अन्तर्राष्ट्रिय

कतारमा लगाइएको नाकाबन्दी साउदी अरबले हटायो
अन्तर्राष्ट्रिय, अर्थ/व्यापार, समाचार

कतारमा लगाइएको नाकाबन्दी साउदी अरबले हटायो

साउदी अरबले कतारसँगको जल तथा स्थल सीमा फेरि खोल्न लागेको जानकारी कुवेतले दिएको छ। साउदी अरबको यो कदमलाई कतार र विभिन्न खाडी राष्ट्रबीच लामो समयदेखि विद्यमान विवाद समाधानको दिशामा एउटा महत्त्वपूर्ण उपलब्धि मानिएको छ। मंगलबार साउदी अरबमा हुन लागेको गल्फ कोअपरेशन काउन्सिलको एउटा सम्मेलनअघि यो कदम चालिएको हो। एक वरिष्ठ अमेरिकी अधिकारीले गतिरोध अन्त्यका लागि एउटा सम्झौतामा हस्ताक्षर हुने बताएका छन्। सानो भए पनि निकै धनी अरब मुलुक कतारले जिहादी आतंकवादीहरूलाई समर्थन गरेको आरोपको सधैँ खण्डन गर्ने गरेको छ। साढे तीन वर्ष लामो गतिरोध अन्त्य गरिदिने उक्त कदमलाई कुवेती विदेशमन्त्री अहमद नासिर अल-सबाहले टेलिभिजनबाट घोषणा गरेका हुन्। केही अघिसम्म कुवेती मध्यस्थता खासै परिणाममुखी देखिएको थिएन। तर विगत केही महिनाहरूमा सुरक्षित अवतरण हुने खालका समाधानका बाटाहरू खोजिँदै गरेको सङ्केतह...
फिनल्याण्डमा देखियो फाइजरको खोपको गम्भीर साइड इफेक्ट
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

फिनल्याण्डमा देखियो फाइजरको खोपको गम्भीर साइड इफेक्ट

अमेरिकी कम्पनी फाइजरले निर्माण गरेको कारोनाविरुद्धको खोपको पाँच व्यक्तिमा गम्भीर साइड इफेक्ट देखिएको छ । फिनल्याण्डको मेडिसिन एजेन्सीले यसबारे जानकारी दिएको हो । दुई दिनअघि मात्र फाइजरलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभर आपत्कालिन प्रयोगका लागि अनुमति दिएको थियो । फिनल्याण्डको वाईएलई ब्रोडकास्टरको खबर अनुसार २७ डिसेम्बरबाट युरोपेली मुलुकमा व्यापक खोप कार्यक्रम शुरु गरिएको थियो । युरोपले फाइजरको खोपलाई आपत्कालिन प्रयोगका लागि अनुमति दिएको थियो । फिनल्याउडको चिफ फिजिसियन मैया कौकोनेंका अनुसार हालसम्म पाँच जना व्यक्तिमा खोपको साइड इफेक्ट देखिएको छ । उनको बारे विस्तृत विवरण गोप्य राखिएको छ । उनका अनुसार चाँडै नै साइड इफेक्टबारे जानकारी वेबसाइटमा पनि राखिएको छ । उनले साइड इफेक्ट थप बढ्न सक्ने बताइन् । विश्वमा हालसम्म ८.४४ करोडभन्दा बढी संक्रमित भइसकेका छन् । यसमध्ये ८ करोड ९८ ल...
भारतमा थप २१ हजार जनामा संक्रमण
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

भारतमा थप २१ हजार जनामा संक्रमण

भारतमा थप २१ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा २१ हजार ९५७ जनामा संक्रमण भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड २ लाख ६७ हजार २८३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९८ लाख ५९ हजार ७६२ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४८ हजार नाघेको पुगेको छ । पछिल्लो २४ घण्टामा थप २९९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४८ हजार ९५७ पुगेको हो ।...
क्रोसियामा शक्तिशाली भूकम्पः कम्तिमा सातजनाको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

क्रोसियामा शक्तिशाली भूकम्पः कम्तिमा सातजनाको मृत्यु

क्रोएसियामा शक्तिशाली भूकम्प जाँदा कम्तिमा सातजनाको ज्यान गएको छ । क्रोएसियाको मध्यक्षेत्र केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परेर धेरै घाइते भएका छन् । १२ वर्षकी बालिकाको पेट्रिन्जा क्षेत्रमा मृत्यु भएको हो । प्रधानमन्त्रीले जो क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । नजिकै रहेको ग्लिना बजारमा अरु पाँचजनाको ज्यान गएको पुष्टि भएको छ । जाजिना क्षेत्रमा रहेको चर्चको भग्नावशेषमा अर्को एकजनाको शव भेटिएको क्रोएसियाको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । भूकम्पका कारण पेट्रिन्जा नगरको झण्डै आधा भाग ध्वस्त भएको त्यहाँका मेयरले बताएका छन् । भग्नावशेषबाट मानिसहरुलाई उद्धार गरिएको छ र सो क्रम जारी रहेको मेयरले उल्लेख गरेका छन् । क्रोएसियाको राजधानी जाग्रेबसहित छिमेकी देश बोजनिया, सर्बिया तथा इटालीसम्म महसुस भएको थियो ।...
विवाहको वर्षगाँठमा पत्नीलाई चन्द्रमाको जग्गा उपहार !
अन्तर्राष्ट्रिय, रोचक, समाचार

विवाहको वर्षगाँठमा पत्नीलाई चन्द्रमाको जग्गा उपहार !

भारतको राजस्थान राज्यका एक व्यापारीले आफ्नो विवाहको आठौं वर्षगाँठमा पत्नीलाई चन्द्रमाको जग्गा उपहार दिएका छन्। राजस्थानको अजमेर जिल्लाका व्यापारी धर्मेन्द्र अनिजाले पत्नीलाई चन्द्रमाको जग्गा उपहार दिएका हुन्। उनले आफ्नी पत्नीको चन्द्रमामा जग्गा किन्ने सपनालाई साकार पार्दै डिसेम्बर २४ मा तीन एकड जग्गा उपहार दिएका हुन्। सपनाको नाममा उनका पतिले चन्द्रमाको १४.३ उत्तर अक्षांश, ५.६ पूर्वी देशान्तर, लेक्ट २० पार्सल्स ३७७, ३७८ र ३७९ को तीन एकड जग्गा उपहार दिएका हुन्।सपनासँग प्रेमविवाह गरेका धर्मेन्द्र ब्राजिलमा ट्राभल कम्पनी चलाउँछन्। पृथ्वीमा जस्तै चन्द्रमामा पनि जग्गा किन्ने एउटा लामो प्रक्रिया छ। जग्गा किन्न उनले एक अमेरिकी फर्ममा निवेदन दिएका थिए। जग्गा किन्ने आवेदन स्वीकृत भएपछि सो कम्पनीले कयौंपटक धर्मेन्द्रसँग भिडिओ कन्फ्रेन्समा छलफल गरेको थियो। यसक्रममा धर्मेन्द्रको आर्थिक तथा पार...
साउदी अरबकी महिला अधिकारकर्मीलाई जेल सजायको फैसला
अन्तर्राष्ट्रिय, समाचार

साउदी अरबकी महिला अधिकारकर्मीलाई जेल सजायको फैसला

साउदी अरबको एउटा अदालतले एक जना महिला अधिकारकर्मीलाई जेल सजायको फैसला गरेको छ ।चर्चित अधिकारकर्मी लौजैन अल हथलौललाई अदालतले सोमबार पाँच बर्ष आठ महिनाको जेल सजाय तोकेको हो । उहाँलाई आतङ्कवादसम्वन्धी अपराधमा सम्लग्न भएको आरोप लगाइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।ती महिला अधिकारकर्मीले आतङ्वाद विरुद्धको कानुन उलङ्घन हुनेगरी धेरै गतिविधिहरु गरेको सरकारी पक्षको दावी छ ।एजेन्सी...
उपमन्त्रीको नेपाल भ्रमण हस्तक्षेप होइन, सहयोग बढाउन हो:चीन
अन्तर्राष्ट्रिय, राजनीति, समाचार

उपमन्त्रीको नेपाल भ्रमण हस्तक्षेप होइन, सहयोग बढाउन हो:चीन

नेकपा विवादपछि चिनियाँ कम्युनिष्ट पार्टीले उच्चस्तरीय अधिकारीलाई काठमाडौं पठाएको विषयमा मुख खोलेको छ। सोमबार चिनियाँ विदेश मन्त्रालयमा आयोजित नियमति पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजानले चीनको आधारभूति सिद्धान्त कुनै पनि मुलुकमा हस्तक्षेप नगर्ने रहेको बताएका छन्। उनले चीन यो सिद्धान्तमा अडिग रहेकोसमेत बताएका छन्। नेपालमा सत्तारुढ दल नेकपामा विभाजन आएपछि नेकपाको एक गुटको निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री गुओ येचौ ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार काठमाडौं आएक थिए। चिनिया प्रतिनिधिमण्डलले काठमाडौं पुगेपछि उच्च स्तरीय राजनीतिक भेटघाटसमेत गरिरहेको छ। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेको प्रतिनिधिमण्डलले सोमबार नेकपा (प्रचण्ड–माधव)का अध्यक्ष पुष्पकमल दाहाल र अर्का अध्...
भेटियो कोरोना भाइरसको नयाँ प्रकार युरोपका यी देशहरुमा पनि
अन्तर्राष्ट्रिय, समाचार

भेटियो कोरोना भाइरसको नयाँ प्रकार युरोपका यी देशहरुमा पनि

युरोपका केही देशहरुमा पनि कोरोना भाइरसको नयाँ प्रकार भेटिएको बीबीसीले जनाएको छ । जुन भाइरस केही समय अगाडी पहिलो पटक बेलायतमा भेटिएको थियो । अब युरोपको स्पेन, स्वीडेन र स्विजरल्याण्डमा पनि बेलायतबाट यात्रा गरेर आएको मानिसमा कोरोनाको नयाँ भाइरस भेटिएको छ । बेलायतमा कोरोनाको नयाँ भाइरस पुष्टि भएसँगै आवातजावतमा प्रतिबन्ध लगाइएको थियो । स्पेनको राजधानी म्याड्रिडमा शनिबार बेलायतबाट फर्केका एक व्यक्तको तीन जना आफन्तमा कोरोना भाइरसको नयाँ प्रकार पुष्टि भएको हो । यस विषयको जानकारी शहरको डिप्टी हेल्थ चिफ एंटोनियो जापारेरोले दिएका हुन् । उनले भने–‘संक्रमणको चौथो विषय बेलायतबाट फर्केका एक व्यक्तको हो । अहिले उनलाई गम्भीर केही लक्षण देखिएको छैन त्यस्तैले आत्तिनु पदैन । उनका अनुसार तीन जना अन्य व्यक्तीहरुमा पनि कोरोना भाइरसको नयाँ प्रकार हुन सक्छ ।उनीहरुको रिपोर्ट मंगलबार मात्र आउँछ ।...
जापान प्रवेशमा फेरि प्रतिबन्ध
अन्तर्राष्ट्रिय, समाचार

जापान प्रवेशमा फेरि प्रतिबन्ध

जापानले विश्वभरबाट आफ्नो देश प्रवेश गर्नेहरुलाई रोक लागाउने भएको छ । बेलायतबाट सुरु भएको नया कोरोना भाइरस जपानमा समेत आजसम्म सातजनामा देखापरिसकेको अवस्थामा जापानका प्रधान्मन्त्री योसिहेदे सुगाको निर्णयअनुसार यहीं डिसेम्बर २८ देखि प्रवेश प्रतिबन्ध लगाइएको हो । यो प्रतिबन्ध जनवारी अन्तिमसम्म रहने जनाइएको छ । जसमा विश्वभरिका नागरिक पर्ने छन् । विदेशबाट फकिर्ने आफ्ना नागरिकका हकमा भने यो नियम लागू हुने छैन ।नेपालबाट जापान आउने भिषा लागेको नया बिद्याार्थीहरू तथा नयाँ भिसा लागाउने अर्थात् आउन तयारी भएकाहरु अब कहिले आउने भन्ने कुरामा पनि यो प्रतिबन्धको घोषणाले असर गर्ने भएको छ । जापानी संचारमाध्यमहरुका अनुसार, कोभिड १९ को नयां स्वरुपको फैलावटको अवस्था हेरी प्रतिबन्धको समय फेरि थपिने पनि हुनसक्छ ।...
म्यानचेस्टर सिटीका ग्याब्रियल र केएल वाल्करलाई कोरोना संक्रमण
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

म्यानचेस्टर सिटीका ग्याब्रियल र केएल वाल्करलाई कोरोना संक्रमण

म्यान्चेस्टर सिटीका फरवार्ड ग्याब्रियल जिसस र डिफेन्डर केएल वाल्करलाई कोरोना भाइसको संक्रमण भएको छ । सिटीका थप दुई कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ । संक्रमित खेलाडी तथा कर्मचारीलाई प्रिमियर लिग र सरकारको मापदण्ड अनुसार आइसोलेसनमा राखिएको छ ।सिटीले डिसेम्बर २६ मा न्युक्यासल युनाईटेड, त्यसको दुई दिनपछि एभर्टन र जनवरी ३ मा चेल्सीसंग खेल्दैछ । दुई खेलाडीले अब यी दुबै खेल गुमाउन सक्ने जनाइएको छ ।...