Blog

फेरियो बाबुराम भट्टराईको पार्टीको नाम
राजनीति, समाचार

फेरियो बाबुराम भट्टराईको पार्टीको नाम

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम विधान अधिवेशन सम्पन्न भएको छ। पोखरामा भएको विधान अधिवेशनले आगामी माघ २५ देखि २७ सम्म काठमाडौंमा महाधिवेशन गर्नेसमेत निर्णय गरेको छ। पोखरा सम्पन्न नेसपाको विधान अधिवेशनले पार्टीको नाम र झण्डा परिवर्तन गर्ने निर्णय समेत गरेको छ। पार्टीको नयाँ नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राखिएको छ। विधान अधिवेशनले पार्टीको केन्द्रीय समिति ९९ सदस्यीय र पदाधिकारी ११ सदस्यीय हुने टुंगो लगाएको छ। पदाधिकारीहरुमा अध्यक्ष–१, उपाध्यक्ष–५, महासचिव–१, सचिव–३ र कोषाध्यक्ष–१ रहने बताइएको छ। विधान अधिवेशनले विचार र सिद्धान्त मिल्ने नयाँ दलहरूसँग पार्टी एकता र ध्रुवीकरण गर्दै अगाडि जाने प्रस्ताव गरे पनि माओवादी केन्द्र लगायतका पुराना दलहरूसँग भने एकता नगर्ने निष्कर्ष निकालेको छ।...
प्रतिष्ठानहरुमा एकरुपता हुन जरुरी छः मन्त्री पाण्डे
राजनीति, समाचार

प्रतिष्ठानहरुमा एकरुपता हुन जरुरी छः मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले प्रतिष्ठानहरुको काममा एकरुपता हुन जरुरी रहेको औ+ल्याउनुभएको छ । मङ्गलबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो । ‘‘बाढीका कारण ललितकला प्रतिष्ठानले क्षति व्यहोर्नुपर्यो । जसका कारण वार्षिक प्रतिवेदन ढिलो गरी प्राप्त भएको हुनुपर्छ ।,’’ मन्त्री पाण्डेले भन्नुभयो, ‘‘कतिपय प्रतिष्ठानहरु नाम मात्रैका छन् । कहीँ कानुनको अभाव त कहीँ भवनहरुको समेत अभाव देखिन्छ । प्रतिष्ठानहरुलाई एकरुपता हुने गरी व्यवस्थित गर्न जरुरी छ ।’’ मन्त्री पाण्डेले कतिपय पालिका, प्रदेश र संघका प्रतिष्ठानहरुबिच तालमेल नभएको जिकीर गर्नुभयो । उहाँले प्रतिष्ठानको कार्यमा एक रुपता ल्याउनका लागि केन्द्रका प्रतिष्ठानहरुले चिन्ता र चासो लिनुपर्नेमा जोड दिनुभयो । मन्त्री पाण्डेले प्रतिष्ठानलाई सबल र सुदृढीकरणा...
भिस्ताराको विमानमा कुनै शंकास्पद वस्तु फेला परेन, उडान नियमित
अर्थ/व्यापार, समाचार

भिस्ताराको विमानमा कुनै शंकास्पद वस्तु फेला परेन, उडान नियमित

भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा बम राखेको हल्ला फैलिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले नेपाली सेनाले त्यससम्बन्धी अनुसन्धान गरिरहेको छ। भारतको नयाँ दिल्लीबाट काठमाडौँस्थित विमानस्थलमा अवतरण गरेको भिस्ताराको विमानमा बम राखेको हल्लापछि सेनाको डिस्पोजल टोलीले खोजी कार्य जारी राखेको हो। नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार भिस्तारा एयरको विमानमा बम राखेको हल्लापछि नेपाली सेनाको विस्फोटक पदार्थ निस्किृय गर्ने  विशेष टोलीले खानतलासी गरिरहेको छ। यात्रुलाई सुरक्षित गरेर खानतलासी भइरहेको र अहिलेसम्म कुनै त्यस्तो वस्तु फेला नपरेको उहाँले बताउनुभयो। भिस्ताराको उडान नम्बर ‘युके १५५’ भएको उक्त विमानमा  बम राखेको फोन दिल्लीबाटै आएको सूचनाका आधारमा अनुसन्धान भइरहेको जनाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बम भ...
पुजन काफ्लेलाई यो वर्षको उत्कृष्ट गायिकाको अवार्ड
मनोरन्जन, समाचार

पुजन काफ्लेलाई यो वर्षको उत्कृष्ट गायिकाको अवार्ड

गायिका पुजन काफ्लेलाई यो वर्षको उत्कृष्ट गायिकाको अवार्डबाट सम्मानित गरिएको छ । नेपाल सांस्कृतिक तथा चलचित्र केन्द्र नेपाल तथा अमोल भगत मिडिया, भारतको संयुक्त आयोजनामाम आयोजित ग्लोबल एक्सिलेन्ट अवार्डको भव्य समारोहका वीच गायिका काफ्लेलाई यो वर्षको उत्कृष्ट गायिकाको अवार्डबाट सम्मानित गरिएको हो । ब्रिटिश कलेजको हलमा आयोजत उक्त समारोहका प्रमुख अतिथी पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल,विशेष अतिथीहरु वरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ अभिनेत्री रश्मि भट, आयोजक समिति नेपालका अध्यक्ष कार्यक्रम आयोजक सन्तोष सुवेदी तथा सह आयोजक संस्थाका प्रमुख भारतिय ईभेन्ट डाईरेक्टर एवं भारतिय फिल्म निर्देशक अमोल भगतले संयुक्त रुपमा काफ्लेलाई अवार्ड प्रदान गरिएको थियो ।हालै मात्र भारतमा भारतिय चर्चित अभिनेत्री पुनम धिलोन तथा विहारका शिक्षा मन्त्री सुमित सिंहबाट नेपालकै उत्कृष्ट गायिकाको अवार्डबाट सम्मानित भई...
 अमेरिकालाई हराउँदै नेपालले एक खेलअगावै जित्यो टी-२० आई सिरिजको उपाधि
खेलकुद, समाचार

 अमेरिकालाई हराउँदै नेपालले एक खेलअगावै जित्यो टी-२० आई सिरिजको उपाधि

नेपालले एक खेलअगावै अमेरिकाविरुद्धको टी-२० सिरिजको उपाधि जितेको छ । दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले टी-२० सिरिजको उपाधि जितेको हो । सुपर ओभरमा ३ रनको लक्ष्य पाएको नेपालले २ बल अगावै पूरा गर्‍यो । यसअघि नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । अमेरिकाका आन्देस गौसले सर्वाधिक ६२ रन जोडे । बलिङमा नेपालमा करण केसीले सर्वाधिक ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे । ५४ बलको सामना गरेका उनले ९२ रन बनाएका हुन् । ...
मेसीले अर्को वर्ष क्लब विश्वकप खेल्ने
खेलकुद, समाचार

मेसीले अर्को वर्ष क्लब विश्वकप खेल्ने

अर्जेन्टिनी कप्तान लिओनल मेसीले अर्को वर्ष क्लब विश्वकप खेल्ने भएका छन्। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार राति इन्टर मियामीले पनि क्लब विश्वकप खेल्ने जानकारी दिएका हुन्। मेसी समर्थक यो निर्णायको लामो समयदेखि प्रतीक्षा गरिरहेका थिए। मेसीको अपार लोकप्रियताका कारण दक्षिण फ्लोरिडामा केही खेलहरू आयोजना गर्ने पहिले नै तय गरिएको थियो। हरेक चार वर्षमा आयोजना हुने प्रतियोगितामा फिफाका ६ वटा फुटबल कन्फेडेरेसनका ३२ टोलीको सहभागिता रहनेछ। सन् २०२५ को जुन १५ मा मियामी गार्डेन्सस्थित हार्ड रक स्टेडियममा हुने प्रतियोगिताको पहिलो खेलमा इन्टर मियामीले प्रतिस्पर्धा गर्नेछ। 'विश्वको उत्कृष्ट क्लबमध्ये एकको रूमा मियामी फिफा क्लब विश्वकप २०२५ मा अमेरिकाको प्रतिनिधित्व गर्न योग्य छ,' इन्फान्टिनोले भने। यो प्रतियोगिता जुलाई १३ सम्म चल्नेछ र फाइनल न्यूजर्सीको मेटलाइफ स्टेडियममा हुनेछ, जुन...
एमालेको सचिवालय बैठक बस्दै
राजनीति, समाचार

एमालेको सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । आज साँझ ५ बजे एमाले केन्द्रीय कार्यालय, च्यासलमा पार्टीको सचिवालयको बैठक बस्न लागेको हो । पार्टी कार्यलय निर्माणका लागि भाटभटेनीका संचालक मीन बहादुर गुरुङबाट जग्गा र निर्माण सहयोग लिएपछि चौतर्फी आलोचना भएपछि सचिवालयको बैठक पहिलो पटक बस्न लागेको हो । एमालेले पार्टी भित्र र बाहिर आलोचना भएपछि त्यसको खण्डन गर्दै सहयोग लिएको सहि भएको दाबी गरिएको थियो ।...
द ब्रिटिस कलेजका विद्यार्थी आशुतोष शर्मा बने विश्वकै सर्वोत्कृष्ट विद्यार्थी
शिक्षा, समाचार

द ब्रिटिस कलेजका विद्यार्थी आशुतोष शर्मा बने विश्वकै सर्वोत्कृष्ट विद्यार्थी

ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस प्रोफेशनल कलेज (बीपीसी)का विद्यार्थी आशुतोष शर्मा विश्वकै सर्वोत्कृष्ट विद्यार्थी बनेको कलेजले जनाएको छ। कलेजका अनुसार द ब्रिटिस कलेजको भगिनी संस्था ब्रिटिस प्रोफेशनल कलेज (बीपीसी)का विद्यार्थी शर्मा गत सेप्टेम्बरमा भएको एसीसीए (एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) अन्तर्गत फाइनान्सियल रिपोर्टिङको परीक्षामा पूर्णाङ्क प्राप्त गरेर विश्वकै सर्वोत्कृष्ट विद्यार्थी बनेका हुन्। एसीसीएका विद्यार्थीहरुले विगतदेखि निरन्तर रुपमा विश्वमै सर्वोत्कृष्ट अंक प्राप्त गर्दै आएका कलेजले जनाएकाे छ। अघिल्ला रेकर्डहरुलाई तोड्दै यस पटक शर्माले सर्वोत्कृष्ट अंक प्राप्त गरेका हुन्। यससँगै उनी नेपालबाट पहिलो पटक शत प्रतिशत अंक ल्याउने विद्यार्थी पनि बनेका थिए। यसअघि बीपीसीमा अध्ययनरत विद्यार्थीहरू दिपांशु थापा र हर्षवर्धन शाहले सन् २०२३ को जुन महिनामा ...
प्रधानमन्त्री नेतान्याहुको निजी निवासमा ड्रोन आक्रमण
अन्तर्राष्ट्रिय, समाचार

प्रधानमन्त्री नेतान्याहुको निजी निवासमा ड्रोन आक्रमण

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गृहनगर सिजारियामा हिजबुल्लाहले ड्रोन आक्रमण गरेको छ।  यस ड्रोन आक्रमणमा प्रधानमन्त्री नेतन्याहुको निजी निवास निशाना भएको सञ्चारमाध्यमहरुमा जनाइएको छ। नेतान्याहु र उनकी पत्नी सारा हमलाको समयमा घरमा थिएनन्। ड्रोन सिजरियाको एक भवनमा खसेको र त्यसबाट कुनै हताहत नभएको सञ्चारमाध्यममा उल्लेख छ। यसबारे नेतन्याहुले सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेका छन्,‘म र मेरी श्रीमतीलाई मार्ने प्रयास हिजबुल्लाहको ठूलो गल्ती हो। इजरायली नागरिकहरूलाई हानि पुर्‍याउने प्रयास गर्नेहरूले परिणाम भोग्नुपर्नेछ।' इजरायली रक्षा बल (आईडीएफ) ले शनिबार लेबनानबाट इजरायलमा तीन ड्रोन प्रहार गरेको बताएको छ। इजरायली सेनाले २ ड्रोन खसालेका छन् । आक्रमण पछि, गिलोट सैन्य आधारमा अलार्म बजेको थियो। आईडीएफले वायु रक्षा प्रणालीद्वारा आक्रमण रोक्न असफल भएको स्वीकार गरेको छ। ड्र...
विपक्षी दलहरुले सरकारलाई जनसरोकारका विषयमा ध्यानाकर्षण गराउने
राजनीति, समाचार

विपक्षी दलहरुले सरकारलाई जनसरोकारका विषयमा ध्यानाकर्षण गराउने

प्रतिपक्षी दहरुले सरकारलाई जनसरोकारका विभिन्न विषयमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । विपक्षी दलहरुले उठाएका जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने निष्कर्ष निकालेको नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिएका छन् । नेता बस्नेतले सरकारले जनसरोकारका विषयमा सरकारले प्रभावकारी काम नगरेमा संसदको विशेष अधिवेशन बोलाउने विषयमा समेत छलफल भएको बताए । उनले भने, ‘प्रतिपक्षी पार्टीहरूको तर्फबाट सरकारको ध्यानाकर्षण गराउने र ज्ञापनपत्र पेश गर्ने भन्ने समझदारी भएको छ । जनसरोकारका मुद्दामा सरकारले गम्भीरता देखाएन र सकारात्मक रेस्पोन्स गरेन भने विशेष अधिवेशन आव्हान गर्नुपर्ने परिस्थिति पनि आउन सक्छ भन्ने छलफल भयो ।’ बैठकमा नेकपा एकीकृत समाजवादी फुटाउन सरकारले अध्यक्ष जारी गर्ने तयारी गरेको र सहकारी ठगीमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तयारी गरे...