Author: admin

रमेशको ‘झिलिमिली तिहारै आयो’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

रमेशको ‘झिलिमिली तिहारै आयो’ सार्वजनिक(भिडियो)

बहु प्रतिभाशाली गायक रमेश पाठकको नयाँ तिहार गीत सबैको रोजाइमा पर्न सफल भएको छ। पाठककै शब्द, स्वर र संगीत रहेको “झिलिमिली तिहारै आयो” बोलको गीत केहि दिन अघी मात्र सार्वजनिक भएको थियो ।पाठकको आफ्नै वेभ स्टुडियोमा रेकर्ड भएको यस गीतको संगीत सम्योजन रिकेश गुरुङको रहेको छ भने मिक्सिङ र मास्टरीङ नरेन्द्र बियोगिले गरेका हुन । त्यस्तै भिडियो तर्फ छायान्कन बिजय कार्कीको रहेको छ भने सम्पादन रोशन धितालले गरेका हुन । https://youtu.be/2yyScv3jSXo नेपालीहरुको माहन चाड दिपावली नजिकदै गर्दा अहिले पाठकको “झिलिमिली तिहारै आयो” बोलको गीत एफ एम, टेलिभिजनहरुमा अत्याधिक बजिरहेको छ । त्यस्तै पछिल्लो समयमा चर्चित मोबाईल एप TIKTOK मा पनि पाठकको यो गीत अत्याधिक रुचाईएको छ । हुन त गायक रमेश पाठकका तीज गीत, दशै गीत प्राय सबै चर्चित छन । नेपालीहरुको चाड पर्बमाहरुमा पाठककै गीत हरु धेरै बज्ने गर्दछन गायक पाठक सच...
जनताका प्रतिनिधि बेइमान भए देश बिग्रन्छ
राजनीति, समाचार

जनताका प्रतिनिधि बेइमान भए देश बिग्रन्छ

-डा.डी.आर.उपाध्याय खनाल, अहिले राजनीतिक दलहरू चुनावको बिषयलाई लिएर ब्यस्त छन । उनीहरु संग कुरा गर्ने फुर्सद नै छैन । आज देश भरी चुनावी प्रचार ब्यापक रुपमा बढी रहेको छ । मंसिर ४ गते चुनाव हुदैछ । निर्वाचनको चटारो सबै दलहरुलाई लागेको छ । अहिले सबै दलहरु चुनावमा नै केन्द्रित छन । जनताको मन जित्नेहरुका लागी यो चुनाव अवसर हो, जनतालाई धोका दिनेहरुका लागी यो चुनाव ठूलो चुनौती हो । दलहरु जनता प्रति त्यति गम्भिर भएको देखिएन् । यो ठूलो समस्या हो । देश र जनताको निम्ति राजनीति गर्छु भन्ने हरु नै बेइमान भए । यो नै समस्या हो । जनतामा बिहान बेलुकाको छाक टार्न धौं धौ परिरहेको अबस्था छ । अब मुलुक बनाउन सबै उठ्नु पर्छ । जनताका प्रतिनिधि देश प्रति इमान्दार हुनु पर्छ । जनताका प्रतिनिधि नै बेइमान भए भने देश बिग्रन्छ । आज सत्तारुढ राजनीतिक दलहरू आफ्नै बलबुतामा नभई एक अर्काको बुइ चढेर अघि बढन खोजिरहेका छन ...
‘तिम्रो साथ’ बोलको म्युजिक भिडियो सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

‘तिम्रो साथ’ बोलको म्युजिक भिडियो सार्वजनिक(भिडियो)

नेपाली तथा तामाङ भाषा चलचित्र एवं म्यूजिक भिडियोमा ख्याति कमाएका नायक तथा मोडल सागर घिसिङ र नायिका मिना लामाको फिचर्ड रहेको नयाँ गीत ‘तिम्रो साथ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। हाईलाईट्स नेपालको अफिसियल युट्युब च्यानलमार्फत उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो। प्रेमकथामा आधारित म्युजिक भिडियोमा नायक घिसिङ र नायिका लामाले  अभिनय गरेरका छन् । नगरकोटको रमणिय दृश्यहरु समेटेर छायांकन गरेको  ‘तिम्रो साथ’ बोलको गीतको लाई दुई दिन लगाएर छायाँकन गरिएको थियो । गीतमा गायक कविन्द्र तामाङ र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ। कविन्द्र तामाङको शब्द तथा संगीत रहेको उक्त गीतलाई कर्साङ लामाले मिक्सिङ मास्टरिङ गरेका हुन् । बिक्रम लामा मोक्तानको छायाँकन रहेको म्युजिक भिडियोलाई कोरियोग्राफर समेत रहेका अजय स्याङ्तानले निर्देशन गरेका हुन्। https://youtu.be/K5QY1hRzYd8...
देशकै नम्वर १ सलुन ‘फेसियल हाउस’ अव धनगढीमा
अर्थ/व्यापार, समाचार

देशकै नम्वर १ सलुन ‘फेसियल हाउस’ अव धनगढीमा

काठमाडौं । नेपालको प्रख्यात ब्युटि सैलुन फेसियल हाउसले छैटौं नयाँ शाखा धनगढीमा संचालन गरेको छ । धनगढीको चौडामा आज एक कार्यक्रमका विच वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक शुष्मा महरा र कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्प राज कुँवरले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । महराले सुदुरपश्चिममा शाखा विस्तार गरे सँगै पश्चिम हुँदै पुर्वतिर पनि सेवाग्राहीहरूले गुणस्तरीय सेवा खोज्न थालेपछी फेसियल हाउसको अन्य शाखा विस्तार गर्ने लागेको बताएकी छन् । सो कार्यक्रमका प्रमुख अतिथि रहेका कुँवरले आफ्नो मन्तव्य राख्दै भने आर्थिक मन्दीको यस्तो अवस्था रहेको बेलामा र वित्तीय क्षेत्रले समेत लगानी गर्न नसकेको अवस्थामा यस ठाउँमा लगानी गरेर व्यवसाय स्थापना गरेप्रति फेसियल हाउसलाई धन्यबाद दिएका छन् । काठमाडौंको काठमाडौं मल, चावहिल र सिटिसि मलका साथै उपत्यका बाहिर पोखरा, सुर्खेतबाट...
बेइमानको राजनीतिले मुलुकलाई अघि बढाउन सकिदैन
राजनीति, समाचार

बेइमानको राजनीतिले मुलुकलाई अघि बढाउन सकिदैन

-डा.डी.आर.उपाध्याय खनाल काठमाडौं ।  आमनिर्वाचन २०७९ को माहोल तातिसकेको छ । नेताहरु चुनावी प्रक्रियामा लागी सकेका छन । तर आमजनतामा निर्वाचनप्रति खासै उत्साह भएको देखिएन । कारण के हो त ? आम जनता यति बेला निराश भएको अबस्था देखिन्छ । राजनीति गर्ने नेताहरुले जनतामाथि बेइमान गरिरहेका छन । त्यो कारणले पनि जनतामा उत्साह देखिएन । जनतामा निराश आउनु भनेको खतराको संकेत हो । अब राजनीतिक दलहरु इमान्दार नबन्ने हो भने समस्या पककै आउँछ । आज हामीले देखिरहेका छौं , नेताहरुमा चरम अवसरवाद छ । नेताहरु भ्रष्टाचारमा चुर्लुम डुबेका छन । बेइमानको राजनीतिले मुलुकलाई अघि बढाउन सकिदैन । आज हामी देखिरहेका छौं, जनता किन निराश र वाक्क छन् ? लोकतन्त्रमा देश र जनता सम्पन्न हुनु पर्ने हो त्यो किन हुन सकेन ? कारण नेताहरु बेइमान भए अरु केही होइन । लोकतन्त्रको नाममा छाडातन्त्र चलेको छ । यसरी देश चल्दैन । जनताको ब...
नारायणको निर्देशनमा ‘तिहारै आयो झिलीमिली’ (भिडियो)
मनोरन्जन, समाचार

नारायणको निर्देशनमा ‘तिहारै आयो झिलीमिली’ (भिडियो)

नेपालीहरूको महान् पर्व दशैँ विदाभएसँगै दोस्रो ठूलो चाड तिहार आउने तयारीमा छ । तिहार भन्दा वितिकै देउसी भैलोको चर्चा हुने गर्दछ । तिहारका गीत सङ्गीतको बेग्लै रौनक हुने गर्दछ । तिहारलाई लक्षित गर्दै नयाँ नयाँ गीत सार्वजनिक पनि हुन थालेका छन् । यही मेसोमा नारायण रिजालको निर्देशन र कोरियोग्राफिमा ‘तिहारै आयो झिलीमिली’ सार्वजनिक भएको छ । संजय तुमरुक र सब्बु केसी साथमा रवी केसीको स्वर, पदम साधना कुलुङको शब्द, विकास चौधरीको सङ्गीत सजय हमालको एरेञ्ज र शुशिल विक्रम शाहको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/J_C0YzXcUdo सार्वजनिक गीतको भिडियोमा नारायण रिजाल, रेनुका रिजाल, रोशन बुढाथोकी, अजय थापा, प्रतिज्ञा भण्डारी, युनिशा रिजाल, हरिवंश पन्त, सुदर्शन भट्टराई, सम्पूर्ण श्रेष्ठ, गणेश कार्की, देवी खड्कालगायत लाई फिचरिङ गरिएको छ । शिव कैलाश कला मन्दिर...
यात्रारत यात्रा
समाचार, समाज

यात्रारत यात्रा

एभरेष्टमेन विषय देखे पछि कथा उन्ने तथा दृष्यमा बदल्ने गर्छु। समाजमा धेरै किसिमका विषयहरु हुन्छन् तर मलाई हाम्रै समाजका व्यक्तिले भोगिरहेका हाम्रै समाज वास्तविक विषयको मात्र कथा उन्न र दृष्यमा बद्लने सोच आउछ । मैले कथा बुनेका र दृष्यमा रुपान्तरण गरेका विषय कुनै विषेश लिङ्ग, जाति, क्षेत्रसँग सम्बन्धित हुने गर्छन् । यस क्रममा नयाँ ठाउँ खोज्ने र त्यसलाई यात्रादृष्यमा बदल्ने गर्छु यसले मलाई परम खुशी तथा आनन्द मिल्छ। यसै सिलसिलामा सन् २०११ मा सगरमाथाको चुचुरोबाट नेपाल बैंक लिमिटेडको व्यवसायिक विज्ञापन बनाए वापत विश्व रेकर्ड पनि बन्यो । यो अवधिको भोगाई र बुझाईका कारण सगरमाथाको आरोहणलाई गौरवमय बनाउने शेर्पा त्यसभित्रका पनि कथामा नभनिएका, नबुनिएका तर सगरमाथाको गरिमामा ईटा थपिरहनेहरुको विषयले मलाई एभरेष्टमेन बनाउन प्रेरित गर्यो । एभरेष्टमेन हिमाल आरोहणमा असाधारण क्षमता भएका कामीरिता शेर्पाको ...
समय र मागलाई नेपाली जनताले पर्खेर बसेका छन
राजनीति, समाचार

समय र मागलाई नेपाली जनताले पर्खेर बसेका छन

-डा.डी.आर.उपाध्याय खनाल, अब राजनीतिक दलका नेताहरु सच्चिनु पर्छ । लोकतन्त्र बचाउने भनेको दलहरुले हो । दलहरु नमिले सम्म लोकतन्त्र बलियो हुदैन । लोकतन्त्र बलियो बनाउन पनि दलहरु मिल्नु पर्छ । आज देशमा राजनीतिक अबस्था त्यति राम्रो ढंगले चलेको छैन । जनता धेरै निराश अबस्थामा छन । राजनीतिक दलहरुले जनतालाई भ्रममा पारिरहेका छन । अब जनता सचेत हुनु पर्छ आज जनताको चेतनास्तरमा निकै वृद्धि भइसकेको छ । अहिलेका जनता मुलुक हाँक्ने भएका छन । अब हुने चुनाव मा जनताले आफै फैसला गर्छन । अब मतदाता सचेत हुनु पर्ने आबश्यकता देखिएको छ । अब जनतालाई सचेत र सजग बनाउनु पर्ने बेला आएको छ । राजनीतिक दलहरुले ले मुलुक बनाउने चिन्ता पटक्कै गरेनन् । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनबाट पाठ सिकेर दलहरु अघि बढनु पर्छ । दल र तिनका नेताहरुले सधैँ नेपाली जनतालाई सोझो सम्झँदै आएका छन् । नेताहरूका भ्रष्ट प्रवृत्तिका बिरुद्ध ज...
एसियन प्रोफेसनल अचिभमेन्ट अवार्डमा विदेशीहरुलाई
समाचार, समाज

एसियन प्रोफेसनल अचिभमेन्ट अवार्डमा विदेशीहरुलाई

दुवई-  तीन वर्ष देखि सिजन मिडिया प्रालिले अन्तराष्ट्रिय स्तरमा प्रदान गर्दै आएको एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२ बाट नेपाल लगायत एसियन मुलुकका ११ जना गरी ३४ जनाले यस वर्षको प्रोफेसनल हात पार्न सफल भएका छन । देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा योगदान दिने विशेष व्यक्तिलाई प्रदान गरिने ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ सिजन मिडियाले दुबईको याक एन यति क्लबमा एक कार्यक्रमका बिच अवार्ड प्रदान गरेको हो । सिजन मिडियाले आफ्नो १४ औं स्थापना दिवस तथा संविधान दिवस २०७९ को अवसर पारेर प्रदान गरिएको अवार्ड युपिएफ एसिया प्यासिफिकका को चियर डा. रोबेट किट्टेल ( अमेरीकी ) पूर्व मन्त्री एकनाथ ढकाल साथै यूएइका एनआरएनए अध्यक्ष ठाकुर ढुङ्गानाको हातबाट प्रदान गरेको सिजन मिडिया प्रालिका अध्यक्ष प्रदीप राज वन्तले जानकारी दिए । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा भारतिय नेता विजय जोली आउने निश्च...
फेसन कोरियोग्राफर रोजिन शाक्यलाई एशियन प्रोफेसनल अचिभमेन्ट अवार्ड
मनोरन्जन, समाचार

फेसन कोरियोग्राफर रोजिन शाक्यलाई एशियन प्रोफेसनल अचिभमेन्ट अवार्ड

काठमाडौं । बडा दशैको शुभ अवसरमा दुबई आयोजना भएको एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२२ मा नेपालका फेसन कोरिायोग्राफर रोजिन शाक्यलाई आइकोनिक फेसन एण्ड प्याजेन्ट कोरियोग्राफरको अवार्ड प्राप्त भएको हो । उक्त अवार्ड कार्यक्रममा नेपाल, भारत, फिलिपिन्स, बंगलादेश, युएई लगायतका मुलुकका विभिन्न क्षेत्रका विभिन्न व्यवसायिक व्यक्तिहरुलार्ई उनीहरुको आ आफ्नो क्षेत्रमा निरन्तरता, उपलब्धी र योगदानको उच्च मुल्यांकन एवं कदर गर्दै एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड अन्तर्गत विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो । आइकोनिक फेसन एण्ड प्याजेन्ट कोरियोग्राफरको अवार्ड विजेता रोजिन शाक्य झन्डै २५ वर्ष देखि फेसन र संचार क्षेत्रमा निरन्तर क्रियाशिल नाम हो । स्थानीय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सौन्दर्य, मोडलिङ तथा फेसन कार्यक्रम गरी झन्डै चौध सय कार्यक्रमको कोरियोग्राफरको रुपमा अनुभव संगालिसक...