कुवेतमा भारतीय एक युवकले एक नेपाली युवतीको घाँटी थिचेर हत्या गरेका छन् । बिगत देखिनै एक अपार्टमेन्टमा बस्दै आएकी ती नेपाली युवतीको शव भेटिएपछि कुवेत प्रहरीले अनुशन्धान गर्दा उनको एक भारतीय युवकले हत्या गरेको ठहरिएको छ ।
त्यहाँको प्रहरीले ती युवकलाई पक्राउ गरि सोधपुछ गर्दा ती महिला आफ्नो प्रमिका भएको र अर्कै केटासँग हिडेको देखेपछि हत्या गरेको बताएका छन् ।
अरब टाइम्सका अनुसार घटनाको छानविन प्यारामेडिकल टिम र स्थानीय प्रहरीको टोलीको अनुसन्धानबाट उक्त तथ्य पत्ता लगाइएको हो । यद्यपि प्रहरीले अहिलेसम्म दुवैजनाको परिचय खुलाएको छैन ।