बेरोजगारी समस्याका कारण युवाहरू निराश बन्दै
डा.डिआर उपाध्याय/
अहिले देशमा बेरोजगारी समस्या बढदै गएको छ । यो हाम्रो देशको लागी चुनौतिको बिषय हो । जबसम्म देशमा बेरोजगारी समस्या समाधान हुदैन तबसम्म देशमा दिगो शान्ति कायम हुन सक्दैन । यो यथार्थ कुरा हो । आज मुलुक भित्र लाखौँ लाख शिक्षित युवायुवतीहरु बेरोजगार छन् । कैयौँ युवायुवतीहरु देशको भविष्य नदेखेर विदेश पलायन हुन बाध्य छन् । यो उनीहरुको रहर होइन बाध्यता हो ।
शिक्षित युवाहरु विकसित राष्ट्रहरुमा छरिएर रहेका छन् भने कम पढेलेखेका युवायुवतीहरु खाडी मुलुकतिर श्रम गर्न बाध्य छन् ।विशेष गरेर ग्रामीण भेगतिर खेतबारीहरु बाँझा छन् । कृषि उत्पादन घट्दो छ ।अधिकांश युवायुवती रोजीरोटीको लागी विदेश पलायन छन् भने केही शहर पसेका छन् । त्यसकारण गाउँमा वृद्धवृद्धा मात्र बाँकी छन् । कोही बिरामी पर्दा अस्पताल पु–याउने र मर्दा लास उठाउँने युवाहरुको गाउँमा अभाव हुँदै गएको छ । यो हाम्रो देशको लागी दुर...









