Blog

समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना
अर्थ/व्यापार, समाचार

समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीलाई १५ दिनभित्र दायित्व भुक्तानी गर्न सार्वजनिक सूचनामार्फत आह्वान गरेको छ। समितिले बिहीबार सार्वजनिक सूचना प्रकाशित गरी समस्याग्रस्त घोषित सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक, ऋणी सदस्य र कर्मचारीलाई पटकपटक ३५ दिने सूचना, पत्राचार गर्दा पनि केही ऋणीबाहेक अधिकांश सम्पर्कमा नआएकाले सार्वजनिक सूचनामार्फत १५ दिनभित्र दायित्व भुक्तानी गर्न निर्देशन दिएको हो। कात्तिक १ गतेदेखि १५ दिनभित्र पनि दायित्व भुक्तानी गर्न नआउने ऋणी तथा जमानीकर्ता र निजका एकाघरका परिवारका सदस्यको श्रीसम्पत्ति बैंक खाता रोक्का राख्ने, कालोसूचीमा राखेर रोक्का राखिएको श्रीसम्पत्ति र बैंक खाताबाट सहकारी ऐन, २०७४ को दफा ११५ को उपदफा (१) र सहकारी नियमावली, २०७५ बमोजिम असुलउपर गरिने पनि सूचनामा उल्लेख गरिएको कार्यालय प्रमुख केशवप्रसाद...
हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध हट्यो
अर्थ/व्यापार, समाचार

हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध हट्यो

नेपाल नागरिक उड्डयन प्राधिकरणले मनसुनमा हेलिकप्टर उडानका लागि लगाएको प्रतिबन्ध हटाएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मनसुन सकिएसँगै हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध हटाइएको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन सकिएको घोषणा गरेसँगै प्राधिकरणले मनसुनमा हेलिकप्टरको उडानका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। “मनसुन सिजनमा हेलिकप्टरको हिमाल नजिक गएर साइड सिन देखाउने (माउन्टेन फ्लाइट), हेलिकप्टरको तल सामान भुण्ड्याएर गर्ने ‘सिलिङ फ्लाइट’, ‘पुष्पवृष्टि फ्लाइट’उडानको प्रतिबन्ध हटाइएको छ।” प्राधिकरणले वर्षात्को समयमा हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि हरेक वर्ष मनसुन समयमा यस्तो प्रकृतिको हेलिकप्टर उडानमाथि प्रतिबन्ध लगाउँदै आएको छ। मौसम पूर्वानुमान महाशाखाले १२ अक्टोबरदेखि नेपालबाट मनसुन बाहिरिएको घोषाणा गरेको थियो। नेपालमा सरदर जुन १३ मा मनसुन भ...
मणिराज गौतमद्वारा लिखित पुस्तक “प्रवासका फुलहरु” को बेल्जियममा बिमोचन
अन्तर्राष्ट्रिय, समाचार

मणिराज गौतमद्वारा लिखित पुस्तक “प्रवासका फुलहरु” को बेल्जियममा बिमोचन

बेल्जियम – नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम द्वारा लिखित पुस्तक “प्रवासका फुलहरु” को आइतबार बेल्जियममा बिमोचन गरिएको छ । अन्तरराष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको बिमोचन समारोहमा बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा लगायतका अतिथीहरुले पुस्तकको बिमोचन गर्नु भएको हो ।  पुस्तक बिमोचन गर्नुहुदै राजदुत राजभन्डारीले बिदेशमा बस्ने नेपालीहरुका अनुभबलाई देशका नितीनिर्माताहरुले बुझ्न सकेमा देश बिकासमा ठुलो सहयोग पुग्ने बताउनु भयो । पुस्तक युरोपका नेपालीहरुको दस्ताबेजको रुपमा रहने भएकाले पनि ईतिहास बन्ने उहाँको धारणा रहेको थियो । पुस्तक मार्फत बिदेशमा रहने नेपालीहरुको प्रतिनिधि भोगाइ अनि सत्य कथाबाट युबा पुस्तालाई सकारात्मक उर्जा प्रदान गर्ने विश्वाश उहाँले ब्यक्त गर्नु भयो ।राजदुत राजभण्डारी...
टेक विसीको ‘मुटुमै गाँसेको साइनो’ (भिडियो)
मनोरन्जन, समाचार

टेक विसीको ‘मुटुमै गाँसेको साइनो’ (भिडियो)

काठमाडौं । टेक विसीको स्वरमा रहेको ‘मुटुमै गासेको साइनो’ साइनो गीतको भिडियो सार्वजनिक भएको छ । भीम विसीको संगीत, हरिभक्त बुढाथोकीको शब्द रचना र विश्व अधिकारीको एरेञ्ज रहेको सार्वजनिक गीतमा टेकलाई अस्मिता अधिकारीले स्वरमा साथ दिनुभएको छ । https://youtu.be/qPMycz4xn9M विक्रम चौहानको कथा निर्देशन रहेको गीतको भिडियोमा सुन्दर घलान, विनिता घलान र विकाश बुढाथोकीलाई फिचरिङ गरिएको छ । प्रेमिल भावको गीतमा आफूले मन पराएको मान्छे आफूदेखि कहिल्यै टाढा नहोस्, मायामा कमी नहोस् भन्ने भाव व्यक्त गरिएको छ । गीत जति उत्कृष्ट छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । प्रकाश खडकाको छायांकन रहेको गीतको भिडियोमा मीन रावलको सम्पादन छ । गीतको भिडियो गीतकार हरिभक्तको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।...
‘कस्तो हो यो माया’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

‘कस्तो हो यो माया’ सार्वजनिक (भिडियो)

काठमाडौं । आफ्नो कला, संस्कृति र माटोको मायाँ हुनेले देशको अवस्थाका कारण रोजिरोटीको लागि सन्सारको जुनसुकै कुनामा रहेपनि व्यस्त जीवनबाट उप्रेको समयको सदुपयोग स्वरुप आफ्नो बिधागत क्षेत्रमा केही गर्नुपर्छ भन्ने भावनाका चलचित्र निर्माता तथा अभिनेता ईश्वर थापाले क्यानडामा रहेर पनि ‘कस्तो हो यो मायाँ’ बोलको नेपाली गीतको भिडियो निर्माण गरि आफ्नै युटूव च्यानबाट सार्वजनिक गरेका छन् । https://www.youtube.com/watch?v=W83EQUfUZUU क्यानडाको बिभिन्न स्थानको रमणीय दृश्य कैद गरिएको भिडियोमा ईश्वर थापा र फरिता खड्कालाई प्रेमिल जोडीको रुपमा रोमान्टिक ढंगले प्रस्तुत गरेका छन् निर्देशक हेरुका लामाले । ईश्वर थापाको शब्द, लेखु सहयात्रीको संगीत सिर्जना रहेको गीतमा निशान भट्टराईले स्वर दिएका छन् भने एरेञ्जर पुरुषोत्तम सुवेदीले गरेका हुन् ।...
नेपाल र भारतका पत्रकार महिलाको साझा सञ्जाल बनाउनुपर्नेमा जोड
अन्तर्राष्ट्रिय, समाचार

नेपाल र भारतका पत्रकार महिलाको साझा सञ्जाल बनाउनुपर्नेमा जोड

नयाँ दिल्ली : नेपाल र भारतका पत्रकार महिलाले आफ्ना साझा समस्या समाधानका लागि सञ्जाल बनाउनुपर्नेमा जोड दिएका छन् । इनिसियटिभ्स अफ मिडिया वुमन (आईएम डब्लु) ले आज भारतस्थीत नेपाली राजदुतावासको विपी कोइराला फाउन्डेशनको सहयोगमा प्रेस क्लब अफ इन्डियामा आयोजीत कार्यक्रममा नेपाली पत्रकार महिला र भारतीय पत्रकार महिलाले भोग्नु परेका चुनौतीबारे छलफल गरेका थिए । भारतका लागि नेपाली कार्यवाहक राजदुत डा. सुरेन्द्र थापाले हरेक क्षेत्रमा महिला पत्रकारको प्रत्यक्ष सहभागीता बढाउन जरुरी रहेको बताउँदै यसको लागि पत्रकारीताले अहम भुमिका खेल्न सक्ने बताउनुभयो । उहाँकाअनुसार दुतावासले हरेक कार्यक्रममा महिलाको सहभागीता र सहकार्यमा उत्साहीत भएर काम गर्दै आएको जानकारी दिनुभयो । डा.थापाले आफु नेपाल र भारतका सांस्कृतिक गतिविधिका कार्यक्रमलाई नयाँ ढंगले अघि बढाउन चाहेको भन्दै केहीदिन अघि दुतावास परिसरमा रामलिलाको मन्...
कुवेर तामाङ्गको निर्देशनमा ‘शीतल छायाँमा’ (भिडियो)
मनोरन्जन, समाचार

कुवेर तामाङ्गको निर्देशनमा ‘शीतल छायाँमा’ (भिडियो)

काठमाडौं ।  रचना रिमाल र निर्मल दियालीको स्वरमा रहेको गीत ‘शीतल छायामा’ गीति चलचित्रका रुपमा सार्वजनिक भएको छ । खेम गुरुङको शव्द रचना र संगित संयोजन पुरुषोतम सुबेदीले गरेका छन भने सङ्गीत गायक स्वयमको रहेको छ। माटो र पुर्बेलीपन को सुगन्ध यस गीतमा पाइन्छ। काठमाडौको गागलफेदीमा छायांकन गरिएको गीति चलचित्रमा कुबेर तामाङ्गको कथा र निर्देशन रहेको छ । https://youtu.be/mkZ1UfQuyCw गितमा रेनुका मगर, लय संग्रौला, हिरा देबि श्रेष्ठ, रुपा थापा बत, प्रकश तिवारी, रबिन दाहाल, अमरदीप खाती र गायक तथा संगितकार दियाली स्वयमको अभिनय रहेको छ । नितिन तामाङ्गको नृत्य निर्देशन र नवीन सुनुवारको छायांकन र कलर एडिट रहेको छ । ‘शीतल छायामा’ बोल को गीति चलचित्र के एन क्रीएसन अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको हो ।...
विद्यार्थीको नेता विद्यार्थीलाई नै बनाउनका निम्ति मेरो उम्मेदबारी :पवन कार्की
शिक्षा, समाचार

विद्यार्थीको नेता विद्यार्थीलाई नै बनाउनका निम्ति मेरो उम्मेदबारी :पवन कार्की

काठमाडौं । नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको आसन्न सम्मेलनलाई लिएर विद्यार्थी नेताहरूले उम्मेदवारी दाबी पेश गर्न थालेका छन् । यसैक्रममा पवन कार्कीले केन्द्रीय अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । कार्की हाल केन्द्रीय उपाध्यक्ष छन् । क्रान्तिकारीको २३औं सम्मेलन यही असोज १०-१४ मा काठमाडौंमा तय गरिएको छ । उनले एक अपिल जारी गर्दै आफ्नो उम्मेदवारी विद्यार्थी आन्दोलनलाई प्रश्नहरूको नभई, उत्तरहरूको आन्दोलन बनाउन भएको बताएका छन् । ‘मेरो उम्मेदवारी विद्यार्थी आन्दोलनलाई प्रश्नहरूको हैन, उत्तरहरूको आन्दोलन बनाउनका लागि हो । मेरो उम्मेदवारी क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई रहरलाग्दो, डरलाग्दो र भरलाग्दो बनाउनका लागि हो । मेरो उम्मेदवारी संविधानमा ग्यारेन्टी गरिएको शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हकलाई कार्यान्वयन गर्दै समाजवादी शिक्षा वहाली गर्नका...
‘लिटिल स्टार नेपाल’ को पाँचौं संस्करण सम्पन्न
मनोरन्जन, समाचार

‘लिटिल स्टार नेपाल’ को पाँचौं संस्करण सम्पन्न

पाँचौं संस्करणको ‘लिटिल स्टार नेपाल,२०२४’ को अन्तिम स्पर्धा भाद्र ३१ गते सोमबारका दिन राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। एएनपी मिडिया हाउसद्वारा आयोजित उक्त प्रतियोगितामा ‘नृत्य’ र ‘गायन’ समूहका शिर्ष विजेता घोषित भए । नृत्यतर्फ ‘जुनियर गर्ल्स ए’, ‘जुनियर गर्ल्स बी’ र ‘सिनियर गर्ल्स’तर्फ क्रमशः मिराज दर्लामी मगर, शोखिन पाण्डे र शिलिन्यास घर्ती मगरले शिर्ष उपाधी हात पारे भने ‘गायन’तर्फ सिरिषा बिकले शिर्ष उपाधी हात पारिन। ‘जुनियर गर्ल्स ए’ तर्फ मिराज विजयी हुँदा सबिरा श्रेष्ठ फर्स्ट रनरअप, रिद्वी गिरी सेकेन्ड रनरअप/मस्ट पपुलर, आदित्री के.सी थर्ड रनरअप,  जिज्ञासा मर्हजन फोर्थ रनरअप, केन्जल बलामी र निर्भिक राज पन्त पब्लिक चोईस अवार्ड विजेता घोषित भए। त्यसैगरी ‘जुनियर गर्ल्स बी’ तर्फ शोखिन विजयी हुँदा ईशारा पौडेल फर्स्ट रनरअप, प्रज्ञा राई सेकेन्ड रनरअप, कृशिला बिक थ...
जावलाखेलमा दशै महोत्सव हुँदै
अर्थ/व्यापार, समाचार

जावलाखेलमा दशै महोत्सव हुँदै

काठमाडौं  । दशैको अवसर पारेर ललितपुरको जावलाखेल स्थित जावलाखेल फुटबल मैदानमा दशैं महोत्सव हुने भएको छ । विगत ११ वर्ष देखि नेपालको विभिन्न स्थानहरुमा मेला महोत्सव गर्दै औधोगिक शान्ती नेपाल संस्थाले यस महोत्सवको आयोजना गरेको हो । नेपालमै उत्पादित घरेलु तथा औधोगिक सामाग्री, लताकपडा, जुत्ता तथा घरेलु सामाग्रीहरु लगायतको प्रदर्शनी, बजार प्रवद्र्धन तथा व्यवस्थापन गर्ने र एउटै स्थानबाट सबै कुराहरु उपलब्ध गराउने, महिला व्यवसायी तथा उद्धमीलाई प्रोत्साहन दिने, बालबालिकालाई उपयुक्त मनोरञ्जन गराउने तथा नयाँ प्रतिभाहरुको खोजी गर्ने उद्देश्यका साथ यही २०८१ असोज ११ गते देखि सुरु हुने महोत्सव असोजको २२ गतेसम्म चल्ने र महोत्सवमा दैनिक जीवनका उपयोगी हुने घरेलु सामानहरुको प्रदर्शनी तथा विक्री वितरण, औधोगिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरण, सुचना तथा विज्ञान प्रविधीको प्रदर्शनी, ग्रामीण प्रविधी सम...