Blog

काठमाडौँ उपत्यकामा आज वर्षकै धेरै जाडो
समाचार, समाज

काठमाडौँ उपत्यकामा आज वर्षकै धेरै जाडो

काठमाडौँ उपत्यकामा आज यो वर्षकै धेरै जाडो भएको छ । काठमाडौँ उपत्यकामा आज यो वर्षकै धेरै जाडो भएको छ । आज बिहान ५:४५ को मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम १ दशमलब ३ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि पुस ३ मा उपत्यकाको तापक्रम १ दशमलब ६ डिग्री सेल्सियसमा झरेको थियो । महाशाखाकी मौसवविद् सजिना शाक्यका अनुसार आकाश खुल्ला हुँदा तापक्रम घट्ने गर्दछ । गएराति आकाशमा बादल नलागेकाले मौसम सफा भएर तापक्रम घटेको हो । बिहान तापक्रम घटेपनि आज उपत्यकामा पारिलो घाम लाग्नेछ । आज अधिकतम २० डिग्री सेल्सियसम्म तापक्रम पुग्ने महाशाखाले अनुमान गरेको छ।...
बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० हजार नाघ्यो
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० हजार नाघ्यो

बेलायतमा कोरोना भाइरसको  संक्रमणबाट मृत्यु हुनेको संख्या शुक्रबार साँझसम्म ७० हजार नाघेको छ । क्रिसमसका दिन सार्वजनिक गरिएको तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप ५७० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  ससँगै बेलायतमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ७० हजार १९५ पुगेको हो ।  मृतक संख्याको आधारमा बेलायत युरोपीयन मुलुकमा इटालीपछि दोस्रो स्थानमा पर्दछ । इटालीमा मृतकको संख्या  बेलायतको भन्दा लगभग एक हजारले बढी रहेको छ । यसैगरी पछिल्लो २४ घन्टामा बेलायतमा ३२ हजार ७२५ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । बेलायतमा संक्रमित हुनेको कुल संख्या २२ लाख २१ हजार ३१२ पुगेको छ । हाल बेलायतमा भाइरसले नयाँ रुप परिवर्तन गरेपछि संक्रमण दर तीव्र रुपमा बढ्दै गएको अधिकारीहरुले बताएका छन् । यसअघिको भाइरसको तुलनमा संक्रमण...
मंगलबारदेखि सवारी चालक अनुमति पत्रको अनलाइन फाराम खुल्ने
अर्थ/व्यापार, समाचार

मंगलबारदेखि सवारी चालक अनुमति पत्रको अनलाइन फाराम खुल्ने

मंगलबारदेखि सवारी चालक अनुमति पत्रको अनलाइन फाराम खुल्ने भएको छ। शुक्रबार यातायात व्यवथा विभागले विज्ञप्ति जारी गर्दै पुस १४ मंगलबारदेखि सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम खुल्ने जानकारी दिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्डको पालना गरी अनलाइन फाराम खुला गरिने विभागका प्रवक्ता डा। लोकनाथ भुसालले बताएका छन्। नेपाल सरकारको मन्त्रिपरिषद्ले गत चैतमा लकडाउन गर्ने निर्णयपछि चैत ११ गतेदेखि सवारीचालक अनुमति पत्रको अनलाइन फाराम बन्द भएको थियो।...
८ मन्त्री र एक राज्यमन्त्री लिए शपथ
राजनीति, समाचार

८ मन्त्री र एक राज्यमन्त्री लिए शपथ

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अबेर मन्त्रिपरिषद विस्तार गरेका छन्। नयाँ थपिएका ८ जना मन्त्रीहरुले राष्ट्रपति निवास शीतल निवासमा शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। यस्तै एक राज्यमन्त्रीले पिन शपथ लिएकी छन्र। नयाँ बन्ने मन्त्रीहरुमा टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, जुलीकुमारी महतो, विमला विक, गौरीशंकर चौधरी, गणेश ठगुन्ना, प्रेम आले र दावा तामाङ रहेका छन्। विमला बिक उद्याेग राज्यमन्त्री बनेकी हुन्र। अरू सबै मन्त्री हुन्र। खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई भने मन्त्रीबाट हटाइएको पुष्टि भएको छ। यस्तै राज्यमन्त्री रहेका मोतिलाल दुगडलाई पनि राज्यमन्त्रीबाट हटाइएको छ। शुक्रबार मन्त्री हुनेहरुमा मध्ये ५ जना पूर्व माओवादीतर्फका छन्।...
फेसियल हाउस को १३ औं बार्षिकोत्सव सम्पन्न
अर्थ/व्यापार, समाचार

फेसियल हाउस को १३ औं बार्षिकोत्सव सम्पन्न

नेपालको अग्रणी ब्यूटी सैलुन फेसियल हाउसले आफ्नो १३ औं वार्षिक उत्सव मनाएको छ । शुक्रबार राजधानी स्थित जमलमा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुस्मा महराको सभापतित्व माझ आयोजित सो कार्यक्रम सभासद शान्ता चौधरीको प्रमुख आतिथ्यता र नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघकी कार्यकारीणी सदस्य एवम रत्न तथा आभुसण संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल व्युटिसियन संघकी अध्यक्ष भगवती खडका नेपाल सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठ वरिस्ठ सौन्दर्यविद प्रा. डा. राजश्री श्रेष्ठ लयायतको उपस्थिती रहेको थियो । कार्यक्रमा स्वागत मन्तब्य व्यक्त गर्दै फेसियल हाउसका संरक्षक तथा कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्वलजंग शाहले नेपालमा लगानीको सुरक्षा नहुँदा व्यवसायी बन्न गार्हो बन्ने गरेको आफुले महशुश गर्ने गरेको बताएका थ...
संसद विघटन पछिको अन्योलता
राजनीति, समाचार

संसद विघटन पछिको अन्योलता

डा.डिआर उपाध्याय प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि राजनीतिक अन्योलता बढेको छ । संसद विघटन सँगै मध्यावधि निर्वाचन घोषणा गरेका ओलीले चुनाबी वातावरण निर्माण गर्न सक्छन् वा सक्दैनन् भन्ने कुरा यतिखेर तेर्सिएको छ । प्रचण्ड–नेपाल समूह र काङ्ग्रेस लगायतका दलले संसद पुनस्थापनाको माग अघि सारेका छन् । उनीहरु अब सडक आन्दोलनमा जाने तयारीमा लागेका छन् । केपी ओलीले सडक आन्दोलनलाई प्रतिकार गर्ने मनस्थितिमा छन् । यसरी हेर्दा मुलुक दोहोरो भिडन्तमा जाने परिस्थिति निर्माण हुँदैछ । मुडभेडको राजनीतिले मुलुकको हित गर्ने छैन । मुलुकमा फेरि अशान्ति मच्चिने होकी भन्ने जनतामा चिन्ता बढेको छ । राजनीतिक दलहरुले मुलुकको भाग्य र भविष्य सोच्न सकेनन् । अरु देश कहाँ देखि कहाँ पुगिसके तर हाम्रो देशमा हान्तरिक कलह,झै झगडा,सत्ता स्वार्थ,नेताको अहंकार लगायत विविध कुराले गर्दा देश यथास्थानमा रहेको छ । देश बना...
गायक रूद्रसेनको ‘दिल दुखायौ तिमीले’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायक रूद्रसेनको ‘दिल दुखायौ तिमीले’ सार्वजनिक(भिडियो)

काठमाण्डौ, चर्चित गायक रुद्रसेन विश्वकर्माको दिल दुखायौ तिमीले मेरो सार्वजनिक भएको छ । नेपाली भाषाको मात्र नभई भोजपुरी, मैथिली लगायत विभिन्न भाषाभाषी र जनजाति गीतहरु गाउने उनी नेपालको प्राय सबै ठाउँहरुमा पुगिसकेका छन । https://www.youtube.com/watch?fbclid=IwAR0-VfYsAgSv-QVUjQbqSETjHEzsTmZ_7bF4cpgV6PtRVac36E0TmwkGw6c&v=2-oENno2Oz4&feature=youtu.be गीतमा उनलाई अनु चौधरीले साथ दिएकी छिन । गीतमा स्वयम् गायक रुद्रसेनकै शब्द तथा संगीत रहेको छ । नीर कुमारी विश्वकर्माको विशेष सहयोगमा निर्माण भएको भिडियोलाई प्रदिप कुमार रसाईलीले निर्देशन रहेको छ । भिडियोमा निर्मल न्यौपाने, रिन्चु क्षेत्री र पवनको अभिनय देख्न सकिन्छ । भिडियोमा योगेश दाहालको छांयाकन तथा अमृत चापागाईको सम्पादन रहेको छ । भिडियोलाई गायक रुद्रसेन विश्वकर्माकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।...
सत्तामा पुगेपछि किन फुट्छन् दलहरु ?
राजनीति, समाचार

सत्तामा पुगेपछि किन फुट्छन् दलहरु ?

डा.डिआर उपाध्याय अहिले देश विसम परिस्थितिबाट गुज्रिरहेको छ । यो देशको चिन्ता राजनीतिक दल र तिनका नेताहरुलाई नभएको आम नागरिकलाई महसुस भएको छ । जनता भोकै बसुन वा जेसुकै गरुन नेताहरुलाई त्यसप्रति कुनै चासो नै छैन ।यदि चासो हुन्थ्यो भने यो देशलाई निकास दिन सही बाटोमा दलहरु लाग्थे । सत्तामा पुगेपछि आन्तरिक विवाद गर्ने, पार्टी फुटाउने खेल अहिले मात्रै हैन यो भन्दा पहिला धेरै पार्टीहरुले गरे । विगतमा पनि फुट्ने र जुट्ने श्रृङ्खला भएकै हो । यो कुनै नौलो कुरा होइन । अहिले सत्तारुढ दल नेकपा विभाजनको पनि त्यही प्रवृति हो । भोलि आफ्नो लेनदेनको कुरामिले फेरि मिल्छन् । यसलाई आश्चर्यको रुपमा लिनु जरुरी छैन । विगतमा नेकपा (एमाले)फुटेर माले भएको थियो । फुटेको केही वर्षपछि बामदेव नेतृत्वको माले तत्कालिन एमालेमा फर्केका थिए । नेता तथा कार्यकर्ता शुभेच्छुक जनता फुटको पछि लाग्दैनन् भन्ने कुरा इतिहासले प...
सुमित्रा र राजुको स्वरमा ‘बिर्से पापिलाई’ (भिडियो)
मनोरन्जन, समाचार

सुमित्रा र राजुको स्वरमा ‘बिर्से पापिलाई’ (भिडियो)

लोकदोहोरी गीत ‘बिर्से पापिलाई…’ सार्वजनिक भएको छ । सुमित्रा सत्याल र राजु बिरही सापकोटाको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गायक सत्यालको लय तथा शब्द र संजय श्रीपालको एरेञ्ज छ गीतमा राजुकै निर्देशन रहेको गीतको भिडियोमा सञ्चारकर्मी अरबिन्द्र गौतम र साबित्री श्रेष्ठको अभिनय छ । मरुभुमी नारायणको छायाँकन रहेको भिडियोमा रोशन धितालको सम्पादन छ भने मेकप राकेश रनपाको छ । https://youtu.be/HxxhtrZ-jgw भिडियोलाई कीर्तिपुरको बिभिन्न रमणिय स्थानमा छायाँकन गरिएको छ । भिडियो मिलन फिल्म प्रोडक्सनको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।...
अभिनेत्री नीतू कोइराला ‘मदर टेरेसा ह्यूमिनिटी अवार्ड’बाट सम्मानित
मनोरन्जन, समाचार

अभिनेत्री नीतू कोइराला ‘मदर टेरेसा ह्यूमिनिटी अवार्ड’बाट सम्मानित

भारतको फेस ग्रुपले नेपाली अभिनेत्री नीतू कोइरालालाई मदर टेरेसा ह्यूमिनिटी अवार्डबाट सम्मानित गरेको छ । फेस ग्रुपद्वारा क्रिसमस डेको अवसरमा आयोजित दोस्रो वार्षिक मदर टेरेसा ह्यूमिनिटी अवार्ड कार्यक्रममा कोइरारा सम्मानित भएकी हुन् । नयाँ दिल्लीको पटपडगञ्जस्थित जेपी होटलमा आयोजित सम्मान कार्यक्रममा फेस ग्रुपका चेयरम्यान डा.मुश्ताक अन्सारीसहितका व्यक्तित्वले कोइरालालाई उक्त सम्मान अर्पण गरेका थिए । कोइरालालाई मोडल, डान्सर तथा अभिनेत्रीको रुपमा सम्मान गरिएको हो ।यो अवार्ड उनलाई कलाप्रति समर्पण तथा नेपालको संस्कृतिलाई भारतमा समेत जगेर्णा गरिएकोमा प्रदान गरिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । समाचारमा कलाकार कोइराला पछिल्लो १२ वर्षदेखि कला क्षेत्रमा सक्रिय भएको, विभिन्न म्युजिक भिडियोमा अभिनय गरिसकेको तथा केही टेलिचलचित्र तथा चलचित्रहरुमा समेत अभिनय गरिसकेको उल्लेख छ । यसका स...