समाचार

किर्तिमानी गीतकार डा.डिआरको ‘मन बिगार्‍यो स्त्री जातैले’माप्रताप दास र रचनाको स्वर (भिडियो)
मनोरन्जन, समाचार

किर्तिमानी गीतकार डा.डिआरको ‘मन बिगार्‍यो स्त्री जातैले’माप्रताप दास र रचनाको स्वर (भिडियो)

विश्वकीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘मन बिगार्‍यो स्त्री जातैले…’ सार्वजनिक भएको छ । ‘मन बिगार्‍यो स्त्री जातैले, तन बिगार्‍यो लोकलको मातैले’ गीतको भिडियो डीआर म्युजिक क्रियशनमार्फत सार्वजनिक भएको हो । बाबुल गिरीको सङ्गीत तथा सङ्गीत सङ्योजन, एचबीएन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको गीतमा प्रतापदास र रचना रिमालको स्वर छ । https://youtu.be/1EkO9LoGOIU माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा पुष्प खड्का, सुधिर श्रेष्ठ, प्रियना आचार्य र उषा उप्रेतीलाई फिचरिङ गरिएको छ । अनिता ग्वाचाको शृङ्गार रहेको गीतको भिडियोमा माइकल स्टेप अप आर्ट एण्ड एकेडमीको कोरियोग्राफी छ । रोमाटिक शैलीको भिडियोमा उत्सव दाहालको छायाँकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन तथा कलर रहेको छ । एउटा फरक स्वादको गीतको भिडियो दर्शकमाझ प्रस्तुत गरेको निर्देशक माइकल चन्दले बताउनुभय...
चर्चित रकगायक बिनोद ढकालको ‘सुन सानो कथा’मा आर्यन र रोजी (भिडियो)
मनोरन्जन, समाचार

चर्चित रकगायक बिनोद ढकालको ‘सुन सानो कथा’मा आर्यन र रोजी (भिडियो)

काठमाडौं । गायक तथा संगीतकार बिनोद ढकाल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘सुन सानो कथा’ बोलको सार्वजनिक गीतमा शब्द तथा संगीत बिनोद ढकालको रहेको छ। भिडियो राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो। भिडियो सार्वजनिक कार्यक्रममा भिडियो निर्माण टिम,अभिनेता आर्यन सिग्देल,मोडल रोजी पन्त लगायत संचारकर्मीको उपस्थिति रहेको थियो। एम्सन इन्टरटेन्टमेन्ट र ओएमजी इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण गरिएको भिडियोको निर्देशन अनुभवी निर्देशक जनकदीप पराजुलीले गरेका हुन्। क्रियटिभ हेड चलचित्रकर्मी भानु प्रताप रहेका छन्। https://www.youtube.com/watch?fbclid=IwAR0baqjPOBJ4NxjCZ3TQTPXx00M7l7C5__DajkN1pRHikzvRyBpzAbPP6fE&v=yc9ayWHl2AE&feature=youtu.be अमर रसाइलीको कन्सेप्टमा बनेको भिडियोको मेकिङ्ग भ्यालु हाइ देखिएको छ। गीतको संगी...
बानिका प्रधानको भजन ‘कहाँ छन् प्रभु’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

बानिका प्रधानको भजन ‘कहाँ छन् प्रभु’सार्वजनिक(भिडियो)

बानिका प्रधानको स्वरमा रहेको भजन ‘कहाँ छन् प्रभु…’ सार्वजनिक भएको छ । हरि उप्रेतिको शब्द, एमके गजमेरको सङ्गीत र अजनिश राईको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=PPnJhv4jqQA&t=3s राधिका उप्रेतिको प्रस्तुति रहेको भजनको भिडियोमा विजय गुरूङ, समप्रिया खडका र मुना खडकाको साथमा पुनम गुरूङ र बालकलाकार त्रिबि गुरूङको अभिनय रहेको छ । विक्रम चौहानले निर्देशन गरेको भजनको भिडियोमा प्रकाश खडकाको छायाँकन र लक्षमण चौहानको सम्पादन छ । भजनको भिडियो हरि उप्रेति अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।...
अरु धेरै बोल्छन् काम गर्दैनन् म कम बोल्छु धेरै काम गर्छु – शेखर श्रेष्ठ
अन्तरवार्ता, राजनीति, समाचार

अरु धेरै बोल्छन् काम गर्दैनन् म कम बोल्छु धेरै काम गर्छु – शेखर श्रेष्ठ

काठमाडौं – बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा काठमाडौंमा रहेको टोखा नगरपालिकाको नेकपा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार शेखर श्रेष्ठ यति बेला चर्चामा रहेका छन् ।उनको उम्मेदवारी दर्तासगैं उनको चर्चा सुरु भएको हो । टोखा नगरमा निष्ठावान, विकासप्रेमी, कम बोल्ने, काम धेरै गर्ने स्वच्छ छवि भएका उनी यति बेला जनताको घरधैलोमा भोट माग्दै हिडिरहेका छन् । टोखाको समस्या नजिकबाट बुझेका र त्यसलाई समाधान गर्ने सक्ने क्षमता भएको कारण पनि उनी टोखा नगरबासीको आशाको केन्द्र बनेका हुन । उनी टोखाका नगरको विकास र समृद्धिका लागि इमान्दार र निष्ठाको साथ काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । उनी जनताको प्रतिक्रियाबाट उत्साहित भएका छन् । जनताको सेवामा आफु सधै लाग्ने स्पष्ट पारे । उनी आफुले बाँचा गरेका कुरा पुरा गर्ने बताए । बोलेर होइन काम गरेर देखाउँछु । एक मौका दिन मतदातालाई आग्रह गरेका छन् । मतदातालाई कहि...
मिस्टर एण्ड मिस एसईई आईकन पूर्वान्चल हुदै,अडिसन भोलीबाट
मनोरन्जन, समाचार

मिस्टर एण्ड मिस एसईई आईकन पूर्वान्चल हुदै,अडिसन भोलीबाट

विगत तिन वर्ष यता देखि आयोजना भइरहने मिस्टर एंड मिस एसईई यस वर्ष पनि आयोजना हुने भएको छ। एसईई सकेर बसेका विद्यार्थीहरुलाई लक्क्षित गरि आयोजना हुने यस कार्यक्रममा विद्यार्थीहरुलाइ फेसन र मोड्लिङ्गको क्षेत्रमा पहुच पुर्याउने मात्र नभई यस कार्यक्रमले एसईई पछिको शिक्षालाइ पनि उपयोगी हुने प्रशिक्षणहरु दिने जसले गर्दा भविष्यका दिनहरुमा सो बिधार्थीहरुलाई आफ्नो कुनै पनि क्षेत्रमा करियर बनाउन सक्ने सम्म क्षमता बिकास गराउने आयोजकले अठोट लिदै आएको छ। यस प्रतियोगितात्मक कार्यक्रममा विधार्थीहरुले विभिन्न विधाका दक्ष व्यक्तिहरुबाट प्रशिक्षण गराइने छ । प्लानेट मल्टिमेडियाले आयोजना गर्ने यस कार्यक्रमको यो तेस्रो संस्करण हो। बिगतका बर्षमा कोरोना महामारीका कारण संचालन हुन नसकेको र यस बर्ष बिगतको कार्यक्रमको भन्दा उत्कृष्ट ढंगबाट कार्यक्रमको तयारी भईरहेको पनि आयोजकले जनाएको छ। एसईईको परिक्षा सकिए लगतै ...
मिस हिमालय लिटल एन्जल काठमाडौं २०२२ को ट्यालेन्ट राउन्ड सम्पन्न
मनोरन्जन, समाचार

मिस हिमालय लिटल एन्जल काठमाडौं २०२२ को ट्यालेन्ट राउन्ड सम्पन्न

काठमाडौं । कथा इभेन्टको आयोजनमा हुन लागेको मिस हिमालय लिटल एन्जल काठमाडौं २०२२ को ट्यालेन्ट राउन्ड शनिबार वैशाख १७ गते नेपाल हाउँस रेष्टुरेन्ट, हात्तीसार, काठमाण्डौंमा सम्पन्न भएको छ । ट्यालेन्ट राउन्डको अध्यक्षता गनिका गुरुङ ज्यूले गर्नु भएको थियो । ट्यालेन्ट राउन्डको प्रमुख निर्णायकमा भने वरिष्ट समाजसेवी तथा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ A1 को पूर्व गर्भनर अनन्त प्रसाद भेटुवाल ज्यू रहनु भएको थियो भने निर्णायकमा मिसेस नेपाल वल्ड २०२१ दिक्छ्या केसी, अभिनेता तथा मोडल जोर्डन राज भण्डारी, मिस हिमालय नेपाल २०१९ सुरक्षा सुवेदी र उद्यमी बिनोद खड्का ज्यू रहनु भएको थियो । ट्यालेन्ट राउन्ड जम्मा ५३ जनाले भाग लिएको जानकारी इभेन्ट डाइरेक्टर अनिल बुर्जा मगरले दिनुभयो । छनौट भएका ५३ प्रतियोगीहरुले आ-आफ्नो प्रतिभा देखाएका छन् । प्रतिभा देखाउने क्रममा प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, भाषण, रेखाच...
जीवन शाहीको निर्देशनमा ‘पैसा कागजको‘’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

जीवन शाहीको निर्देशनमा ‘पैसा कागजको‘’सार्वजनिक(भिडियो)

प्रमोद खरेलको स्वरमा रहेको गीत ‘पैसा कागजको…’ सार्वजनिक भएको छ । लेखराज गिरीको शब्द÷सङ्गीत र सन्दीप कार्कीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=QZvfeTnQz5o जीवन शाहीको निर्देशन र राजिव बलामीको कोरियोग्राफी रहेको गीतको भिडियोमा सुन्दर एसडीएस र सरस्वती खत्रीलाई फिचरिङ गरिएको छ । भिडियोमा दीपेन बस्नायतको छयाँकन र सम्पादन रहेको छ ।...
गोरखा पोलब्रेकर्स संघ नेपालको केन्द्रिय सदस्यमा निर्देशक माधव राज खरेल
समाचार, समाज

गोरखा पोलब्रेकर्स संघ नेपालको केन्द्रिय सदस्यमा निर्देशक माधव राज खरेल

काठमाण्डौ– गोरखा पोलब्रेकर्स संघ नेपालको केन्द्रिय सदस्यमा चलचित्र निर्देशक माधव राज खरेललाई मनोनयन गरिएको छ । एक विज्ञप्ति जारी गर्दै यस अघिका दुई केन्द्रिय सदस्य सरोज लामिछाने र बुजुली बहादुर तामाङले राजिनामा दिए पछि तत्काल संघले निर्देशक खरेल र करण कार्कीलाई केन्द्रिय सदस्यमा मनोनयन गरिएको जानकारी दिएको छ । लामो समय देखी नेपाली चलचित्र क्षेत्रमा सक्रिय खरेल यस अघि गोरर्खा पोलबे्रकर्स क्लवमा समेत आवद्ध रहेका थिए पछि क्लबले राष्ट्रिय खेलकुद परिषद्वाट संघको मान्यता पाएपछि गोरखा पोलब्रेकर्स संघ नेपालको रुपमा चर्चामा हरेको छ, हालै खरेल र कार्कीलाई संघको विशेष बैठकले केन्द्रिय सदस्यमा मनोनयन गरेको अध्यक्ष उद्धव नारायण श्रेष्ठले जानकारी दिएका छन् । हालै मनोनय गरिएका खरेल र कार्कीले पक्कै पनि  संघको हितमा काम गर्ने र यसलाई अझै अन्तराष्ट्रिय स्तरमा लैजानेमा संघ विश्वस्त रहेको समे...
प्रशन्नको निर्देशनमा स्ट्रिक फ्लोको ‘जुनेली रातमा’ (भिडियो)
मनोरन्जन, समाचार

प्रशन्नको निर्देशनमा स्ट्रिक फ्लोको ‘जुनेली रातमा’ (भिडियो)

प्रशन्न रिमाल ‘पुरुषोत्तम’को निर्देशनमा स्ट्रिक फ्लोको र्‍याप गीत ‘जुनेली रातमा’ सार्वजनिक भएको छ । वैदेशिक रोजगार र कुलतलाई मुख्य विषय बनायर ‘जुनेली रातमा’ र्‍याप गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको भिडियो एमएमएस युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । https://youtu.be/WG2go1fgPDA गीतमा एकेए स्ट्रिक फ्लो (प्रफुल घिमिरे) को शब्द, सङ्गीत, र्‍याप छ । भिक्टरको एरेञ्ज, मिक्स तथा माष्टरिङ रहेको गीतको भिडियोमा डम्बर राईको छायांकन, टेकेन्द्र शाहको सम्पादन छ । भिडियोमा ईश्वर गुरुङ, दीपसागर केसी, बुद्धि यामीलगायत कलाकारको अभिनय छ । गीतको भिडियोमा बेरोजागर युवाको कथा बुनिएको छ ।...
सुनम घले र रुथलेसको र्‍याप गीत ‘आमा’को टिजर सार्वजनिक
मनोरन्जन, समाचार

सुनम घले र रुथलेसको र्‍याप गीत ‘आमा’को टिजर सार्वजनिक

वैशाख १३ । र्‍याप गीत ‘आमा’को टिजर सार्वजनिक भएको छ । सुनम घले र रुथलेस को र्‍याप गीत ‘आमा’को टिजर सार्वजनिक भएको हो । रुथलेस कै बिट, मिक्सङ तथा माष्टरिङ रहेको ‘आमा’मा रुथ अनि रेबोजिको स्वर छ । रेबोजि घले युट्युमार्फत सार्वजनिक भएको टिजरमा आमा र छोराको मायालाई दर्शाउन खोजिएको छ । https://youtu.be/u4g5XBpIGwc नेपाली र्‍याप गीतका लोकप्रिय म्युजिक प्रोड्युसर रुथलेस जसले भिटेन, ग्रीष खतिवडा, मिष्टर डीसँग काम गरिसक्नु भएको छ । यस्तै रेबोजिका पनि ‘कहानी’, ‘हिरो’, ‘सान’लगायत र्‍याप गीत युवामाझ लोकप्रिय छन् । यो ‘आमा’ गीतमा पहिलोपटक रेबोजि र रुथले सहकार्य गर्नुभएको हो । गीतको भिडियो यही वैशाख २९ गते रेबोजि घले युट्युबमार्फत सार्वजनिक गरिने बताइएको छ । गीतको भिडियोमा मञ्जु श्रेष्ठ, युगज्योति क्रियाशील, रुथलेस, सुनम घले, दर्शिल पन्त, विजय खत्रीको अभिनय छ ।...