विश्वकीर्तिमानी डा. उपाध्यायको स्वर, सङ्गीत, निर्देशन र अभिनय रहेको गीत ‘चाँदनी चाँदनी’ सार्वजनिक(भिडियो)
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको एउटै झोलुङ्गे पुलमा छायाँकन गरिएको गीत ‘चाँदनी चाँदनी’ सार्वजनिक भएको छ । डा. उपाध्यायकै गायन, सङ्गीत निर्देशन र अभिनय रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
स्वरमा डा. उपाध्यायलाई ममता गुरुङले साथ दिनुभएको छ भने अभिनयमा समृद्धि श्रेष्ठले । गीतको सम्पूर्ण भिडियो एउटै झोलुङ्गे पुलमा छायाँकन गरिएको छ । भिडियोलाई उत्सव दाहालले छायाँकन गर्नुभएको हो भने सिलन लम्सालको सम्पादन छ ।
https://youtu.be/8c_7H6QH66s
अनिता ग्वाच्छाको शृङ्गार रहेको भिडियोमा डीआर म्युजिक क्रियशनको युट्युवमार्फत सार्वजनिक गरिएको हो । डा. उपाध्यायका अनुसार एउटा झोलुङ्गे पुलमा शब्द, सङ्गीत, स्वर, निर्देशन र अभिनय रहेको यो पहिलो गीतको भिडियो हो ।
यसअघि गीत सङ्गीत र विभिन्न विधामा गिनिजबुक रकेर्डसहित ८० विश्व रकेर्ड कायम गर्नुभएका कीर्तिमानी डा. उपाध्यायले यही चैत १८मा थप विश्...










