कुमारी युवा क्लब, मण्डीखटारको दोश्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम - राष्ट्रपत्र
बिहिबार, अशोज ४, २०८०

कुमारी युवा क्लब, मण्डीखटारको दोश्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम


कुमारी युवा क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । मण्डिखाटारमा रहेको कुमारी युवा क्लबले आफ्नो दोश्रो वार्षिकोत्सवको अवसर पारेर शुक्रवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कान्तिपुर अस्पतालको सहकार्यमा आयोजित उक्त रक्तदान कार्यक्रममा ३१ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।

बुढानिलकण्ठ रेडक्रस,निब्स स्कूल,चर्चित ग्रोसरी तथा प्रदिप मेडिकल लगायत मण्डीखाटारका सक्रिय युवाहरुको विशेष सहयोगमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेशका सभासद कुसुम कुमार कार्कीले कार्यक्रमलाई सहयोग गर्ने तथा रक्तदान गर्ने रक्तदाताहरुलाई सम्मान पत्र प्रदान गरेका थिए ।

कोरोना कहरका कारण रगत संकलनमा देखिएको कमीका कारण रक्त अभाव हुन थालेकोले क्लबको सामाजिक उत्तरदायित्व अन्तर्गत यस क्लबको अग्रसरतामा रगत संकलन गरिएको युवा समाजसेवी रामचन्द्र गौतमले जानकारी दिए । कार्यक्रममा वडा,नगरका विशेष व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *