गोविन्द कंडेल ‘आंशु’को संयोजनमा नमोबुद्ध साहित्य उत्सवको तेस्रो सृङ्खला सम्पन्न
नमोबुद्ध नगरपालिका तथा रोशी वाङ्मय प्रतिष्ठान काभ्रेको संयुक्त आयोजनमा नमोबुद्ध साहित्य उत्सवको तेस्रो सृङ्खला सम्पन्न भएको छ । चैत्र २० र २१ गते, काभे्र जिल्लामा रहेका सांस्कृतिक, ऐतिहासिक र साहित्यिक स्थलहरूको भ्रमण तथा वृहत् कविता गोष्ठीका साथ उक्त उत्सव सम्पन्न भएको हो । काभ्रेबाहिर र भित्रका कवि तथा साहित्यकारहरूको सहभागितामा आयोजित उक्त कार्यक्रमको पहिलो दिन ऐतिहासिक र धार्मिक महत्त्वको नमोबुद्ध, ऐतिहासिक सहर दाप्चा, गुरुप्रसाद मैनालीको जन्मथलो कानपुर तथा रोशी वाङ्मय प्रतिष्ठानको निर्माणाधिन भवन रहेको भकुण्डेवेशीको भ्रमणमा केन्द्रित रह्यो । दोस्रो दिनको कार्यक्रम कवितामाथि गहन विचार विमर्श तथा कवितावाचनका साथ सम्पन्न भएको थियो ।
नमोबुद्ध नगरपालिकाका मेयर तथा रोशी वाङ्मय प्रतिष्ठानका अध्यक्ष टिपी शर्मा तिमल्सिनाको सभापतित्वमा, नगरपालिका भवन भकुण्डेवेसीमा आयोजित गोष्ठीका प्रमुख अतिथ...










