अभिनेत्री नीतू कोइराला 'मदर टेरेसा ह्यूमिनिटी अवार्ड'बाट सम्मानित - राष्ट्रपत्र
बिहिबार, अशोज ४, २०८०

अभिनेत्री नीतू कोइराला ‘मदर टेरेसा ह्यूमिनिटी अवार्ड’बाट सम्मानित


भारतको फेस ग्रुपले नेपाली अभिनेत्री नीतू कोइरालालाई मदर टेरेसा ह्यूमिनिटी अवार्डबाट सम्मानित गरेको छ । फेस ग्रुपद्वारा क्रिसमस डेको अवसरमा आयोजित दोस्रो वार्षिक मदर टेरेसा ह्यूमिनिटी अवार्ड कार्यक्रममा कोइरारा सम्मानित भएकी हुन् ।

नयाँ दिल्लीको पटपडगञ्जस्थित जेपी होटलमा आयोजित सम्मान कार्यक्रममा फेस ग्रुपका चेयरम्यान डा.मुश्ताक अन्सारीसहितका व्यक्तित्वले कोइरालालाई उक्त सम्मान अर्पण गरेका थिए ।

कोइरालालाई मोडल, डान्सर तथा अभिनेत्रीको रुपमा सम्मान गरिएको हो ।यो अवार्ड उनलाई कलाप्रति समर्पण तथा नेपालको संस्कृतिलाई भारतमा समेत जगेर्णा गरिएकोमा प्रदान गरिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

समाचारमा कलाकार कोइराला पछिल्लो १२ वर्षदेखि कला क्षेत्रमा सक्रिय भएको, विभिन्न म्युजिक भिडियोमा अभिनय गरिसकेको तथा केही टेलिचलचित्र तथा चलचित्रहरुमा समेत अभिनय गरिसकेको उल्लेख छ । यसका साथै कोइरालाले दर्जनौं स्टेज कार्यक्रममा समेत प्रस्तुती दिएकी छिन् भने उनले नेपाल तथा भारतमा आयोजना हुने सौन्दर्य प्रतियोगिताहरुमा निर्णायकको रुपमा समेत सहभागि भैसकेको उल्लेख गरेका छन् ।

कार्यक्रममा प्रशासन, समाजसेवा, कला र संस्कृति, स्वास्थ्य, शिक्षा, फिल्म, पत्रकारिता, साहित्य आदि क्षेत्रमा कार्यरत विशेष व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।समारोहमा कोइरालासहित भारतीय गायिका अनुजा सिन्हा, निर्देशक शाहिद वहीद खान, निर्देशक सीमा डोगरा, निर्माता यसुदास बीसी लगायत सम्मानित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *