Blog

भारतीय युवकले कुवेतमा एक नेपाली युवतीको हत्या गरे
अन्तर्राष्ट्रिय, समाचार

भारतीय युवकले कुवेतमा एक नेपाली युवतीको हत्या गरे

कुवेतमा भारतीय एक युवकले एक नेपाली युवतीको घाँटी थिचेर हत्या गरेका छन् । बिगत देखिनै एक अपार्टमेन्टमा बस्दै आएकी ती नेपाली युवतीको शव भेटिएपछि कुवेत प्रहरीले अनुशन्धान गर्दा उनको एक भारतीय युवकले हत्या गरेको ठहरिएको छ । त्यहाँको प्रहरीले ती युवकलाई पक्राउ गरि सोधपुछ गर्दा ती महिला आफ्नो प्रमिका भएको र अर्कै केटासँग हिडेको देखेपछि हत्या गरेको बताएका छन् । अरब टाइम्सका अनुसार घटनाको छानविन प्यारामेडिकल टिम र स्थानीय प्रहरीको टोलीको अनुसन्धानबाट उक्त तथ्य पत्ता लगाइएको हो । यद्यपि प्रहरीले अहिलेसम्म दुवैजनाको परिचय खुलाएको छैन ।...
उपत्यकामा १ हजार ५ सय ३५ कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

उपत्यकामा १ हजार ५ सय ३५ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ३५ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २ सय २५, ललितपुरमा १ सय ४७ र भक्तपुरमा १ सय ६३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्। काठमाडौँमा कोरोना संक्रमितको संख्या अहिलेसम्म ५६ हजार ३०२, ललितपुरमा ७ हजार ८८३ र भक्तपुरमा ५ हजार ३१३ जना पुगेको छ। ...
पछिल्लो २४ घण्टामा २८५६ जनामा कोरोना संक्रमण, ३३३६ निको
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा २८५६ जनामा कोरोना संक्रमण, ३३३६ निको

पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार ७८९ जना पुरुष र १हजार ६७ जना महिला रहेका छन्। पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको परीक्षण गरिएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । सक्रिय संक्रमित ४५ हजार ५७२ जना रहेका छन् । ३ हजार ३३६ जना निको भएका छन् भने ५ जनाले ज्यान गुमाएका छन् ।  मृत्यु हुनेको कूल संख्या ८५७ पुगेको छ ।...
चितवनमा थप दुई सङ्क्रमितको मृत्यु
समाचार, स्वास्थ्य

चितवनमा थप दुई सङ्क्रमितको मृत्यु

कोभिड–१९ को सङ्क्रमणबाट चितवनमा थप दुई सङ्क्रमितको मृत्यु भएको छ। चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ती सङ्क्रमितको कोरोनाबाट ज्यान गएको हो। चितवन मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीका सङ्क्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा गुल्मीका ४८ वर्षीय पुरुष रहेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए। निमोनियाका बिरामी उनलाई कात्तिक ४ गते अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। ती पुरुषमा कात्तिक ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। यस्तै पुरानो मेडिकल कलेजमा रौतहटकी महिलाको मृत्यु भएको हो । ती महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ। चन्द्रनिगाहापुर नगरपालिका–१ की ७७ वर्षीया वृद्धामा मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। निमोनियाका कारण उनलाई कात्तिक ८ गते अस्पताल भर्ना गरिएको थियो । ति वृद्धाको ...
नागरिक आधारभूत अधिकारबाट वञ्चित हुँदै गए:डा.डिआर उपाध्याय
राजनीति, समाचार

नागरिक आधारभूत अधिकारबाट वञ्चित हुँदै गए:डा.डिआर उपाध्याय

अहिले मुलुकको अर्थतन्त्र समस्याग्रस्त छ । कारण कोरोना महामारी नै हो । देशको आर्थिक विकास हुन सकेको छैन । देशको बिकास र समृद्धि सरकारको मुख्य लक्ष्य हो । तर यति बेला कोरोना भाइरसका कारण सवै क्षेत्र अस्त ब्यस्त छन । सवै तिर रोजगारीका अवसर गुमेका छन् । सर्वसाधरण नागरिको बिहान बेलुका हात मुख जोर्ने समस्या छ । कोरोना महामारीका कारण रोजगारी र पेसा व्यवसाय गुमाएका सर्वसाधारण नागरिकले दैनिक जीवन निर्वाह गर्न सकिरहेका छैनन् अवस्था यस्तो जटिल बन्दै गएको छ । सरकार विपत्को समयमा सर्वसाधारण जनताको दुःखमा सामेल हुने प्रयास समेत गरेन । दुःख लाग्दो कुरा यो हो । जनताको समस्यामा साथ दिन नसक्ने सरकारबाट अरु के सुधार हुन्छ भनेर हामीले बिश्वास गर्ने ? कोरोना महामारी अझै कति समय चल्ने हो यसै भन्न सकिने अवस्था छैन । सर्वसाधरण जनता संग बचत पैसा छैन, तत्काल रोजगारीको अवसरसमेत छैन, तिनीहरुले जीवन कसरी गुजारा गर्...
ब्रुनाईका राजकुमार हाजी अब्दुल अजिमको ३८ वर्षको उमेरमा निधन
अन्तर्राष्ट्रिय, समाचार

ब्रुनाईका राजकुमार हाजी अब्दुल अजिमको ३८ वर्षको उमेरमा निधन

ब्रुनाईका राजकुमार हाजी अब्दुल अजिमको ३८ वर्षको उमेरमा शनिबार निधन भएको छ । सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर सेरी बेगावानमा जन्मिएका अजिम ब्रुनाईका सुल्तान हाजी ह हसनल बोल्किआका दोस्रो छोरा हुन् । सुल्तानको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार राजकुमार अजिमको निधनप्रति शोक मनाउँदै ब्रुनाईमा सात दिनसम्म आधा झण्डा झुकाइने र कुनै पनि औपचारिक कार्यक्रम नगर्ने बताइएको छ ।...
युनाइटेड बिरुद्ध २–१ को संघर्षपूर्ण जीत
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

युनाइटेड बिरुद्ध २–१ को संघर्षपूर्ण जीत

डिफेन्डिङ च्याम्पियन लिभरपुलले एक गोलले पछि परेको स्थिति उल्टाउँदै सेफिल्ड युनाइटेडबिरुद्ध २–१ को संघर्षपूर्ण जीत हासिल गरेको छ । भर्जिल भान डाइकबिना मैदानमा उत्रेको लिभरपुलका लागि फाबिनोले गल्ती गरेपछि सेफिल्डले खेलको १३ औँ मिनेटमा पेनाल्टी पाएको थियो । जसलाई सान्डर बर्जले सजिलै गोलमा परिणत गरे । तर, पहिलो हाफ सकिन लाग्दा साडियो मानेको प्रहारलाई सेफल्डका गोलकिपरले पक्रन नसक्दा रोबर्टो फर्मिन्होले त्यसको फाइदा उठाउँदै बराबरी गोल फर्काए । दोस्रो हाफमा डिओगो जोटाले गोल गर्दै लिभरपुलको पुनरागमन पुरा गरे । प्रिमियर लिगमा लिभरपुल पछिल्लो दुई खेलमा जीतविहीन रहेको थियो । जीतसँगै लिभरपुल लिगको दोस्रो स्थानमा उक्लेको छ । उता, शनिबार नै भएको खेलमा म्यानेस्टर युनाइटेड र चेल्सीले गोलरहित बराबरीमा चित्त बुझाएका छन् । खेलपछि चेल्सीका म्यानेजर फ्रांक लाम्पार्डले खेलको पहिलो हाफमा ह्यारी म्याग...
पूर्वमन्त्री जनादर्न शर्मालाई कोरोना संक्रमण
राजनीति, समाचार

पूर्वमन्त्री जनादर्न शर्मालाई कोरोना संक्रमण

 पूर्वमन्त्री जनादर्न शर्मालाई कोरोना संक्रमण भएको छ। नेकपाका नेता शर्माले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। उनले आफूसँग केही समय यता सम्पर्कमा आएका व्यक्तिलाई कोरोना परीक्षण गरी ढुक्क रहन आग्रह गरेका छन्।
भारतले एकपक्षीयरुपमा खोल्यो जोगबनी नाका
अर्थ/व्यापार, समाचार

भारतले एकपक्षीयरुपमा खोल्यो जोगबनी नाका

नेपालीपक्षसँग समन्वय नै नगरी भारतले एकपक्षस्य रुपमा विराटनगरको सिमावर्ती जोगबनी नाका खोलेपछि सिमामा सुरक्षा सतर्कता बढाइएको छ। नाका खोलिएपछि भारतबाट अनधिकृत रुपमा नेपाल प्रवेश गर्ने सम्भावना बढेकोले सुरक्षा सतर्कता बढाइएको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिएकाे नेपाल टिभी अनलाइनले जनाएकाे छ। उनले भारतबाट प्रवेश गर्ने नेपालीहरुलाई पुरानै प्रक्रिया अनुसार होल्डिङ सेन्टरमा राखेर मात्र होम क्वारेण्टाइनमा बस्ने गरी भित्रिन दिने गरिएको बताए। नेपाल सरकारले कार्तिक ३० गते सम्म अन्तराष्ट्रिय सीमा बन्द गर्ने निर्णय गरेको छ।...
पोल्यान्डका राष्ट्रपति आन्द्रे डुडालाई कोरोना भाइरसको संक्रमण
अन्तर्राष्ट्रिय, समाचार

पोल्यान्डका राष्ट्रपति आन्द्रे डुडालाई कोरोना भाइरसको संक्रमण

पोल्यान्डका राष्ट्रपति आन्द्रे डुडालाई कोरोना भाइरसको संक्रमण भएको छ । पोल्यान्डको राष्ट्रपति कार्यालयसम्बन्धी मन्त्री ब्लाजेज पिचाल्सकीले शनिबार राष्ट्रपति डुडालाई कोरोना देखिएको जानकारी दिएका हुन् । ‘राष्ट्रपतिलाई हिजो गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको छ । राष्ट्रपतिको स्वास्थ्य अवस्था राम्रो छ ।,’ मन्त्री पिचाल्सकीले ट्विटरमा लेखेका छन् । पोल्यान्डमा कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेकै बेला राष्ट्रपति डुडामा पनि संक्रमण देखिएको हो ।...