बेलायतबाट नेपाल आउन प्रतिबन्ध - राष्ट्रपत्र
बिहिबार, अशोज ११, २०८०

बेलायतबाट नेपाल आउन प्रतिबन्ध


यूरोपेली मुलुक बेलायतबाट नेपाल आउन प्रतिबन्ध लागेको छ । नेपाल सरकारले बुधबारदेखि अर्को सुचना जारी नभएसम्मका लागि बेलायतबाट नेपाल आउन प्रतिबन्ध लगाएको हो ।

बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट आउने कुनै पनि यात्रु नल्याउन एअरलाइन्सहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले मंगलबार सुचना जारी गर्दै बेलायतबाट वा बेलायत ट्रान्जिट भएर आउने कुनै पनि यात्रु नबोक्न निर्देशन दिएको छ ।

बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि विश्वका झण्डै ५० वटा देशले बेलायतसँगको उडान रद्द गरेर यात्रा प्रतिबन्ध लगाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *