धिरेन शाक्य र सविना सुनार अभिनित ‘डोको चोयाको’ सार्वजनिक
नेपाली चलचित्र क्षेत्रमा ३ दशक बढी समय बिताईसकेका र निरन्तर काम गर्दै आइरहेका वरिष्ठ अभिनेता धिरेन शाक्य र नव मोडल सविना सुनार अभिनित ‘डोको चोयाको’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।गीतमा कृष्ण बस्यालको शब्द, गायक राजेश बर्देवा तथा गायिक मेनुका परियारको स्वर रहेको छ भने संगीत तथा संगीत संयोजन पनि गायक बर्देवाले नै गरेका हुन । लाजिम्पाट स्थित ओपेरा रेष्टुरेन्टमा कलाकार, भिडियो टिम र सञ्चारकर्मीहरु माझ गीतको भिडियो सार्वजनिक गरिएको थियो ।पछील्लो समय नायक धिरेन शाक्य म्युजिक भिडियोमा निकै व्यस्त देखिन्छन । दिनहुँ जसो एउटा भिडियो सार्वजनिक भईरहेको छ । सार्वजनिक कार्यक्रममा आफ्नो टिमको तर्फबाट बोल्दै अभिनेता शाक्यले भिडियोसंगै केही चलचित्रहरु पनि छिट्टै आउने कुरा बताउनुभयो । गीत सुन्न बितिकै आफुलाई राम्रो लागेको र त्यसमा अझ कमल राई जस्तो वरिष्ठ डान्स डाइरेक्टर भएपछी र सबै यही बिधाका अनुभवी व्य...










