अर्थ/व्यापार

गौशालामा खुल्यो ‘ऐश्वर्य बुटिक होटल’
अर्थ/व्यापार, समाचार

गौशालामा खुल्यो ‘ऐश्वर्य बुटिक होटल’

काठमाडौं । रोजगारी र अवसरको खोजीमा ठूलो संख्यामा युवा विदेश पलायन भइरहेका बेला नेपालमै सम्भावना खोज्दै उद्यमशीलता र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यसहित युवाहरूको सामूहिक लगानीमा काठमाडौंमा ‘ऐश्वर्य बुटिक होटल’ सञ्चालनमा आएको छ। विदेशमा होइन, आफ्नै देशमा केही गर्नुपर्छ र नेपालमै उद्यम तथा रोजगारीका अवसर सिर्जना गर्नुपर्छ भन्ने सोचबाट करिब तीन वर्षअघि स्थापना भएको ऐश्वर्य इन्भेस्टमेन्ट ग्रुपले आफ्नो पहिलो परियोजनाका रूपमा काठमाडौंको गौशाला, पिङ्गलस्थानमा ऐश्वर्य बुटिक होटल सञ्चालनमा ल्याएको हो। करिब ४५ वटा सुविधासम्पन्न कोठा रहेको होटल आधुनिक संरचना, आकर्षक कोठाको सजावट, सहज वातावरण र स्तरीय आतिथ्य सेवाका कारण स्वदेशी तथा विदेशी पर्यटकका लागि नयाँ गन्तव्य बन्ने अपेक्षा गरिएको छ। विशेषगरी विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको न...
निर्माण व्यवसायी बलिभद्र रानालाई उत्कृष्ट निर्माण व्यवसायीको अवार्ड
अर्थ/व्यापार, समाचार

निर्माण व्यवसायी बलिभद्र रानालाई उत्कृष्ट निर्माण व्यवसायीको अवार्ड

राष्ट्रिय अनलाइन पत्रकार सङ्घ नोजाले १२ नोजा अनर अवार्डबाट निर्माण व्यवसायी बलिभद्र रानालाई उत्कृष्ट व्यवसायीको रूपमा अवार्ड गरेको छ। नेपाल निर्माण व्यवसायी महासङ्घका सल्लाहकार समेत रहेका राना नेपाल निर्माण व्यवसायी परिषद्का अध्यक्ष हुन्। रानासँगै नोजाले हरेक वर्ष प्रदान गर्ने लाइफटाइम अचिभमेन्ट अवार्ड बाट बैंकिङ एवं सहकारी क्षेत्रका विज्ञ कमल खरेललाई प्रदान गरिएको छ। खरेल लामो समय बैंक वित्तमा सेवा गर्नुका साथै बैंकिङ तथा सहकारी विज्ञताका रूपमा परिचित छन् । हरेक वर्ष एकजना पत्रकारलाई प्रदान गरिने ११,११ रुपैयाँ राशिसहितको पत्रकारिता पुरस्कार अन्तर्गत यस वर्ष सामना देवकोटा अमेरिकालाई प्रदान गरिएको छ।नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका अध्यक्ष मुमुन्द ढुंगाना, बरिष्ठ साहित्यकार राधेश्याम लेकाली, हिमालय सिमापार वाणिज्य संघका महासचि...
ट्रेड भिजन कार्गो एण्ड कुरियर प्रा.लि.को भव्य उद्घाटन
अर्थ/व्यापार, समाचार

ट्रेड भिजन कार्गो एण्ड कुरियर प्रा.लि.को भव्य उद्घाटन

काठमाडौं,— नेपालको अन्तर्राष्ट्रिय कार्गो तथा कुरियर क्षेत्रमा नयाँ पहिचान स्थापित गर्ने उद्देश्यसहित ट्रेड भिजन इन्भेष्टमेन्ट कम्पनीद्वारा प्रवर्द्धित ट्रेड भिजन कार्गो एण्ड कुरियर प्रा.लि. को औपचारिक शुभारम्भ आज काठमाडौं महानगरपालिका–१६, बालाजु बाइपासस्थित कार्यालयमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन ट्रेड भिजन इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष विनोद भट्टराई तथा चर्चित गायिका सरिका घिमिरेको विशेष उपस्थितिमा रिबन काटेर गरिएको थियो। कार्यक्रममा उडान कार्गो, सारथी कार्गो, युनिका कार्गो, नेपाल रक्तदाता संघ, नेपाल चलचित्र पत्रकार संघकी गीता अधिकारी, गायक गौरव दर्पण, व्यवसायी युवराज श्रेष्ठ, गोपाल बिष्ट लगायत विभिन्न व्यवसायिक तथा सामाजिक संघ–संस्था, स्थानीय बासिन्दा, व्यवसायी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले नवस्थापित कम्पनीको सफलताको कामना गर्दै आगामी दिनमा संस...
चेम्बर अफ कमर्स हीरक जयन्ती : विभिन्न क्षेत्रमा उत्कृष्ट महिलाहरू सम्मानित
अर्थ/व्यापार, समाचार

चेम्बर अफ कमर्स हीरक जयन्ती : विभिन्न क्षेत्रमा उत्कृष्ट महिलाहरू सम्मानित

काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव तथा हीरक जयन्तीको अवसरमा देशका विभिन्न क्षेत्रमा ऐतिहासिक योगदान पुर्‍याएका अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान अर्पण गरेको छ। ‘अग्रणी महिला सम्मान’ शीर्षकमा आयोजित उक्त कार्यक्रममा राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकुद लगायत विविध क्षेत्रमा योगदान दिएका जीवित तथा दिवंगत व्यक्तित्वहरूको योगदानको स्मरण गर्दै सम्मान गरिएको हो। सम्मानित व्यक्तित्वहरूलाई रामवरण यादव, हीरक जयन्ती समारोह समितिका अध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल तथा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ लगायतले संयुक्त रूपमा सम्मान प्रदान गरेका थिए। कार्यक्रममा ओनसरी घर्ती मगर, अष्टलक्ष्मी शाक्य, लैंगिक अधिकार विज्ञ चाँदनी...
सौन्दर्य क्षेत्रकी स्थापित व्यक्तित्व मनिषा जिसी संघको नेतृत्व तहमा
अर्थ/व्यापार, समाचार

सौन्दर्य क्षेत्रकी स्थापित व्यक्तित्व मनिषा जिसी संघको नेतृत्व तहमा

काठमाडौं । नेपाली सौन्दर्य क्षेत्रमा स्थापित नाम बनेकी सनसिटी ब्युटि पार्लरकी प्रमुख तथा वरिष्ठ सौन्दर्यविद मनिषा जिसी हालै गठन भएको सौन्दर्य उद्यमी संघ नेपालको निर्विरोध उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। उहाँको निर्विरोध चयनलाई सौन्दर्य क्षेत्रले व्यावसायिकता, अनुभव र नेतृत्व क्षमताको सम्मानका रूपमा लिएको छ। मनिषा जिसीले विगत लामो समयदेखि सौन्दर्य व्यवसायलाई व्यवस्थित, मर्यादित र अन्तर्राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धी बनाउन निरन्तर योगदान दिँदै आउनुभएको छ। उहाँले नेपाल मात्र नभई दुबई, मलेसिया, अजरबैजान र इजिप्ट लगायत विभिन्न देशमा आयोजना भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाई थुप्रै अवार्डहरू जित्न सफल हुनुभएको छ। ती उपलब्धिहरूले नेपाली सौन्दर्य क्षेत्रलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन महत्वपूर्ण भूमिका खेलेका छन्। उहाँ केवल सफल व्यवसायी मात्र नभई दक्ष प...
चिया देखि बिरयानीसम्मको स्वाद एकै छानामुनि, नयाँ बानेश्वरको ‘चिया भवन’
अर्थ/व्यापार, समाचार

चिया देखि बिरयानीसम्मको स्वाद एकै छानामुनि, नयाँ बानेश्वरको ‘चिया भवन’

काठमाडौँ — व्यस्त दैनिकीका बीच केही समय निकालेर तातो–तातो, स्वादिलो चियासँगै सान्त्वनादायी वातावरणमा आराम गर्न चाहनेहरूका लागि नयाँ बानेश्वर (बुद्धनगर) मा ‘चिया भवन’ उत्कृष्ट गन्तव्यका रूपमा सञ्चालनमा आएको छ। कान्तिपुर इन्टरनेशनल कलेजको मुख्य प्रवेशद्वार अगाडि अवस्थित यस क्याफेले छोटो समयमै चियाप्रेमी तथा खानाका सौखिनहरूको ध्यान आकर्षित गर्न सफल भएको छ। चिया भवनले गुणस्तर, स्वाद र सेवामा विशेष ध्यान दिँदै विभिन्न प्रकारका ताजा र स्वादिलो चिया उपलब्ध गराउँदै आएको छ। बिहानदेखि बेलुकासम्म ग्राहकको आवश्यकता अनुसार खाजा तथा स्न्याक्सको व्यवस्था गरिएको छ, जसले विद्यार्थी, कार्यालयकर्मी तथा स्थानीय बासिन्दालाई सहज विकल्प प्रदान गरेको छ। यस क्याफेको विशेष आकर्षणका रूपमा प्रस्तुत गरिएको स्पेशल बिरयानी ले ग्राहकहरूबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाएको छ। स्वाद, परिकारको गुणस्तर र प्रस्तुतिको...
एनसिसि एलुमनाई एसोसिएशन नेपालको आठौँ वार्षिकोत्सव सम्पन्न
अर्थ/व्यापार, समाचार

एनसिसि एलुमनाई एसोसिएशन नेपालको आठौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । राष्ट्रिय सेवा दल, नेपालबाट प्रशिक्षित पूर्व विद्यार्थीहरूको संस्था एन.सि.सि. एलुमनाई एसोसिएशन नेपालको आठौँ वार्षिकोत्सव प्रधान सेनापति महारथी  अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा  २०८२ पौष १३ गते विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सेनापति सिग्देलले राष्ट्रप्रति समर्पित, अनुशासित, नैतिकवान्, इमानदार तथा कर्तव्यनिष्ठ नागरिक उत्पादनमा राष्ट्रिय सेवा दल, नेपालको उल्लेखनीय भूमिकाको प्रशंसा गर्नुभयो। साथै, एन.सि.सि. एलुमनाई एसोसिएशन नेपालसँग आबद्ध सबै पदाधिकारी तथा सदस्यहरूले राष्ट्र र समाजका लागि पुर्‍याउँदै आएको योगदानको कदर गर्दै वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा एन.सि.सि. एलुमनाई एसोसिएशन नेपालका केन्द्रीय निर्देशक  पवन कोइरालाले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने राष्ट्रिय स...
सरकारी नीति र आयोडिनयुक्त नुनले जित्यो गलगाँडविरुद्धको लडाइँ
अर्थ/व्यापार, समाचार

सरकारी नीति र आयोडिनयुक्त नुनले जित्यो गलगाँडविरुद्धको लडाइँ

काठमाडौं ।  नेपालले पछिल्ला दशकमा गलगाँड (इन्डेमिक गोइटर) निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ। विगतमा आयोडिनयुक्त नुनको अभावका कारण पहाडी तथा हिमाली भू–भागका नागरिक गलगाँडको चरम समस्याबाट पीडित थिए। घाँटीमा गलगाँड हुनु सामान्य ठानिन्थ्यो । तर सरकारको दीर्घकालीन नीति र प्रभावकारी कार्यान्वयनले यो अवस्था पूर्ण रूपमा परिवर्तन भएको छ। सरकारले कण्ठरोग निवारण कार्यक्रमअन्तर्गत आयोडिनयुक्त नुनको देशव्यापी वितरण अभियान सञ्चालन गरेपछि पछिल्लो दशकमा गलगाँडको समस्या लगभग शून्यमा झरेको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययनअनुसार आयोडिनयुक्त नुनको पहुँच झण्डै शत प्रतिशत पुगेपछि आयोडिनको कमीबाट हुने गलगाँड नियन्त्रणमा आएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राथमिकतामा रहेको यस कार्यक्रमलाई साल्ट ट्रेडिङ कर्पोरेशनले प्रभावकारी रूपमा कार्य...
करियर बनाउन इच्छुक युवायुवतीका लागि राज मेकअप स्टुडियोको विशेष छूट योजना
अर्थ/व्यापार, समाचार

करियर बनाउन इच्छुक युवायुवतीका लागि राज मेकअप स्टुडियोको विशेष छूट योजना

छठ पर्वको शुभ अवसरमा बानेश्वरस्थित राज मेकअप स्टुडियो तथा राज ब्यूटी एकाडेमीले मेकअपसम्बन्धी विभिन्न कोर्षहरूमा २५ प्रतिशत विशेष छुटको घोषणा गरेको छ। सन् २०१२ मा स्थापना भएको यस स्टुडियोले विश्वप्रसिद्ध नेदरल्याण्ड्स ब्रान्ड ‘मेकअप स्टुडियो’बाट भारत, दिल्लीमा उच्चस्तरीय मेकअप अध्ययन एवं दीर्घ अनुभव हासिल गरेका मेकअप ट्रेनर तथा आर्टिष्ट टेक राज पाण्डेको नेतृत्वमा मेकअप आर्टिष्ट र ब्यूटिसियन क्षेत्रमा करियर बनाउन इच्छुक युवा–युवती तथा गृहणीहरूका लागि नयाँ, उपयोगी तथा व्यावसायिक कोर्षहरू सञ्चालन गर्दै आएको छ। स्थापनाकालदेखि हालसम्म हजारौँ प्रशिक्षार्थीहरूलाई दक्ष मेकअप आर्टिष्ट तथा सफल उद्यमी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको स्टुडियोले ग्राहक सेवामा पनि उत्कृष्ट पहिचान बनाएको छ। मेकअप आर्टिस्ट तथा नेल आर्टिस्ट ब्युटिसन मेहन्दी आर्टिस्ट र विभिन्न कोषहरू लाई क्षेत्रमा भविष्य ...
आन्दोलनका क्रममा जनधनको क्षतिप्रति चेम्बरद्वारा गहिरो दुःख व्यक्त
अर्थ/व्यापार, समाचार

आन्दोलनका क्रममा जनधनको क्षतिप्रति चेम्बरद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हालै देशभर भएको आन्दोलनका क्रममा जनधनमा परेको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। चेम्बरले जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। चेम्बरले आन्दोलनले औद्योगिक र व्यवसायिक क्षेत्रमा गम्भीर असर पारेको जनाउँदै, वर्तमान चुनौतीपूर्ण परिस्थितिमा सबै सरोकारवाला निकायले संवाद, सहकार्य र संयमता अपनाउनुपर्नेमा जोड दिएको छ। चेम्बरको भनाइमा, भ्रष्टाचार निवारण, सुशासन कायम, राज्य संयन्त्रमा पारदर्शिता, रोजगारी सिर्जना र सरकारी सेवामा नागरिकको सहज पहुँच जस्ता जेनजी पुस्ताले उठाएका मागहरू आजको प्रमुख आवश्यकता हुन्। यी मुद्दा गम्भीरतापूर्वक सम्बोधन नगरे आन्दोलनले थप अस्थिरता र निराशा फैलाउने खतरा रहेको चेम...