समाचार

प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा अब संवैधानिक इजलासमा सुनुवाइ हुने
राजनीति, समाचार

प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा अब संवैधानिक इजलासमा सुनुवाइ हुने

प्रतिनिधि सभा विघटनविरुद्धका रिटलाई संवैधानिक इजलाशमा पठाइएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको एकल इजलासले त्यसबारे सुनुवाइ गर्दै सो निर्णय सुनाएको हो। राणाले बुधबार त्यसबारे परेका एक दर्जन रिटमाथि आफ्नै एकल इजलासमा सुनवाई गरेका थिए।
समाजसेवी रजनी थापा नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित
समाचार, समाज

समाजसेवी रजनी थापा नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित

नेपाल जेसिजको ४७ औं राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२१ को  राष्ट्रिय  उपाध्यक्ष पदका लागि  लागि मनोहरा जेसिजकि रजनी थापा बिजयी भएकी छिन ।वुधवार देखि रूपन्देहीको भलवारी जेसिजको  आतिथ्यतामा सुरू भएको राष्ट्रिय महाधिवेशनबाट १२ सय  ३६ मत सहित बिजयी भएकी हुन्।  महाधिवेशनमा देशभरिबाट करिब दुई हजार प्रतिनिधि भलबारीमा  भेला भएका थिए । बुधबार देखि भलबारीमा  सुरू भएको राष्ट्रिय महाधिवेशनमा १७ पदका लागि ४८ जनाको उम्मेदवारी दिएका थिए। अध्यक्ष पदमा जेसिजका अरुणेश्वर खनाल विजयी भएका छन उनि राष्ट्रिय महाधिवेशनबाट एक हजार ९० मतसहित खनाल विजयी भएका हुन्। खनालले एक हजार ९० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी लालमणि भण्डारीले पाँच सय १२ मत मात्र पाए । सात अध्यक्ष मध्ये तीन उम्मेदवारले आफ्ना पक्षमा उम्मेदवारी फिर्ता लिएपछि खनाल उच्च मनोबलका साथ मैदानमा थिए । यसअघिक...
सडकमा भेटिएका दुई बङ्गलादेशीलाई स्वदेश फर्काइँदै, ओलीले गरे बिदाइ
राजनीति, समाचार

सडकमा भेटिएका दुई बङ्गलादेशीलाई स्वदेश फर्काइँदै, ओलीले गरे बिदाइ

चितवन र लमजुङको सडकपेटीमा कष्टकर जीवन गुजार्दै गर्दा उद्धार गरिएका दुई बङ्गलादेशी नागरिकलाई आज बुधबार स्वदेश फर्काइँदै छ। सहयोगापेक्षी सडक मावनको उद्धार, संरक्षण र पालनपोषण गर्दै आएको संस्था मानवसेवा आश्रमले बङ्गलादेशी ममिना बेगम (गीता) र मोहम्मद बबुल (बाबुलाल)लाई विसं २०७२ मा सडकबाट उद्धार गरेको थियो। पाँच वर्ष आश्रममा राखेपछि नेपालस्थित बङ्गलादेशका राजदूतावासमार्फत घर परिवार पहिचान भएको आश्रमका सचिव सुशीला केसीले जानकारी दिइन्। आज उनीहरूलाई चार्टर्ड फ्लाइटमार्फत घरमा पुनःमिलन गराउन लागिएको उनले जानकारी दिइन्। चितवनको रामनगरबाट उद्धार गर्दा बेगमको शरीरभरि कमिलाले ढाकोको थियो। हातको घाउ कुहिएर किरा परेको थियो। घाउको गन्धले वरिपरि जानै मुस्किल थियो। विक्षिप्त अवस्थाकी बेगमलाई भरतपुर अस्पताल लगेर शल्यक्रिया गरी उपचार गरिएको र अहिले सबै समस्या समाधान भएको आश्रमले जनाएको छ। बाबुलाललाई लम...
गाईलाई खतरनाक जनावर मान्ने गाउँ
अन्तर्राष्ट्रिय, रोचक, समाचार

गाईलाई खतरनाक जनावर मान्ने गाउँ

 हिन्दू धर्ममा गाईलाई लक्ष्मी माता (गौमाता) मान्ने चलन छ । जीव वैज्ञानिकहरूले पनि गाईलाई इमान्दार जनावर रुपमा लिएका छन् । तर, बेलायतको लण्डन यस्तो एउटा यस्तो ठाउँ हो, जहाँ गाईलाई डरलाग्दो जनावर मानिन्छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार बेलायतमा एक टनभन्दा बढी वजन भएका जनावरहरूले मानिसहरुलाई कुल्चेर वा ठक्कर दिएर ज्यानै लिने गर्दछन् । पछिल्लो १५ वर्षमा त्यहाँ गाईले ७४ जनाको ज्यान लिइसकेको छ । त्यति धेरै मानिसको ज्यान लिएकै कारण त्यहाँ गाईलाई खतरनाक जनावरको सूचीमा राखिएको छ । लण्डनस्थित हेल्थ एण्ड सेफ्टी एक्जिक्यूटिभले जारी गरेको तथ्यांक अनुसार कुकुरभन्दा पनि गाई निकै खतरनाक तथा प्राणघातक देखिएको छ । उक्त निकायले किसानहरुका लागि सुझाव जारी गर्दै आफ्नो घरका गाई तथा पशुहरुलाई सडकमा नछाड्न आग्रह गरेको छ ।...
ओमानले लगायो सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय, समाचार

ओमानले लगायो सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध

ओमानले एक हप्ताका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । कोरोना महामारीको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै मंगलबारदेखि पुस १४ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको ओमानस्थित नेपाली दूतावासले जनाएको छ । एक साताका लागि ओमानका सम्पूर्ण हवाईस्थलमार्गबाट हुने आवागमन बन्द गरिएको जनाउदै त्यहाँको सर्वोच्च कमिटीले त्यसपछिको भाइरसको विस्तार फैलावटको अवस्थाको आधारमा अर्को निर्णय लिइने जनाएको छ । तत्काल ओमान-नेपाल तथा नेपाल-ओमानको यात्राका क्रममा रहेका सम्बन्धित सबैले सोही बमोजिम व्यबस्थापन गर्न समेत दूतावासले अनुरोध गरेको छ । ओमानमा अहिलेसम्म कोरोना सङ्क्रमितको हुनेको सङ्ख्या १ लाख २८ हजार १४३ जना पुगेको छ । उपचारपछि निको हुनेको सङ्ख्य १ लाख १९ हजार ९४५ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ४९० जना पुगेको त्यहाँको स्वाथ्य मन्त्रालयले जनाएको छ । कोरोना कहर बढदै गएपछि ...
देउवा पक्ष ओलीको कदमविरुद्ध आन्दोलनको विपक्षमा
राजनीति, समाचार

देउवा पक्ष ओलीको कदमविरुद्ध आन्दोलनको विपक्षमा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरी मध्यावधि घोषणा गरेको विरोधमा सडक संघर्षमा नजाने पक्षमा देखिएका छन् । आज बसेको केन्द्रीय कमिटी बैठकमा उनी निकट केन्द्रीय सदस्य एनपी साउदले सडक संघर्षको विपक्षमा विचार राखेसँगै देउवा पक्षको फरक मत देखिएको हो ।साउदले मध्यावधि चुनावमा जानुपर्ने भनाई राखेका थिए । उनले चुनाव लोकतान्त्रिक प्रक्रिया अन्र्तगत भएकाले त्यसबाट भाग्न नहुने भन्दै सडकमा भन्दा चुनावको तयारीमा लाग्नुपर्नेमा जोड दिएका छन् । देउवा निकटका अर्का नेता डा। नारायण खड्काले पनि अदालतको निर्णय पर्खनुपर्ने विचार राखेका थिए । खड्काले सडकमा गइहाल्नुभन्दा अदालतको निर्णय कुरेर बढ्नुपर्ने विचार राखेका थिए । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले भने सडक संघर्षमा जानुपर्नेमा जोड दिएका छन् । पौडेल स्वयंले ओलीको कदम अलोकतान्त्रिक र असं...
तयारी कपडाको मूल्य बढ्यो
अर्थ/व्यापार, समाचार

तयारी कपडाको मूल्य बढ्यो

उत्तरी नाका असहज भएर चीनबाट तयारी लत्ताकपडा आयातमा समस्या भएपछि कपडाको मूल्य बढेको छ । रसुवागढी नाकाबाट सामान आयात गर्न समस्या भएपछि व्यापारीहरूले विकल्पका रूपमा समुद्री मार्गबाट सामान आयात गरिरहेका छन् । यसरी सामान आयात गर्दा बन्दाबन्दीभन्दा अघिको भाडादरमा करीब ३ गुनाले वृद्धि भएको छ । यसले गर्दा चीनबाट आयात हुने लत्ताकपडाको मूल्य २० प्रतिशतसम्म बढेको व्यवसायीहरू बताउँछन् । जाडो मौसमका लागि प्रयोग हुने ज्याकेट, पन्जा, टोपी, ट्राउजर, जुत्तालगायत कपडाको मूल्य बढेको हो । भृकुटी मण्डपमा कपडा व्यापार गर्ने व्यापारी राजन लामाका अनुसार गतवर्ष ३ हजार रुपैयाँसम्म पर्ने ज्याकेटको मूल्य यति बेला ३६ सय रुपैयाँ पर्न थालेको छ । उनी कपडाको मूल्य पनि महँगिएको उनले बताए । नेपाल उद्योग वाणिज्य महासंघका मेला समिति सभापति दिलसुन्दर श्रेष्ठका अनुसार यस अघि केरुङ नाकाबाट सामान आयात गर्दा प्रतिकन्टेनर ...
शीतल निवासमा चिनियाँ राजदूत होउ यान्छी
राजनीति, समाचार

शीतल निवासमा चिनियाँ राजदूत होउ यान्छी

नेपालमा राजनीतिक उतलपुथल भइरहेका बेला काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेकी छन्। पौने ७ बजे शीतल निवास छिरेकी राजदूत यान्छी करिब ८ बजे शीतल निवासबाट बाहिरिएको स्रोतले बतायो। सरकारले संसद विघटन गरेपछिको उत्पन्न परिस्थिति र नेकपामा देखिएको विभाजका बीच चिनियाँ राजदूतको यो सक्रियतालाई अर्थपूर्ण रुपमा लिइएको छ। तत्कालिन एमाले र माओवादी केन्द्रबीच चुनाव गठबन्धन गराउन चिनियाँ भूमिका रहेको चर्चा हुने गर्छ। चुनावी गठबन्धनपछि बनेको नेकपामा विभाजन भइरहेका बेला राजदूत यान्छीले राष्ट्रपति भण्डारीलाई भेटेकी हुन्। यसअघि पनि सत्तारुढ दल नेकपामा विवाद हुँदा यान्छीले नेकपा नेताहरुलाई भेट्न् गरेकी थिइन्। राष्ट्रपति भण्डारी पनि नेकपाको विवादमा सक्रिय बन्दै आएकी थिइन्। संसद विघटन गर्ने सरकारको सिफारिशलाई तुरुन्तै सदर गरेपछि हाल राष्ट्रपति भण्डारीको भूमिका...
बेलायतबाट नेपाल आउन प्रतिबन्ध
अर्थ/व्यापार, समाचार

बेलायतबाट नेपाल आउन प्रतिबन्ध

यूरोपेली मुलुक बेलायतबाट नेपाल आउन प्रतिबन्ध लागेको छ । नेपाल सरकारले बुधबारदेखि अर्को सुचना जारी नभएसम्मका लागि बेलायतबाट नेपाल आउन प्रतिबन्ध लगाएको हो । बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट आउने कुनै पनि यात्रु नल्याउन एअरलाइन्सहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले मंगलबार सुचना जारी गर्दै बेलायतबाट वा बेलायत ट्रान्जिट भएर आउने कुनै पनि यात्रु नबोक्न निर्देशन दिएको छ । बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि विश्वका झण्डै ५० वटा देशले बेलायतसँगको उडान रद्द गरेर यात्रा प्रतिबन्ध लगाइसकेका छन् ।...
बुढानिलकण्ठ नगरपालिकाको सामाजिक विकास समिति संयोजकमा शान्ता ढकाल
राजनीति, समाचार

बुढानिलकण्ठ नगरपालिकाको सामाजिक विकास समिति संयोजकमा शान्ता ढकाल

काठमाडौं ,पुस ७। बुढानिलकण्ठ नगरपालिकाले सामाजिक विकास समिति संयोजकको जिम्मेवारी नगर कार्यपालिका सदस्य शान्ता ढकाललाई दिएको छ।बुढानिलकण्ठ नगर कार्यपालिकाको पुस १ गते बसेको बैठकले ढकाललाई उक्त जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो।करिव २ दशक नेपालको शिक्षा क्षेत्रमा सक्रिय रहेकी ढकाल स्थानीय निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ बाट लोकप्रिय मत सहित विजयी बनेकी थिइन्। नगरपालिकाको स्वास्थ्य ,शिक्षा ,धर्म संस्कृति ,बालबालिका ,महिला तथा जेष्ठ नागरिकहरुका विभन्न मुद्दा तथा सरोकारका विषयहरुमा नीति निर्माण ,योजना तथा कार्यक्रम निर्माण तथा कार्यान्वयन जस्ता महत्वपूर्ण जिम्मेवारी बहन गर्नुपर्ने सो समितिमा संयोजक ढकाल संगै वडा नं ४ का अध्यक्ष राजु खड्का ,वडा नं ८ का अध्यक्ष सुमन तामाङ ,नगर कार्यपालिका सदस्य तारा रोक्का र नगरको सार्वजनिक लेखा समितिका संयोजक पुरुषोत्तम नेपाल सदस्य रहेका छन...