Blog

राष्ट्रपति र प्रधानमन्त्रीबीच साढे २ घन्टा छलफल
राजनीति, समाचार

राष्ट्रपति र प्रधानमन्त्रीबीच साढे २ घन्टा छलफल

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता भएको छ।  प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए। राष्ट्रपति र प्रधानमन्त्री साढे २ घन्टासम्म मुलुकको समसामयिक राजनीतिका बारेमा छलफल भएको शीतल निवास स्रोतले जानकारी दियो।  बिहान ११ बजेर ४८ मिनेटमा शीतल निवास पुगेका प्रधानमन्त्री ओली दिउँसो २ बजेर २० मिनेटमा निस्केका थिए। पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल भएको बताइएको छ।  प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेका बेला प्रधानमन्त्रीले रास्ट्रपतिलाई भेटेका हुन्। राष्ट्रपति कार्यालयले यसलाई नियमित भेट भनेको छ।...
दश महिनादेखि ठप्प विद्यालय सञ्चालनमा
शिक्षा, समाचार

दश महिनादेखि ठप्प विद्यालय सञ्चालनमा

 कोभिड–१९ का कारण विगत १० महिना सम्म बन्द रहेका धेरै विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आएका छन्। कोरोना संक्रमण कम हुँदै गएको र सरकारले समेत शैक्षिक सत्रलाई सदुपयो गर्ने तयारी गरेपछि विद्यालयहरु संचालनमा आएका हुन्। काठमाडौं उपत्यकाका निजी तथा समुदायिक विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आएका हुन्। काठमाडौं जिल्ला प्याब्सन अध्यक्ष हरिकृष्ण श्रेष्ठका अनुसार काठमाडौं जिल्लाभित्र अनौपचारिक रुपमा धेरै विद्यालयहरु पहिलाबाटै सञ्चालनमा थिए। तर महानगरपालिकाभित्रका विद्यालय भने आइतबारबाट औपचारिक रुपमा संचालनमा आएका श्रेष्ठले जानकारी दिए। अध्यक्ष श्रेष्ठका अनुुुसार केन्द्रीय र स्थानीय सरकारको निर्देशन अनुसार नै सञ्चालन गरिएको हो। ‘विद्यालय भित्र उच्च स्वस्थ्य मापदण्द अपनाएका छौँ, अनिवार्य माक्स, ह्याण्ड सेनिटाइजर र भौतिक दुरीको पालना गरेका छौँ,’ उनले भने, ‘जोखिम कम हुने गरी व्यवस्था मिलाएर विद...
काेराेनाबाट विदेशमा ३ सय १९ नेपालीको निधन
समाचार, स्वास्थ्य

काेराेनाबाट विदेशमा ३ सय १९ नेपालीको निधन

कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा थप दुई नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र दक्षिण अफ्रिकामा एकको निधन भएको हो। गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यससँगै विदेशमा कोरोनाबाट २० देशमा ३१९को निधन भएको छ। सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५९१ जना नेपालीमा सङ्क्रमण देखिएका मध्ये ५२ हजार ९४५ जना कोरोनामुक्त भएका छन्। यो कूल सङ्क्रमितको ९५ प्रतिशत हो। यस साता बेलायत, जापान, साउथ अफ्रिकालगायत मध्यपूर्वमा रहेका थप नेपालीमा सङ्क्रमण देखिएको छ। यस्तै भाइरसका कारण नेपालमा एक हजार ९५४ जनाको निधन भएको छ। नेपालमा भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ६७ हजार ५६ जना छ भने दुई लाख ६१ हजार ४४ जना अर्थात् ९७.८ प्रतिशत कोरोनाबाट मुक्त भएको सङ्घ, कोभिड–१९ उच्चस्तरीय समितिका प...
हतियार सहित प्रदर्शन हुन सक्ने आशङ्कामा अमेरिकाका सबै राज्यमा उच्च सतर्कता
अन्तर्राष्ट्रिय, समाचार

हतियार सहित प्रदर्शन हुन सक्ने आशङ्कामा अमेरिकाका सबै राज्यमा उच्च सतर्कता

राष्ट्रपतिका रूपमा जो बाइडनले पदभार ग्रहण गर्नुअघि हिंसात्मक प्रदर्शन हुन सक्ने आशङ्कामा अमेरिकाका सबै राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। बाइडनले बुधवार पदभार ग्रहण गर्दै छन्। संसद्‌मा भिड पसेको दिन जस्तै हिंसात्मक प्रदर्शन नहोस् भनेर राजधानी वासिङ्टन डीसीमा न्याश्नल गार्ड्स परिचालन गरिएको छ। सबै ५० राज्यमा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकले प्रदर्शन गर्न सक्ने सङ्घीय जाँच ब्यूरो एफबीआईले चेतावनी दिएको छ। शुक्रवार वासिङ्टन डीसी एक जना मानिस हतियार सहित पक्राउ परेका थिए। भर्जीनिया राज्यका ती मानिसले बन्दुक र ५०९ राउन्ड गोली बोकेका थिए। राष्ट्रपतिको सुरक्षार्थ खटिने निकायको अनुरोधमा राष्ट्रपतिको शपथग्रहण गर्दा जम्मा हुने हजारौँ सर्वसाधारणलाई रोक्ने प्रयास गरिएको छ। कोभिड-१९ महामारीकाबीच बुधवार हुने समारोहमा सहभागी हुनका लागि देशभरबाट यात्रा नगर्न सर्वसाधारणहरूलाई बा...
नेकपा दुई खेमामा विभाजित भएपछि चुनाव कांग्रेसको लागि ठुलो अवसर
राजनीति, समाचार

नेकपा दुई खेमामा विभाजित भएपछि चुनाव कांग्रेसको लागि ठुलो अवसर

-डा.डिआर उपाध्याय सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवादको कारण प्रतिनिधिसभा विघटन भयो । संसद विघटनपछि मुलुकको राजनीति अन्योलमा परेको छ । मुलुकको राजनीतिले कहिले निकास पाउँछ भन्ने यकिन छैन । सरकारले अघि सारेको विकास र समृद्धिको नारा पनि अधुरो रहने संभावना देखिएको छ । विकास समृद्धि र सुशासन सरकारका कार्यभार हुन्। तर नेकपा दुई खेमामा विभाजित भएपछि यी कार्यभार पुरा नहुने संकेत देखिएको छ । सुरुका दिनमा नेकपा नेतृत्वको सरकार प्रति आम जनतामा एक प्रकारको आशा थियो । अहिले आशा निराशामा परिणत भएको छ ।देशमा विकास समृद्धि र सुशासन कायम होला भनेर जनताले केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म नेकपालाई बहुमत दिएका थिए । अहिले माथिबाट तलसम्म विभाजनको दिशामा नेकपा गएको छ । जसले गर्दा तिनै तहका सरकारमा विकास निर्माणका काम प्रभावित भएका छन् । अहिले नेताका अहम् र आकांक्षाको टकरावले सिंगो मुलुक ब...
मिस एण्ड मिसेस व्यूटिफुलको पहिलो अडिसनबाट २२ जना प्रतिस्पर्धी छनौट,दोश्रो अडिसन माघ १० मा
मनोरन्जन, समाचार

मिस एण्ड मिसेस व्यूटिफुलको पहिलो अडिसनबाट २२ जना प्रतिस्पर्धी छनौट,दोश्रो अडिसन माघ १० मा

बिगत ५ बर्ष देखि लगातार आयोजना हुदै आएको “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल-२०२१ को छनौट प्रक्रिया अन्तर्गत पहिलो अडिसन पौष २५ गते नयां बानेश्वर स्थित रोयल एलिनाज क्याफेमा सम्पन्न भएको छ । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै उत्कृष्ट कार्यक्रमहरु आयोजना र व्यबस्थापन गर्दै आईरहेको दक्ष इन्टरनेशनल प्रालिको “मिस एण्ड मिसेस व्युटिफुलको पहिलो अडिसनबाट २२ जना सहभागी छनौट भएका छन । नेपालका ख्याती प्राप्त व्यक्तित्वहरु नायिका संचिता लुईटेल,नायक तथा मोडल शितल केसी,मिसेस व्यूटिफुल नेपाल २०२० की विजेता उर्मिला भण्डारीको निर्णायक मण्डलले प्रतिस्पर्धि छनौट गरेका थिए । थुप्रै ईच्छुक सहभागीले अडिसनमा उपस्थिती जनाउन नसकेका कारण पून अर्को अडिसन माघ १० गते शनिवार सोही स्थान रोयल एलिनाज बानेश्वरमा हुने आयोजक तथा मेकअप आर्टिष्ट टेकराज पाण्डेले जानकारी दिए । उक्त प्रतियोगिताक...
कलाकार ईश्वर वल्लभ सहित टेलिसिरियल ‘मादलको खरि’लाई भोजपुरमा सम्मान
मनोरन्जन, समाचार

कलाकार ईश्वर वल्लभ सहित टेलिसिरियल ‘मादलको खरि’लाई भोजपुरमा सम्मान

हाल रमाइलो टिभी बाट प्रसारण भै सामजिक बिसङ्गति बिरुद्द्को आवाज बनेर आएको टेलिफिल्म मादलको खरीले गाउँ सहरमा चर्चा परिचर्चा बटुल्दै गर्दा भोजपुरमा भव्य सम्मान पाएको छ । भोजपुरको अरुण गापा ७ सिक्रेटारमा आयिजोत मादलको खरी विशेष सम्मान एब सान्सकृतिक कार्यक्रममा लेखक/निर्देसक किसोर अनुराग सहित कलाकर ईश्वर बल्लभ उप्रेती, रोजि कुवर, सुरत बिस्ट, भीष्म आचार्य, दिनेश खड्का, रिता थापा, ग्यानेन्द्र कोइराला, समीर राई, आशिष् केसि, आइसा राइ सहित अन्य कलाकर र प्राबिधिक तर्फ छायांकार/ निर्माता आनन्द प्रभाकर घिमिरे सहितको टोलिलाई सम्मानपत्र र अबिरको साथमा स्थानिय बालन नाचले स्वागत र सम्मान गरिएको थियो। जीवन थापाको सम्योजकत्वमा स्थानीय सगरमाथा माबिमा भएको कार्यक्रममा मादलको खरी नाटकको विशेष मन्चन सहित कलाकार ईश्वर बल्लभ र रोजि कुवरको युगल नृत्य, सुरत बिस्टको क्यारिकेचर र सारङ्गि प्रस्तुति सहित स्थानिय कलाक...
लाइन प्रोडुसरको रुपमा रहेका राजेन्द्रको साउथ इन्डियन फिल्म ‘मास्टर’ नेपालमा पनि सार्वजनिक
मनोरन्जन, समाचार

लाइन प्रोडुसरको रुपमा रहेका राजेन्द्रको साउथ इन्डियन फिल्म ‘मास्टर’ नेपालमा पनि सार्वजनिक

कोरोना सङ्क्रमणका कारण हल आउन डराइरहेका दर्शकलाई लोभ्याउन नेपाली हल सञ्चालकले साउथ इन्डियन फिल्म ‘मास्टर’ रिलिज गरेका छन्। भारतमा सो फिल्म बिहीबारबाट रिलिज भएको छ,नेपालमा पनि बिहिबार बाट नै सार्वजनिक प्रदर्शनमा आएको छ । ‘मास्टर’ मा नेपाली नागरिक राजेन्द्र घिमिरे लाइन प्रड्युसरकाे रूपमा संलग्न छन्। नुवाकोटका घिमिरे लामो समयदेखि मुम्बई र साउथ इन्डियन फिल्मको निर्माणमा संलग्न छन्। घिमिरेले हिन्दि,तेलगु,तमिल,पन्जाबी,अंग्रेजी गरेर ७५ वटा भन्दा ठुलो बजेटको फिल्ममा लाईन प्रोडुसरको रुपमा काम गरि सकेका छन् भने दर्जनौ मल्टी नेसनल कम्पनीका बिज्ञापनहरु पनि गरि सकेका छन् । भारतमा पनि महामारीपछि ठुलो ब्यानरको फिल्म सार्वजनिक भएको यो पहिलो हो। लोकेश कंगराजको निर्देशनमा बनेको तमिल फिल्मका दुई सुपरस्टार विजय र विजय सेतुपती सँगै पर्दामा देखिएका छन्। भारतमा टिकट काउन्टर अगाडि दर्शकको सङ्ख्या कम गर्...
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको ‘यो मायाको डोरो’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको ‘यो मायाको डोरो’ सार्वजनिक(भिडियो)

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको अर्को गीत यो मायाको डोरो को भिडियो सार्वजनिक भएको छ । आज अपरान्ह गीतकार उपाध्यायकै अफिसियल युट्युब च्यानल DR Music & Creations बाट भिडियो रिलिज भएको हो । राजन तिमिल्सिनाको सङ्गीत रहेको रोमाण्टिक भावको यस युगल गीतमा मेलिना राई र सङ्गीतकार राजनकै स्वर रहेको छ । भिडियोमा प्रज्ज्वलराज शाक्यको निर्देशन रहेको छ भने सह–निर्देशकको रुपमा माधव श्रेष्ठले आफ्नो जिम्मेवारी पूरा गरेका छन् । अञ्जु सुनार र सन्दिप सुवेदीको अभिनय, अखिल बास्तोलाको सिनेम्याटोग्राफी र हिम सागर बमको सम्पादन रहेको यस भिडियोलाई निर्देशकले रोमाण्टिक तथा मनोरञ्जक बनाउने भरपुर प्रयास गरेका छन् । https://youtu.be/QoeH_2DZvVs फरक शैलीका गीत मार्फत डा। उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल भएका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित डा। उपाध्यायले गीत सङ्गीतका क्षेत्रमा...
कुमारी युवा क्लब, मण्डीखटारको दोश्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम
समाचार, समाज

कुमारी युवा क्लब, मण्डीखटारको दोश्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

कुमारी युवा क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । मण्डिखाटारमा रहेको कुमारी युवा क्लबले आफ्नो दोश्रो वार्षिकोत्सवको अवसर पारेर शुक्रवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।कान्तिपुर अस्पतालको सहकार्यमा आयोजित उक्त रक्तदान कार्यक्रममा ३१ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । बुढानिलकण्ठ रेडक्रस,निब्स स्कूल,चर्चित ग्रोसरी तथा प्रदिप मेडिकल लगायत मण्डीखाटारका सक्रिय युवाहरुको विशेष सहयोगमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेशका सभासद कुसुम कुमार कार्कीले कार्यक्रमलाई सहयोग गर्ने तथा रक्तदान गर्ने रक्तदाताहरुलाई सम्मान पत्र प्रदान गरेका थिए । कोरोना कहरका कारण रगत संकलनमा देखिएको कमीका कारण रक्त अभाव हुन थालेकोले क्लबको सामाजिक उत्तरदायित्व अन्तर्गत यस क्लबको अग्रसरतामा रगत संकलन गरिएको युवा समाजसेवी रामचन्द्र गौतमले जानकारी दिए । कार्यक्रममा वडा,नगरका विशेष ...