाले प्रवेश गरेको छ।

चुनावको मुखमा देशका विभिन्न ठाउँहरुमा गरि ७१ जना उनको नेतृत्वमा नेकपा एमाले प्रबेश गरेका हुन । बिबेकशिल साझा, नेकपा समाजबादि , नेकपा माओबादी केन्द्रका बिभिन्न कमिटीहरुमा रहि काम गरिरहेका तथा स्वतन्त्र ब्यक्तिहरुको प्रबेश भएको हो। नेकपा एमालेका अध्यक्ष के. पि. ओलिले पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा नव प्रबेशिलाई स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै पार्टीका महासचिव शंकर पोखरेल अब देश बनाउने कार्यमा क्षमतावान युवाहरु अघि सर्नुपर्ने र त्यसको केन्द्रको रुपमा प्रबेशको लहर आएको बताउनु भयो कार्यक्रममा नव प्रबेशिहरुको प्रतिनिधित्व गर्दै गोपाल भण्डारीले बैकल्पिक पार्टीहरुले भन्दै आएको बैकल्पिक राजनीति र सम्पूर्ण पार्टीहरुको असल बिकल्प , देशको बिद्यमान समस्याहरुलाई समाधान गर्न सक्ने लक्ष र उद्देश्य बोकेको पार्टी नेकपा एमाले मात्र भएको र सो कुरा एमालेको नेतृत्वमा बनेको सरकारले गरेका कार्यहरु बाट प्रमाणित भएको बताउनु भयो।

को हुन गोपाल भण्डारी?

बि.स. २०५८ सालमा जनकपुरको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसबाट अनेरास्ववियु क्याम्पस इकाई कमिटी सचिब बन्दै राजनीतिक यात्रा अघि बढाएका उनी स्वबियु निर्वाचनको अनुभवी ब्यक्ति हुन। बि. स. २०६०-२०६१ सम्म क्रान्तिकारी पत्रकार समाज सिन्धुलि का जिल्ला सचीव बनेका उनी द्वन्दकालिन समाज , चरित्र , पात्र र द्वन्दकालिन मनोबिज्ञान लाई नजिकबाट बुजेका पात्र मानिन्छन। २०६२/६३ को आन्दोलनमा त्रिभुवन विश्वविद्यालय , किर्तिपुरबाट सकृयरुपमा सहभागि भएका उनी आन्दोलनपछि भने केही समय अध्ययन ,पेशा र ब्यबसाय संलग्न रहे।

पि.एच.डि. अध्ययनरत उनले त्रिभुवन विश्वविद्यालय बाट स्नातकोत्तर गरेका छन। शैक्षिक अभियान्ताकारुपमा काम गर्न रुचाउने हुनाले उनले विभिन्न शैक्षिक संस्थाहरुको कुशलातापुर्बक नेतृत्व गर्दै आइरहेका छन भने अन्य ब्याबसायहरु नि संचालनमा छन। बिबेकशिल साझा पार्टीका केन्द्रिय सदस्यको रुपमा रहेका उनी देशमा देखिने खालको परिवर्तन गर्ने हो भने भिजन र दृढ इच्छा शक्ति भएका ब्यक्तीहरु एउटा ब्यबस्थित राजनीतिक दलमा आवद्ध रहेर कार्य गर्नुपर्ने र त्यस्तो शक्ति एमाले मात्र रहेको बताउछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *