समाचार

चर्चित सेलिब्रेटी मेकअप आर्टिष्ट पाण्डे सम्मानित
समाचार, समाज

चर्चित सेलिब्रेटी मेकअप आर्टिष्ट पाण्डे सम्मानित

काठमाडौं । मण्डला ईन्टरटेनमेन्टको आयोजनामा हालै सम्पन्न भएको सुपर मोडल ईन्टरनेशनल नेपालको ग्राण्ड फिनालेको भव्य समारोहमा राज मेक अप स्टुडियोका प्रमुख टेकराज पाण्डेलाई सम्मानित गरिएको छ । राज मेकअप स्टुडियोका प्रमुख तथा चर्चित मेकअप आर्टिष्ट पाण्डेलाई नेपाली सौन्दर्य प्रतियोगीताहरुको विकास र प्रवद्र्धन तथा नेपाली कला संस्कृतिको क्षेत्रमा उत्कृष्ट योगदान दिए वापत उक्त सम्मान प्रदान गरिएको हो । प्रतिनिधि सभाका सांसद तथा पूर्व मन्त्री एवं कार्यक्रमका विशेष अतिथी भगवती चौधरीले पाण्डेलाई सम्मान प्रदान गरेकी थिईन ।सोही समारोहमा अर्थविद् तथा साहित्यकार माधव निर्दोशलाई समेत सम्मान गरिएको थियो ।आयोजक संस्थाकी कार्यकारी प्रमुख सजिना तामागंको अध्यक्षता रहेको थियो भने पूर्व संस्कृति तथा पर्यटन मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।करिव एक दशक भन्दा लामो समयदेखि मेक अप आर्टिष्टको र...
सुदिक्षा वज्राचार्य र उषा हमाललाई यो वर्षको ‘मिस एण्ड मिसेस व्यूटिफुल’को उपाधी
मनोरन्जन, समाचार

सुदिक्षा वज्राचार्य र उषा हमाललाई यो वर्षको ‘मिस एण्ड मिसेस व्यूटिफुल’को उपाधी

काठमाडौं । दक्ष ईन्टरनेशनलको आयोजनामा यस वर्षको ‘एन प्लस प्रोफेसनल मिस एण्ड मिसेस व्यूटिफुल नेपाल’को ग्राण्ड फिनाले भव्य रुपमा सम्पन्न भएको छ । पूर्व मन्त्री जिवन राम श्रेष्ठको प्रमुख आतिथ्यता तथा पूर्व मन्त्री भगवती चौधरीको विशेष आतिथ्यतामा आयोजित उक्त प्रतियोगितामा यस वर्षको एन प्लस प्रोफेसनल मिस एण्ड मिसेस व्यूटिफुल नेपालको मिस तर्फकी काठमाडौंकी सुदिक्षा वज्राचार्य वन्न सफल भईन वज्राचार्यले उपाधी सहित मस्ट पंक्च्यूल तथा मस्ट टैलेन्ट टाईटल समेत जित्न सफल भईन भने मिसेस तर्फ पर्वतकी उषा हमालले मस्ट पपुलर र वेष्ट पर्सनालिटी सहित उपाधी जित्न सफल भईन । यसै गरि अन्य टाईटल जित्नेमा मिस तर्फ सन्तोषी रावल फस्ट रनर अप सहित मस्ट पपुलर तथा वेष्ट हेयर, विष्णु गुरुङ्ग, सेकेण्ड रनर अप तथा वेष्ट डान्सर, आर्जू खड्का थर्ड रनर अप तथा वेष्ट स्किन , माया बुढाथोकी भ्यूवर च्वाईस तथा वेष्ट स्माईल,सृष्टि ढकाल वे...
दलहरु आ -आफनो स्वार्थमा लिप्त
राजनीति, समाचार

दलहरु आ -आफनो स्वार्थमा लिप्त

-डा.डिआर उपाध्याय, प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट बिश्वासको  मत लिएका छन् । अब सरकार बिस्तार गर्ने कुरामा उनको ध्यान केन्द्रित हुने छ । आज देश सत्ताको गोलचक्करमा घुमिरहेको छ। देशको उन्नति प्रगति गर्ने कुरामा राजनीतिक दल र तिनका नेताहरुको पटक्कै ध्यान गएको देखिदैन । आज देशको राजनीति सहि बाटोमा जान नसक्दा अनेक खालका समस्या आउने सम्भावना देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमतीको कुरा उठाइरहेका छन् । यता एमालेका नेताहरुले एमाले बिना कस्तो राष्ट्रिय सहमती बनाउन खोजेको भनेर प्रश्न उठाइरहेको छ । आज दलहरु आ आफनो स्वार्थमा लिप्त छन् । राष्ट्रिय सहमतीको नाममा राजनीतिक दल र तिनका नेताहरुले मुलुक लुटने काम गर्दै आएका छन् । आलोपालो सत्तामा जानेहरुले देशको ढुकुटी सिध्याएर मुलुक थप संकटमा पर्दैछ । अब देशको बारेमा चिन्ता गर्ने राजनेताको खाँचो छ । अहि...
समाजसेवी रुना शर्मालाई ‘राष्ट्र शक्ति शिरोमणि सम्मान’
अन्तर्राष्ट्रिय, समाचार

समाजसेवी रुना शर्मालाई ‘राष्ट्र शक्ति शिरोमणि सम्मान’

रायपुर । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा छत्तीसगढकी समाजसेवी, पशु अभियन्ता, रुना शर्मालाई वातावरण संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै सशक्त राष्ट्रवादी साहित्यिक, सामाजिक र सांस्कृतिक संस्था सम्पर्क क्रान्ति परिवारले समाजलाई नयाँ आयाम दिने संकल्पको रूपमा सम्मान गरेको हो । मंगलमय इन्स्टिच्युट अडिटोरियम नॉलेज पार्क ग्रेटर नोएडामा राष्ट्रिय शक्ति शिखर सम्मेलन, राष्ट्र शक्ति शिरोमणि सम्मान २०२३ स्वरा कोकिला लता मंगेशकर सम्मान २०२३, राष्ट्र तेजस्विनी सम्मान २०२३ आयोजना गरिएको थियो जसमा कला,साहित्य, सांस्कृतिक, सामाजिक, राजनीतिक, चलचित्र, मिडिया, खेलकुद लगायतका विभिन्न क्षेत्रमा दृढ संकल्पका साथ आफूलाई प्रमाणित गर्ने नारी शक्तिको आत्मालाई सलाम गर्दै सम्मान गरिएको थियो ।कार्यक्रममा मंगलमाया ग्रुप अफ इन्स्टिच्युसनका अध्यक्ष उद्योगपति अतुल मंगल, महिला उद्यमी, समाजसेवी शिखा मङ्गलको प्रमु...
मोहन निरौलाको नेतृत्वमा चलचित्र कलाकार संघ
मनोरन्जन, समाचार

मोहन निरौलाको नेतृत्वमा चलचित्र कलाकार संघ

कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् ।शनिबार सम्पन्न १९औँ साधारण सभामा उहाँ कुल खसेको चार सय ६८ मतमा दुई सय ३५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको निकटतम् प्रतिद्वन्द्वी अभिनेत्री रेजिना उप्रेतीले दुई सय नौ मत प्राप्त गरिन् । सङ्घ स्थापना हुँदा नै सदस्यमा रहेका निरौला त्यसपछि कार्यसमितिमा चार कार्यकाल महासचिव र तीन कार्यकाल उपाध्यक्ष रहिसकेका छन् । उपाध्यक्षमा कविता गेलालले एक सय ५१ मत र शिवहरि नेपाल ‘वैरागी’ ले एक सय ४० मत तथा महासचिवमा सविन श्रेष्ठले एक सय १२ मत प्राप्त गरेर विजयी भए । यस्तै सचिवमा रामेश्वर बुर्लाकोटीले दुई सय २३ मत र कोषाध्यक्षमा सुनिल कटुवालले दुई सय ६० मत प्राप्त गर्दै विजयी हुँदा सह कोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भइन् । सदस्यमा शीतल केसी सर्वाधिक तीन सय दुई मत ल्याएर विजयी भए । अन्य ...
जिनियस म्युजिक अवार्डको लागि आवेदन खुल्ला(अनलाईन फाराम)
मनोरन्जन, समाचार

जिनियस म्युजिक अवार्डको लागि आवेदन खुल्ला(अनलाईन फाराम)

जिनियस म्युजिक प्रा. लि. ले आफ्नो स्थापनाको १५औं वार्षिकोत्सवको सु-अवसरमा जिनियस म्युजिक अवार्डको   चौथो संस्करण “जिनियस म्युजिक अवार्ड–२०७९” आयोजना गर्ने घोषणा गरेको छ साथै उक्त अवार्डका लागि आवेदन पनि खुल्ला गरीसकेको छ  । नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा र साङ्गीतिक क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशिल हुँदै कलाकर्मीहरूलाई प्रोत्साहन एवम् सम्मान गर्दै उनीहरूको योगदानको कदर गर्नु नै जिनियस म्युजिक अवार्डको मुल उद्देश्य हो । यस कम्पनिले आफ्नो स्थापनाको दशौँ वर्ष पुरा गरेको शुअवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरि २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड–२०७५’ सम्पन्न गरेको थियो। यस संस्थाले आफ्नो...
धादिङ्गका विद्यार्थीहरुलाई  शैक्षिक एवं खेलकुद सामाग्री वितरण
समाचार, समाज

धादिङ्गका विद्यार्थीहरुलाई शैक्षिक एवं खेलकुद सामाग्री वितरण

धादिङ्ग । मंगोलदय श्रृजनशिल समाजले एक कार्यक्रम वीच सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । समाजसेवाका लागि सक्रिय मंगोलदय श्रृजनशिल समाजका महासचिव सन्तोष सिग्देलका अनुसार धादिङ्गको थाक्रे १ मा रहेको पन्चकन्या आधारभूत विद्यालय तथा सोही स्थानमा रहेको सेतीदेवी आधारभूत विद्यालयमा अध्यनरत करिव २०० जना विद्यार्थीहरुलाई साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले उपलव्ध गराएको स्कूल व्याग तथा मंगोलदय श्रृजनशील समाजले थप गरि पोशाक लगायत खेलकुद तथा शैक्षिक सामाग्रीहरु वितरण गरेको हो । अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रममा थाक्रे गाउपालिकाका वडा नं.१ का वडा अध्यक्ष श्याम सुन्दर थापा, कार्यक्रम संयोजक सरिता कार्की,समाजका अध्यक्ष दिवाकार थापा तथा महासचिव सन्तोष सिग्देलले कार्यक्रममा खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरेका थिए ।कक्षा १ देखि ८ सम्म अध्यनरत ...
छैठौं ‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड’भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

छैठौं ‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड’भव्य रुपमा सम्पन्न

काठमाण्डौ–बरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङलाई पिम नेपाल रजत सम्मान प्रदान गर्दै राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२३ भव्य रुपमा सम्पन्न भएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा सम्पन्न भएको कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीे प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा विशिाष्ठ अतिथितका रुपमा पुर्व शिक्षा मन्त्री एवं पुर्व उपसभामुख चित्रलेखा यादव, बरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र नृत्यकार संघका अध्यक्ष जनक कार्की, निर्देशक समाजका महासचिव जनकदिप पराजुली, चलचित्र निर्देशक ऋषि लामिछाने, अरुण प्रधान, बरिष्ठ नृत्य निर्देशक दिनेश पाख्रीन, डेल्फिक काउन्सील नेपालका अध्यक्ष श्रीदेव विएल, पत्रकार डब्बु क्षेत्री, जिवन पराजुली, विधान कार्की, विष्णु सुवेदी, कुवेर ग...
‘वेलुन’ सर्वोत्कृष्ट लघु चलचित्र ,थापाको ‘छोरी’लाई ईन्करेन्जमेन्ट अवार्ड
मनोरन्जन, समाचार

‘वेलुन’ सर्वोत्कृष्ट लघु चलचित्र ,थापाको ‘छोरी’लाई ईन्करेन्जमेन्ट अवार्ड

काठमाण्डौ – वर्षभरीकै सर्वोत्कृष्ट चलचित्र बन्दै लघुचलचित्र ‘बेलुन’ले ‘बेस्ट सट फिल्म अफ द इयर’ अवार्ड पाएको छ । ड्रिमवल्ड अफ फिल्म मेकर्स प्राइभेट लिमिटेड काठमाण्डौको आयोजनामा सम्पन्न भएको ‘सोसियल मिडिया फिल्म अवार्ड २०७८’ मा लघुचलचित्र बेलुनले सर्वोत्कृष्ट अवार्ड पाएको हो । नेपाल फिल्म एकेडेमीद्धारा सार्वजनिक यो लघुचलचित्रमा माओवादीकालको द्धन्द्धमा आधारित कथावस्तु समेटिएको छ । यस्तै उत्कृष्ट युट्युब भिडियो, ब्लक, उत्कृष्ट निर्देशक, ध्वनि संयोजक, अभिनेता, सम्पादक, निर्देशक, अभिनेत्रीलगायत गरी अन्य २२ जनाले समेत अवार्ड पाएको आयोजक ड्रिम वल्ड अफ फिल्म मेकर्सले जानकारी दिएको छ । यसैगरी तीन जनालाई सम्मान पनि गरिएको छ । नेपालकी पहिलो नायिका भुवनचन्द, आर्ट डाइरेक्टर निर्जल श्रेष्ठ र युवा पत्रकारिता पुरस्कार पत्रकार पारसमणि पौडेललाई १५ हजार पाँच सय ५५ रुपैयाँसहित खदा र प्रमाणपत्र प्रदान गरी स...
बाल गायक प्रसुन जंग पोखरेललाई जर्जियामा वर्ल्ड राइजिङ स्टारको उपाधि
मनोरन्जन, समाचार

बाल गायक प्रसुन जंग पोखरेललाई जर्जियामा वर्ल्ड राइजिङ स्टारको उपाधि

काठमाडौं– जर्जीयाको राजधानि तिबिलिसीमा हालै सम्पन्न वर्ल्ड राइजिङ स्टार(२०२३ शीर्षकको प्रतियोगितामा नेपालका बाल गायक प्रसुन जंग पोखरेल वजयी भएका छन् । उक्त प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व जनाएका पोखरेलले राष्ट्रिय पोसाक टाइटल पनि जितेका छन् । उक्त प्रतियोगितामा विजयी भएर स्वदेश फर्किएका पोखरेललाई शनिबार शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वमा नेपालको नाम चिनाउने काम गरेकोमा वधाइ ज्ञापन गर्दै शुभकामनासहित अवार्ड हस्तान्तरण गरिन् । कार्यक्रममा ब्राइट फ्युचर एकेडेमीका सिईओ मोहन कार्की, मिस मंगोल २०१८ जाङ्मु इन शेर्पा तथा परिवर्तन इभेन्ट हाउस निर्देशक राज बराइली को सहभागिता रहेको थियो । थाइल्यान्डमा आयोजित टीन स्टार इन्टरनेशनल २०२२ प्रतियोगितामा फोर्थ रनर्स अप भएका पोखरेल ब्राइट फ्युचर एकेडेमीमा कक्षा ९ मा अध्ययनरत छन् । प्रसुन डीएसए सिंगिङ स्टार २०१९ का ...