चर्चित गायक ‘बोकेदाह्री’को 'काका हरायो'(भिडियो) - राष्ट्रपत्र
बिहिबार, चैत्र १६, २०७९

चर्चित गायक ‘बोकेदाह्री’को ‘काका हरायो'(भिडियो)


चर्चित गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ले सांगीतिक बजारमा नयाँ गीत ल्याएका छन्।

बोकेदाह्रीले ‘काका हरायो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। उनले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरेका हुन्। बोकेदाह्री र मनिषा पोखरेलको स्वरमा रहेको गीत अच्युत अधिकारी ‘ब्याए भुटान’ ले लेखेका हुन्।

बालबालिकाका पहिलो शिक्षक अभिभावक रहेको र पहिलो विद्यालय घर भएकाले उनीहरूले घरबाटै संस्कार सिकाउने सन्देश दिनका लागि उक्त म्युजिक भिडियो तयार पारिएको गायक  लुइँटेलले बताए।

उनले पछिल्लो समय संदेशमुलक गीत-दर्शक श्रोतामाझ ल्याइरहेका छन्। उनका ‘ए बा किन्देउ न भटभटे’, ‘बाँके बर्दिया’, ‘मुखमा हान्नु जस्तो’, ‘तेरो बाउ थोते’लगायतका दर्जनौँ गीत चर्चित छन्।

Leave a Reply

Your email address will not be published.