Blog

३३ निर्माण कम्पनीको इजाजतपत्र खारेज
अर्थ/व्यापार, समाचार

३३ निर्माण कम्पनीको इजाजतपत्र खारेज

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३३ वटा निर्माण कम्पनीको इजाजतपत्र खारेज गरेको छ। बिहीबारको गोरखापत्रका सूचना प्रकाशित गर्दै मन्त्रालयले सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि इजाजतपत्र लिएर नविकरण नगर्ने ३३ निर्माण व्यवसायी कम्पनीले  इजाजतपत्र स्वतः खारेज गरिएको जानकारी दिएको छ। निर्माण व्यवसाय ऐन, २०५५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७९/२०८० का लागि चैत्र मसान्तसम्म निर्माण व्यवसाय इजाजतपत्र नविकरण नगरेका कारण सोही ऐनको दफा ७ को उपदफा ३ बमोजिम निर्माण व्यवयसाय इजाजतपत्र स्वत खारेज गरिएको मन्त्रालयले जनाएको छ।...
‘फर्केर हेरन’ भन्दै सरु र राजेन्द्र (भिडियो)
मनोरन्जन, समाचार

‘फर्केर हेरन’ भन्दै सरु र राजेन्द्र (भिडियो)

काठमाडौं । गायिका सरु गौतम र गायक राजेन्द्र बजगाईको ‘फर्केर हेरन’ सार्वजनिक भएको छ । संगीत सम्योजन तथा कम्पोज स्वयं संगीतकार बजगाईले गरेका गीतको भिडियो गायिका गौतमको आफ्नै युट्युब च्यानल सरु गौतमबाट सार्बजनिक गरिएको छ। प्रीज्म स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीतमा शब्द भुवन न्यौपानेको छ भने ध्वनी सम्पादन ध्वनी सम्पादक श्याम श्वेत रसाइलीले गरेका छन। https://www.youtube.com/watch?v=wqrU-tBBFyw काभ्रे र काठमाडौको बिभिन्न स्थानमा छाँयाकन गरिएको गीतमा गायक गायिका आफैले फिचरिङ गरेका छन भने निर्देशन अभि वाग्लेको रहेको छ। गीतको छायांकन तथा ड्रोन प्रबेश अधिकारी र सम्पादन राजेश कुमारले गरेका हुन। मेकअप शुस्मिता राई र प्रोडक्सन म्यानेजरमा बिक्रान्त आचार्य(बिनोद) रहेका छन।...
उपनिर्वाचनको मत परिणामले दिन खोजेको सन्देश
राजनीति, समाचार

उपनिर्वाचनको मत परिणामले दिन खोजेको सन्देश

डा.डिआर उपाध्याय, काठमाडौं । राजनीति हो, कति खेर कुन पार्टी ठूलो हुन्छ र कति खेर कुन । पुराना पार्टी भनेर मात्र हुदैन । बिचार, नीति , शिद्धान्त ठिक भए पनि ब्यवहारमा लागु गर्न सकेनन् भने त्यसको कुनै अर्थ हुदैन । उपनिर्वाचनको मत परिणामले जुन किसिमको सन्देश दिन खोजेको छ त्यो सहि हो । अब पुराना पार्टी भन्दैमा जनताले जोगाउने पक्षमा छैनन् । पुराना पार्टीहरुलाई जनताले पटक पटक सुध्रने मौका नदिएका होइनन् । तर कुनै पनि दलहरुले चासै दिन खोजेनन् । रबि लामिछाने र स्वर्णिम वाग्लेले सानदार रुपमा अत्याधिक मतले जितेका छन र अर्को २०८४ सालको चुनावका लागी राम्रो सन्देश दिएका छन । अब पुराना ठूला दलहरु सच्चिने की सक्किने भन्ने बिषयमा गम्भिर प्रश्न उठने गरेका छन । अब पनि ठूला दल सच्चिने बाटो तत्काल खोजेनन् भने उनीहरु माथि समस्या तेर्सिने छ । आज नेपाली जनता ठूला दल प्रति वाक्क दिक्क परिरहेका छन । पटक पटक...
रामेछाप सांस्कृतिक कलाकार समाजको सांस्कृतिक कार्यक्रम
मनोरन्जन, समाचार

रामेछाप सांस्कृतिक कलाकार समाजको सांस्कृतिक कार्यक्रम

रामेछाप सांस्कृतिक कलाकार समाजको नेतृत्वमा कल्याणकारी कोषको स्थापना भएको छ ।राजधानीमा एक कार्यक्रम गरि कोषको स्थापना गर्नुका साथै बृहत सांस्कृतिक कार्यक्रम समेत सम्पन्न भएको छ ।  संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कोषको स्थापना गरिएको हो । कोषको स्थापनाको उद्घाटन गर्दै मन्त्री किराँतीले मन्त्रालयबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय संस्कृतिमा आएको बिकृतिलाई खुलेर बिरोध गर्नभयो ।त्यस्तै संघिय सांसद एवम नेपाली कांग्रेस रामेछापका सभापति कान्छाराम तामाङले कला संस्कृतिलाई संरक्षण गर्नु हामी सबैको दाहित्व भएको भन्दै कलाकार समाजको कल्याणकारी कोषमा ३३ हजार रकम सहयोग गर्नुभएको छ । त्यसैगरी, पुर्वराज्यमन्त्री श्यामकुमार श्रेष्ठ,प्रदेश सांसद तारानारायन श्रेष्ठ,युवराज चौलागाई,पुर्वसभासद लक्ष्मी गुरुङ...
हिमालयन अन्तर्राष्ट्रिय अवार्ड: वरिष्ठ गायिका शाहलाई दीर्घ साधना सम्मान
मनोरन्जन, समाचार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड: वरिष्ठ गायिका शाहलाई दीर्घ साधना सम्मान

विमेन्स एरा एण्ड मिडिया ग्रुप प्रा.लि. नेपालको आयोजनामा हिमालय अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करण सम्पन्न भएको छ । राजधानीको जमलस्थिति होटल एलो प्यागोडामा परराष्ट्रमन्त्री एनपी साउदको प्रमुख आतिथ्यतामा एक भव्य र विशेष समारोहबीच शनिबार अवार्ड सम्पन्न भएको हो । अवार्ड समारोहमा वरिष्ठ गायिका तथा संकलक चन्द्रकला शाहलाई नगद राशीसहित दीर्घ साधाना सम्मान अर्पण गरिएको थियो । समारोहमा रङ्ग पत्रकारिता सम्मानबाट सञ्चारकर्मी पत्रकार हेम सुवेदी, सानुकाजी श्रेष्ठ, राजेन्द्र लुईंटेल, सूर्य चन्द, सुमन सापकोटा, शिबराम भण्डारी र फोटो पत्रकार महम्मद जलिमलाई दोसल्ला, माला र सम्मान पत्रद्वारा प्रमुख अतिथि मन्त्री साउदले सम्मान गर्नुभएको थियो । यस्तै, हिमालयन सामाजिक व्यक्तित्व सम्मान-२०७९बाट वसुन्धरा लामा, सावित्री लामा, सुरेन्द्रप्रसाद सञ्जेल, हिक्मत कार्कीलाई दोसल्ला, माला र सम्मान पत्रद्वारा प्रमुख ...
अग्रज श्रेष्ठ बने ‘मोडल अफ दी ईयर नेपाल’
मनोरन्जन, समाचार

अग्रज श्रेष्ठ बने ‘मोडल अफ दी ईयर नेपाल’

तेश्रो संस्करणको ‘मोडल अफ दी ईयर नेपाल’ को शीर्ष उपाधी अग्रज श्रेष्ठले जितेका छन्। ड्रीम मोडलिङ एजेन्सी एन्ड ईभेन्ट मेनेजमेन्टद्वारा ईटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न उक्त प्रतियोगिताको अन्तिम स्पर्धामा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै श्रेष्ठले शीर्ष ताज पहिरीएका हुन् । बिजेताले शिर्ष उपाधीसंगै नगद रु २०,००० सहित ५ लाख बराबरको विमा, ३ लाख बराबरको आकर्षक उपहारहरुसंगै विभिन्न म्युजिक भिडियो, विज्ञापन तथा शर्ट मुभीहरुमा अभिनय गर्ने अवसर प्राप्त गरेका छन। प्रतियोगितामा प्रसन राउतले फर्स्ट रनरअपको ताज हात पारे भने मनिश शंकरले सेकेन्ड रनरअपको ताज पहिरिन सफल भए। राउत र शंकरले उपाधीसंगै क्रमशः नगद रू १५ हजार सहित ३ लाख बराबरको बीमा र १० हजारसहित २ लाखबराबरको बीमा र अन्य आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन। त्यसैगरी अर्गनाईजर चोईसको अवार्ड भने कृपा राईले हात पारेकी छिन। प्रेक्ष्या कट...
रोटर्याक्ट क्लब अफ कान्तिपुरले रोटा रनको आयोजना गर्ने
मनोरन्जन, समाचार

रोटर्याक्ट क्लब अफ कान्तिपुरले रोटा रनको आयोजना गर्ने

काठमाडौं । रोटर्याक्ट क्लब अफ कान्तिपुरले मिनी म्याराथन (रोटा रन- २०२३) को आयोजना गर्ने भएको छ । प्यारेन्टल क्लब रोटरी क्लब अफ कान्तिपुसँगको सहकार्यमा विश्व पृथ्वी दिवसको अवसरमा २२ अप्रिलका दिन (एसडिजीएस) लाई पहिचान गरी उक्त कार्यक्रम मनाउने गरी मिनी म्याराथनको आयोजना गर्ने भएको हो । आयोजक संस्था रोटर्याक्ट क्लब अफ कान्तिपुरका अनुसार मिनी म्याराथनबाट संकलन भएका रकम विशेष कोष खडा गरि अटिस्टिक वालवालिकाहरुका लागि सहयोग प्रदान गरिने छ ।अटिस्टिक भएका बालबालिकाका लागि सेवा प्रदान गर्ने मान्यता प्राप्त संस्था नेपाल एकेडेमी अफ साइकोलोजीमा अटिस्टिक बालबालिकाको कल्याणका लागि परोपकारको उद्देश्य अनुरुप सो रकम प्रदान गरिन लागिएको हो । रोटर्याक्ट क्लब एउटा समुदायमा आधारित संस्था हो जसमा १८ वर्ष र माथिका सदस्यहरू छन्, जसले आफूले सञ्चालन गर्ने तालिम, सेमिनार वा कार्यशालाहरू जस्ता कार्यक्रमहरू मार्फ...
बुनु श्रेष्ठको नेवारी गीत ‘बहनिया मिला’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

बुनु श्रेष्ठको नेवारी गीत ‘बहनिया मिला’ सार्वजनिक(भिडियो)

काठमाडौं। नेपाली आधुनिक संगीतमा गायिका बुनु श्रेष्ठको गायन यात्राले दशकौं पार गर्न लागिसकेको छ। अढाई सय नेपाली गीतमा सुमधुर स्वर दिइसकेकी छन्। यद्यपि, गायन यात्रामा चुपचाप छायांमा नै पर्दैआएकी उनै गायिका बुनु श्रेष्ठले नेपालभाषाको सांगीतिक क्षेत्रमा पनि आयामिक रुपमा आफूलाई प्रस्तुत गरेकी छन्। नेपालभाषामा पहिलो पल्ट बहनिया मिला अर्थात रातको जुन बोलको गीत शनिवार काठमाडौंमा सार्वजनिक गरेर आफूलाई नेपालभाषाको बलियो गायिका मात्र नभइकन नायिकाको रुपमा प्रस्तुत गर्न सफल भएकी छन्। https://www.youtube.com/watch?v=m1Sc4DGSPNA आफ्नो गायनको गीत बहनिया मिलामा आफै नायिका बनेर बुलन्द अभिनय गरेकी बुनु श्रेष्ठ गायिका मात्र नभइकन नायिका पनि हुन भन्ने प्रमाणित गरेको छ। जुन गीतमा गायिका बुनु श्रेष्ठको अभिनयमा नेपाली चलचित्रका युगिन नायक धीरेन शाक्यले साथ दिएका छन्। बढी नेपाली चलचित्रमा मात्र सक्रिय बनिर...
पाईलट पढ्न अव विदेश जानु नपर्ने, गीता एभिएसनले फ्लाइङ स्कुल संचालन गर्दै
अर्थ/व्यापार, समाचार

पाईलट पढ्न अव विदेश जानु नपर्ने, गीता एभिएसनले फ्लाइङ स्कुल संचालन गर्दै

काठमाडौं । नेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले शुभम् एभिएसनले फ्लाइङ स्कुलको लागि पहिलो पटक अनुमति पाएको छ । गीता एभिएसनको सहकार्यमा संचालित शुभम् एभिएसनलाई मन्त्रिपरिषदको निणर्य अनुसार फ्लाइङ स्कुल संचालनका लागि अनुमति प्रदान गरिएको हो । अव स्वदेशमै फ्लाइङ स्कुल संचालन पछि प्रशिक्षणका लागि विदेशिने करोडौं रकम रोकिने छ । लामो समयदेखि रोकिएको पाईलट प्रशिक्षण सम्बन्धि तालिमका लागि फ्लाइङ स्कुल स्थापना भए संगै नेपालमा व्यावसायिक उडान हुन नसकेका विमानस्थलमा फ्लाइङ स्कुल चलाउन सकिने छ । गीता एभिएसनका प्रमुख क्याप्टेन जनक अधिकारीका अनुसार लामो प्रयास पछि वल्ल यो पटकको मन्त्रीपरिषदले नेपालमै पाईलट कोर्षका लागि अनुमति प्रदान गरेको छ । त्यसका लागि एभिएसनले आफ्ना सम्पूर्ण तयारी पुरा गरिसकेको छ । लामो समयदेखि एभिएसन तालिम दिदै आएको गीता एभिएसनको सहकार्यमा शुभम् एभिएसनले ईएएसए(EASA) युरोपीयन स्ट...
‘गीता एभिएसन ग्यालेक्सि एक्सिलेन्स अवार्ड’:प्रदिप खड्का देखि भिम उपाध्यायसम्म लाई अवार्ड
मनोरन्जन, समाचार

‘गीता एभिएसन ग्यालेक्सि एक्सिलेन्स अवार्ड’:प्रदिप खड्का देखि भिम उपाध्यायसम्म लाई अवार्ड

काठमाडौं । गीता एभिएसन ग्यालेक्सि एक्सिलेन्स अवार्डको दोश्रो संस्करण भव्य रुपमा सम्पन्न भएको छ । होटल हायात प्यालेसमा सम्पन्न उक्त कार्यक्रमा चलचित्र, साहित्य, वातावरण लगायत विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउदै आएका ३७ जना प्रतिष्ठित व्यक्तित्वहरुलाई ग्यालेक्सि अवार्ड प्रदान गरिएको छ । निकिला मिडिया नेटवर्क, पव्लिक सूचना तथा भवानी इन्टरटेनमेन्टको सँयुक्त आयोजनामा ​सम्पन्न उक्त कार्यक्रममा चलचित्र, मोडलिङ, शिक्षा, साहित्य, स्वास्थ्य, गैरसरकारी सँस्था, सञ्चार, वातावरण, कला तथा सँस्कृति,खेलकुद लगायतका करिव डेढ दशकभन्दा लामो समयदेखि सक्रिय रहदै आएका उत्कृष्ट व्यक्तित्वहरुलाई अवार्ड वितरण गरिएको हो । प्रत्येक वर्ष करिव २ दशक भन्दा लामो समय क्रियाशील रहेर आफ्नो क्षेत्रबाट देश र समाजमा योगदान दिने व्यक्तित्वलाई राष्ट्र सेवा सम्मान गरिदै आएकोमा यस वर्ष  नेपाल महिला चेम्बरकी अध्य...