Author: admin

निःशुल्क परीक्षण निरन्तर,फैसला पुनरवलोकनको अनुमति नदिन आदेश
राजनीति, समाचार

निःशुल्क परीक्षण निरन्तर,फैसला पुनरवलोकनको अनुमति नदिन आदेश

सर्वोच्च अदालतले कोरोना भाइरसको निःशुल्क परीक्षण र उपचारको अनिवार्य व्यवस्था गर्न सरकारका नाममा जारी गरेको यसअघिको फैसला पुनरवलोकन नहुने आदेश गरेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्फबाट दर्ता भएको पुनरवलोकन निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चको पूर्ण इजलासले फैसला पुनरवलोकनको अनुमति नदिने आदेश गरेको हो । सर्वोच्चले असोज १५ गते कोरोनाको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न सरकारका नाममा परमादेशको आदेश जारी गरेको थियो ।न्यायाधीशहरू हरिकृष्ण कार्की, सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले यसअघिको फैसला पुनरवलोकन नहुने आदेश गरेको हो । सर्वोच्चले निःशुल्क उपचारसँगै कोरोनालाई सरुवा रोगको सूचीमा सामेल गर्न पनि फैसलामा भनेको थियो । संविधानले प्रत्याभूत गरेको स्वास्थ्यको हकको पालना गर्न पनि सर्वोच्चले सरकारलाई फैसलामा भनेको थियो । तर फैसलाको करिब एक महिनापछि सरकारका तर्...
दिल्लीलाई हराउँदै मुम्बई आईपीएलको फाइनलमा
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

दिल्लीलाई हराउँदै मुम्बई आईपीएलको फाइनलमा

दिल्ली क्यापिटल्सलै ५७ रनले हराउँदै मुम्बई इण्डियन्स १३ औँ सिजनको आईपीएलको फाइनलमा प्रवेश गरेको छ । गएराति दुबईमा भएको खेलमा मुम्बईले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । उसका लागि मार्कस स्टोइनिसले ६५, अक्क्षर पटेलले ४२ र कप्तान श्रेयस अय्यरले १२ रन बनाए । बलिङमा जसप्रीत बुमराहले ४, ट्रेन्ट बोल्टले २ किरण पोलार्ड र कृणाल पाण्ड्याले एक/एक विकेट हात पारे । त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनायो ।...
विश्वमा एकै दिन करिब ६ लाख व्यक्तिमा कोरोना संक्रमण
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

विश्वमा एकै दिन करिब ६ लाख व्यक्तिमा कोरोना संक्रमण

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ११ हजार ९०० जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ८१ जनाले ज्यान गुमाएका हुन्।  भारतमा पछिल्लो २४ घण्टाभित्र ४७ हजार ६२२ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ६७५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। फ्रान्समा ५८ हजार ४६ नयाँ संक्रमित थपिएका छन् भने ३६३ जनाको मृत्यु भएको छ। रसियामा १९ हजार ४०४ जना नयाँ संक्रमित थपिएका छन् भने २९२ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ।  गत २४ घण्टाभित्र इटलीमा ३४ हजार ५०६, बेलायतमा २४ हजार १४१, जर्मनीमा २१ हजार ७५७, ब्राजिलमा २३ हजार ३१७, कोलम्बियामा नौ हजार ८९३ तथा इरानमा आठ हजार ७७२ जना नयाँ संक्रमित थपिएका छन्। ...
विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख १० लाख घुस सहित पक्राउ
अपराध, समाचार

विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख १० लाख घुस सहित पक्राउ

विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवाल घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले नेपाल विद्युत प्राधिकरण अन्तर्गतको हेटौंडा–भरतपुर–बर्दघाट विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर जैसवाललाई मकवानपुरको हेटौंडाबाट घुस रकमसहित प्रक्राउ गरेको हो। जैसवालले प्रशारण लाइनको ठेकेदारसँग उक्त रकम घुस लिइसकेको अवस्थामा हेटौंडा–१० बसपार्क मेगा होटलबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ। इन्जिनियर जैसवाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको आयोगले जनाएको छ।...
सैनिक श्रीमती संघकी अध्यक्ष र सेना श्रीमती कल्याणकारी संंघ, भारतकी अध्यक्षबीच भेटवार्ता
राजनीति, समाचार

सैनिक श्रीमती संघकी अध्यक्ष र सेना श्रीमती कल्याणकारी संंघ, भारतकी अध्यक्षबीच भेटवार्ता

 सैनिक श्रीमती संघकी अध्यक्ष दीपा थापा र सेना श्रीमती कल्याणकारी संंघ (भारत)की अध्यक्ष वीना नरवणेबीच भेटवार्ता भएको छ । भद्रकालीस्थित संघको कार्यालयमा भएको भेटमा अध्यक्ष नरवणेलाई संघद्वारा सञ्चालित विविध कल्याणकारी कार्यक्रम र गतिविधिबारे जानकारी गराइएको थियो ।सो अवसरमा अध्यक्ष श्रीमती नरवणेले संघका अन्य पदाधिकारीसँग कल्याणकारी कार्यक्रममा केन्द्रित रही अन्तक्रिया गरेको नेपाली सेनाले जनाएको छ ।...
जनतामा सरकार प्रतिको आशा र भरोसा क्षीण हुँदै:डा.डिआर उपाध्याय
राजनीति, समाचार

जनतामा सरकार प्रतिको आशा र भरोसा क्षीण हुँदै:डा.डिआर उपाध्याय

जनतामा सरकार प्रतिको आशा र भरोसा क्षीण हुँदै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक बिवाद सतहमा छ । यो संकटको समयमा पनि सत्तारुढ दल नेकपाले देश र जनता प्रतिको जिम्मेवारी बोध देखाउन सकेन । नेकपामा पटकपटक सहमति हुने र भत्कने क्रम दोहोरिँदै आएको छ । खासै अनौठो मान्नु पर्ने बिषय छैन । नेकपामा पछिल्लो समय राजदूत नियुक्ति, मन्त्री नियुक्ति, भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखसँगको भेट, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव, आदि विषयमा दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच मतभेद छ । जुन कारणले गर्दा यतिखेर सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गम्भीर संकटमा छ । यसको कारक व्यक्तिवाद, अहंकार, आवेग र आक्रोश हो । त्यसैले आम जनतामा सरकार प्रतिको आशा र भरोसा क्षीण हुँदै गएको छ । मुलुक कोरोना भाइरस कोभिड–१९ महामारीको संकटमा परिरहेको छ । यसले भयावह रूप लिइरह...
चर्चामा प्रतिभाशाली बालकलाकार प्रिन्स अभिनित ‘पर्खाई’भए  (भिडियो)
मनोरन्जन, समाचार

चर्चामा प्रतिभाशाली बालकलाकार प्रिन्स अभिनित ‘पर्खाई’भए (भिडियो)

नेपालीहरुको महान चाड दशै तिहारको कोसेलीस्वरुप प्रतिभाशाली बाल कलाकार प्रिन्स प्रसिद्ध सिंह थापा’को दमदार अभिनयमा सर्ट फिल्म पर्खाइ रिलिज भएको छ । सार्वजनिक भएको छोटो समयमा उक्त शर्ट फिल्मले चर्चा परिचर्चा पाएको छ । दशैको टीका लगाउन बिदेशमा रहेका आफ्नो बाबाको पर्खाइमा बसेका आम बालबालिकाको मनोबिज्ञानलाई नजिकबाट केलाइएको छ । कोरोनाको असर,परदेशीको पिडा र पारिवारिक महत्वलाई दशैको माध्यमबाट दर्शाइएको छ । सानो उमेरबाट नै अभिनयमा सक्रिय प्रिन्सले विभिन्न बिज्ञापन र म्युजिक भिडियोमा अभिनय गरेका छन । साथै गरिब बालबालिकालाई सहयोग गर्न प्रिन्स फाउन्डेसन नामक संस्था समेत संचालन गर्दै आएका छन । पर्खाइ मा प्रिन्सका अलवा सन्ध्या श्रेष्ठ,प्रेम श्रेष्ठ,एलिना थापा लगाएत स्थानिय कलाकारहरुको अभिनय देख्न सकिन्छ । शर्ट फिल्म पर्खाइ’लाई मोडेल तथा भिजे सबनम चौधरी’को लेखन रहेको छ । उक्त फिल्मले नेपाली समाज’को...
कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने
शिक्षा, समाचार

कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने

 शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् ।आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने सो परीक्षाका सन्दर्भमा आज शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बोर्डका पदाधिकारीलाई सिंहदरबारस्थित मन्त्रालयमा निर्देशन दिँदै विद्यार्थीहरु जहाँ छन्, त्यहीँबाट स्वास्थ्य मापदण्ड पूरा गरी परीक्षामा सामेल गराउन भनेका हुन् ।मन्त्री पोखरेलले विद्यार्थीलाई इन्टरनेटमा समस्या भएमा सम्बन्धित विद्यालयले डाटामार्फत सुविधा दिएर बोर्डमा लेखेर परीक्षा दिलाउन निर्देश गर्नुभएको मन्त्री पोखरेलका सचिवालयका सदस्य विनोद न्यौपानेले जानकारी दिए । छलफलमा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहलाई थप प्रभावकारी बनाउने पनि निर्णय भएको छ । छलफलमा मन्त्...
कतारमा नेपाली पुरस्कृत
अर्थ/व्यापार, समाचार

कतारमा नेपाली पुरस्कृत

कतारमा लामो समय देखी सेवारत रहदै आएका नेपाली पुरस्कृत भएका छन् । नासर अल अली एन्टरप्राइजेजले सोमबार आफ्ना तीन नेपाली कर्मचारीलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा चन्द्र बहादुर राई, दिप बहादुर पुरी ,र रोज मोहम्मद छन् । कम्पनीले १० वर्ष लामो सेवाका लागि प्रत्येकलाई कतारी रियल १५००० (पन्ध्र हजार) प्रदान गरी सम्मानित गरेको छ । नासर अली अल अली, कम्पनिका मालिकले एक कार्यक्रमका बीच ती कर्मचारीहरुलाई इनाम हस्तान्तरण गरे । कम्पनीमा आफ्नो समर्पणको साथ लामो समयको उत्कृष्ट प्रदर्शन गरेकाले उनीहरुलाई सम्मान गरिएको कम्पनीले जनाएको छ । कम्पनीका मालिक नासर अली अल अली भन्छन्, “मलाई गर्व लाग्छ कि १० बर्षको सेवामा कामदार वफादारी र कडा परिश्रमले कम्पनीको सफलतामा योगदान पुर्‍याए, टोकनको रूपमा प्रत्येक कर्मचारीलाई कतारी रियल १५००० प्रदान गर्दछु। मलाई आशा छ कि मेरा कर्मचारीहरूले अझ बढी सफलताहरू प्राप्त गर्न उ...
पूर्व फुटबल स्टार डियगो म्याराडोनाको शल्यक्रिया
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

पूर्व फुटबल स्टार डियगो म्याराडोनाको शल्यक्रिया

अर्जेन्टिनाका पूर्व फुटबल स्टार डियगो म्याराडोनाको शल्यक्रिया भएको छ । उनको मस्तिष्कको नियमित शल्यक्रिया भएको निजी चिकित्सकले जनाएका छन् । मस्तिष्कमा रगतको दाग देखिएपछि उनी सोमबार अस्पताल भर्ना भएका थिए । मंगलबार उनको शल्यक्रिया भएको हो । सन् १९८६ मा अर्जेन्टिनालाई म्याराडोनाले विश्वकप जिताएका थिए । सन् १९९० मा फाइनलमा पुर्याएका थिए । उनी शताब्दीकै महान फुटबल खेलाडीका रुपमा परिचित छन् ।...