मिलाप मासिकको दशैँ शुभकामना आदानप्रदान तथा मिलाप सम्मान कार्यक्रम
मिलाप मासिकको आयोजनामा बडादशैँ शुभकामना आदानप्रदान तथा मिलाप सम्मान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा बुधबार एक विशेष समारोहबीच मिलाप मासिकको कभरमा आउनुभएका व्यक्तित्वहरूलाई मिलाप कभर सम्मान प्रदान गरिएको थियो भने भाषा, साहित्य, कला, संस्कृति र सञ्चारमार्फत समाजमा विशेष योगदान पुर्याउनुभएको योगदानको उच्च उच्च प्रशंसा गर्दै मिलाप सम्मान अर्पण गरिएको हो ।
मिलापका सम्पादक कृष्ण भुसालको अध्यक्षतामा सम्पन्न भएको समारोहमा हिमालय टाइम्स दैनिकका सम्पादक पुरुषोत्तम दाहाल, राजनीतिक विशलेषक प्राडा सुरेन्द्र केसी, नेपाली चलचित्रकी प्रथम नायिका भूवन चन्द, रङ्गीन चलचित्रकी पहिलो नायिका चैत्यदेवी, विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्याय, विशिष्ट कलाकार लय संग्रौला, नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौलालगायतको आतिथ्यता रहेको थियो ।
अतिथिहरूले मिलाप प्रकाशनसँगै मिलापले गर्दै आएका विभ...










