समाचार

ईशान्त शर्मा आईपीएलबाट बाहिर
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

ईशान्त शर्मा आईपीएलबाट बाहिर

इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्लीलाई अर्को झड्का लागेको छ। दिल्लीका प्रमुख फास्ट बलर ईशान्त शर्माले लिगका बाँकी सबै खेल गुमाउने भएका छन्। उनी चोटका कारण आईपीएलबाट बाहिरिएका हुन्। उनलाई अभ्यासको क्रममा नेटमा बलिङ गर्दा बाँया तर्फको करङमा चोट लागेको थियो। इशान्तले जारी आइपीएलमा एक खेल मात्र खेलेका छन्। उनी हैदरावादविरुद्धका खेलेका थिए । आईपीएल शुरु हुनभन्दा पहिला पनि घाइते भएका उनले शुरुवाती खेलहरु गुमाएका थिए। योसँगै दिल्लीले जारी आईपीएलमा आफ्ना दुई खेलाडीलाई गुमाएको छ। यसअघि स्पिनर अमित मिश्रा पनि चोटका कारण बाहिरिसकेका छन्। यूएईमा जारी खेलमा दिल्ली अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।...
न प्रचार गरिन् न भोट मागिन् तर अफिस सफा गर्ने महिलाले जिल्ला प्रमुखको चुनाब जितिन्
रोचक, समाचार

न प्रचार गरिन् न भोट मागिन् तर अफिस सफा गर्ने महिलाले जिल्ला प्रमुखको चुनाब जितिन्

रुसमा हालै भएको भएको स्थानीय निर्वाचनमा एउटा जिल्लामा आएको परिणामले पूरै विश्वलाई चकित पारिदिएको छ । यहाँ एक महिला विगत ५ वर्षदेखि एउटा कार्यालयमा सरसफाइको काम गर्थिन् । अहिले चुनाव जितेर उनी त्यही कार्यालयकी प्रमुख भएकी छिन् । रुसको स्थानीय निर्वाचनमा अप्रत्याशित रुपमा नतिजा उल्टिएपछि यस्तो अद्भूत घटना भएको हो । रुसी मिडिया एमकेलाई उद्धृत गर्दै बीबीसीले लेखेअनुसार यहाँ हुन लागेको निर्वाचनमा पोभालिका जिल्ला प्रमुख पदमा एक जना मात्र उम्मेदवार भए । उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टीका उम्मेदवार थिए । पुटिनको पार्टीका उम्मेदवार निकोलाइविरद्ध चुनाव लड्न कोही पनि तयार भएनन् । अन्ततः उनी निर्विरोध निर्वाचित हुने स्थिति आयो । निकोलाइ यसअघि पनि सोही जिल्लाको प्रमुख थिए । निकोलाइले चुनावमा पारदर्शिता भएको देखाउन र आफू निर्विरोध निर्वाचित नभइ चुनाव जितेरै आएको देखाउन आफ्नै कार्य...
नासाले फेला पार्‍यो सुनको ग्रह
रोचक, समाचार

नासाले फेला पार्‍यो सुनको ग्रह

अन्तरिक्षको दुनियाँ रहस्यले भरिएको छ । यसकै रहस्यलाई सुल्झाउनको लागि अन्तरिक्ष यात्री अन्तरिक्षको मिशनमा जाने गर्दछन् । अन्तरिक्षका रहस्य यति धेरै छन् कि, हामीले बयान गरेरै सक्दैनौँ ।यसैबीच हालै मात्र वैज्ञानिकहरुले मंगल र वृहस्पति ग्रहको बीचमा एउटा यस्तो क्षुद्र ग्रह फेला पारेका छन्, जुन ग्रह सुनले भरिएको छ । त्यहाँ सुन यति धेरै छ कि, पृथ्वीमा ल्यायो भने पृथ्वीमा रहेका हरेक मानिस करोडपति बन्छन् ।नासाका अनुसार यो क्षुद्रग्रहको नाम १६ साइकी रहेको छ ।यो क्षुद्र ग्रह आलु जस्तो देखिन्छ । र त्यहाँ पाइएको सुन बहुमूल्य धातु प्लेटिनम, आयरन र निकलबाट बनेको छ । नासाका अनुसार यस क्षुद्र ग्रहको ब्यास २२६ किलोमिटर छ । त्यहाँ सुन र फलाम अत्याधिक रहेको छ । एजेन्सी...
एउटै खेलाडी एउटै बलमा २ पटक आउट
खेलकुद, समाचार

एउटै खेलाडी एउटै बलमा २ पटक आउट

इण्डियन प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा चेन्नइ सुपरकिंग्सले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्यो । यो खेलको १९ औं ओभरमा एउटा रोचक घटना भयो । दोस्रो इनिङको १९ औं ओभरको अन्तिम बलमा हैदराबादका ब्याट्सम्यान राशिद खान आउट भए । तर, उनी कसरी आउट भए भन्ने विषयमा केही समयसम्म फ्यानहरुमा अलमल भइराख्यो । किनकि उनी दुई किसिमले आउट भएका थिए । शार्दुल ठाकुरको बललाई राशिदले छक्का हान्ने प्रयास गरेका थिए तर उनी बाउण्ड्रीनजिकै दीपक चहरको हातबाट क्याच भए । तर, ठूलो शट खेल्ने प्रयासमा उनी यता क्रिजको पनि भित्रैसम्म पुगेका थिए जसका कारण उनको खुट्टाले स्टम्पमा लाग्यो र स्टम्पको गिल्ली खस्यो । अर्थात राशिद उता क्याच आउट भएका थिए भने यता हिट विकेट आउट पनि भएका थिए । अम्पायरले हिट विकेट आउट दिए किनकि दीपक चहरले बल समात्नुभन्दा पहिल्यै राशित आफैंले स्टम्प ढलाइसकेका थिए । यससँगै राशिद आइपिएलमा ह...
चिडियाखानामा चराले मान्छेलाई गाली गर्न थालेपछि…
रोचक, समाचार

चिडियाखानामा चराले मान्छेलाई गाली गर्न थालेपछि…

आगन्तुकलाई गाली गर्न थालेपछि एउटा चिडियाखानाबाट पाँचवटा सुगालाई त्यहाँबाट हटाइएको छ। गत अगस्टमा फ्रिस्कनीस्थित लिङ्कनशर वाइल्डलाइफ पार्कले ल्याएर ती खैरा अफ्रिकन सुगालाई क्वारन्टीनमा राखिएको थियो। तर पछि मुख्य पक्षीशालामा सारिएपछि ती सुगाहरूले पखेटा फट्कार्दै आफूलाई मन लागेको भाषामा गाली गर्न थालेका थिए। अहिले ती सुगालाई उनीहरूले बोलेको सजिलै सुन्न नसकिने स्थानमा सारिएको छ। जेस न्यूटनले ती चराहरू ल्याइएपछि उनीहरूसँग काम गर्न निकै रोमाञ्चक रहेको बताइन्। यद्यपि उनलाई ती चराले व्यवहार परिवर्तन गर्लान् कि भन्ने लागेको थियो। उक्त पार्कका प्रमुख कार्यकारी स्टीभ निकोल्स दुःख व्यक्त गर्दै योजनाअनुसार नभएको बताउँछन्। उनी भन्छन्, ‘ती सुगाहरू प्रतिक्रिया व्यक्त गर्ने गाली गर्ने गर्छन् र यदि मानिसहरू तर्सिए वा हाँसे भने अझ त्यस्तै गर्न उनीहरू उत्साहित हुन्छन्। पाँचमध्ये एउटाले व...
१४ वर्षकी बालिकाले नेपालकै अस्पतालमै शिशु जन्माइन् 
रोचक, समाचार

१४ वर्षकी बालिकाले नेपालकै अस्पतालमै शिशु जन्माइन् 

पेट दुख्यो भनेपछि बाबुआमाले १४ वर्षकी छोरीलाई अस्पताल पुर्‍याए । चिकित्सकले परीक्षण गर्ने क्रममा उनी गर्भवती भएर बच्चा जन्माउने अवस्थामा पुगेको भनेपछि अभिभावक छाँगाबाट खसेजस्तै भए । बालिकाले अस्पतालमै शिशु जन्माइन् ।बुझ्दै जाँदा पत्ता लाग्यो, बालिकालाई गर्भवती बनाउने अरू कोही नभएर आफ्नै काका (२१ वर्ष) रहेछन् । सर्लाहीको उक्त परिवार पोखरामा दैनिक ज्याला मजदुरी गर्दै आएको थियो । दाजु–भाउजूकोमा बस्न आएका ती युवाले भतिजीलाई क’र’णी गरेको खुलेको हो । बालिका कहिलेकाहीं विद्यालय जाने गरे पनि प्रायः बाबुआमासँगै मजदुरी गर्थिन् ।प्रहरीका अनुसार गत मंसिरको पहिलो साता ती युवा पोखरा आएका थिए । पुस २ को राति साढे ९ बजेतिर कोठामा कोही नभएको मौका छोपेर काकाले भतिजीलाई करणी गरेको खुलेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले बताए । ‘करिब एक महिना बसेर काका सर्लाही नै फर्किएछन् ।बालिकाले आफूमाथि भएको घटन...
साग स्वर्ण विजेता पार्वतीलाई भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्सेमा स्वर्ण
खेलकुद, समाचार

साग स्वर्ण विजेता पार्वतीलाई भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्सेमा स्वर्ण

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता पार्वती गुरुङले प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगितामा स्वर्ण जितेकी छिन् । कागेश्वरी नगर खेलकुद विकास समिति र मूलपानी तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिला तर्फ १८–३१ उमेरमा नेपाल प्रहरीकी पार्वती सर्वाधिक ७.४० अंक जोड्दै पहिलो भएकी हुन् । ७.२६ अंकसाथ स्युचाटारकी सन्जिला तिम्सिना दोश्रो भइन् । भोटेपुलकी स्वस्तिका तामाङ र चन्द्रमाकी सुशिला राईले तेश्रो स्थानमा सीमित भए । यो स्पर्धामा पार्वतीसहित शीर्ष तीन स्थान हात पार्ने सबै खेलाडी १३ औं सागका स्वर्ण विजेता हुन् । सोही स्पर्धाको पुरुषमा मूलपानीका पुष्पप्रसाद गौतम पहिलो भए । उनले ६.१० अंक जोडे । ६.०३ अंकका साथ बागलुङका युकेश थापा मगर दोश्रो भए । सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङका विवेक राई र चितवनका मोहम्मद उम...
अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप कात्तिकमा
खेलकुद, समाचार

अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप कात्तिकमा

आगामी कार्तिक २२ र २३ (नोभेम्बर ७ र ८ तारिख) मा ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’ आयोजना हुने भएको छ । युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा च्याम्पियनसिप हुन लागेको युनाइटेड तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक एवं प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए । युनाइटेड तेक्वान्दो डोजाङले यसअघि काठमाडौं अन्तर्राष्ट्रिय ग्यरोगी तथा पुम्से च्याम्पियनसिपको तीन संस्करण आयोजना गरिसकेको छ ।प्रतियोगितामा सहभागी हुन अक्टोबर ३१ तारिखसम्म रजिस्ट्रेसन गरिसक्नुपर्ने समय सिमा तोकिएको छ । यसैगरी नोभेम्बर ५ र ६ तारिखभित्र दुई मिनेटको भिडियो पठाइसक्नु पर्नेछ । प्राप्त भिडियोहरुको मूल्यांकन नोभेम्बर ७ र ८ तारिखमा हुने र त्यसपछि नतिजा प्रकाशन गरिने प्रतियोगिता संयोजक ...
धोनी रिसाएपछि फेरियो अम्पायरको निर्णय
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

धोनी रिसाएपछि फेरियो अम्पायरको निर्णय

इण्डियन प्रिमियर लिग अन्तर्गत गएराती चेन्नइ सुपरकिंग्सले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको छ । यो खेलका क्रममा एकपटक महेन्द्र सिंह धोनी रिसाएपछि अम्पायरको निर्णय नै बदलिएको छ । उनको यो भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ मंगलबार राती १६८ रनको लक्ष्य पच्छ्याइरहेको हैदराबादको इनिङको १९ औं ओभरमा अम्पायल पल राइफलले वाइड दिनको लागि आफ्नो हात फैलाउनै लाग्दा महेन्द्र सिंह धोनीले विरोध जनाए । धोनीसँगै बलर शार्दुल डठाकुरले पनि विरोध गरे । त्यसपछि भने अम्पायरले बल वाइड दिएनन् । उता अम्पायरले बल वाइड नदिएपछि डकआउनमा सनराइजर्स हैदराबादका कप्तान डेभिड वार्नर निकै आश्चर्यचकित देखिए । सम्भवतः उनलाई यो बल वाइड नै छ भन्ने लागेको थियो र उनी अम्पायर आफ्नो निर्णयमा कायम रहन्छन् भन्नेमा विश्वस्त थिए ।...
विश्वभर कोरोना संक्रमितको संख्या पुग्यो ३ करोड ८० लाख
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

विश्वभर कोरोना संक्रमितको संख्या पुग्यो ३ करोड ८० लाख

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस ‘कोभिड–१९’ का कारण तीन करोड ८० लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन्। जोन्स हपकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरी हालसम्म तीन करोड ८० लाख ३३ हजार २८७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन्। कुल सङ्क्रमितमध्ये दुई करोड ६३ लाख ८८ हजार ६३३ जना सङ्क्रणमुक्त भइसकेको विश्वविद्यालयले जनाएको छ। सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ। भारतमा अहिलेसम्म ६२ लाख २७ हजार २९५ जना सङ्क्रमणमुक्त भएका छन्। अमेरिकामा भने सङ्क्रमितहरुको अवस्था डरलाग्दो छ। सबैभन्दा धेरै सङ्क्रमित रहेको मुलुकमा अमेरिका नै रहेको छ। अमेरिकामा अहिलेसम्म ७८ लाख ५४ हजार ९१७ जना सङ्क्रमित भएका छन् भने अरु दुई लाख १५ हजार ८६१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ।...