गायक रवि रिमालको “साथी त्यो मेरो चुतीयासाले” (भिडियो)

काठमाडौं । गायक रवी रिमालको नयाँ गित “साथी त्यो मेरो चुतीयासाले” सार्वजनिक भएको छ ।
विभिन्न सामाजीक बिषयलाई गित संगितको माध्यमबाट प्रस्तुत गर्न सफल गायक तथा सर्जक रवि रिमालको सार्वजनिक गरीएको गितमा बाल्यकालका यादहरुलाई युवा अवस्थामा सम्झाउने कोसिस गरिएको छ ।

आफ्नो बाल्यकालको सम्झनाका तिता मिठा क्षणहरुलाई कथावस्तु बनाएर प्रस्तुत गरिएको गीतमा गायक  रिमालको स्वर, शब्द, संगीतसंगै भिडियोमा पनि उनकै कथा, प्रस्तुती र निर्देशन रहेको छ भने एरेन्ज भुपेन्द्र बज्राचार्य, अभिनय कुशल सिग्देल, केशिका सिग्देल, राजकुमार सिग्देल, सागर पोख्रेल, निशान न्यौपानेको रहेको छ ।

नवलपुर र त्यस वरीपरीको क्षेत्रमा सम्पन्न गरिएको यस भिडियोमा सतिस राईको छाँयाकन, सजिन महर्जनको सम्पादन रहेको छ ।
डेढ दशक लामो सांगितिक यात्राामा निरन्तर लागि परेका गायक रिमाल पछील्लो समय थुप्रै सांगितिक कार्यक्रमहरुमा बाक्लै देखीन थालेका छन ।

गायन र संगीतसंगै उनले पछील्लो समय संगीत संयोजन (म्युजिक एरेन्जमेन्ट) पनि गर्न थालेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *