समाचार

विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको ‘तिमी भित्रै’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको ‘तिमी भित्रै’ सार्वजनिक(भिडियो)

विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘तिमी भित्रै…’ सार्वजनिक भएको छ । मनोजराज सिवकोटीको स्वर तथा सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा मनोज वली, सम्झना खत्री र निर्दोष पोख्रेललाई फिचर गरिएको छ । https://youtu.be/cYmj8UnpTOc प्रमोद श्रेष्ठ र टिमको छायाँकन तथा ड्रोन रहेको गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ । फरक शैलीका गीत मार्फत डा.उपाध्यायले विभिन्न ३२ विश्व रेकर्ड राख्न सफल हुनु भएको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित डा.उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उहाँका चाड पर्वक...
राष्ट्रपति भण्डारीबाट राष्ट्रियसभाको हिउँदे अधिवेशनको अन्त्य
राजनीति, समाचार

राष्ट्रपति भण्डारीबाट राष्ट्रियसभाको हिउँदे अधिवेशनको अन्त्य

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्य गरेकी छन्। मन्त्रिपरिषदको सिफारिसमा भण्डारीले राष्ट्रियसभाको हिउँदे अधिवेशन गरेकी हुन्। मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यलयबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यको पत्र प्राप्त भएको जानकारी दिए। उनले पत्रअनुसार आइतबार राति १२ बजेदेखि स्वतः अधिवशेन अन्त्य हुने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुष ५ गते नै विघटन गरेका थिए। राष्ट्रियसभाको बैठक पनि ४ दिनमात्र बसेको छ।...
धनमाया भुजेल मृत्यु प्रकरण : आफ्नै भतिजसंगको अनैतिक सम्बन्ध बन्यो मृत्युको कारण
अपराध, समाचार

धनमाया भुजेल मृत्यु प्रकरण : आफ्नै भतिजसंगको अनैतिक सम्बन्ध बन्यो मृत्युको कारण

 लमजुङको सुन्दरवजार–४, दुराडाँडाकी ३५ वर्षीया धनमाया भुजेल (मगर) को आफ्नै भतिज र भान्जाले जीवन रित्याए । त्यसको कारण झनै अनौठो छ । ज्यानसम्बन्धि उद्योगको आरोपी मृतक भुजेलका भतिज २० वर्षीय सागर भुजेल र १९ वर्षीय विकास भुजेललाई लमजुङ प्रहरीले पक्राउ गरेर घटना सार्वजनिक गरेको हो। घटना भएको ३६ घण्टामा प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको छ। प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाका अनुसार मृतक महिला र घटनामा संलग्न सागरबीच केही महिनादेखि अनैतिक सम्बन्ध रहेको रहस्य खुलेको छ। उनीहरुबीच सम्बन्ध रहेको र ती महिला गर्भवती भएको भन्ने गाउँमा हल्ला चलेपछि सागरले घटनाको योजना बनाएका थिए। सागरले आफ्ना मिल्ने साथी विकास भुजेलको सहारा लिएर महिलामाथी ज्यानसम्बन्धि उद्योग गरेको प्रहरी अनुसन्धानले देखाएको छ।मंसिर ३० गते राती योजना बुनेका सागर र विकासले पुस १ गते बिहानै मृतकका श्रीमान् काममा ब...
क्लिनफिड लागू नगर्नेलाई सरकारले कारवाही गर्ने
अर्थ/व्यापार, समाचार

क्लिनफिड लागू नगर्नेलाई सरकारले कारवाही गर्ने

सरकारले विज्ञापन ऐनको पालना नगर्ने टेलिभिजन च्यानललाई कारवाही गर्ने भएको छ । सरकारले गत वर्ष विज्ञापन (नियमन गर्ने) ऐन–२०७६ ल्याएपछि नेपाली टेलिभिजनले विदेशी डबिङ विज्ञापन रोक्नुपर्ने तर ऐन आएको १४ महिनासम्मसमेत उक्त कार्य नरोकेपछि विज्ञापन बोर्डले कारवाहीको तयारी गरेको हो । विज्ञापन बोर्डले आज एक सूचना प्रकाशन गर्दै विज्ञापन ऐनको पालना नगर्ने टेलिभिजन च्यानललाई कारवाही गर्ने जनाएको हो । विज्ञापन ऐन आएको १४ महिना अर्थात् क्लिनफिड लागू भएको साढे दुई महिनासम्म कानूनअनुसार केही टेलिभिजन च्यानल प्रसारण नभएको भन्दै कारवाहीको तयारी गरिएको बोर्डका अध्यक्ष डिल्लीराम शर्माले जानकारी दिए । उनका अनुसार यसअघि कानूनको पालना नगर्ने टेलिभिजन च्यानललाई लिखितरुपमा जानकारी गराइएको र पटकपटकको अनुरोधमा सुधार नआएपछि कारवाही हुनेछ । “कानूनको पालना गर्नु हामी सबैको कर्तव्य हो, एक पटक गल्ती गर्नेलाई छुट दिइ...
राष्ट्रिय क्रिकेट खेलाडी सिंहको निधन
खेलकुद, समाचार

राष्ट्रिय क्रिकेट खेलाडी सिंहको निधन

राष्ट्रिय क्रिकेट खेलाडी २३ वर्षीय कुन्दनसिंह राजपुतको आज बिहान २३ वर्षका उमेरमा मिर्गौला रोगबाट निधन भएको छ । विसं २०६८ तिर महोत्तरी जिल्लाबाट जिल्ला क्रिकेट सङ्घको खेलाडी भएर १६ वर्षमुनि, राष्ट्रिय खेलाडीका रुपमा १९ वर्षमुनि र नेपाल क्रिकेट सङ्घबाट राष्ट्रियस्तरका खेल खेलेर राष्ट्रिय खेलाडीको मान्यता पाउनुभएका सिंहको आज बिहान महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ९ फुल्हट्टा गाउँस्थित घरमा निधन भएको हो । विसं २०७५ मा राष्ट्रिय टोलीबाट प्रधानमन्त्री कप खेलेर आउँदा अचानक दुवै मिर्गाैला बिग्रेका सिंहले दुई वर्षदेखि डायलायसिस गराउँदै आएको जिल्ला क्रिकेट सङ्घ महोत्तरीका अध्यक्ष रोशनकुमार सिंहले बताए । उनको निधनबाट जिल्ला, प्रदेश र सिङ्गो देशकै क्रिकेट जगत्लाई ठूलो क्षति पुगेको बताउँदै अध्यक्ष रोशनकुमारले उनलाई आज जिल्ला क्रिकेट सङ्घको झण्डा ओढाएर अन्तिम संस्कार गरिने बताए । बाह्र वर्षका उमे...
राष्ट्रिय सभाको अधिवेशन आजै अन्त्य हुने
राजनीति, समाचार

राष्ट्रिय सभाको अधिवेशन आजै अन्त्य हुने

 सरकारले राष्ट्रियसभाको अधिवेशन आइतबार रातिदेखि अन्त्य गर्ने भएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
महिला घरेलु हिंसा तथा यौनजन्य अपराध
अपराध, समाचार

महिला घरेलु हिंसा तथा यौनजन्य अपराध

डा.डिआर उपाध्याय आज समाजमा कसैप्रति कसैको विश्वास छैन । महिला घरेलु हिंसा तथा यौनजन्य अपराधका घटनाहरू समाजमा दिन प्रतिदिन घटेका छन् । यो हाम्रो समाजको लागि चुनौतीको विषय हो । यस्ता घटना घट्नुको मूल कारण समाजमा अशिक्षा, गरिबी र चेतनाको अभाव हो । समाजमा बलात्कारी र अपराधीहरू दिनप्रतिदिन बढ्दैछन् । यस्ता घटना हुनबाट जोगाउन समाजमा जनचेतना फैलाउने कार्यलाई प्रभावकारी बनाउन जरुरी छ । अहिलेको युग सञ्चार र प्रविधिको युग हो । यसको सही सदुपयोग गर्न सकेको खण्डमा धेरै फाइदा छन् तर यसको गलत दुरुपयोगको कारणले गर्दा समाजमा अपराध निम्ताएको छ । सामाजिक सञ्जाल र फेसबुकको गलत प्रयोगबाट समाजमा हत्या, हिंसा र बलात्कारका घटनाले प्रसय पाएको छ । आज केही मानिस चेतनाको अभावले पशुजस्तो व्यवाहार देखाउँछन् । हाम्रो समाजमा घरभित्रै बाबुले छोरीलाई , छोराले आमालाई र दाजुले बहिनीलाई ससूराले बुहारीलाई, देवरले भाउजूला...
के संघीयता धरापमा परेकै हो त ?
राजनीति, समाचार

के संघीयता धरापमा परेकै हो त ?

डा.डिआर उपाध्याय अहिले हाम्रो देशमा संसद् मूर्च्छित अवस्थामा छ । संसद ब्युतिन्छ की ब्युतिदैन त्यो त यसै भन्न सकिदैन । यतिबेला संघीयता समेत धरापमा परेको छ । । संघीय स्वरूपको जननी भनेर चिनिने मुलुक स्विट्जरल्यान्ड हो। हाम्रा नेताहरूले मुलुकलाई स्विट्जरल्यान्ड बनाउने सपना विगत देखि धेरै बाँडे। यो सवै आश्वासन मात्रै भयो । विश्वमा स्विट्जरल्यान्ड, भारत, मलेसिया, मेक्सिको, पाकिस्तान, रूस, क्यानडा, अमेरिका, सुडान, बेल्जियम, अस्ट्रेलिया र अर्जेन्टिनाजस्ता राष्ट्रमा यसको प्रयोग भएको छ। भारतमा १० करोड जनसंख्या भएको ठाउँमा एक प्रदेश छ तर नेपालमा तीन करोड जनसंख्या नपुग्दैै सात प्रदेशमा बिभाजन गरिएको छ । संघीयता मंहगो भयो । यो देशले धान्न नसक्ने अवस्था देखियो । खर्चको त कुरै भएन। विश्वमा २८ वटा मुलुकमा मात्र संघीगता छ । कतिपय मुलुक संघीय प्रणालीमा गएर अनेकौं चुनौती र विद्यमान समस्याका कारण एकात्म...
कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ लाख नाघ्यो
अन्तर्राष्ट्रिय, समाचार

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ लाख नाघ्यो

कोरोनाभाइरसका कारण हालसम्म विश्वका धरै देशहरु प्रभावित भइरहेका छन् । विश्वका विभिन्न देशमा हरेक दिन कोरोनाको संक्रमणबाट ज्यान गुमाउने र संक्रमितको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ८ करोड ८४ लाख ९९ हजार ८ सय ६३ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ लाख ६ हजार ६ सय ९३ पुगेको छ । त्यस्तै हालसम्म विश्वमा ६ करोड ३६ लाख १० हजार ६ सय ८६ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ३ लाख ७४ हजार १ सय २४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २ करोड २१ लाख ३२ हजार ४५ पुगेको छ । त्यसैगरी निको हुनेको संख्या एक करोड ३१ लाख ४३ हजार ३ सय १७ पुगेको छ । त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २ लाख ४ सय ९८ पुगेको छ भने संक्रमितको संख्या ७९ लाख ६१ हज...
नायिका तथा मोडल सभ्यता गिरिको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

नायिका तथा मोडल सभ्यता गिरिको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक(भिडियो)

काठमाडौं — पुस २४, २०७७। नायिका तथा मोडल सभ्यता गिरिको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । अनुप तिवारीको शब्द, संगीत तथा गायन रहेको ‘फूल’ बोलको गीत हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । युवराज केशरीको निर्देशन रहेको ‘फूल’ बोलको म्युजिक भिडियोमा नारी संवेदनामा आधारित कथा देख्न सकिन्छ । https://www.youtube.com/watch?fbclid=IwAR1lFDJSIRDGm_lqy0gQ1G1WkNl3iwF7Gh0u1UkA_Scbwet-tTfQ8lVik38&v=nWBMag44UtQ&feature=youtu.be उक्त भिडियाेमा सभ्यता संगै निर्देशक स्वयं युवराज केशरी, पवन तिवारी, राज श्रीवास्तव लगायतको अभिनय रहेको छ । यस्तै भिडियोमा प्रेम कार्की र नितेश तिमिल्सिनाको छायांकन तथा प्रेम कार्कीकै सम्पादन देख्न सकिन्छ । काठमाडौमा स्थायी घर भई भारतको मुम्बईलाई आफ्नो कार्यक्षेत्र बनाउदै आएकी सभ्यताले आफुलाई वलिवूडमा समेत स्थापित गर्ने क्रममा रहेक...