अन्तर्राष्ट्रिय

म्यानमारको सैन्य कू असफल पार्न संयुक्त राष्ट्रसंघका महासचिवको अपिल
अन्तर्राष्ट्रिय, समाचार

म्यानमारको सैन्य कू असफल पार्न संयुक्त राष्ट्रसंघका महासचिवको अपिल

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले म्यानमारमा गएको सोमाबार भएको सैन्य कू असफल पार्नका लागि विश्व समुदायसँग अपिल गरेका छन् । चुनावको नतिजा उल्ट्याउनका लागि गरिने कुनै पनि प्रयास स्वीकार्य नरहेको उनले बताएका छन् । कू गर्ने नेताहरुले देशको नेतृत्व गर्ने माध्यम यो होइन भनेर बुझ्नु पर्ने गुट्रेसले बताएका छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा म्यानमारमा भएको सैन्य कू को निन्दा गर्दै वक्तव्य जारी गर्ने प्रयास पुनः गर्ने सम्भावना छ । तर चीनले निन्दाको कुनै पनि शब्दसहितको वक्तव्यमा अवरोध गर्ने देखिन्छ । यसअघि मंगलबार भएको सुरक्षा परिषदको बैठकले चीनको अवरोधका कारण निन्दाको वक्तव्य जारी गर्न सकेको थिएन । गएको सोमबार बिहान सेनाले निर्वाचित नेतृ आङ साङ सूकीसहितलाई गिरफ्तार गरि सत्ता हातमा लिएको हो । सेनाले देशमा एक वर्षका लागि संकटकाल लागु गरेको छ । विश्व समुदायले म्यान...
पीएसजीको शानदार जित
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

पीएसजीको शानदार जित

फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित हात पारेको छ । बुधबार राति भएको खेलमा पीएसजीले निम्सलाई ३-०ले हराएको हो । घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन एन्जल डी मारिया, पाब्लो सराबिया र केलियन एमबाप्पेले एक एक गोल गरे । जितसँगै तेस्रो स्थानमा रहेको पीएसजीले २३ खेलमा ४८ अंक जोडेको छ । १५ अंक जोडेको निम्स तालिकाको पुछारमा छ ।...
१९ वर्षीया युवती उत्तराखण्डकाे एक दिने मुख्यमन्त्री !
अन्तर्राष्ट्रिय, राजनीति, समाचार

१९ वर्षीया युवती उत्तराखण्डकाे एक दिने मुख्यमन्त्री !

भारतको हरिद्वार जिल्ला दौलतपुरकी १९ वर्षीया युवती सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले एक दिनका लागि मुख्यमन्त्री बनाएकाे छ। सृष्टिलाई २४ जनवरीका दिन आज राष्ट्रिय बालिका दिवसको अवसरमा उत्तराखण्डको मुख्यमन्त्री बनाइएकाे हाे । उत्तराखण्ड बालअधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले सरकारले महिला सशक्तीकरणप्रति जाकरुकता फैलाउने उदेश्यले उनलाई मुख्यन्त्री बनाएकाे बताउनु भएको छ। आफूलाई एक दिने मुख्यमन्त्री बनाइएकाेप्रति खुसी व्यक्त गर्दै सृष्टीले विशेषगरी बालिकाको सुरक्षासँग जोडिएका विषयप्रति केन्द्रीत भएर उत्तरखण्ड सरकारका अलग अलग विभागसँग छलफल गरिने बताएकी छिन् । यस अवसरमा विभागका अधिकारीहरुले आफ्नो कामबारे ब्रिफिङ गर्ने र आफूले त्यस विषयमा सुझाव दिने कार्यक्रम रहेकाे सृष्टिले बताइन्। उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि यो कार्यक्रममा सहभागी हुनुभएकाे छ । उत्तराखण्...
हतियार सहित प्रदर्शन हुन सक्ने आशङ्कामा अमेरिकाका सबै राज्यमा उच्च सतर्कता
अन्तर्राष्ट्रिय, समाचार

हतियार सहित प्रदर्शन हुन सक्ने आशङ्कामा अमेरिकाका सबै राज्यमा उच्च सतर्कता

राष्ट्रपतिका रूपमा जो बाइडनले पदभार ग्रहण गर्नुअघि हिंसात्मक प्रदर्शन हुन सक्ने आशङ्कामा अमेरिकाका सबै राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। बाइडनले बुधवार पदभार ग्रहण गर्दै छन्। संसद्‌मा भिड पसेको दिन जस्तै हिंसात्मक प्रदर्शन नहोस् भनेर राजधानी वासिङ्टन डीसीमा न्याश्नल गार्ड्स परिचालन गरिएको छ। सबै ५० राज्यमा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकले प्रदर्शन गर्न सक्ने सङ्घीय जाँच ब्यूरो एफबीआईले चेतावनी दिएको छ। शुक्रवार वासिङ्टन डीसी एक जना मानिस हतियार सहित पक्राउ परेका थिए। भर्जीनिया राज्यका ती मानिसले बन्दुक र ५०९ राउन्ड गोली बोकेका थिए। राष्ट्रपतिको सुरक्षार्थ खटिने निकायको अनुरोधमा राष्ट्रपतिको शपथग्रहण गर्दा जम्मा हुने हजारौँ सर्वसाधारणलाई रोक्ने प्रयास गरिएको छ। कोभिड-१९ महामारीकाबीच बुधवार हुने समारोहमा सहभागी हुनका लागि देशभरबाट यात्रा नगर्न सर्वसाधारणहरूलाई बा...
‘संसारकै सबैभन्दा शक्तिशाली अस्त्र’ सार्वजनिक गरिएको उत्तर कोरियाली सञ्चारमाध्यमको दाबी
अन्तर्राष्ट्रिय, समाचार

‘संसारकै सबैभन्दा शक्तिशाली अस्त्र’ सार्वजनिक गरिएको उत्तर कोरियाली सञ्चारमाध्यमको दाबी

उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गरिने एउटा नयाँ प्रकारको बलिस्टिक क्षेप्यास्त्र सार्वजनिक गरेको छ। सरकारी सञ्चारमाध्यमले त्यसलाई “संसारकै सबैभन्दा शक्तिशाली अस्त्र” भनेर वर्णन गरेका छन्। सरकारी सञ्चारमाध्यमका अनुसार प्योङयाङमा सैनिक परेडका क्रममा थुप्रै क्षेप्यास्त्रहरू प्रदर्शन गरिएको र त्यसलाई सर्वोच्च नेता किम जङ्ग-अनले अवलोकन गरेका थिए। त्यसअघि एउटा विरल राजनीतिक बैठकमा नेता किमले संयुक्त राज्य अमेरिका उत्तर कोरियाको “प्रधान शत्रु” भएको बताएका थिए। अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनको शपथ कार्यक्रमभन्दा केही दिनअघि उत्तर कोरियाले आफ्नो सैनिक सामर्थ्य प्रदर्शन गरेको छ। सैनिक परेड अवलोकन गरेका किमले मुस्कुराउँदै अभिवादन गरिरहेको तस्वीर सार्वजनिक भएको छ। ठूलो आकारका कालो-सेतो रङ्गका चारवटा क्षेप्यास्त्र प्रदर्शन गरिएको सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्वीरमा देखिन्...
कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ लाख नाघ्यो
अन्तर्राष्ट्रिय, समाचार

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ लाख नाघ्यो

कोरोनाभाइरसका कारण हालसम्म विश्वका धरै देशहरु प्रभावित भइरहेका छन् । विश्वका विभिन्न देशमा हरेक दिन कोरोनाको संक्रमणबाट ज्यान गुमाउने र संक्रमितको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ८ करोड ८४ लाख ९९ हजार ८ सय ६३ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ लाख ६ हजार ६ सय ९३ पुगेको छ । त्यस्तै हालसम्म विश्वमा ६ करोड ३६ लाख १० हजार ६ सय ८६ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ३ लाख ७४ हजार १ सय २४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २ करोड २१ लाख ३२ हजार ४५ पुगेको छ । त्यसैगरी निको हुनेको संख्या एक करोड ३१ लाख ४३ हजार ३ सय १७ पुगेको छ । त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २ लाख ४ सय ९८ पुगेको छ भने संक्रमितको संख्या ७९ लाख ६१ हज...
ट्रम्पलाई राष्ट्रपतिबाट हटाउन विपक्षीहरूको माग
अन्तरवार्ता, अन्तर्राष्ट्रिय, समाचार

ट्रम्पलाई राष्ट्रपतिबाट हटाउन विपक्षीहरूको माग

अमेरिकी कङ्ग्रेसको दुवै सदनका विपक्षीहरूले राष्ट्रपति डोनल्ड ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन आग्रह गरेका छन्। अमेरिकी संसद् भवनलाई ट्रम्पका समर्थकहरूले हिंसात्मक तवरले बुधवार कब्जा गरेपछि विपक्षीहरूले यस्तो आह्वान गरेका हुन्। डेमोक्र्याटिक सिनेटर चक सुमरले ट्रम्पलाई तुरुन्तै हटाउनुपर्ने बताए। सभामुख न्यान्सी पेलोसीले यदि उनलाई नहटाइए उनीमाथि महाअभियोग लगाउन सकिने बताएकी छन्। ट्रम्पलाई राष्ट्रपतिबाट हटाउनका लागि रिपब्लिकनहरूको समर्थन आवश्यक हुन्छ। हालसम्म केही रिपब्लिकनले मात्र उनलाई हटाउनुपर्ने कुरामा साथ दिएका छन्। उक्त झडपमा परेर चार जनाको निधन भएको छ भने हालसम्म ६८ जना पक्राउ परेका छन्।प्रहरीको कारबाही व्यापक छानबिनको दायरामा आएको छ। प्रहरी अधिकारीहरूले दङ्गा भड्काउनेहरूलाई नियन्त्रण गर्न नसकेकोमा व्यापक आलोचना खेपिरहेका छन्। हाउस अफ रेप्रिजेन्टेटिभ्सको सुरक्षामा जिम...
सुलेमानीको हत्या अभियोगमा ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी, इन्टरपोल पुग्यो रेड नोटिस
अन्तर्राष्ट्रिय, अपराध, समाचार

सुलेमानीको हत्या अभियोगमा ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी, इन्टरपोल पुग्यो रेड नोटिस

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । इरानको रिभोल्युशनरी गार्ड कर्प्सका प्रमुख मेजर जनरल कासिम सुलेमानीको हत्या अभियोगमा ट्रम्पसहित ४८ जना अमेरिकी अधिकारीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । इरानले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा रेड नोटिस पठाउँदै राष्ट्रपति ट्रम्पसहितका अमेरिकी अधिकारीहरुको गिरफ्तारीको माग गरेको हो । १ वर्षअघि ३ जनवरीमा इराकको बगदादमा ड्रोन आक्रमण गरी अमेरिकाले जनरल सुलेमानीको हत्या गरेको थियो । अल जजीराका अनुसार इरानको न्यायालयसम्बन्धी मामिलाका प्रवक्ता गुलाम हुसेन इस्माइलीले भनेका छन् ‘इरान ती व्यक्तिहरुविरुद्ध कारवाही गर्न र सजाय दिन निकै गम्भीर छ जसले जनरल सुलेमानीको हत्याको आदेश दिए अनि उनीमाथि आक्रमण गरे ।’ यसअघि पनि जून २०२० मा तेहरानका प्रोसिक्युटर अली अल कासिमेहरले इन्टरपोलसँग ट्रम्पको गिरफ्तारी...
जर्मनीमा कडा प्रतिबन्धसहित लकडाउन बढाइयो
अन्तर्राष्ट्रिय, समाचार

जर्मनीमा कडा प्रतिबन्धसहित लकडाउन बढाइयो

कोरोनाको बढ्दो केसकाबीच जर्मनीमा कडा प्रतिबन्धका साथ लकडाउन बढाइएको छ । चान्सलर एन्जेला मर्केलले मंगलवार कोरोनामाथि लगाम लगाउनको लागि ३१ जनवरीसम्म नेशनवाइड लकडाउन बढाइएको बताएकी छन् । यो निर्णय स्टेट गभर्नरको सुझावपछि मात्रै लिइएको हो । जर्मनीमा हालसम्म ३७ हजार १८० जनाको कोरोना भाइरसका कारण निधन भएको छ भने १८ लाख १४ हजार ५६५ जनालाई कोरोना संक्रमण भएको छ ।...
चीनले कोरोना कहाँबाट सुरु भएको थियो भनेर अनुसन्धान गर्न दिएन : डब्लूएचओ
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

चीनले कोरोना कहाँबाट सुरु भएको थियो भनेर अनुसन्धान गर्न दिएन : डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना संक्रमणको सुरुवात कहाँबाट भयो भनेर अनुसन्धान गर्न भनेर गएको विशेषज्ञ टोलीलाई चीनले आफ्नो देशमा प्रवेशको अनुमति नदिएको भन्दै रोष प्रकट गरेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार डब्लूएचओको महानिर्देशक डा. टेड्रोस एडहनम गिब्रेयससले मंगलबार भनेका छन्, ‘हामीहररू निकै निराश छौं, कोरोनाको सुरुवात कहाँबाट भएको थियो भनेर अनुसन्धान गरिरहेको विशेषज्ञ टोलीलाई चीनले अहिलेसम्म आफ्नो देश प्रवेशमा अनुमति दिएको छैन।’ गत वर्ष डिसेम्बर अन्त्यमा चीनको उहान सहरबाट कोरोना संक्रमण सुरु भएको मानिएकाे छ। तर वास्तविकता अझै प्रस्ट हुन नसकेकाले डब्लूएचओका वैज्ञानकि अनुसन्धानमा जुटेको हो। त्यसका लागि गत जनवरीमै डब्लूएचओले विशेषज्ञकाे टोली बनाएर उहान जाने तयारी गरिरहेको थियो।जनेभामा आयोजित अनलाइन पत्रकार सम्मेलनमा डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोसले भने, चिनिया...