मनोरन्जन

संचारकर्मी सबिता पोखरेलको ‘ढाँटे मरिजाम’को भिडियो सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

संचारकर्मी सबिता पोखरेलको ‘ढाँटे मरिजाम’को भिडियो सार्वजनिक (भिडियो)

काठमाडौं । गायिका मन्जु उपासना र गायक एचबी सुनारको स्वरमा नयाँ गीत ‘ढाँटे मरिजाम’ सार्वजनिक भएको छ । मञ्जरी म्यूजिकको यूट्यूबबाट सार्वजनिक भएको यो गीतको शब्द पत्रकार सबिता पोखरेलले लेखेकी हुन् । यस गीतमा संगीत सिर्जना गायक एचबी सुनारकै रहेको छ भने सुदीप सागरले संगीत संयोजन गरेका हुन् । पछिल्लो समय टिकटकबाट भाइरल भएका मोडल सुधीर श्रेष्ठ र मोडल अन्जु सुनारको अभिनय रहेको छ । https://www.youtube.com/watch?v=_dlYqK5P_dA कपिल कार्कीको निर्देशनमा यो गीतको म्यूजिक भिडियोलाई बालकुमार मगरले छायाँकन तथा सम्पादन गरेका छन् । भिडियोको कोरियोग्राफी भने सुनिल कुमार मगरको रहेको छ । गायनमा पाइला चाल्दै गर्दा आफ्नै संगीत स्कुल खोलेर नृत्य र गायनको कक्षाहरु दिँदै आएका गायिका मन्जु उपासना र एचीबी सुनारको स्वरमा धेरै गीतहरु बजारमा आइसकेका छन् । उनीहरुको स्वर रहेको गीत दिइसके यो जोवान, चोरी चोरी जस्ता धे...
मोडल केशव भट्टराई अभिनित मेलिना र अनिलको स्वरमा ‘मेरो जीवनको चाहना’ (भिडियो)
मनोरन्जन, समाचार

मोडल केशव भट्टराई अभिनित मेलिना र अनिलको स्वरमा ‘मेरो जीवनको चाहना’ (भिडियो)

मेलिना राई र अनिल गजमेरको स्वरमा ‘मेरो जीवनको चाहना’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो जेआर म्युजिक यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । रबिन टोटोको शब्द रहेको सो गीतमा मनरथ कालीकोटेको सङ्गीत छ । दीप घतानीले रेकर्ड गरेको सो गीतलाई टंक लिम्बू रोमीले एरेञ्ज गरेका हुन । https://youtu.be/Ojz3sXbvjp8 केशव भट्टराई र तेजश्विनी बाँस्कोटाको अभिनय रहेको ‘मेरो जीवनको चाहना’ गीतको भिडियोमा सोम मग्रातीको श्रृङ्गार, सागर पौडेलको छाँयाकन छ । केशव भट्टराईले नृत्य तथा निर्देशन गरेको भिडियोको सम्पादन सागर फिल्मस्ले गरेको छ ।...
सज्जा चौलागाई र बलबहादुर राजबंशीको ‘के यस्तो माया बस्यो नि ‘ ( भिडियो )
मनोरन्जन, समाचार

सज्जा चौलागाई र बलबहादुर राजबंशीको ‘के यस्तो माया बस्यो नि ‘ ( भिडियो )

चर्चित गायन रियालिटी शो नेपाल आइडल सिजन -३ की विजेता सज्जा चौलागाई र द भ्वाइस अफ नेपालबाट चर्चामा आएका गायक बलबहादुर राजबंशीको युगल स्वरमा रहेको गीत ‘के यस्तो माया बस्यो नि ‘ सार्वजनिक भएको छ । बहुमुखी प्रतिभाशाली गायक तथा संगीतकार हरि लम्सालको शब्द र संगीत रहेको प्रेमिल शैलीको यस गीतको भिडियोमा सुरबिना कार्की र नाजिर हुसेनको अभिनय रहेको छ सुरबिना र नाजिर दुवै नेपाली म्युजिक भिडियोमा अब्बल छाप छोड्न सफल जोडी हुन । https://www.youtube.com/watch?v=ybvsEE1lQRg भिडियोमा एकै गाउँका किशोर किशोरीको गाउँले परिबेसमा त्यहीको माहौलमा झाँगिँदै गैरहेको प्रेमलाइ देखाइएको छ । निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्द थापाको सिनेमाटो ग्राफी र विकास धमलाको सम्पादन तथा छ । टुवेल नोट्सको अफिसियल च्यानलबाट सार्वजनिक गीत ‘के यस्तो माया बस्यो नि ‘लाइ दर्शकहरुको शतप्रतिसत पोजिटिभ कमेन्ट आएको छ ।...
गीतकार लोकराज रचित तथा रचना रिमाल र भक्त प्रधानको स्वरमा ‘ओई मेरो परान’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गीतकार लोकराज रचित तथा रचना रिमाल र भक्त प्रधानको स्वरमा ‘ओई मेरो परान’ सार्वजनिक(भिडियो)

रचना रिमाल र भक्त प्रधानको स्वर रहेको गीत ‘ओई मेरो परान’ बोलको गीत सार्वजनिक भएको छ । हाँस्य कलाकारद्धय सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण गरेको ‘म त मर्छु कि क्या हो’ नामक वेव फिल्ममा समावेश उक्त गीतमा लोकराज अधिकारीको शब्द, राजेन्द्र बजगाँइको सङ्गीत रहेको छ । https://youtu.be/tjSnFJh2NmI यो वेव फिल्म एक महिना भित्र विभिन्न ओटीटी प्लेटफर्मबाट रिलिज हुने पत्रकार सम्मेलनमा निर्मात्री तथा कलाकार कुञ्जना घिमिरेले जानकारी दिइन् । धुर्मुस-सुन्तलीको निर्देशनमा बनेको वेव फिल्म दुई घन्टा भन्दा लामो छ । टेकेन्द्र शाहको सम्पादन रहेको यो चलचित्रमा स्वेत्ना योञ्जनको कोरियोग्राफी छ । सार्वजनिक गीतको भिडियोमा सिताराम कट्टेल, कुञ्जना घिमिरे र सुशिला थापाको अभिनय छ । चलचित्रमा रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला लगायतका कलाकराको पनि अभिनय छ ।...
‘के बिराए’ को भिडियो सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

‘के बिराए’ को भिडियो सार्वजनिक(भिडियो)

छोरा र छोरी बीच भेदभाव हुनुहुदैन भन्ने सन्देशका साथ् तयार भएको गीत ‘के बिराए’ सार्वजनिक भएको छ। गितमा ‘दि भोइस अफ नेपाल सिजन २’ कि प्रतिस्पर्धी गिता शर्माको श्वर रहेको गीतमा बी.बी रोक्दुङ्गको शब्द रचना र संगित रहेको छ । https://youtu.be/iz-CsoG3xDo अमृत सुनुवारको निर्देशन रहेको भिडियोमा रश्मि भट्ट, कमल सिंह, ग्रेसी शाही, प्रकाश बस्नेत, रुपा कार्की लगायतको अभिनय रहेको छ । भिडियोमा माधब बेलबासेले सम्पादन गरेका हुन् । विशाल अर्यालको सह निर्देशनमा तयार भएको भिडियोलाई अमृत सुनुवारले नै छायांकन गरेका हुन् ।...
राजन खरेलले नाम लेखाए गिनिज वल्र्ड रेकर्डमा
मनोरन्जन, समाचार

राजन खरेलले नाम लेखाए गिनिज वल्र्ड रेकर्डमा

गिनिज बुक अफ वल्र्ड रेकर्डमा नेपालको तर्फबाट एउटा कीर्तिमान थप्न सफल भएको छ । विश्वको सर्वाधिक उचाईमा अडियो रेकर्ड तथा भिडियो छायांकनगरी नेपाललाई विश्वमानै प्रतिनिधित्व गर्ने साहासिक कार्य गर्न सफल भएको हो । सोलुखुम्बु जिल्लाको हिमाली क्षेत्र गोक्योमा कलाकारहरू बाद्यबादन र रेकर्डिङका लागि आवश्यक उपकरणसहित पुगेर लाईभ बाजा बजाएर सोही ठाउँमा अडियो रेकर्ड तथा भिडियो छायाँकन सम्पन्नगरी ‘गोक्यो रि’ नामक म्युजिक भिडियो सार्बजनिक गरेका छन् । भिडियो गायिका तथा मोडेल बबिना किराँतीको अफिसियल युट्युब च्यानलमार्फत अपलोड भएको छ । कलाकारहरूले यसलाई ४८१३ मिटर उचाईमा अडियो तथा भिडियो छायांकनगरी विश्व रेकर्ड बनाएका हुन् । उक्त गोक्यो रि गीतमा गायिका बबिना किराँतीको स्वर, गायक तथा सङ्गीतकार बिक्रम राईको सङ्गीत, मिलन किराँतीको शब्द, फनिन्द्र राईको सङ्गीत संयोजन रहेको छ भने साउन्ड ईन्जिनियर छिरिङ भोटेले ...
योगेश,सुवाष र सारिकाको स्वरमा होली गीत ‘हयापी होली’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

योगेश,सुवाष र सारिकाको स्वरमा होली गीत ‘हयापी होली’ सार्वजनिक (भिडियो)

रंगको पर्व होली नजिकिदै जादा यस सम्बन्धि गीतहरू सार्वजनिक भइरहेका छन् । यही मेसोमा योगेश काजी, सुवास श्रेष्ठ र सारिका घिमिरेको स्वरमा रहेको होली गीत ‘ह्याप्पी होली’ सार्वजनिक भएको छ । सारिकाले नै लेखेको शब्दमा योगेशको सङगीत तथा संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/XthtHezcepQ शिव विकको कोरियोग्राफी र निर्देशन रहेको गीतको भिडियोमा गायक द्वय काजी र श्रेष्ठको साथमा दुर्गेश थापा र लोसिना लामिछाने फिचर्ड छन् । भिडियो छायांकन अजय रेग्मीको रहेको छ भने सम्पादन मिलन विश्वकर्मा र पदम सुवेदीको छ । गायक योगेश काजी र निर्देशक विकको टिमअप पछिल्लो समय निकै सक्रिय रहेको छ ।...
मिस फेस अफ नेपालको आवेदन खुल्ला,विजेताले स्कुटर पाउने
मनोरन्जन, समाचार

मिस फेस अफ नेपालको आवेदन खुल्ला,विजेताले स्कुटर पाउने

अधिरा फिल्मस् प्रा.लि.को आयोजनामा हुन लागेको ‘मिस फेस अफ’ नेपाल २०२१ को आवेदन खुलेको छ । शुक्रबार काठमाडौंस्थित यो क्याफेमा आयोजित एक पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् । ‘ मिस फेस अफ नेपाल’ अन्तर्राष्ट्रिय स्तरमा मिस नेपालको स्थान जसरी पुगेको छ, त्यसको लेबलमा हामीले पनि पु¥याउने मिस फेस अफ नेपालका आयोजक तथा कोरियोग्राफर सपना राइले जानकारी दिइन् । टाइटल विनरलाई स्कुटर, सिल्भर क्राउन प्रदान गरिनेछ,आयोजक राइले भनिन्,फस्ट रनरअपलाई पच्चिस हजार नगद र सिल्भर क्राउनका साथै सेकेन्ड रनर अपलाई पन्ध्र हजार नगद र सिल्भर क्राउन पुरस्कार राखिएको छ। प्रतियोगितामा सहभागी सबै जनालाई विभिन्न सबटाइटल पुरस्कार प्रदान गरिनेछ । सहभागिताका लागि उमेर १५ देखि ३० वर्षको हुनुपर्ने, उचाई कम्तिमा ५ फिट, शैक्षिक योग्यता एसईई तोकिएको छ । आवेदनका फारम आजैबाट खुला गरिएको छ । चैत्र १५ गते पहिलो अडिसन र २५ ग...
डा.डिआरले पारे विश्वमै पहिलोपटक एकै दिनमा गीति एल्बम तयार
मनोरन्जन, समाचार

डा.डिआरले पारे विश्वमै पहिलोपटक एकै दिनमा गीति एल्बम तयार

गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित गीत-सङ्गीत क्षेत्रका फरक फरक विधामा ३२ वर्ल्ड रेकर्ड राख्न सफल गीतकार डा. डीआर उपाध्यायले आज एकैदिनमा सिङ्गो गीति एल्बम तयार पारेका छन् । गीतकार उपाध्यायको एकल शब्दरचनामा रहेको गीति एल्बम धड्कन आज दिनभरिमा लाइभ बाजा, भोकल रेकर्डिङ, मिक्सिङ्, माष्टरिङ् र डबिङ् सहित तयार गरी साँझ ७ बजे बिमोचन गरिएको हो । अनामनगरस्थित एक्शन रेकर्डिङ स्टुडियोका प्राविधिक पवन बिकले रेकर्ड गरेको यस एल्बमका चारैवटा गीतको मिक्सिङ्/माष्टरिङ् गोविन्द सोनीले गरेका हुन् । गीतकार डा. डीआर उपाध्याय, एल्बमका सङ्गीतकार सागर अधिकारी ‘शरद’, विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, रेकर्डिष्ट पवन बिक, साउण्ड इन्जिनियर गोविन्द सोनी, एरेन्जर देवेन्द्र नेवा, कवि तथा निर्देशक हेम प्रभाष, पत्रकार तुलसी गिरी ‘भावुक’, गायक अशोक बराल र युथ क्रिएशनका सञ्चालक रमेश थापा...
जेठमा आउँदै ‘चोर र पुलिस’
मनोरन्जन, समाचार

जेठमा आउँदै ‘चोर र पुलिस’

आरएल लामाको निर्देशनमा निर्माण भएको चलचित्र ‘चोर र पुलिस’ जेठ पाँचदेखि सिनेमाघरमा आउने भएको छ । छायाँकनको सम्पूर्ण काम सकाएर पोष्ट प्रोडक्सनमा रहेको चलचित्र ‘चोर र पुलिस’ जेठ पाँचदेखि आम दर्शकमाझ आउन लागेको हो । दोलखा, सिन्धुपाल्चोक, मुडे, चरिकोटल, कुलेखानी, हेटौडा, पोखरा र काठमाडौंलगायतका स्थानमा छायाँकन गरिएको यो चलचित्रमा बुद्धी तामाङ, सुलेमान शंकर ‘इकु’, जयनन्द लामा, धिरन शाक्य ,कविता राय, रेशम फिरिरि, रामचन्द्र अधिकारी, सुरविर पण्डित, कविता राय, बालबलाकारमा अर्नव बिष्ट, कौसल राईलगायतको अभिनय रहेको छ । आरएल फिल्म इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा बन्ने चलचित्रका निर्माता सोनाम मोक्तान, लङ्कामाया मोक्तान हुन् । निर्देशक लामाकै लेखन रहेको चलचित्रले नचाहादा नचाहदै चोर बन्नुपर्ने बाध्यता र पुलिसको कतब्यै बिषयबस्तु बनाएको छ । चलचित्रका प्रस्तुतकर्ता खड्ग लामा मोक्तान हुन् । चलचित्र...