मनोरन्जन

गीतकार लोकराज अधिकारीको “भन्नू हुन्थ्यो “बा ले ” सार्बजनिक(भिडियो)
मनोरन्जन, समाचार

गीतकार लोकराज अधिकारीको “भन्नू हुन्थ्यो “बा ले ” सार्बजनिक(भिडियो)

बाबुको मुख हेर्ने दिन नजिकिदै गर्दा प्रसिद्द गीतकार लोकराज अधिकारीको नया गीत ‘भन्नुहुन्थ्यो बा’ले’ सार्वजनिक भएको छ । राजेन्द्र बुढाथोकीको स्वर तथा अर्जुन पोखरेलको संगीत रहेकोे उक्त गीत र भिडियो गायक बुढाथोकीको आफ्नै युटुव च्यानलमार्फत सार्वजनिक भएको हो । ‘कुशे औँशी’ अर्थात ‘बुवाको मुख हेर्ने दिन’ नजिकिँदै गर्दा सम्पूर्ण बुवाहरुप्रति समर्पण गर्दै ‘भन्नु हुन्थ्यो बा’ ले’ बोलको गीत सार्वजिनक गरेको गीतकार अधिकारीले जानकारी दिए । गीतकार अधिकारी र गायक बुढाथोकीका बुवा प्रती ट्रीब्युट गरिएको गीत सार्वजनिक भए लगत्तै गीत बारे आफ्नो प्रतिकृया दिँदै गायक बुढाथोकीले भने, ‘यो धर्तिमा सबै थोक घरी-घरी मिल्न सक्छ । तर जन्म दिने आमा-बा कसैगरि पाइँदैन । हामीले बा’का अर्ति उपदेश र मार्ग दर्शन लाई जीवनमा थोरै मात्र लागू गर्न सके जीवन सार्थक हुन्छ । गीतकार लोकराज अधिकारीले आफुले सयौँ गीत रचना गरेको भए पनि यो ...
‘मिस ग्लोरियस नेपाल,२०२१’ को उपाधी स्नेहा तामाङलाई
मनोरन्जन, समाचार

‘मिस ग्लोरियस नेपाल,२०२१’ को उपाधी स्नेहा तामाङलाई

काठमाडौँ — भाद्र १८, २०७८। 'मिस ग्लोरियस नेपाल,२०२१' मा स्नेहा तामाङ विजेता बनेकी छिन् । म्युजिक सिटि हलमा सम्पन्न प्रतियोगितामा अन्य २१ प्रतियोगीहरुलाई पछि पार्दै स्नेहाले बिजेताको ताज पहिरिएकी हुन । प्रतियोगितामा अश्मिता क्षेत्रीले फष्ट रनरअपको ताज हातपारीन । उनले विधागत तर्फ ग्लोबल अनलाईन पे मार्फत गरिएको अनलाईन भोटिङमार्फत सर्वाधिक भोट प्राप्त गरी ‘पब्लिक चोइस' अवार्ड पनि आफ्नो पोल्टामा पारिन् । उनले ग्लोवल अनलाईन पे र आयोजकको तर्फबाट थाईल्याण्ड भ्रमणको टिकेट समेत प्राप्त गरिन । त्यस्तै, सेकेण्ड रनरअपको ताज आयुष्मा गुरुङ्ले जित्दा थर्ड रनरअप सन्ध्या कुँवर घोषित भइन् । प्रतियोगिताको ब्राण्ड एम्बासडरमा एन्जल बन्सामनी चयन भईन भने अर्गनाईजर चोईस र ब्युटी विथ ब्रेन क्रमशः याङ्छेन डोल्कर शेर्पा र प्रगती थापा मगर घोषित भए। प्रियारानी लामाले संचालन गरेको उक्त प्रतियोगिताको निर्णायकमा सनिश शाक्...
द मम् व्युटी कन्टेस्टको आवेदन खुला, अनलाईनमार्फत आवेदन दिन सकिने
मनोरन्जन, समाचार

द मम् व्युटी कन्टेस्टको आवेदन खुला, अनलाईनमार्फत आवेदन दिन सकिने

काठमाडौं- मोडल सङ्स नेपालले ‘द मम् -व्युटी कन्टेस्ट’ को आवेदन खुला गरेको छ । मोडल सङ्सले अनलाईनमार्फत आवेदन दिन सकिने व्यवस्था सहित भाद्र १८ गते शुक्रबार देखी प्रतियोगिताको आवेदन खुला गरेको हो । द मम् मा भाग लिन इच्छुक महिलाहरुले अनलाईन मार्फत वा मोडल सङ्सको कार्यालय कामपा-२८ बागबजारबाट फर्म भर्न सक्ने इभेण्ट आयोजक संस्थाका सिईओ डेभिल सिंह राजपुतले बताए । कार्यक्रम बारे थप जानकारी दिदै राजपुत भन्छन् ’इच्छुक महिलाहरुले रु. एक हजार तिरेर अनलाईन मार्फत र हाम्रो कार्यालयमा भौतिक रुपमा उपस्थित भई आवेदन फर्म भर्न सक्ने व्यवस्था हामीले मिलाएका छौं’ । सहभागीहरुलाई नेपालका चर्चित कोरियोग्राफर रोजिन शाक्यले तालिम दिने राजपुत बताउँछन् ।‘द मम्’ अन्य सौन्दर्य प्रतियोगिता भन्दा पृथक रहने आयोजक संस्थाका सरोज ओझाको दाबी छ । द मम् लाई फरक तरिकाले गर्न खोजिएको जानकारी दिदै ओझा भन्छन् ‘इभेण्ट क्षेत्र गसिपको ...
प्राञ्जल चालिसेले जिते ग्लोकल टीन हिरोको उपाधि
मनोरन्जन, समाचार

प्राञ्जल चालिसेले जिते ग्लोकल टीन हिरोको उपाधि

ग्लोकल प्रालि आयोजना गरेको ‘ग्लोकल टीन हिरो २०२१’ को उपाधि प्राञ्जल चालिसेले जितेका छन् । वाई वाई ग्लोकल टिन हिरो सातौं संस्करणको उपाधी टेक्नोप्रेनर प्राञ्जल चालिसेले जितेका हुन् । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका व्यक्तित्वहरुको उपस्थितीमा बुधबार अनलाइन कार्यक्रमको बीच ग्लोकल टीन हिरो नेपाल २०२१ को घोषणा गरिएको हो । वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धीमा युट्युबर अनुराग चापागाईं, सामाजिक उद्यमी दीपक सुतिहार, वन्यजन्तु संरक्षणवादी खुस्बु भण्डारी, सामाजिक अभियन्ता नेहा गुरुङ, र टेक्नोप्रेनर प्राञ्जल चालिसे पुगेका थिए । प्राञ्जलले दृष्टि नेपालको आविष्कार गरी दृष्टि विहिन समुदायलाई मुद्रा बिल पहिचान र नगद लेनदेनमा मद्दत गरिरहेका छन । त्यसैगरी उनले कृषि समाचार र प्रामाणिक स्रोतहरु बाट जानकारी प्रदान गर्ने एक मोबाइल एप निर्माण गरेका छन् जसबाट किसानहरुलाई...
गायक रवि रिमाललाई पितृ शोक
मनोरन्जन, समाचार

गायक रवि रिमाललाई पितृ शोक

चर्चित नेपाली गीत ‘चरी उड्यो बादल छुनलाई’ का लोकप्रिय गायक रवि रिमाललाई पितृ शोक परेको छ । गायक रिमालका बुवा रघु प्रसाद रिमाल को ७५ वर्षको उमेरमा भाद्र १५ गते बिहान ७:३० मा किर्तिपुर हस्पिटलमा निधन भएको उनको परिवारले जानकारी गराउनु भयो । गायक रिमालका भाई किशोर रिमाल अमेरिका रहेको र बिहीवार आइपुग्ने हुनाले अन्येष्टी पनि सोही दिन दिँउसो नै गरिने जानकारी पनि पनि रिमाल परिवारले गराउनु भयो ।...
विश्व किर्तिमानी गितकार डा.डिआरको ‘नाम केवल तिम्रो’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

विश्व किर्तिमानी गितकार डा.डिआरको ‘नाम केवल तिम्रो’ सार्वजनिक(भिडियो)

कीर्तिमानी गीतकार डा. डीआर उपाध्याको नयाँ गीत ‘नाम केवल तिम्रो’ सार्वजनिक भएको छ । प्रदाप दाशको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत, शाहस शाक्यको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/kXIKVILZfVU कृष्ण पौडेलको निर्देशन रहेको गीतको भिडियोमा अनुप बोहरा र रक्षा न्यौपानेलाई फिचरिङ गरिएको छ । सुजन श्रेष्ठको छायाँकन रहेको भिडियोमा युवराज खत्रीको सम्पादन छ । गीतमा आफूले माया गरेकी मायाको तारिफ गरिएको छ । निक्कै कलात्मक ढङ्गले भिडियो प्रस्तुत गरिएको छ । भिडियो डीआर म्युजिक एण्ड क्रियशनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गर्नुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित उहाँले गीत सङ्गीतसहित विभिन्न विविध ५९ विधामा विश्व रेकर्ड राख्नु भएको छ । डा. उपाध्याय...
लक्ष्मीनाथको ‘अब अति भो’ सार्वजनिक (भिडियोसहित)
मनोरन्जन, समाचार

लक्ष्मीनाथको ‘अब अति भो’ सार्वजनिक (भिडियोसहित)

तीज गीत ‘अब अति भो’ सार्वजनिक भएको छ । बिर्ख बिश्वकर्मा, सुनिता बुढा र कल्पना सुनुवारको स्वर, शशी अधिकारीको शब्द, विर्खकै सङ्गीत र केशव बाबुको एरेञ्ज रहेको तीज गीत ‘अब अति भो’को भिडियो सार्वजनिक भएको हो । https://youtu.be/hfoaQx8nV2s अर्जुन थापाको निर्देशन रहेको गीतको भिडियोमा अनु पराजुली, विकास भण्डारी, आयुसा गौतम लक्ष्मीनाथ तिमल्सिना, राधा श्रेष्ठ, किसोर भण्डारी डिठ्ठा साब, रचना पौडेल, रोहित ओलीलगायतका कलकारको अभिनय रहेको छ । धु्रव श्रेष्ठको छायाँकन रहेको भिडियोमा निर्देशक अर्जुनकै सम्पादन छ । भिडियो बीफोर युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियोका निर्माण लक्ष्मीनाथले निर्माण गर्नुभएको हो ।...
मेलिना राई र चेम्जोङ लिम्बुको ‘झ्यालको पर्दा’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

मेलिना राई र चेम्जोङ लिम्बुको ‘झ्यालको पर्दा’ सार्वजनिक(भिडियो)

एलिसा र प्रदिप(दि नेक्स्ट ग्रुप) फिचर्ड मेलिना र चेम्जोङ ‘झ्यालको पर्दा’ सार्वजनिक काठमाण्डौँ, भदौ १४ गायिका मेलिना राई तथा गायक गोविन्द चेम्जोङ लिम्बुको सुमधुर स्वरले सुसज्जित ‘झ्यालको पर्दा’ बोलको गीत रहेको भिडियो सार्वजनिक गरिएको छ । गीतमा रामजन सुब्बाको शब्द, संगीत चन्दु गोर्खालीको संगीत संयोजन तथा चन्द्र चौधरीले मिक्सिङ मास्टरिङ्ग गरेका हुन । https://youtu.be/Pg1_de8UU_4 बेजोड अभिनय तथा नृत्यले भरिपूर्ण गीतको भिडियोमा नायिका तथा मोडेल एलिसा राई र प्रदिप लामा (दि नेक्स्ट ग्रुप)लाई फिचर्ड गरिएको छ । निकै आकर्षक ढंगले नेपाली सेरोफेरोलाई देखाइएको भिडियोमा शैलेन्द्र थेबेको कन्सेप्टमा, सोनाम लामाको निर्देशन, पवन सुस्लिङको छाँयाकन तथा सम्पादन र प्रदिप लामाको कोरियोग्राफी रहेको छ । भिडियोलाई टुआरएल डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सर्वजनिक गरिएको छ ।...
फेसियल हाउसको कृष्णजन्माष्टमी फोटो सुट
मनोरन्जन, समाचार

फेसियल हाउसको कृष्णजन्माष्टमी फोटो सुट

नेपालमा नम्बर १ शैलुनको रुपमा चर्चामा रहेको फेसियल हाउसले आफ्नो ब्यवसायलाई सैलुनमा मात्र सिमित राखेको छैन । फेसियल हाउसले नयाँ–नयाँ प्रविधिलाई आत्मासाथ गर्दै आफ्ना सेवाग्राहीलाई थप प्रभावकारी सेवा सुविधा दिदै आएको छ । फेसियल हाउसले आफ्नो सेवाग्राहीको सुन्दरतामा चमक भर्ने काम मात्रै गरेको छैन । फेसियल हाउसको आर्को महत्वपूर्ण पक्ष भनेको मेकअप तथा फोटो सुट पनि हो । फेसियल हाउसले विषेशत नेपाली मौलिकतालाई समेटने खालको फोटो शुट गर्ने गरेको छ । यस्ता फोटोले देशको पहिचान, संस्कृतिको पहिचान, नेपाली कलाको पहिचान गराउने खालको फोटो शुट गर्ने गरेको फेसियल हाउसका प्रबन्ध निर्देशक तथा बरिष्ठ सौंन्दर्यविद सुषमा महरा बताउँछिन् । महराका अनुसार हरेक चाड पर्वमा त्यस्ता चावपर्वको मर्म अनुसार फोटो शुट गर्ने गरेको बताइन । यो वर्षपनि श्री कृष्ण जन्माष्टमीको अवसरमा फेसियल हाउसले भगवान श्री कृष्ण कै जस्तो बनाएर फोट...
मेकअप आर्टिष्ट टेकराज पाण्डे विशिष्ट व्यक्तित्व सम्मानबाट सम्मानित
मनोरन्जन, समाचार

मेकअप आर्टिष्ट टेकराज पाण्डे विशिष्ट व्यक्तित्व सम्मानबाट सम्मानित

“राष्ट्रलाई पुर्‍याएको योगदान विशिष्ट व्यक्तित्व तथा स्रष्टालाई विशेष सम्मान” भन्ने मूल नाराका साथ रिवन इन्टरटेन्मेन्टको ७ औँ बार्षिकोत्सबको अवसरमा आयोजना गरिएको राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८ मा मेकअप आर्टिष्ट टेकराज पाण्डे नेपालका प्रथम उपराष्ट्रपती परमानन्द झाबाट सम्मानित भएका छन ।विगत एक दशक भन्दा लामो समयदेखि मेकअप आर्टिष्ट र मेकअप प्रशिक्षकको रुपमा आफ्नो उत्कृष्टता प्रदान गर्दै आएका पाण्डेले थुपै राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड जितेका छन । राज मेकअप स्टुडियोका प्रमुख समेत रहेका पाण्डेले ईभेन्ट क्षेत्रमा पनि सफलता हासिल गरेका छन । केहि दिन अघि मात्र बोस्टर अवार्डमा उत्कृष्ट मेकअप आर्टिष्टको अवार्ड जितेका पाण्डेले सयौं उत्कृष्ट सफल सौन्दर्य व्यबसायीहरुलाई प्रशिक्षण दिईसकेका छन । उक्त कार्यक्रममा व्यवसायी, व्युटिसियन नेपाली चलचित्रकर्मी, संगीतकर्मी लगायत विभिन्न विधा...