समाचार

फोटोपत्रकार प्रदीपराज वन्तलाई बाबुछिरी फोटो पत्रकारिता पुरस्कार
समाचार, समाज

फोटोपत्रकार प्रदीपराज वन्तलाई बाबुछिरी फोटो पत्रकारिता पुरस्कार

१८ चैत्र, काठमाडौँ । फोटो पत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । शुक्रबार दिउँसो रिपोर्टसर्् क्लब नेपालको २५ औँ वार्षिकोत्सवको सन्दर्भमा फोटो पत्रकार वन्त सम्मानित भएका हुन् । सगरमाथा आरोही स्व.बाबुछीरी सेर्पाको सम्झनाममा क्लवले स्थापना गरेको उक्त पुरस्कार वन्तलाई प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले उक्त पुरस्कार प्रदान गरेका हुुन् । पुरस्कारको राशी रू. २५ हजार रहेको छ । उक्त कार्यक्रममा विभिन्न समाचार गृहमा काम गर्ने उत्कृष्ट पत्रकारहरुलाई सम्मान गरीएको थियो । वन्त डेढ दशकदेखि नेपाली फोटो पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै आएका छन् । जनदिशा दैनिकबाट २०६४ सालमा फोटोपत्रकारिता गरेका उनी मोडलिङ फोटो पत्रकारितामा साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा कार्यक्रम व्यवस्थापनमा समेत दख्खल राख्छन् । देशभरका फोटोपत्रकारहरुको साझा सस्था राष्ट्रि...
गीतकार लोकराजको ‘तिम्रो संसार बेग्लै भयो’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गीतकार लोकराजको ‘तिम्रो संसार बेग्लै भयो’ सार्वजनिक(भिडियो)

काठमाडौं । प्रसिद्ध गीतकार लोकराज अधिकारीले आफनो ४३ औ जन्मदिनको अबसरमा नयाँ गीतको म्यूजिक भिडियो सार्बजनिक गरेका छन । गीतकार अधिकारीले शनिवार सार्बजनिक गरेको ‘तिम्रो संसार बेग्लै भयो ’ बोलको गीतमा प्रबिण बेडवालको स्वर रहेको छ भने ज्योती प्रकाशको संगीत रहेको छ । मनोहर सुनामले संगीत संयोजन गरेको गीतलाई प्रिज्म रेकर्डिङ स्टुडियोका कृष्ण भान्जाले रेकर्डिङ र स्याम स्बेत रसाईलीले मिक्सीङ मास्र्टरिङ गरेका हुन । https://youtu.be/eRatgxZo37I नेपाली सुगम संगीत र चलचित्रमा गीतलेखेर नाम कमाएका गीतकार अधिकारीले यो गीत पनि सुगम संगीत मनपराउने दर्शक श्रोता बाट मायाँ पाउने आशा गरेका छन् । गीतको भिडियोमा अमेरिका बस्दै आएका प्रतिभाशाली मोडल बिकाश चौहान र अभिनेत्री रुषा न्यौपानेको मुख्य भुमिका छ । अन्तरजातिय प्रेम र बियोगको कथा रहेको म्यूजिक भिडियोमा रमेश खडका सूर्य ओली लगायतको पनि अभिनय छ । उत्सव दा...
डा.पूनम कर्णसहित नेपालका चारजना सेलिब्रेटीलाई दिल्लीमा’महादेवी वर्मा स्मृति पुरस्कार’
समाचार, समाज

डा.पूनम कर्णसहित नेपालका चारजना सेलिब्रेटीलाई दिल्लीमा’महादेवी वर्मा स्मृति पुरस्कार’

दिल्ली । महादेवी वर्मा स्मृति पुरस्कार डा. पूनम कर्णसहित नेपालका चारजना सेलिब्रेटीले पाएका छन् । जिकेसी नेपालकी अध्यक्ष डा. पूनम कर्णसहित नेपालका चार जना व्यक्तित्वहरुले भारतको नयाँ दिल्लीस्थित ग्लोबल कायस्थ सम्मेलनले आयोजना गरेको महादेवी वर्मा स्मृति सम्मान पुरस्कार प्राप्त गरेका हुन ।नयाँ दिल्लीमा भएको ग्लोबल कायस्थ सम्मेलन (जिकेसी)ले महादेवी वर्मा स्मृति सम्मान–२०२३ बाट ३५ जना अन्य देशका प्रतिष्ठित व्यक्तित्वलाई समेत सम्मान गरेको थियो ।भारत सरकारका पूर्व केन्द्रीय मन्त्री तथा सांसद शत्रुघन सिन्हाको प्रमुख आतिथ्यतमा आयोजित उक्त सम्मेलनमा उनले महादेवी वर्माको व्यक्तित्व र कार्यको चर्चा गर्दै कायस्थ समुदायले हरेक क्षेत्रमा अगुवाई गर्दै आएको तर आज यो समुदाय एकीकरण हुन नसक्दा धेरै घाटा बेहोर्नुपरेको बताए । आज कायस्थ राष्ट्रिय स्तरमा एकजुट हुनु आजको आवश्यकता भएको उनले भने ।जीकेसीका विश्व अ...
निर्देशनमा व्यस्त आयुष बिसि
मनोरन्जन, समाचार

निर्देशनमा व्यस्त आयुष बिसि

काठमाडौँ। रुकुम पश्चिममा ३१ बर्ष अघि जन्मेका यज्ञजंग बि.क. नेपाली चलचित्र क्षेत्रमा आयुष बिसिको नामले परिचित छन्। २०६८ सालमा अभिनयबाट आफ्नो करियर सुरु गरेका आयुष पछिल्लो समय सहायक निर्देशनमा व्यस्त छन्। ठुलो पर्दाको चलचित्र ‘द रिटर्न हिरो’, ‘लाटी’,’वृन्दावन’मा काम गरेको अनुभव संगै नयाँ चलचित्र ‘सायरा’मा अनुबन्ध भएका छन्। उनि पछिल्लो समय धेरै निर्देशकको रोजाइमा पर्न थालेका छन्। उनले थुप्रै भोजपुरी चलचित्रमा पनि सहायक निर्देशकको रुपमा काम गरी सकेका छन्। उनले काम गरेका भोजपुरी चलचित्र जय शम्भु,जान काहे बन गइलु,वन म्यान आर्मी हुन्। उनले दर्जन बढी शर्ट मुभीहरु निर्देशन गरी सकेका छन्। प्रतिभाका धनी यज्ञजंग बि.क. (आयुष बिसि) ले थुप्रै गीत पनी लेखेका छन्। उनले वेब सिरिज निल काँढा र प्रेमबाणी,रेडजोनको कथा पनी लेखेका छन्। उनले थुप्रै गीतमा शब्द कोरेका छन्। उनका थुप्रै गीतहरु रेकर्ड भएर सार्वजन...
महिला चेम्बर अफ कमर्श कास्कीको अध्यक्षमा सिमा कोईराला सर्वसम्मत
अर्थ/व्यापार, समाचार

महिला चेम्बर अफ कमर्श कास्कीको अध्यक्षमा सिमा कोईराला सर्वसम्मत

महिला चेम्बर अफ कमर्श कास्कीको दोस्रो अधिवेशन सम्पन्न भएको छ। गण्डकी प्रदेशकी आर्थिक मामिला मन्त्री माननिय सीता कुमारी सुन्दासको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। भेलाले महिला चेम्बर अफ कमर्स कास्कीको अध्यक्षमा सीमा कोइरालालाई सर्वसम्मत चयन गरेको हो ।संस्थाको उपाध्यक्षमा जमुना पौडेल आचार्य, सङ्गीता पाण्डे निर्वाचित भएका छन् । यस्तै, सचिवमा सरिता सुवेदी, कोषाध्यक्षमा ज्योती अधिकारी र सहसचिव सपना गिरी निर्वाचित भएका छन् । विभिन्न सामाजिक कार्यमा संलग्न हुँदै आएकी नवनिर्वाचित अध्यक्ष सिमा कोईरालाले आफुले पाएको जिम्मेवारीलाई कुशलता पुर्वक निर्वाह गर्ने प्रतिवद्धता जाहेर गरेकी छिन् ।...
शिवनको निर्देशनमा युवराजको पन्चेवाजा गीत “नाच्न मन लाउछ”(भिडियो)
मनोरन्जन, समाचार

शिवनको निर्देशनमा युवराजको पन्चेवाजा गीत “नाच्न मन लाउछ”(भिडियो)

काठमाडौं ।गायक युवराज छन्त्यालले नाच्न मन लाउँछ बोलको गीत सार्वजनिक गरेका छन्। उनले आफ्नै युट्युब च्यानलमार्फत् १२ मिनेट ४९ सेकेन्डको उक्त भिडियो सार्वजनिक गरेका हुन्। सात समुद्र तरेर आको धेरैपछि मायासँग भेट भाको नाच्न मन लाउँछ जस्ता शव्दले बुनिएको गीतले वैदेशिक रोजगारमा रहेकाको मर्म र भावनालाई समेटेको छ। छन्त्याल, जमुना राणा र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा गीत तथा संगीत गायक छन्त्यालकै छ। भिडियोको निर्देशन तथा कोरियोग्राफी शिवन पोखरेलले गरेका हुन । https://www.youtube.com/watch?v=5tDhKn2ZAMU गीतको भिडियोमा नवीनश्री, सञ्चिता बोलखे, अमृत श्रेष्ठ, मुना भुर्तेल र बिनो दमहतो एन्ड टिमले अभिनय गरेका छन्। बाग्लुङका लोक गायक छन्त्यालको यसअघि बाजा बजाउँदै,चाइनातिर जाम, लास्टै टेन्सन भो जस्ता सन्देशमूलक गीत सार्वजनिक भइसकेका छन्।...
ग्रीनल्याण्ड होटल प्रशिक्षण केन्द्रका  प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण
अर्थ/व्यापार, समाचार

ग्रीनल्याण्ड होटल प्रशिक्षण केन्द्रका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण

काठमाडौं । राजधानीको एक कार्यक्रममा व्यबसायिक तालिम पश्चात प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । बौद्धको टुसालमा रहेको ग्रीनल्याण्ड होटल टे«निङ्ग सेन्टर तथा एसोसियट नेपाल सिनर्जीको संयुक्त आयोजनामा नेपाल सरकारको प्राविधिक तथा व्यवसायीक शिक्षा परिषद (सिटीभिटी)को नेपाल सरकार इभेन्ट परियोजना दोश्रो अन्र्तगतको कन्टिनेन्टल कुकीङ्ग लेभल १ को करिव ६० जना प्रशिक्षार्थीलाई प्रमाण पत्र प्रदान गरिएको हो । बौद्ध स्थित होटल यांग्रीमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथी संचारकर्मी तथा कार्यक्रम व्यबस्थापन संघका उपाध्यक्ष राज लुईटेल, ग्रीनल्याण्ड होटल टे«निङ्गका तालिम निर्देशक गोपाल तिमल्सिना,एसोसियट नेपाल सिनर्जीका प्रमुख दिपक राज भाट तथा ग्रीनल्याण्ड होटल टे«निङ्गकी प्रबन्ध निर्देशक निता केसी तथा प्रशिक्षक लोकमान तामाङ्गले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो । सं...
सुनिल गुरुङको ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण
मनोरन्जन, समाचार

सुनिल गुरुङको ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण

गितारिस्ट एवम् गायक सुनिल गुरुङको पुस्तक ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण गरिएको छ । शुक्रबार ठमेलमा एक विशेष समारोहबीच वरिष्ठ सङ्गीतकार किशोर गुरुङको प्रमुख आतिथ्यतामा उक्त पुस्तक लोकार्पण गरिएको हो । पुस्तकका लेखक सुनिल गुरुङ, ज्योति घिमिरे, एम शाही, गौरव शर्मा, ओम शाही, विक्रम थापालगायतले पुस्तकको लोकार्पण गर्नुभएको हो । यो पुस्तक गितार सिक्न चाहनेका लागि एकदमै उपयोगी रहेको प्रमुख अतिथिहरूले बताउनुभयो । उहाँहरूले गितार सिक्न चाहनेका लागि यस्तो खालको पुस्तक नेपाली पाठकमाझ नआएकाले यो धेरै उपयोगी हुने बताउनुभयो । सुनिल गुरुङ पुरानो पुस्ताको गायक तथा गितारिस्ट हुनुहुन्छ । उहाँले सन् १९८२ मा स्ट्रिङ्गस ब्याण्ड खोल्नुभएको थियो । यो ब्याण्डमा उहाँसँगै सुमन लामा, सुदेश देवान, निर्मल देवान, गौरव शर्मा र तिलक थापा मगर रहनुभएको थियो । यो ब्याण्डले थुप्रै गीत(संगीत बजारमा ल्याएको छ । ठमेलमा ल...
गायक रवि रिमालको “साथी त्यो मेरो चुतीयासाले” (भिडियो)
मनोरन्जन, समाचार

गायक रवि रिमालको “साथी त्यो मेरो चुतीयासाले” (भिडियो)

काठमाडौं । गायक रवी रिमालको नयाँ गित “साथी त्यो मेरो चुतीयासाले” सार्वजनिक भएको छ ।विभिन्न सामाजीक बिषयलाई गित संगितको माध्यमबाट प्रस्तुत गर्न सफल गायक तथा सर्जक रवि रिमालको सार्वजनिक गरीएको गितमा बाल्यकालका यादहरुलाई युवा अवस्थामा सम्झाउने कोसिस गरिएको छ । आफ्नो बाल्यकालको सम्झनाका तिता मिठा क्षणहरुलाई कथावस्तु बनाएर प्रस्तुत गरिएको गीतमा गायक  रिमालको स्वर, शब्द, संगीतसंगै भिडियोमा पनि उनकै कथा, प्रस्तुती र निर्देशन रहेको छ भने एरेन्ज भुपेन्द्र बज्राचार्य, अभिनय कुशल सिग्देल, केशिका सिग्देल, राजकुमार सिग्देल, सागर पोख्रेल, निशान न्यौपानेको रहेको छ । https://www.youtube.com/watch?v=V4MpMFoPmFU नवलपुर र त्यस वरीपरीको क्षेत्रमा सम्पन्न गरिएको यस भिडियोमा सतिस राईको छाँयाकन, सजिन महर्जनको सम्पादन रहेको छ ।डेढ दशक लामो सांगितिक यात्राामा निरन्तर लागि परेका गायक रिमाल पछील्लो समय थु...
गजित र गम्भीरको ‘काली काली’मा साथ दिईन समारिकाले(भिडियो)
मनोरन्जन, समाचार

गजित र गम्भीरको ‘काली काली’मा साथ दिईन समारिकाले(भिडियो)

काठ्मान्डाै। गायक राजेश पायल राईको स्वरमा ‘काली काली’ बोलको नयाँ गीत सार्बजनिक भएको छ। टी.एन आचार्यको शब्द रहेको गीतमा लक्ष्मण पोख्रेलले संगीत भरेका छन। गीतमा गजित बिष्ट, गम्भीर बिष्ट र मोडल सामारिका ढकाल फिर्चड छन। गजित र गम्भीर दुवै चल्तीका निर्देशक तथा काेरियाेग्राफर हुन ।गजितले चलचित्रमा समेत काम गरिसकेका छन। सम्बन्धले यी दुई दाजुभाइ पनि हुन। https://youtu.be/DjLitQlOc70 लामो अन्तरालपछि दुई दाजुभाइले एउटै गीतमा कम्मर मर्काएका छन। लामो समयपछी गजित र गम्भीरले सहकार्य गरेको रोमान्टिक डान्सिङ भिडियोलाई निर्देशक सुरेन्द्र बसेलले निर्देशन गरेका हुन। टी.एन आचार्यले नै निर्माण गरेको गीतलाई बिकास नेपालले कोरियोग्राफी गरेका छन। ‘द प्रिमियर प्रोडक्सन’ बाट सार्बजनिक भएको भिडियाेमा अशोक थापाको एरेन्ज, मनोज दङ्गाेलको मिक्सिङ र दिनेश पराजुलीको सिनेमाटाेग्राफी रहेको छ।...