Author: admin

फ्रान्समा एकैदिन ३० हजारभन्दा बढी संक्रमित फेला, ९ शहरमा शनिबार रातीदेखि कर्फ्यू
अन्तर्राष्ट्रिय, समाचार

फ्रान्समा एकैदिन ३० हजारभन्दा बढी संक्रमित फेला, ९ शहरमा शनिबार रातीदेखि कर्फ्यू

फ्रान्समा बिहिबार कोरोनाका ३० हजार ६ सय २१ नयाँ संक्रमित फेला परेका छन् । अघिल्लो दिन २२ हजार ५ सय ९१ संक्रमित भेटिएका थिए । कोरोनाका बढ्दो संक्रमित भेटिएपछि फ्रान्सको सरकारले राजधानी पेरिससहित ९ शहरमा शनिबार रातीदेखि कर्फ्यू लगाउने निर्णय गरेको छ ।विश्व स्वास्थ्य संगठनले मानिसहरुको ज्यान बचाउनका लागि कडा प्रतिबन्ध लगाउन अत्यावश्यक भएको भन्दै चेतावनी दिएको छ । शनिबारदेखि लण्डनमा कोठाभित्र आयोजना हुने कार्यक्रममा पनि प्रतिबन्ध लगाइएको छ किनभने लण्डन र त्यस आसपासका इलाकामा कोभिड अलर्ट जारी गरिएको छ । फ्रान्स, इटली, पोल्याण्ड र जर्मनीजस्ता देशमा बिहिबार ठूलो परिणाममा परीक्षण सुरु भएपछि एकदिनमा सबैभन्दा धेरै संक्रमित फेला परेका हुन् । बिहिबार रुसमा २ सय ८६ जनाको मृत्युको खबर छ । कोरोनाभाइरस फैलिएपपिछ यो रुसमा एक दिनमा भएको अहिलेसम्म सबैभन्दा धेरै मृत्यु हो । विश्व स्वास्थ्य संगठनले...
सेना र प्रहरीमा सङ्क्रमण बढ्दो
समाचार, स्वास्थ्य

सेना र प्रहरीमा सङ्क्रमण बढ्दो

नेपाली सेना र प्रहरीको ब्यारेकमा कोरोना सङ्क्रमण बढ्दो छ। बिहीबार मात्रै यहाँ कार्यरत २२ नेपाली सेना र १४ नेपाल प्रहरीमा सङ्क्रमण पुष्टि भएको हो। यसअघि गत आइतबार नेपाली सेनाको २३ नं बाहिनीका १८ र अर्जुनवाण गण घोडाबाँधेका १२ सैनिकमा कोरोना देखिएको थियो। त्यस्तै अघिल्लो बुधबार नेपाली सेनाका २८ जनामा एकसाथ सङ्क्रमण पुष्टि भएको थियो। नेपाल प्रहरीमा पनि सङ्क्रमित थपिँदै गएका छन्। आइतबार जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृतमा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका १४ जनामा बिहीबार सङ्क्रमण पुष्टि भएको हो। बिहीबार मात्रै नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि, उच्च अदालत पोखरा बागलुङ इजलासमा कार्यरत तीनसहित ५१ जना सङ्क्रमित थपिएका हुन्। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसीआर जाँचमा ४५ पुरुष र ६ महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए।...
सिकाइमा अनलाइन प्रभावकारी
शिक्षा, समाचार

सिकाइमा अनलाइन प्रभावकारी

कोरोना भाइरस सङ्क्रमण कायमै रहेको बेला विद्यार्थीको न्यूूनतम सिकाइ उपलब्धि सुनिश्चित गर्न अनलाइन माध्यमलाई बढी प्रभावकारी बनाउनुपर्ने आँैल्याइएको छ । वैकल्पिक विधिमध्ये शिक्षकले विद्यार्थीको सामान्य रेखदेख गर्न सक्ने तथा दुई पक्षबीच दोहोरो संवाद हुनसक्ने हिसाबले यसको पहुँचमा वृद्धि गर्दा न्यूूनतम सिकाइ सुनिश्चित गर्न सकिने जनाइएको छ । अभिभावक महासङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारी भौतिक कक्षा सञ्चालन हुन नसकेको अहिलेको अवस्थामा अनलाइन माध्यमबाटै विद्यार्थीको पठनपाठन अगाडि बढाउनुपर्ने बताउनुहुन्छ । रेडियो, टेलिभिजनको तुलनामा दोहोरो संवाद हुनसक्ने तथा कतिपय अवस्थामा शिक्षकले निगरानीसमेत गर्न सक्ने भएकाले यसलाई बढी प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । न्यूूनतम सिकाइबिना नै विद्यार्थीको कक्षा चढाइएको अवस्थामा शैक्षिक गुणस्तरसमेत कायम हुन नसकी शैक्षिक क्षेत्रमा ठूलो क्षति हुन सक्नेसमेत औँल...
सबै मन्त्रालयको सूचना एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था गर्छु– मन्त्री गुरुङ
अन्तरवार्ता, समाचार

सबै मन्त्रालयको सूचना एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था गर्छु– मन्त्री गुरुङ

नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सबै मन्त्रालयहरुको सूचनालाई एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था मिलाउने बताएका छन् । बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गुरुङले कुनैपनि मन्त्रालयको सूचना लुकाएर बस्ने स्थितिको अन्त्य गर्दै एकद्वार प्रणालीमार्फत सूचना दिने व्यवस्था मिलाउने बताए । कुनैपनि मन्त्रालयमा गलत कुराहरु छन भने त्यसको अनुसन्धान गरेर बाहिर ल्याउन मन्त्रालयले आफ्नो काम गर्ने उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रीमण्डल पुनर्गठन गरेपछि महिला तथा समाजिक मन्त्री रहेका मन्त्री गुरुङले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका हुन् । जिम्मेवारी पाएसँगै बिहीबार अपरान्ह मन्त्रालयमा पदभार सम्हालेका छन् ।...
युट्युबले कोरोनाका बारेमा भ्रम छर्ने भिडियो हटाउने
अन्तर्राष्ट्रिय, समाचार

युट्युबले कोरोनाका बारेमा भ्रम छर्ने भिडियो हटाउने

भिडियो हेर्न मिल्ने लोकप्रिय माध्यमको रुपमा रहेको युट्युबले कोरोनाभाइरसका बारेमा भ्रम फैलाउने भिडियोहरु आफै हटाइदिने भएको छ । युट्युबमा कतिपयले भ्रामक भिडियोहरु पोष्ट गरेर युट्युवका कारण समाजमा नकारात्मक असर परेकोभन्दै आलोचना भएपछि युट्युबले त्यस्ता भिडियो हटाउने घोषणा विहिबार गरेको हो । विश्व स्वास्थ्य संगठनले मान्यता नदिएपनि कतिपय व्यक्तिहरुले कोरोनाविरुद्धको औषधी वा खोप पत्ता लागेको भन्दै युट्युबमा हालेको भिडियो बढी विवादमा परेको थियो । युट्युबका प्रवक्ता फर्शाद शाड्लुद्धारा जारी वक्तव्यमा लेखिएको छ, “कोरोनाभाइरसका विरुद्धमा प्रयोग हुने औषधी वा खोप भन्दै कतिपय भ्रमण छर्ने भिडियोहरु युट्युबमा प्रयोग भएको र त्यसका बारेमा उजुरीहरु समेत आएकाले त्यस्ता भिडियोहरु हटाउने निर्णय गरिएको हो ।” स्वास्थ्य जस्तो सम्वेदनशील विषयमा भ्रम छर्ने भिडियोहरुले मानव जीवनमाथी नै खतरा उत्पन्न गर्न सक्ने ...
मेहनत गर्दैछु एकदिन आफ्नो लक्ष्यमा पुग्नेछु -रजनी खड्का,गायिका/ मोडल
अन्तरवार्ता

मेहनत गर्दैछु एकदिन आफ्नो लक्ष्यमा पुग्नेछु -रजनी खड्का,गायिका/ मोडल

१,के गर्दै हुनुहुन्छ ?सन्चै हुनुहुन्छ नि ? हजुर आराम नै छु ,कोरोनाको त्रास अनि सक्रमण रोक्न सरकारले गरेको लक् डाउन पालना गर्दै घरमा नै छु । २,कति भयो यो क्षेत्रमा लाग्नु भएको ,कति वटा म्युजिक भिडियो आयो बजारमा ? यो क्षेत्रमा लागेको ७ बर्ष जति भयो हालसम्म आधा दर्जन म्युजिक भिडियो बजारमा आएको छ । ३,यतिको बर्ष हुदा पनि किन चर्चा कमाउन सक्नु भएन नि ?म मेहनत गरिराको छु। मानब कहिले पनि पूर्ण हुदैन म अझै सिक्ने क्रममा छु । चर्चा भनेको त्यस्तै हो सन्तुस्ट छु ,समय हजुरलाई पनि थाहा छ चर्चा कमाउन कि बाटो मोड्न पर्छ कि ठुलो मान्छेको साथ् चाहिन्छ कि पैसा खर्च गर्न त्यो सबैको चिजको कमि मसंग भएर होला ।तर पनि मेहनत गर्दैछु र गर्छु पनि एक दिन म अबस्य लक्ष्यमा पुग्छु । ४,यति राम्री हुनुहुन्छ ,चलचित्रमा अभिनय गर्ने रहर जागेन ? रहर भएर मात्र हुदैन । ईच्छा छ तर पनि पहिला यो क्षेत्रमा सफल भए...
कसले के भन्छ भनेर सुन्न र बुझ्न थाल्यो भने त्यो मान्छे सफल हुन सक्दैन :अश्मिता चौलागाई,लोक गायिका
अन्तरवार्ता

कसले के भन्छ भनेर सुन्न र बुझ्न थाल्यो भने त्यो मान्छे सफल हुन सक्दैन :अश्मिता चौलागाई,लोक गायिका

किरण अधिकारी / काठे लोक दोहोरि क्षेत्रमा सफल हुदै लोक गायिका अश्मिता चौलागाई लोकसंगीतक्षेत्रमा प्रतिभाहरु जन्मने क्रम जारि छ । नेपालि लोक दोहोरि क्षेत्र त्यसमाथि काठ क्षेत्रमा नया प्रतिभा आउने क्रम जारि छ । कतिपय कलाकार यहि क्षेत्रमा संघर्ष गरिरहेका छन् ।काठ क्षेत्रमा धेरै कलाकार जन्माउने काभ्रे जिल्ला पर्छ ।काभ्रे जिलाको कोशीपारीबात केहि समय अघि देखि संघर्ष गरिरहेकी छिन ।सानोमा उनलाई रेडियो सुन्दा र टिभी हेर्दा लाग्थ्यो म पनि भोलि गएर यसरि नै गित गाउन सक्छु होला ।बिस्तारै उनले प्रण गरिन म गायिका बन्छु ।त्यहि दृढ ईच्छाले आफु अगाडी बढीन अनि गायिका बनेर अगाडी आईन उनि हुन् काभ्रे जिलाको कोशीपारी जन्मिएकी गायिका अश्मिता चौलागाई । उनि अहिले यहि क्षेत्रमा स्नाघर्ष गरिरहेकी छिन ।उनको स्वरमा र आफ्नै एलबममा गरेर हाल सम्म एक दर्जन भन्दा बढी गित बजारमा आईसकेको छ ।लोक गायिका अश्मिता भन्छिन म मेहनत गरि...
राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण
राजनीति, समाचार

राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

राप्रपाका अध्यक्ष कमल थापा कोरोना संक्रमित भएका छन्। बिहीबार थापाले आफूमा कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका हुन्। ‘कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा हिजो सामान्य टाउको दुखाईको कारण कोभिड–१९ पीसीआर परिक्षण गर्दा मेरो रिपोर्ट पोजिटिभ देखिएको छ। अवस्था सामान्य छ,’ थापाले ट्विटरमा लेखेका छन्, ‘केही दिनयता मसंग सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित र सतर्क रहनु हुन अनुरोध गर्दछु।’...
चर्चित गायक ‘बोकेदारी’को ‘दशैं आयो तिहार आयो’ गीत सार्वजनिक (भिडियोसहित)
मनोरन्जन, समाचार

चर्चित गायक ‘बोकेदारी’को ‘दशैं आयो तिहार आयो’ गीत सार्वजनिक (भिडियोसहित)

चर्चित गायक श्रीकृष्ण लुइँटेल (बोकेदारी)ले दशैं–तिहारलक्षित गीत सार्वजनिक गरेका छन् । ‘दशैं आयो तिहार आयो’ बोलको गीतलाई बोकेदारी मिडिया अफिसियलको युट्युब च्यानलमार्फत् रिलिज गरिएको हो । सार्वजनिक गरिएको गीतको भिडियोले दशैँ–तिहार नजिकिएको आभास गराउँछ । गीतमा स्वर, शब्द तथा संगीत श्रीकृष्ण लुइँटेलकै रहेको छ । कमेडी शैलीमा बनेको गीतको भिडियोमा कोरोनाको कहरमा दशैं र तिहार मनाएको देखिन्छ । https://youtu.be/aZ-buawBQ9A सार्वजनिक गरिएको गीतको भिडियोमा कलाकारको रुपमा श्रीकृष्ण लुइँटेलका साथ शम्भु श्रेष्ठ, विक्रम गेलाल, नहिम अली, अरुण राजवंशी, रजत श्रेष्ठ, दिपेन्द्र कटुवाल र विष्णु कार्की रहेका छन् । रोहित लाम्गादेको निर्देशनमा तयार भएको गीतको भिडियोलाई जोनी योन्जनले एरेन्ज गरेका हुन् । सुवास लिम्बूको छायांकन तथा सम्पादन रहेको गीतको भिडियोलाई नहिम अलीले कोरियोग्राफ गरेका हुन् ।...
उपप्रधानमन्त्री पोखरेलको बहाली
राजनीति, समाचार

उपप्रधानमन्त्री पोखरेलको बहाली

उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गरेका छन। यसअघि रक्षामन्त्री रहनुभएका पोखरेल बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीका रुपमा नियुक्त भएका थिए। प्रधानमन्त्रीलाई सघाउन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका काममा संयोजनका लागि पोखरेलले नयाँ भूमिका निर्वाह गर्नेछन्।...