Blog

पशुपति कोटिहोम महायज्ञका संकल्पकर्ता कृष्ण मूर्तीजी महाराज सम्मानित
समाचार, समाज

पशुपति कोटिहोम महायज्ञका संकल्पकर्ता कृष्ण मूर्तीजी महाराज सम्मानित

काठमाडौँ । यज्ञ शिरोमणी राष्ट्र गुरु वालयोगेश्वर विजय श्री कृष्ण मूर्ती जी महाराजलाई रोल्पा कलाकार समाजले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । नेपालकै चर्चित कार्यक्रम इन्द्रेणीमा समाजले वालयोगेश्वर महाराजलाई सम्मान गरेको हो । विगत १७ बर्ष देखि निरन्तर रुपमा सामाजिक,सास्कृतीक,सांगितीक,धार्मिक तथा आध्यात्मिक क्षेत्रमा पुराएको अतुलनिय योगदानको उच्च मूल्याङकन गर्दै समाजले वालयोगेश्वर महारजलाई सम्मान गरेको रोल्पा कलाकार समाजकी अध्यक्ष राधिका हमालले बताएकी छन् । वालयोगेश्वर महाराजलाई पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनले सम्मान गरेका हुन् । त्यस्तै मानव सेवा फाउण्डेसनले पनि पूर्व उपराष्ट्रपति पुन सहित रोल्पा कलाकार समाजलाई सम्मान गरेको छ । नेपालकै इतिहासमा हालसम्मकै ठूलो ऐतिहासिक पशुपति कोटिहोम महायज्ञको आयोजना गरेर वालयोगेश्वर महाराजले सनातन धर्मको क्षेत्रलाई ठूलो योगदान पुराएका ...
ममता र टेकको स्वरमा ‘डिम्पल सुहाउने’ (भिडियो)
मनोरन्जन, समाचार

ममता र टेकको स्वरमा ‘डिम्पल सुहाउने’ (भिडियो)

काठमाडौं । ममता नेपालीको स्वरमा रहेको गीत ‘डिम्पल सुहाउने’ सार्वजनिक भएको छ । ममतालाई टेक विसीले स्वरमा साथ दिएको गीतको भिडियो सार्वजनिक भएको हो । भीम विसीको शब्द र संगीत, केशव बडुको म्युजिक रेकर्ड एवं श्याम श्वेत रसाइलीको मिक्सिङ÷माष्टरिङ रहेको छ गीतमा । विक्रम चौहानको निर्देशन एवं कोरियोग्राफ रहेको गीतको भिडियोमा आश्मा विश्वकर्मा र सुन्दर घलानलाई फिचरिङ गरिएको छ । पवन सुशलिङ र टिमको छायांकन रहेको गीतको भिडियोमा मनोज कार्कीको सम्पादन र कलर रहेको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । https://www.youtube.com/watch?v=iFejXzrmFmc ‘हामी सबैको मिहिनेतले एउटा राम्रो सिर्जना दर्शक÷श्रोतामाझ ल्याएका छौँ, सबैले मन पराइदिनुहुन्छ भन्नेमा आशावादी छौँ’, संगीतकार भीमले भन्नुभयो । ममता नेपालीको औपचारिक रूपमा सार्वजनिक यो पहिलो सार्वजनिक गीत हो । यस गीतलाई लिएर आफू निक्कै ...
‘सेभ हिमालय’को नारा सहित विश्वमै पहिलो पटक कालापत्थरमा प्रेस मिट गर्दै ‘एभरेष्ट टुरिज्म अवार्ड’को घोषणा
मनोरन्जन, समाचार

‘सेभ हिमालय’को नारा सहित विश्वमै पहिलो पटक कालापत्थरमा प्रेस मिट गर्दै ‘एभरेष्ट टुरिज्म अवार्ड’को घोषणा

लुक्ला – ‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’ नाराका साथ पहिलो संस्करणको ‘एभरेष्ट टुरिजम अवार्ड, २०२४’ आयोजना हुने भएको छ । आज सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको कालापत्थर (५,६५३ मिटर उचाइ)मा आयोजित पत्रकार सम्मेलनमा आयोजक एएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष सत्यकला तामाङ लामाले अवार्ड कार्यक्रम आगामी डिसेम्बरमा काठमाडौँमा हुने जानकारी दिनुभयो । मुलुकको पर्यटन क्षेत्रको विकास, प्रचारप्रसार तथा प्रवर्द्धनमा उल्लेख्य योगदान पु¥याउनुहुने राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थालाई मूल्याङ्कनका आधारमा सम्मान तथा अवार्ड वितरण गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार कूल ४० देखि ५० वटा विधामा अवार्ड प्रदान गरिनेछ । अवार्ड कार्यक्रममा राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसमेत रहने अध्यक्ष लामाले जानकारी दिनुभयो । उहाँका अनुसार अवार्ड ...
मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिलालाई
मनोरन्जन, समाचार

मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिलालाई

राजधानीमा सम्पन्न विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीलाई प्रदान गरिएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिवार राती सम्पन्न अन्तिम प्रतिस्पर्धामा २८ प्रतिस्पर्धीलाई पछि पार्दै डेनिलाले सो उपाधि चुम्नुभएको हो । उहाँले उपाधिसँगै एउटा स्कुटर, आगामी जनवरी अमेरिकामा हुने मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अबसर पनि हासिल गर्नुभएको छ । सोही समारोहमा हास्य साम्राज्ञी वसन्धुरा भुसाललाई ६ दशकदेखि नेपाली चलचित्रमा निरन्तर योगदान पुर्‍याएवापत मानार्थ मिसेस नेपाल वर्ल्ड सम्मान २०२४ बाट सम्मानित गरिएको थियो। माईति नेपालकी अध्यक्ष अनुरोध कोईराला, अभिनेता धिरेन शाक्य, आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा, अफिसियल कोरियोग्राफर अश्विनीकान्त झालगायतले भुसाललाई कार्यक्रममा सम्मान अर्पण गर्नुभएको थिय...
विपी राजमार्ग पूर्णरूपमा यातायात सञ्चालन अनुमति
अर्थ/व्यापार, समाचार

विपी राजमार्ग पूर्णरूपमा यातायात सञ्चालन अनुमति

सडक डिभिजन कार्यालय भक्तपुरले बिपी राजमार्गमा आजदेखि पूर्णरूपमा सञ्चालन गर्न अनुमति दिएको छ । कार्यालयले जोखिमका कारण गत असोज ३० गतेदेखि रातको समयमा (दश घण्टा) यातायात सञ्चालनमा रोक लगाएको थियो । असोज दोस्रो साता परेको अविरल वर्षापछिको बाढीपहिरो कारण क्षति भएको बिपी राजमार्ग अन्तर्गतको धुलिखेल-भकुण्डेबेँसी-बर्खेखोला सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म १० घण्टा यातायात सञ्चालनमा रोक लगाएको थियो । कार्यालयले सुक्खा पहिरो खस्न सक्ने तथा काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित १ नम्बरपुल-चौकीडाँडा-बर्खेखोला खण्डको करिब आठ किलोमिटर सडक ट्रयाक मर्मत-सुधार गरी यात्रा सुरक्षित बनाउनुपर्ने जनाउँदै उक्त सडकखण्ड रातको समयमा बन्द गरेको हो ।  बाढीपहिरोका कारण काभ्रेतर्फ भकुण्डेबेँसी-चौकीडाँडा-बर्खेखोला खण्डका विभिन्न स्थानमा पूर्णरूपमा बगाएको ८ किलोमिटरभन्दा बढी लम्बाइको सडकमा वैकल्पिक ट्रयाक नि...
‘बेहुली फ्रम मेघौली’ चलचित्र शुक्रबारदेखि ओटीटीमा उपलब्ध हुने
मनोरन्जन, समाचार

‘बेहुली फ्रम मेघौली’ चलचित्र शुक्रबारदेखि ओटीटीमा उपलब्ध हुने

कम शो दिइएको भन्दै हलबाट उतारिएको ‘बेहुली फ्रम मेघौली’ शुक्रवारदेखि ओटीटीमा उपलब्ध हुने भएको छ । कलाकार, निर्देशक एवम् चलचित्र निर्माता निश्चल बस्नेतले फेसबुकमा एक पोस्ट राख्दै यसबारे जानकारी दिएका हुन् । बस्नेतका अनुसार यो चलचित्र ‘एमएसएम भिडिओ’ नामक नयाँ नेपाली ओटीटी प्लेटफर्ममा उपलब्ध हुनेछ । तर अहिले पनि यसमा नयाँ अकाउन्ट बनाउँदा ओटीपी नआउने र आए पनि समय लाग्ने समस्या रहेको प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा लेखिरहेका छन् ।  हाल यस प्लेटफर्ममा ‘दिमाग खराब’, ‘महाजात्रा’ र ‘घरज्वाईं’ चलचित्र उपलब्ध छन् । प्लेटफर्ममा चलचित्र हेर्न ‘रेन्ट’मा लिने विकल्प छ । चलचित्रलाई एक हप्ता र दुई हप्तासम्म रेन्टमा लिन सकिने छ । त्यस्तै मासिक, अर्धवार्षिक, वार्षिक र आजीवन गरी प्लेटफर्मको सब्सक्रिप्सन समेत लिन सकिन्छ । तर प्रयोगकर्ताहरूले यो प्लेटफर्ममा चलचित्र हेर्नलाई पैसा तिर्ने विकल्प सजि...
काठमाडौँ महानगरले माग्यो १०८ जना जनशक्ति
अर्थ/व्यापार, समाचार

काठमाडौँ महानगरले माग्यो १०८ जना जनशक्ति

महानगरपालिकाले आज सूचना जारी गर्दै आफू मातहतको स्वास्थ्य विभाग अन्तर्गत रहेका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरुमा करार सेवामा कामकाज गर्नको लागि जनशक्ति माग गरेको हो। लोकसेवा आयोगबाट सिफारिस वा अन्यत्रबाट स्थायी प्रकृतिको कर्मचारी सरुवा भइ नआएसम्म यस आर्थिक वर्षको असार मसान्तसम्मको लागि कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ। महानगरले आठौँ तहको मेडिकल अधिकृत (डाक्टर) पदमा चारजना माग गरेको छ। त्यसैगरी पाँचौँ तहको ल्याब टेक्निसियन २९ जना, फिजियोथेरापी असिस्टेन्ट ३२ जना, स्टाफ नर्स पाँचजना, फार्मेसी सहायक १० जना, रोडियोग्राफर एक, तथ्यांक सहायक एक र कार्यालय सहयोगी २६ जना गरी एकसय आठ जना कर्मचारी माग गरेको हो। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन्। अनलाइन प्रणालीमार्फत् पनि दरखास्त दिन सकिने सूचनामा उल्लेख छ। हेर्नु...
प्रधानमन्त्रीले बोलाए सत्ता गठबन्धनको बैठक
राजनीति, समाचार

प्रधानमन्त्रीले बोलाए सत्ता गठबन्धनको बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरूको बैठक बोलाएका छन् । बैठक अहिले बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
तारे होटलले प्लास्टिकका बोतलमा पेय पदार्थ दिन नपाउने
अर्थ/व्यापार, समाचार

तारे होटलले प्लास्टिकका बोतलमा पेय पदार्थ दिन नपाउने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको पर्यटन विभागले तारे होटलहरूमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थम रोक लगाएको छ । विभागले प्रेस विज्ञप्ति जारी गर्दै तारे होटल (चार तारे, पाँच तारे र पाँच तारे डिलक्स) सबै रिसोर्टहरु (डिलक्स र लक्जरी)मा प्लास्टिकजन्य बोटल प्रयोगमा रोक लगाएको हो। तारे स्तरमा स्तरवर्गीकरण भई इजाजत प्राप्त गरी सञ्चालनमा रहेका होटल तथा रिसोर्टहरुमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थहरु प्रयोगमा आइरहेका भनी जानकारी प्राप्त हुन आएको विभागले जनाएको छ । तत्काललाई कम्तिमा चार तारे वा सोभन्दा माथिल्लो स्तरका होटल तथा रिसोर्टहरुमा खानेपानीको लागि प्रयोगमा आउने प्लास्टिकजन्य बोटलमा रोक लगाएको पर्यटन विभागका महानिर्देशक सहसचिव डा. नारायण रेग्मीले जानकारी दिए । प्लास्टिकजन्य बोटलको प्रयोगबाट मानव स्वास्थ्य तथा वातावरणमा समेत नकारात्मक प्रभाव पर्ने ...
अर्थ/व्यापार, समाचार

फ्लाइ दुबईकाे कात्तिक २५ बाट भैरहवामा दैनिक उडान हुने

दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबईले यही कात्तिक २५ गतेदेखि मुलुकको दोस्रो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्ने भएको छ । फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौँ उडानका लागि आजदेखि बुकिङ खुलाएको छ । सो कम्पनीको नेपालस्थित आधिकारिक एजेन्ट ९जिएसए० युनिभर्सल टुर्स एण्ड ट्राभल्स रहेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फ्लाई दुबईको विमान दिउँसो १ः४५ मा भैरहवा र २ः४५ मा काठमाडौँ आउनेछ । काठमाडौँमा एक घण्टा ‘टेक्निकल ल्याण्ड’ गरेर दुबई उड्नेछ । फ्लाई दुबईले भैरहवा विमानस्थलमा यात्रु ओरालेर त्यहाँबाट विदेश जाने यात्रुलाई ल्याएर काठमाडौँमा एक घण्टा रोकेर दुबई उड्नेगरी प्राधिकरणबाट अनुमति पाएको छ । टिकट र थप जानकारीलाई फ्लाई दुबईको वेबसाइटमा सम्पर्क गर्नसकिने जनाइएको छ । यस विमानस्थलमा कम्पनीको पहिलो उडान हो । हप्ता...