'बलात्कार गर्न निस्कँदै छु'भन्ने युवक पूर्वी नवलपरासीबाट पक्राउ - राष्ट्रपत्र
आइतवार, मंसिर १७, २०८०

‘बलात्कार गर्न निस्कँदै छु’भन्ने युवक पूर्वी नवलपरासीबाट पक्राउ


नेपाल प्रहरीले फेसबुक ग्रुप खोलेर त्यसमा म बलात्कार गर्न निस्कँदै छु भन्ने युवकलाई पूर्वी नवलपरासीबाट पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय साईबर ब्युरोको टोलीले नविन बस्नेतलाई पक्राउ गरेको हो।

उनी नवलपरासीकै हुन्। ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुपमा उनले उक्त स्टाटस लेखेको ब्युरोको प्रमुख नविन्द अर्यालले जानकारी दिए। ‘उक्त फेसबुक ग्रुपमा उनको भूमिका के थियो भन्नेबारे अनुसन्धान भइरहेको छ’, एसएसपी अर्यालले भने।

राजधानीमा महिला अधिकारकर्मीले  ‘तँ बलात्कारी होस्’ भन्ने गीत गाएर प्रदर्शन गरेको केही समयमा फेसबुकमा उक्त ग्रुप देखिएको थियो। बस्नेतले यसअघि पनि केही उच्च ओहोदाका व्यक्तिलाई ‘आई विल किल यू’ भन्ने स्टाटस लेखेको ब्युरोले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *