Blog

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट  दर्ताका लागि पेश
राजनीति, समाचार

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट दर्ताका लागि पेश

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणाको विरुद्धमा सर्वोच्च अदालतमा ८ वटा रिट दर्ताका लागि पेश भएका छन् । आइतबार र सोमबार मध्याह्नसम्म ८ वटा रिट दर्ताका लागि आइपुगेका सर्वोच्च अदालतका एक अधिकारीले भने छ । सर्वोच्च अदालतको मुद्दा शाखामा दर्ताका लागि ८ वटा रिट आइपुगेका हुन् । जसमध्येका ५ वटा रिटको अध्ययन सकिएको र बाँकी ३ रिटमाथि अध्ययन भइरहेको सर्वोच्चका ती अधिकारी बताउँछन् । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको प्रतिनिधि सभा विघटन गरेर वैशाख १७ र २७ गतेका लागि निर्वाचनको मिति तोकेकी थिइन् । संसद विघटनको निर्णयविरुद्ध आइतबार नै ३ वटा रिट दर्ताका लागि सर्वोच्च अदालतमा पेश भएका थिए ।...
उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्ममाथी मुद्दा दायर
अपराध, अर्थ/व्यापार, समाचार

उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्ममाथी मुद्दा दायर

नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले विभिन्न पाँच व्यवसायी फर्मलाई मुद्दा दायर गरेको छ । चालु आर्थिक वर्षमा अनुमति नलिई व्यवसाय सञ्चालन गरेका तथा उपभोक्ता ठगीको आरोपमा पाँच व्यवसायी फर्मलाई मुद्दा दायर गरिएको हो । गोरखकाली ग्याँस सेन्टर, मातारानी ट्रेडिङ प्रालि घट्टेकुलो, न्यू टीका डेरी सेन्टर, एम लाल स्टोर्स महाराजगञ्ज र गोरखकाली हार्डवेयर लोलाङलाई मुद्दा दायर गरिएको कार्यालय प्रमुख मनिषकुमार दासले बताए । मातारानी ट्रेडिङ प्रालिले चामलमा व्यापक मात्रामा ठगी गरेको दासले जनाए । रिपुराज एग्रो प्रालि भारतमा उत्पादित महाशक्ति ब्राण्डको चामलले २५ किलोको बोरामा २१ किलो राखेर बिक्री वितरण गर्दै आएको अनुगमनका क्रममा भेटिएको कार्यालय प्रमुख दासले जानकारी दिए । ‘अनुगमनका क्रममा एउटै बोरामा चार किलोसम्म कमी पाइएपछि कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेका हौँ’, उनले भने । मातार...
नेकपाका निवर्तमान सांसदहरु अदालत जाने
राजनीति, समाचार

नेकपाका निवर्तमान सांसदहरु अदालत जाने

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटनको सिफारिश लगेको एक घन्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि २७५ प्रतिनिधिसभा सांसद भूतपूर्व भएका छन् । जसमध्ये १७४ सत्तापक्ष र १०१ विपक्षका छन् । सभामुख पद भने कायमै रहनेछ । नेकपाका १७४ जनामध्ये ९२ जना प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा छन् । उनीहरुमध्ये ९० जनाले आइतबार विहानै ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । दुईजना मन्त्रीबाट राजीनामा दिई ओलीविरुद्ध उभिइसकेका छन् । प्रधानमन्त्री ओलीले संसद बिघटन गरेपछि नेकपाका निवर्तमान सांसदहरु अदालत जाने भएका छन् । उनीहरुले आजै सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका हुन् । सबैले हस्ताक्षरसहित सामूहित रिट दायर गर्न लागेका हुन् । यसैगरी, प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दायर हुने भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पनि रिट दायर गर्दैछन् ।...
बालुवाटारमा ओली पक्षीय सांसदहरू भेला शुरु
राजनीति, समाचार

बालुवाटारमा ओली पक्षीय सांसदहरू भेला शुरु

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभामा रहेका आफू पक्षीय सांसदहरूसँग छलफल गरेका छन्। आइतबार संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटनको निर्णय गरेका प्रधानमन्त्री ओलीले राष्ट्रिय सभाका पनि आफू पक्षीय सांसदहरूलाई सोमबार बिहान बालुवाटारमा बोलाएका थिए। अहिले उनीनिकट सांसदहरू बालुवाटारमा पुगिसकेका छन्। पूर्वमाओवादीबाट सांसद भएकाहरूमध्ये अहिलेसम्म उद्योग मन्त्री लेखराज भट्टमात्रै बालुवाटार पुगेका छन्। यसअघि आइतबार प्रधानमन्त्री ओली र उनी पक्षीय सदस्यको अनुपस्थितिमा बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो। ओलीइतर समूहका सांसदहरूले आइतबार नै उनीविरूद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गरेका थिए। साढे २ वर्षअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल ...
संसद विघटनको पुनरावृत्ति
राजनीति, समाचार

संसद विघटनको पुनरावृत्ति

डा.डिआर उपाध्याय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदमा झन्डै दुईतिहाइ बहुमत प्राप्त दल हो । तर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले आज संसद विघटन गरे । यो कार्यले संविधानको धज्जी उडेको छ । यो उनको अहंकारी कदम हो । यो कदमले लामो समयदेखिको नेपाली जनताको त्याग, तपस्या र बलिदानमा कुठाराघात भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र घोषित मुलुक पुन ःएकपटक राजनीतिक अनिश्चय र अस्थिरता तर्फ धकेलिएको छ । २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि दुइ तिहाइ बहुमतको सरकार रहेकै बखत उनले संसद बिघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेका थिए । अहिले त्यही पुनरावृति भएको छ । विगतमा पनि यही कारणले अस्थिर राजनीति बन्यो । सरकारमा जाने र गिराउने खेल धेरै भएका थिए । अब आउँदा दिनमा पनि त्यो अवस्था नआउला भन्न सकिन्न । पार्टी भित्रको आन्तरिक विवाद व्यवस्थापन...
बेलबारी जेसिज देशभर उत्कृष्ट शाखाको रुपमा सम्मानित
समाचार, समाज

बेलबारी जेसिज देशभर उत्कृष्ट शाखाको रुपमा सम्मानित

बेलबारी जेसिज देशभर उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको छ । नेपाल जेसिजको भलबारी, बुटवलमा शनिबार सम्पन्न ४७ औँ राष्ट्रिय महाधिवेशन नेपाल जेसिजको बर्ष २०२० का शाखाहरु मध्ये सामुदायिक क्षेत्रमा उत्कृष्ट कार्य गरे वापत नेपाल भरी उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको हो । बेलबारी शाखालाई सन् २०२० जनवरीमा समेत उत्कृट शाखाको रुपमा सम्मानित गरेको थियो । बर्ष भरिमा सर्वाधिक ४७ वटा कार्यक्रम सञ्चलन गरेको बेलबारी जेसिजलाई देशभरका शाखाहरुमध्येबाट उत्कृष्ट शाखाको रुपमा सम्मानित गर्दा समुदायमा थप काम गर्ने प्रेरणा पाप्त भएको जेसिज बर्ष २०२० का अध्यक्ष राजेश खत्रीले बताउनुभयो । ५ बर्ष अघि स्थापना भएको बेलबारी जेसिजले छोटो अवधिमा सर्वाधिक लोकप्रिय काम मार्फत यो उपलब्धि हासिल गरेको हो ...
पूर्व सभामुख महरालाई स्थायी कमिटी सदस्य बनाउने नेकपाको निर्णय
राजनीति, समाचार

पूर्व सभामुख महरालाई स्थायी कमिटी सदस्य बनाउने नेकपाको निर्णय

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले महरालाई स्थायी कमिटीको रिक्त स्थानमा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। आजको बैठकमा प्रधानमन्त्री ओली र उनीनिकट स्थायी कमिटी सदस्य भने सहभागी थिएनन्। बैठकले केन्द्रीय कमिटीको बैठक पुस ७ गते बोलाउने निर्णय पनि गरेको छ। महरा नेकपाका पूर्व स्थायी समिति सदस्य हुन्। उनी सभामुखमा निर्वाचन भएपछि उनको स्थान रिक्त थियो महरा नेकपाका पूर्व स्थायी समिति सदस्य हुन्। उनी सभामुखमा निर्वाचन भएपछि उनको स्थान रिक्त थियो।...
प्रतिनिधि सभा विघटन, वैशाख १७ र २७ गते निर्वाचन
राजनीति, समाचार

प्रतिनिधि सभा विघटन, वैशाख १७ र २७ गते निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । आइतबार अपरान्ह बसेको मन्त्रीपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने निर्णय गरे लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी छिन्।
तारकेश्वरमा आजदेखि विद्यालय सञ्चालन
शिक्षा, समाचार

तारकेश्वरमा आजदेखि विद्यालय सञ्चालन

तारकेश्वर नगरपालिकाले आजदेखि नगरभित्रका विद्यालय खोल्ने भएको छ । स्वास्थ्यका सबै मापदण्ड पूरा गरी अभिभावकको सुझावमा आजदेखि नगरपािलकाले विद्यालय खोल्न अनुमति दिएको नगर शिक्षा शाखा प्रमुख होमनाथ न्यौपानेले बताए । कोभिड–१९ को सङ्क्रमणको अवस्थालाई समीक्षा गरी विद्यालयलाई भयरहित एवं सुरक्षित तवरमा विद्यालय सञ्चालनको व्यवस्था मिलाउन हरेक विद्यालयलाई निर्देशन दिएको बताइएको छ । विद्यालयको पठनपाठनलाई नियमित गराउन स्वास्थ्य सुरक्षामा मापदण्ड पालन गर्ने विधि, प्रत्येक विद्यालयमा हेल्प डेस्क निर्माण गर्ने र नजिकको स्वास्थ्य संस्थासँग समन्वय गरी आवश्यकतानुसार स्वास्थ्य परीक्षण र परामर्श दिने, विद्यालयको सरसफाइ, हात धुने व्यवस्था, विद्यालयलाई दैनिक निर्मलीकरण गर्ने, प्रत्येक दिन कक्षा शुरु हुनुअगावै कम्तीमा पाँच मिनेट कोभिड–१९ को सङ्क्रमणका बारेमा विद्यार्थीलाई जानकारी गराउनेजस्ता कामको पालना ग...
महेन्द्रनगरमा कोरोना कहर : पुन: निषेधाज्ञा र शैक्षिक संस्था बन्द
राजनीति, समाचार

महेन्द्रनगरमा कोरोना कहर : पुन: निषेधाज्ञा र शैक्षिक संस्था बन्द

सञ्चालनमा आएका केही विद्यालयमा शिक्षक तथा विद्यार्थीहरुलाई एकसाथ कोरोना देखिएपछि पुनः विद्यालयहरु बन्द भएका छन् । त्यसैगरी दुई दिनअघि भीमदत्तनगरपालिकाले विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गरिएको जनाएको छ । शनिबार यहाँको दक्षिण क्षेत्रमा रहेको बेलौरी नगरपालिकाले एक हप्तासम्मका लागि नगर क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ । शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरका प्रमुख भरतबाबु सुवेदीले विद्यालय सञ्चालन कार्य ढाँचा, २०७७ अनुसार पालिकाबाट स्वीकृति लिएर विद्यालय सञ्चालन गर्न सकिने शिक्षा मन्त्रालयबाट निर्देशिका जारी भएको बताउनुभयो । महामारीको स्थितिलाई मध्यनजर गर्दै बेलौरीमा सङ्क्रमण थप फैलिन नदिन र भिडभाड न्यूनीकरण गर्न आजदेखि पुस ११ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बेलौरी नगरपालिकाले जनाएको छ । नगर क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी सङ्घसंस्था, वित्तीय संस्था, ...