Author: admin

मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई ‘राष्ट्रिय सौन्दर्यकर्मी सम्मान’
अर्थ/व्यापार, समाचार

मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई ‘राष्ट्रिय सौन्दर्यकर्मी सम्मान’

सेलिब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई यस वर्षको राष्ट्रिय सौन्दर्यकर्मी सम्मानबाट सम्मानित गरिएको छ । राज मेकअप स्टुडियोका प्रमुख तथा मेकअप आर्टिष्ट पाण्डेलाई राष्ट्रिय नाचघरमा सम्पन्न दोश्रो क्वालिटी ईन्टरटेनमेन्ट अवार्डमा उक्त सम्मान प्रदान गरिएको हो । राष्ट्रिय अन्तराष्ट्रिय अवार्ड विजेता पाण्डेलाई सौन्दर्यकर्मीको रुपमा लामो समयदेखि योगदान दिए वापत सम्मान गरिएको आयोजकले जनाएको छ । नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा विभिन्न ३९ विधामा अवार्ड प्रदान गर्दै कार्यक्रम सम्पन्न भएको हो । यस्तै सो समारोहमा यो वर्षको क्वालिटी इन्टरटेनमेन्ट चलचित्र तथा संगीत पत्रकारिता पुरस्कार २५ हजार एक रुपैयाँ सहित पत्रकार डब्बु क्षत्रीलाई प्रदान गरियो । अढाई दशक भन्दा लामो समयदेखि क्षेत्री पत्रकारितामा सक्रिय छन् । प्रमुख अतिथि प्रथम उपराष्ट्रपति झा सहित आयोजक संस्था क्वालिट...
रामकृष्ण ढकालको स्वरमा गीतकार आँसुको  ‘ए माया गाजलु'(भिडियो)
मनोरन्जन, समाचार

रामकृष्ण ढकालको स्वरमा गीतकार आँसुको ‘ए माया गाजलु'(भिडियो)

गीतकार गोबिन्द कडेल आँसुको नयाँ गीत ( ए माया गाजलु ) बोलको गीत बजारमा आएको छ । कथा , कवीता , खण्डकाव्य , गीत लेखन साथै उपन्यास सम्पादन गर्दै आउनु भयको आँसुले नेपाली साहित्य र सङ्गीतमा दुई दशक देखी कलम चलाउँदै आउँनु भएको छ । https://youtu.be/yaTEpEQYcZQ अहिलेका चर्चित सङ्गीतकार दीपक शर्माको सङ्गीत वरिष्ठ गायक रामकृष्ण ढकालको स्वर रहेको उक्त गीतमा नायक आकाश श्रेष्ठ र अनुशा अधिकारीको अभिनय रहेको छ भने निकेश खड्काले भिडियो डाइरेक्सन गर्नुभएकोछ । सुरज अधिकारी निर्माता रहनु भएको उक्त गीतमा विष्णु पौड्यालको समेत सपोट रहेको छ ।रामकृष्ण ढकाल अफिसिएल युटुबच्यानलमा गीत राखीएको छ ।...
विश्व कीर्तिमानी गितकार डा. उपाध्यायले गरे सङ्गीत क्षेत्रमा पुन: नौलो काम
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी गितकार डा. उपाध्यायले गरे सङ्गीत क्षेत्रमा पुन: नौलो काम

गीत-सङ्गीत र साहित्यका विभिन्न विधामा गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित १ सय १० विश्व रेकर्ड कायम गरिसकेका बहुआयामिक सर्जक डा. डी. आर. उपाध्यायले सङ्गीत क्षेत्रमा पुन: विश्वमै नौलो काम गरेका छन् l आज राजधानीमा आयोजित एक समारोहमा डा. उपाध्यायद्वारा रचित एवं विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा सङ्गीतवद्ध २५ वटा फरक फरक गीतको मेलोडी ( धुन ) २५ जना सङ्गीतकर्मीहरुले एकै थलोमा क्रमैसँग पालैपालो किबोर्डमा बजाएका छन् l यस प्रकारको प्रस्तुति विश्वमै नौलो र पहिलो भएको कुरा गीतकार डा. उपाध्यायले जानकारी गराए l कार्यक्रम राष्ट्रवादी गीतकार एवं गीतकार सङ्घ नेपालका पूर्व अध्यक्ष चूडामणि देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो l समारोहमा सन्तोष श्रेष्ठले ‘सन्तानको शिर उठाउन’, सागर अधिकारी `शरद´ ले ‘तिलिचो ताल’, देवेन्द्र नेवा:ले ‘तिम्रो एक झल्को नपाउँदा’, सूर्य दयालुले ‘स्वर्थी छ दुनिय...
विकासमा अब्बल निर्विकल्प नेता ‘सोमप्रसाद पाण्डे’
राजनीति, समाचार

विकासमा अब्बल निर्विकल्प नेता ‘सोमप्रसाद पाण्डे’

विकासप्रेमी नेताका रुपमा चिनिनुहुन्छ सोमप्रसाद पाण्डे । मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि उहाँ पाल्पा क्षेत्र नं २ बाट एकीकृत समाजवादीका तर्फबाट काँग्रेस वाम गठबन्धनका साझा उमेद्वार बन्नुभएको छ । प्रजातान्त्रीक आन्दोलनसँगै राष्ट्रिय राजनीतिमा होमीनुभएका पाण्डे २०५१, २०५६, २०७० र २०७४ मा साँसदका रुपमा निर्वाचित व्यक्तित्व हुनुहुन्छ । विकास प्रेमी नेताका रुपमा छवी बनाइसक्नुभएका उहाँ पाल्पा २ मा निर्विकल्प व्यक्तित्व हुनुहुन्छ । जसको उपस्थिति विना सिंगो पाल्पाले एक्लो महशुष गर्ने गरेको छ । बिशेषगरी पाल्पाको विकासमा सोमप्रसाद पाण्डेको भूमिका महत्वपूर्ण मानिन्छ । सडक निर्माण, पुर्वाधारको विकास, विभिन्न गाउँमा खानेपानीको व्यबस्थापन, सौचालयको व्यबस्थापन, शिक्षाका लागि पूर्वाधारको निर्माण जस्ता कार्यले सोमप्रसाद पाण्डेलाई पाल्पाले विकासप्रमि नेताका रुपमा स्थापीत गरेको छ । अधि...
राजेन्द्र बजगाईंको पक्षमा जनलहर
राजनीति, समाचार

राजेन्द्र बजगाईंको पक्षमा जनलहर

आगामी मंसिर ४ गते हुने आम निर्वाचनामा गोरखा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उमेदवार भएका राजेन्द्र बजगाईंको पक्षमा जनलहर देखिएको छ । नेपाली कांग्रेसको तर्फबाट गठबन्धनका उम्मेदवार बजगाईं जनताका माझमा विकासप्रेमी र संकटका सारथीका रुपमा चिनिनुहुन्छ । लामो समय पर्यटन व्यवसायमा रहनुभएका बजगाईं कांग्रेसको महासमिति सदस्य समेत हुनुहुन्छ । गोरखाको उच्च हिमाली क्षेत्रमा मानवीय संकट पर्नासाथ अधिकांशले बजगाईलाई नै सम्झने गर्दछन् ।।उहाँले धेरैपटक गोरखामा बिरामी र दुर्घटनामा परेकाहरुको उद्धार गर्दै आउनुभएको छ । गोर्खाली युवालाई प्रत्यक्ष रोजगारीको लागि उहाँको भूमिका महत्वपूर्ण रहँदै आएको छ । विकास र समृद्धिका लागि अग्रसर उहाँ गोरखाको विकास तथा निर्माणका लागि एक पील्लरका रुपमा स्थापीत हुनुहुन्छ । गोरखाको भीमसेन गाउँपालिका मसेल वडा नं. स्थित सामान्य कृषक परिवारमा जन्मिनु भएका बजगाईं बाल्यकालदेखिनै...
गठबन्धनको राजनीति,चुनावी घोषणा पत्र र निर्वाचन
राजनीति, समाचार

गठबन्धनको राजनीति,चुनावी घोषणा पत्र र निर्वाचन

-डा.डी.आर.उपाध्याय खनाल, काठमाडौं । यति बेला देश भरी नै चुनावी माहोल तातेको छ । यसै सिलसिलामा बिभिन्न राजनीतिक दलहरुले चुनावी घोषणा पत्र सार्वजनिक गरिरहेका छन । घोषणा पत्रमा खासै नयाँ कुरा केही पाउन सकिदैन । हुन त घोषणा पत्र जारी गर्दैमा सबै कुरा पुरा हुन्छन भन्ने कुनै ग्यारेन्टी छैन । बिगतका पटक पटकका चुनावमा पनि चुनावी घोषणा पत्र जनताले पढेकै हुन । तर ती घोषणा पत्रमा लेखेका कुरा कार्यान्वयन भएको पाइदैन । जनतालाई सधै भ्रममा राखेर भोट बटुल्ने खेल राजनीतिक दलहरुले पटक पटक गरिरहेका छन । अब जनता पहिले जस्तो झुक्किने काम गर्नु हुदैन । बिबेक प्रयोग गरेर मात्र हाम्रा मान्छे होइन, राम्रा मान्छेलाई जिताउने अभियानमा लाग्नु पर्छ । त्यसो भयो भने मात्र मुलुकको भविश्य बन्छ । खराव मान्छेलाई चुनावी माध्यममार्फत ठाउँका ठाउँ रोक्नु पर्छ । पुराना नेताहरुलाई पटक पटक हेरियो अब युवालाई हेर्न बाँकी छ । यु...
पोलका अस्तव्यस्त तार हटाउँदै प्राधिकरण
अर्थ/व्यापार, समाचार

पोलका अस्तव्यस्त तार हटाउँदै प्राधिकरण

काठमाडौं उपत्यकाको सडक पोलका अस्तव्यस्त तार हट्ने भएको छ । नेपाल विद्युत् प्राधिरकणले पोलमा अस्तव्यस्त रूपमा टाँगिएका इन्टरनेट र केबल टेलिभिजनको तार हटाउन लागेको हो । प्राधिकरणले त्यस्ता तार व्यवस्थापन गर्न ४५ दिनको समयसीमा तोकेको छ । प्राधिरकणले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै आफ्नो पोल प्रयोग गरी अव्यवस्थित रूपमा तानिएका तार र झुन्ड्याइएका उपकरण व्यवस्थापन गर्न निर्देशन दिएको हो । प्राधिरकणले त्यस्ता तारले सहर कुरूप बनाएको तथा आगलागीलगायतका विद्युतीय दुर्घटना बढेको र विद्युत् सेवा प्रवाहमा पनि असर गरेको जनाएको छ । आगलागी नियन्त्रण गर्न र विद्युत् सेवा भरपर्दो बनाउन भन्दै दूरसञ्चार तथा टेलिभिजन सेवा प्रदायकलाई प्राधिकरणले मापदण्डअनुसार नै तार व्यवस्थापन गर्नसमेत निर्देशन दिएको छ । प्राधिकरणले प्राधिरकणले ४०० भोल्ट लाइनको नांगो तार र अन्य सेवा प्रदायकले टाँग्ने तारबीच ८० ...
भण्डारीको प्रबेशले नेकपा एमाले युबाहरुको केन्द्र बन्दै
राजनीति, समाचार

भण्डारीको प्रबेशले नेकपा एमाले युबाहरुको केन्द्र बन्दै

विबेकशिल साझाका केन्द्रीय सदस्य गोपाल भण्डारीको नेतृत्वमा ७१ जना नेकपा एमालेमा प्रबेश विबेकशिल साझा पार्टिका केन्द्रिय सदस्य गोपाल भण्डारीको नेतृत्वमा स्वतन्त्र ब्यक्तिहरु तथा विभिन्न पार्टी परित्याग गरि एउटा ठूलो समुह नेकपा एमाले प्रवेश गरेको छ। चुनावको मुखमा देशका विभिन्न ठाउँहरुमा गरि ७१ जना उनको नेतृत्वमा नेकपा एमाले प्रबेश गरेका हुन । बिबेकशिल साझा, नेकपा समाजबादि , नेकपा माओबादी केन्द्रका बिभिन्न कमिटीहरुमा रहि काम गरिरहेका तथा स्वतन्त्र ब्यक्तिहरुको प्रबेश भएको हो। नेकपा एमालेका अध्यक्ष के. पि. ओलिले पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा नव प्रबेशिलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा बोल्दै पार्टीका महासचिव शंकर पोखरेल अब देश बनाउने कार्यमा क्षमतावान युवाहरु अघि सर्नुपर्ने र त्यसको केन्द्रको रुपमा प्रबेशको लहर आएको बताउनु भयो कार्यक्रममा नव प्रबेशिहरुको प्रतिनिधित...
विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायका फरक शैलीका १३ गीति कविता सार्वजनिक
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायका फरक शैलीका १३ गीति कविता सार्वजनिक

काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले आफ्ना फरक शैलीका १३ गीति कविता र एक पृथक् शैलीमा सिर्जना सार्वजनिक गर्नुभएको छ । शनिबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै डा. उपाध्यायले फरक शैलीका १३ गीति कविता र एक पृथक् शैलीमा सिर्जना सार्वजनिक गर्नुभएको हो । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विश्वका विभिन्न ११० विधामा यसअघि विश्व रेकर्ड कायम गर्नुभएका गीतकार तथा साहित्यकार उपाध्यायले शनिबार सार्वजनिक गर्नुभएको गीति कविता र फरक शैलीको सिर्जनालाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्ने उद्देश्य रहेको बताउनुभयो । यसपटक उहाँले आफ्ना १५० ओटा गीत विश्वको नक्सा (ग्लोबल)मा सार्वजनिक गर्नुभएको हो भने फरक शैलीका १३ गीति कविता सार्वजनिक गर्नुभएको हो । उहाँले सार्वजनिक गरेका गीति कवितामा संसारभरका ११५ वटा सांगीतिक पत्रिकाको नाम समेटिएको, अन्तरिक्षमा पाइला टेकेका विश्वका अन्तरिक्ष यात...
सफल महिला उद्यमी सुष्मा महरा
मनोरन्जन, समाचार

सफल महिला उद्यमी सुष्मा महरा

नेपालको व्युटी बिजनेशमा बीग व्युटी बिजनेश वुमनको रुपमा सुषमा महरालाई चिनिने गरेको छ । विगत २५ बर्षदेखि सौन्दर्य व्यवसायमा सुषमाको ठूलो योगदान रहेको छ । काठमाडौं मल स्थित चौथो तल्लामा स्थापित फेसियल हाउस लेडिज एण्ड जेन्टस् सैलुन संचालनमा ल्याएकी सुषमाले काठमाडौं मलको अलावा चावहिल, सीटीसी मल, पोखरामा ,सुरखेत र धनगडीमा समेत फेसियल हाउसको विस्तार गरेकी छन् । १ सय जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिदैं आएकी सुषमा आफैपनि अहोरात्र खट्ने मेहनती बरिष्ठ सौन्दर्यविज्ञ हुन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका कोषाध्यक्ष, कर्पोरेट मिडिया ग्रुपका प्रवन्ध निर्देशक तथा व्युटी एशोसियसन अफ नेपाल तथा महिला च्याम्बरको आजीवन सदस्य समेत रहेका सुषमाले कुनैबेला कपडा व्यवसाय तथा बुटिक संचालन गरेकी थिइन् । यद्यपि, सौन्दर्य व्यवसायमा नै सुषमा जमेकी छन् । यसै व्यवसायवाट सुषमाले नाम, दाम, इज्जत र प्रतिष्ठा कमाउन...