ख्याल गर्नुहोस्, फोहोर मैलाको कारण संक्रमण बढ्न सक्छ
डा.डिआर उपाध्याय
काठमाडौँ उपत्यकामा फोहोर मैला ब्यबस्थापन सहज रुपमा हुन सकेको अवस्था देखिदैन । यो काठमान्डौ महानगरपालिकाको लागि चुनौतीको विषय हो । काठमान्डौ उपत्यकाका अधिकांश भूभागमा फोहोरका थुप्राहरु देखिन्छन् । यसले आम उपत्यकाबासीलाई दुर्गन्धित बनाई रहेको छ । यस प्रति सरोकारवाला निकाय किन मौन ? यति बेला उपत्यकामा कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्था छ । यस विषयमा सबै गम्भीर हुनु पर्ने आवश्यकता देखिएको छ । फोहोर मैलाको कारणले गर्दा पनि संक्रमण बढ्न सक्छ । जाडो मौसममा कोरोनाको जोखिम बढ्ने स्वास्थ्य विद्ले बताइरहेका छन् ।
यस्तो अवस्थामा तपाई हामी आजै देखि सचेत हुनुपर्ने जरुरी देखिएको छ । विगत नौ महिना देखि बन्द स्कुल कलेज खोल्न सक्ने वातावरण पूर्ण रुपमा बन्न सकेको अवस्था छैन । पहुच र सुगम ठाउँका विद्यार्थीहरुले मात्र भर्चुअल कक्षाको उपयोग गरिरहेका छन् दुर्गम र विपन्न वर्गका विद्यार्...







