Blog

फ्रान्समा फेरि लकडाउन
अन्तर्राष्ट्रिय, समाचार

फ्रान्समा फेरि लकडाउन

फ्रान्समा फेरि लकडाउन भएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले फ्रान्समा यो वर्ष दोस्रोपटक लकडाउनको घोषणा गरेका हुन् । कोरोना भाइरस महामारीको सुरुमा युरोपमा अति प्रभावित हुने मध्येको फ्रान्समा मार्चमा पहिलोपटक लकडाउन भएको थियो । त्यो बेला दुई महिना लकडाउन लागु भएको थियो । पछिल्लो समय महामारीको दोस्रो लहरबाट प्रभावित भएको फ्रान्सका राष्ट्रपति म्याक्रोँले टेलिभिजन सम्बोधन मार्फत शुक्रबारदेखि लागु हुने गरी पुनः लकडाउन गर्ने घोषणा गरेका हुन् । यो पटकको लकडाउन कम्तीमा नोभेम्बरको अन्त्यसम्म कायम रहने छ । लकडाउनमा मानिसहरुलाई अत्यावश्यक कामका लागि मात्रै घर बाहिर निस्कने अनुमति दिइने छ । रेस्टुरेन्ट, बारसहितका अत्यावश्यक भन्दा बाहिरका सेवा बन्द रहने छन्, तर विद्यालय र उद्योगहरु पनि खुला हुने छन् । फ्रान्समा पछिल्लो दिनमा कोभिडका कारण...
च्याम्पियन्स लिगको पहिलो सिजनमा चेल्सीको जित
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

च्याम्पियन्स लिगको पहिलो सिजनमा चेल्सीको जित

चेल्सीले च्याम्पियन्स लिगको यो सिजनमा पहिलो जित दर्ता गरेको छ । समूह चरणको पहिलो खेलमा बराबरीमा रोकिएको चेल्सी बुधबार राति भएको खेलमा एफके क्रास्नोडरलाई ४-० ले पराजित गर्न सफल भएको हो । अवे मैदानमा भएको खेलमा पहिलो हाफमा एक गोल गरेको चेल्सीले दोस्रो हाफमा थप तीन गोल गरेको हो । उसका लागि ३७ औँ मिनेटमा कालम हड्सन ओडोइले गोल गरी सुरुवाति अग्रता दिलाए । ७६ औँ मिनेटमा पाएको पेनाल्टीमा टिमो वेर्नरले गोल गरे । ७९ औँ मिनेटमा हकिम जियचले चेल्सीबाट आफ्नो पहिलो गोल गरे । ९० औँ मिनेटमा क्रिष्टियन पुलिसिकले गोल गरेपछि चेल्सी ४-० ले विजयी भयो । सोही समूह अन्तर्गत भएको अर्को खेलमा सेभिल्लाले रिनेसलाई १-० ले पराजित गरेको छ । चेल्सी र सेभिल्ला दुवैको समान चार चार अंक रहेको छ । उनीहरु क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।...
सडकमा खटिएका ट्राफिक प्रहरीलाई ५ सयदेखि ३ हजारसम्म घुस दिन खोज्ने ८ जना पक्राउ
अपराध, समाचार

सडकमा खटिएका ट्राफिक प्रहरीलाई ५ सयदेखि ३ हजारसम्म घुस दिन खोज्ने ८ जना पक्राउ

काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा सवारी चालक तथा सहचालक आफैँ कारवाहीमा परेका छन् । दशैँका अवधिमा सवारी नियम उल्लङ्घनविरुद्ध चलाइएको कारवाही अभियानका क्रममा नियम उल्लङ्घन गर्ने उनीहरुले प्रहरीलाई नै आर्थिक लोभ देखाएपछि कारवाही गरिएको छ । यसरी कारवाहीमा पर्नेमा आठ सवारी चालक तथा सहचालक रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कारवाहीमा पर्नेमा रामप्रसाद चौधरी, दीपकबहादुर कुमाल, अभिनन्दन काफ्ले, विक्रम तामाङ, प्रेमबहादुर तामाङ, खड्गबहादुर सुनुवार, अभिक आचार्य र अविन शाही छन् । उनीहरुले सवारी नियम उल्लङ्घन गरेपछि कारवाही गर्न खोज्ने ट्राफिक प्रहरीलाई रु ५०० देखि तीन हजारसम्म दिन खोजेका थिए । महाशाखाले कुनै प्रलोभनमा नपरी आर्थिक लाभ इन्कार गरेर संलग्नलाई नियमानुसार कारवाहीका दायरामा ल्याउने ती ट्राफिक प्रहरीलाई पुरस्कृतसमेत गरेको महाशाखाका ...
दसैंमा खेर गयो विद्युत
अर्थ/व्यापार, समाचार

दसैंमा खेर गयो विद्युत

माग कम भएपछि यस वर्षको दसैंमा विद्युत खेर गएको छ । दसैंको बिदामा कारण विभिन्‍न कलकारखाना, व्यापारीक मल र संस्थाहरु बन्द रहेकाले खपत कम हुँदा विद्युत खेर गइरहेको नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले जानकारी दिए । कोइरालाले नेपालमा अहिले दसैं बिदा सुरु भएपछि अहिलेसम्म दैनिक करिब २ सय मेगावाटसम्म विद्युत खेर गइरहेको बताए । खेर गइरहेको विद्युतको खपतबारे प्राधिकरणसँग तत्कालै खपत बढाउने कुनै विकल्प नहरेको भन्दै कोइरालाले दीर्घकालिन रुपमा रणनीति तयार पारेर अगाडि बढ्ने तयारीमा प्राधिकरण रहेको बताए । प्राधिकरणले खेर गइरहेको विद्युतको खपत गर्न सिँचाई, कृषि उत्पादन, विद्युतीय सवारीका लागि विद्युत उपलब्ध गराउने, उपभोक्तालाई इन्डक्सन चुल्हो प्रयोगलाई प्रोत्साहन गर्ने योजना बनाइरहेको जानकारी उनले दिए । तर इन्डक्सन चुल्हो, विद्युतीय सवारी साधन र विद्युतीय उपकरणमा कर...
नग्न तस्बीर तथा भिडियो माग्नेसँग सचेत रहन नेपाल प्रहरीको आग्रह
अपराध, समाचार

नग्न तस्बीर तथा भिडियो माग्नेसँग सचेत रहन नेपाल प्रहरीको आग्रह

 नेपाल प्रहरीको साइबर ब्यूरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लिल गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ। विभिन्न व्यक्तिको ल्याण्डलाइन र मोबाइल फोनमा नम्बर नै नदेखिने तथा सामाजिक सञ्जालको नक्कली आइडी बनाएर कल गरी आफू प्रहरीको साइबर क्राइम विभागको मान्छे भएको भनी प्रविधिको दुरुपयोग गर्ने क्रम देखिएकाले सूचना जारी गरी सतर्क हुन आग्रह गरिएको हो। यस्ता गिरोहले प्रविधिको दुरुपयोग गरेर व्यक्तिको फेसबुक ह्याक भएको बहाना बनाई त्यसको प्रमाणीकरणका लागि नग्न तस्वीर वा श्रव्यदृष्य माग गर्ने गरेको पाइएको ब्यूरोको विज्ञप्तिमा उल्लेख छ। ‘उनीहरुले फोन गरेर तपाईँको एकाउन्टबाट नग्न, तस्वीर तथा भिडियो भाइरल भइरहेको र एक पटकका लागि हामीले त्यस्तो हुनबाट रोकेका छौँ, त्यसको प्रमाणीकरणका लागि नग्न फोटो वा भिडियो पठाउनुहोस् भनी पठाउन लगाउने र प्राप्त भएपछि नक्कली आइडी डिएक्ट...
मुख्यसचिब शंकरदास बैरागी कोरोना संक्रमित
राजनीति, समाचार

मुख्यसचिब शंकरदास बैरागी कोरोना संक्रमित

मुख्यसचिब शंकरदास बैरागी कोरोना संक्रमित भएका छन्। मुख्यसचिब बैरागीले आफू संक्रमित भएको जानकारी दिएका छन्। उनले ट्वीटरमार्फत आफू संक्रमित भएको जानकारी दिएका हुन्। उनले ट्वीटरमा लेखेका छन्, ‘म कोरोना पोजेटिभ भएको छु। मेरो सम्पर्कमा आउनु भएका महानुभावहरुलाई आवश्यक सुरक्षा अपनाउन अनुरोध गर्दछु।’ मुख्यसचिब बैरागीले आफ्नो स्वास्थ्यबारे भने केही जानकारी दिएका छैनन्। मुख्यसचिब संक्रमित भएसँगै देशको सर्वोच्च प्रशासनिक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।...
बार्सिलोनाका अध्यक्षद्वारा राजीनामा
खेलकुद, समाचार

बार्सिलोनाका अध्यक्षद्वारा राजीनामा

स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले पदबाट राजिनामा दिएका छन् । क्लबका समर्थकबाट दबाब झेलिरहेका अध्यक्ष बर्टोमेउले मंगलबार पदबाट राजीनामा दिएको बीबीसीले जनाएको छ । तर मारिया बार्टोमेउ भने आफू यूरोपियन सूपर लिगका क्लबमा जोडिने तय भएकोले अध्यक्षबाट राजीनामा दिएको बताएका छन्। उनी सन् २०१४ मा क्लबको अध्यक्ष बनेका थिए।...
तास खेलिरहेको अवस्थामा २२ जना पक्राउ
अपराध, समाचार

तास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

पिलवस्तु र बझाङमा तास खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार कपिलवस्तुको बाणगंगा नगरपालिका-८ मध्य बनगाईबाट तास खलिरहेको अवस्थामा सोही नगरपालिका-७ कोईली बनगाई बस्ने ४३ वर्षीय सन्तोष गिरी लगायत १२ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७५ हजार ८ सय ५० रुपैयाँ सहित पक्राउ गरेको हो ।     यसैगरी बझाङको जयपृथ्वी नगरपालिका-४ गोलाईस्थित सिन्केडाँडा बस्ने दिपक बहादुर सिंहको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँस्थित गोलाई बस्ने ३२ वर्षीय गगन खाती लगायत १० जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  दिपकको घरमा तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरुलाई ७० हजार ७ सय ३० रुपैयाँ...
तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा
अर्थ/व्यापार, समाचार

तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा

नेपाल—चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा आएको छ । बाढीपहिराले तीन महिनादेखि बन्द भई गत असोज १९ गते सञ्चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड—१९ संक्रमण देखा परेको जनाई चिनियाँ पक्षले असोज २० गतेदेखि नाका बन्द गरेको थियो । दुवै देशबीचको समझदारीअनुसार स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालनमा आए पनि मालवाहक कन्टेनर भने बिहीबार मात्रै नेपाल भित्रिने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए । नेपाल भित्रिने सामान अबदेखि चिनियाँ पक्षले नै भन्सार क्षेत्रसम्म ल्याइदिनेभएपछि नेपाली कामदार सीमा पारि जानु नपर्ने जनाइएको छ । यसरी आएका कन्टेनरलाई भन्सारको आइसोलेशन यार्डमा १२ देखि १४ घण्टासम्म राखेपछि मात्र जाँचपास गरी राजधानी पठाइने तातोपानी भन्सार कार्यालयले जनाएको छ ।...
नेकपा केन्द्रीय कमिटी बैठक स्थगित, मङ्सिरमा बस्ने
राजनीति, समाचार

नेकपा केन्द्रीय कमिटी बैठक स्थगित, मङ्सिरमा बस्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आसन्न केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । बैठक एक महिनापछि आगामी मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौंमा बस्ने नेकपाले जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले बुधबार विज्ञप्ति जारी गर्दै कोभिड १९ प्रकोपका कारण हाललाई बैठक स्थगित गरिएको जानकारी दिनुभयो । कात्तिक १५ देखि १७ गतेसम्म तय भएको केन्द्रीय कमिटी बैठक मङ्सिरमा सारिएको हो । अध्यक्षद्वयको सहमतिअनुसार बैठक सारिएको नेकपाका नेताहरुले बताउनुभएको छ । जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल कम्युनिष्ट पार्टी (नेकपा( को २०७७ कार्तिक १५ देखि १७ गते आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ, स्थगित बैठक यही २०७७ मङ्सिर १५ देखि १७ गते आयोजना गरिनेछ ।“ महासचिव विष्णु पौडेलले पार्टीका दुवै अध्यक्षसँग छुट्टाछुट्टै परा...