चर्चित रकगायक बिनोद ढकालको ‘सुन सानो कथा’मा आर्यन र रोजी (भिडियो) - राष्ट्रपत्र
मङ्लबार, बैशाख ४, २०८१

चर्चित रकगायक बिनोद ढकालको ‘सुन सानो कथा’मा आर्यन र रोजी (भिडियो)


काठमाडौं । गायक तथा संगीतकार बिनोद ढकाल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘सुन सानो कथा’ बोलको सार्वजनिक गीतमा शब्द तथा संगीत बिनोद ढकालको रहेको छ।

भिडियो राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो। भिडियो सार्वजनिक कार्यक्रममा भिडियो निर्माण टिम,अभिनेता आर्यन सिग्देल,मोडल रोजी पन्त लगायत संचारकर्मीको उपस्थिति रहेको थियो।

एम्सन इन्टरटेन्टमेन्ट र ओएमजी इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण गरिएको भिडियोको निर्देशन अनुभवी निर्देशक जनकदीप पराजुलीले गरेका हुन्। क्रियटिभ हेड चलचित्रकर्मी भानु प्रताप रहेका छन्।

अमर रसाइलीको कन्सेप्टमा बनेको भिडियोको मेकिङ्ग भ्यालु हाइ देखिएको छ।

गीतको संगीत संयोजन प्रमोद परियारले गरेका हुन्।

अभिनेता आर्यन सिग्देल र मोडल रोजी पन्त फिचर्ड भिडियोको निर्माता सरस्वती गौतम,सृजना ल्वागुन र भिमराज रसाइली रहेका छन्। अमर रसाइली प्रस्तुतकर्ता रहेको भिडियोमा मायाप्रेममा बिछोडको कथालाई देखाईएको छ।

सागर प्रधानले छायाँकन गरेको भिडियोको सम्पादन भरत रेग्मीले गरेका छन्। गीत अनुसार भिडियो उत्कृस्ट बनेको छ। भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *