१,के गर्दै हुनुहुन्छ ?सन्चै हुनुहुन्छ नि ?
- हजुर आराम नै छु ,कोरोनाको त्रास अनि सक्रमण रोक्न सरकारले गरेको लक् डाउन पालना गर्दै घरमा नै छु ।
२,कति भयो यो क्षेत्रमा लाग्नु भएको ,कति वटा म्युजिक भिडियो आयो बजारमा ?
- यो क्षेत्रमा लागेको ७ बर्ष जति भयो हालसम्म आधा दर्जन म्युजिक भिडियो बजारमा आएको छ । ३,यतिको बर्ष हुदा पनि किन चर्चा कमाउन सक्नु भएन नि ?
- म मेहनत गरिराको छु। मानब कहिले पनि पूर्ण हुदैन म अझै सिक्ने क्रममा छु । चर्चा भनेको त्यस्तै हो सन्तुस्ट छु ,समय हजुरलाई पनि थाहा छ चर्चा कमाउन कि बाटो मोड्न पर्छ कि ठुलो मान्छेको साथ् चाहिन्छ कि पैसा खर्च गर्न त्यो सबैको चिजको कमि मसंग भएर होला ।तर पनि मेहनत गर्दैछु र गर्छु पनि एक दिन म अबस्य लक्ष्यमा पुग्छु ।
४,यति राम्री हुनुहुन्छ ,चलचित्रमा अभिनय गर्ने रहर जागेन ?
- रहर भएर मात्र हुदैन । ईच्छा छ तर पनि पहिला यो क्षेत्रमा सफल भएर अगाडी बढ्ने सोच छ । पक्कै एक दिन चलचित्रमा अभिनय गरेको देख्न पाउनुहुन्छ ।
५,तपाईलाई के भनेर चिन्ने मोडल कि गायिका ?
- म एउटा कलाकार हु । कलाकार भएपछी सबै चिजमा पोख्त हुनुपर्छ जस्तो लाग्छ । म मोडल पनि हु गायिका पनि हु । दर्शकले र श्रोताले दुवै रुपमा चिन्नु हुन्छ । अब छिट्टै शब्द संकलन पनि गर्दै छु । त्यता पनि मेरो ध्यान गएको छ ।
६,महिला कलाकारलाई यो क्षेत्रमा शोषण हुन्छ रे नि हो ?
- खै त्यो मैले पनि सुनेको छु । तर यो कुरालाई सकारात्मक र नकारात्मक दुवै रुपमा हेर्छु म ।अनि अर्को कुरा आफुमा पनि भर पर्छ ।आफु राम्रो भए संसार राम्रो हुन्छ नराम्रो भए नराम्रो हुन्छ ।
७,कलाकार बन्न के के चिज आवस्यक पर्छ ?
- कलाकार हुनलाइ सबै भन्दा मुख्य कुरो त मेहनत चाहिन्छ रहरले मात्र कलाकार मा प्रवेश गर्न अलिक असमर्थ हुन्छ। कला र प्रतिभा नभई कलाकार बन्ने कल्पना गर्नु व्यर्थ छ । त्यसैगरी सबै भन्दा ठुलो कुरा साधना चाहिन्छ ।
८,रुप,पैसा र बैश भए पुग्छ रे नि ?
- खै मलाइ त्यस्तो लाग्दैन ।यो चिजले मात्र हुने तिन चिज भएको भन्दा अरु मान्छे कलाकार बन्दैन थिए होला नि ?अनि अर्को कुरा त्यो त मैले ठ्याक्कै भन्न सक्दिन किन भने कतिले रुपको घमण्ड धेरै गर्ने गर्छन भने कतिले पैसाको ! तेति मात्रै कहाँ होर अहिले त धेरै जसो पैसा लगानी गरेर नै कलाकार बन्न आयका छन अहिलेका धेरै जसो कलाकारहरू।तर यो भने खहरे खोला हो धेरै टिक्दैन ।मेहनत र परिश्रम ठुलो हो।
९,नया आउने कलाकारलाई के भन्न चाहनुहुन्छ ।
- यो क्षेत्रमा शघर्ष गर्न सक्छु भन्ने छ भने आउनुहोस ।उहाँहरुलाइ स्वागत छ भन्न चाहान्छु कुनै पनि कलाकारहरुले न बुझी न जानी त पक्कै पनि यो क्षेत्रमा आउन खोज्नु भएको छैन होला । तर पनि बुझेर मात्र आउनुहोला भन्न चाहान्छु ।
१०,गित संगीतले तपाईलाई के दियो तपाईले के दिनु भयो?
- गितसंगीतले मलाई कलाकारको परिचय साथै दर्शकको माया दिएको छ र मैले खासै केहि दिन सक्वेको छैन । दिने प्रयासमा छु । मैले आफ्नो समय दिएको छु ।
११,आफ्नो काम प्रति सन्तुस्ट हुनुहुन्छ ?
- म धेरै सन्तुष्टि छु र आफुले रुचाएको काम गर्न पाँउदा कुन चाहिँ व्यक्ति असतुस्टी होला अर्को कुरा आफ्नो काममा सन्तुस्ट हुन् सकेन भने त्यो मान्छे कहिले सुखी हुदैन र प्रगति गर्दैन । सब भन्दा ठुलो कुरा संतुस्ती नै हो ।
१२,प्रेम के हो तपाइको बिचारमा ?
- प्रेमको परिभाषा दिन गाह्रो छ । अहिलेसम्म प्रेमको परिभाषा यो हो भन्ने मान्छे पाएको छैन । मेरो बिचारमा प्रेम त सबैलाइ चाहिने चिज हो प्रेम बिनाको त कुनै केही चिजको कल्पना पनि गर्न सकिँदैन तेसैले प्रेम भनेको सबैको लागि आवस्यकता हो।प्रेम दुई आत्माको मिलन हो । अर्को भनेको बाच्ने आधार पनि हो ।
१३,राम्री हुनुहुन्छ प्रेम प्रस्ताब कतिको आउछ?
- राम्री भन्दिनु भयो धन्यबाद । त्यति राम्री त् छैन। हेर्ने नजर पनि राम्रो भएर होला । प्रेम प्रस्ताब आउदैन भन्दा पत्याउनु हुन् होला आउँछ ! जहाँ सुन्दर फुल फक्रीन्छ तेहा नजर त सबैको जान्छनी हैन।मन पराउँन पाईन्छ ।प्रस्ताब आउछ तर त्यसलाई सकारात्मक रुपमा लिन्छु ।
१४,सेक्स के हो ? तपाइको बिचारमा ।
- अति नै अप्ठयारो प्रश्न गर्नु भयो । मेरो बिचारमा सेक्स पनि सबैलाइ चाहिने एक महत्त्वपूर्ण चिज हो ! तर हाम्रो समाजमा खुलेर भन्न नसकेको मात्र हो चाहिन त कुनै पनि जिबाणुलाइ चाहिन्छ भने हामी त मानिस स त्यो चिज सबैको लागि उचित र महत्त्वपूर्ण हो भन्छु मेरो बिचारमा ! तर यसलाई दुरुपयोग गर्नु हुदैन ।
१५,आगामी योजना के छ ,अन्त्यमा भन्न मन लागेको कुरा केहि छ ?
-र्सक को मन जित्न पाँउ यहि नै मेरो लागि मैले सोचेको मेरो मनको सपना पूरा हुनेछ। त्यसको लागि म मेहनत गरेर लाग्ने छु ।यहि क्षेत्रमा अगाडी बढ्नेछु ।अन्त्यमा कलाकारलाई माया गर्दिनुस लोक संगीत क्षेत्रलाई माया गर्दिनु भन्न चाहन्छु । मेरो मनको कुरा राख्न दिनु भएकोमा तपाई र तपाईको संचार माध्यमालाई धन्यबाद । यसै गरि हौसला पाईरहु ।
प्रस्तुती : किरण अधिकारी