भेटियो कोरोना भाइरसको नयाँ प्रकार युरोपका यी देशहरुमा पनि - राष्ट्रपत्र
बिहिबार, अशोज ११, २०८०

भेटियो कोरोना भाइरसको नयाँ प्रकार युरोपका यी देशहरुमा पनि


युरोपका केही देशहरुमा पनि कोरोना भाइरसको नयाँ प्रकार भेटिएको बीबीसीले जनाएको छ । जुन भाइरस केही समय अगाडी पहिलो पटक बेलायतमा भेटिएको थियो ।

अब युरोपको स्पेन, स्वीडेन र स्विजरल्याण्डमा पनि बेलायतबाट यात्रा गरेर आएको मानिसमा कोरोनाको नयाँ भाइरस भेटिएको छ । बेलायतमा कोरोनाको नयाँ भाइरस पुष्टि भएसँगै आवातजावतमा प्रतिबन्ध लगाइएको थियो ।

स्पेनको राजधानी म्याड्रिडमा शनिबार बेलायतबाट फर्केका एक व्यक्तको तीन जना आफन्तमा कोरोना भाइरसको नयाँ प्रकार पुष्टि भएको हो । यस विषयको जानकारी शहरको डिप्टी हेल्थ चिफ एंटोनियो जापारेरोले दिएका हुन् ।

उनले भने–‘संक्रमणको चौथो विषय बेलायतबाट फर्केका एक व्यक्तको हो । अहिले उनलाई गम्भीर केही लक्षण देखिएको छैन त्यस्तैले आत्तिनु पदैन । उनका अनुसार तीन जना अन्य व्यक्तीहरुमा पनि कोरोना भाइरसको नयाँ प्रकार हुन सक्छ ।उनीहरुको रिपोर्ट मंगलबार मात्र आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *