समाचार

‘स्किल्ल वीक २०२१’को समापन समारोहमा ४ बिधामा नबिल स्किल्ल हिरोको घोषणा
अर्थ/व्यापार, समाचार

‘स्किल्ल वीक २०२१’को समापन समारोहमा ४ बिधामा नबिल स्किल्ल हिरोको घोषणा

मार्च २९, २०२१ काठमाडौं , स्किल वीक २०२१, दोस्रो संस्करण समापन समारोह सोमबार सोल्टी क्राउन प्लाजामा आयोजित विशेष जमघटको बीच उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू, र १००+ इच्छुक उत्साहीहरुको उपस्थितिमा भब्यताका साथ समापन गरियो । स्किल वीक एक हप्ते कार्यक्रम थियो जसमा बिभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, केस स्टडी, लगायत मनोरन्जनलाई मध्य नजरमा राख्दै सिपलाई बिभिन्न आयामबाट प्रस्तुत गर्ने कोशीस गरिएको थियो । कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकाय सँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, बद्द्दोे सिप प्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रबिधी देखी लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्यलिई स्किल वीक कार्यक्रम २१ मार्च देखी २९ मार्चसम्म सन्चालन भएको थियो । स्किल लाई बिकास गर्ने लक्ष्यका साथ “सिपले सम्मान सिपको सम्मान”,...
किर्तिमानी गितकार डा.डिआरलाई ‘आईएआईए एचिभमेन्ट इण्डिया अवार्ड’
मनोरन्जन, समाचार

किर्तिमानी गितकार डा.डिआरलाई ‘आईएआईए एचिभमेन्ट इण्डिया अवार्ड’

गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित गीत-सङ्गीत क्षेत्रका फरक फरक विधामा ३२ वर्ल्ड रेकर्ड राख्न सफल गीतकार डा. डीआर उपाध्यायले IAIA International Achievement India Award 2021 प्राप्त गरेका छन् । नैतिक मूल्य, मान्यता र समाज विकाशका लागि जागरुकता फैलाउन आफ्नो क्षेत्रबाट उनले देखाएको समर्पणको उच्च मूल्याङ्कन गर्दै सम्मान स्वरूप डा. उपाध्यायलाई यो अवार्ड प्रदान गरिएको छ ।    डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । यसअघि प्रकाशित उनका २३ एल्बममा मायाप्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उनका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योग सम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर, किसान र भरिया सम्बन्धी गीत लगायत बिभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै उनका मेजर स्केलका गीत,...
‘इन्टु मिन्टु लन्डनमा’ सार्वजनिकभए संगै ट्रेण्डिङ्ग शुरु(भिडियो)
अर्थ/व्यापार, समाचार

‘इन्टु मिन्टु लन्डनमा’ सार्वजनिकभए संगै ट्रेण्डिङ्ग शुरु(भिडियो)

योगेश काजी, मेघ पौडेल र सारिका घिमिरेको स्वरमा रहेको गीत ‘इन्टु मिन्टु लन्डनमा’ सार्वजनिक भएको छ । कार्टुन क्रुको निर्माण रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=_48cgTuhXdA गीतको भिडियोमा आस्मा विश्वकर्मा, सरोज अधिकारी, जुक्ति विक्रम शाही, पेम्बा मगर, सन्देश थापा र एन्जिला विश्वकर्मा फिचर्ड छन् । प्रभात पौडेलको शब्द रहेको गीतको सङ्गीत भने योगेश कै रहेको छ । ज्ञानेन्द्र शर्मा हुमागाईंको छायाँकन रहेको भिडियोमा सरोज अधिकारीको सम्पादन र निर्देशन छ । नृत्य निर्देशन भने आस्माले गरेकी हुन् ।...
आयो मेलम्चीको पानी
अर्थ/व्यापार, समाचार

आयो मेलम्चीको पानी

डा.डिआर उपाध्याय, काठमाडौंवासीको घरघरका धारामा मेलम्चीको पानी लामो प्रतिक्षा पछि मेलम्चीको खानेपानी काठमाडौंवासीको धारामा आएको छ । मेलम्चीको पानी धारामा आइसकेपछि काठमाडौंका जनता खुसी हुनु स्वभाविक हो । साँढे दुई दशकको प्रतीक्षापछि बल्ल मेलम्चीको पानी काठमाडौं भित्रिएको छ । काठमाडांैवासीका लागि यो खुसिको कुरा हो । पानी मानिसका लागि नभई नहुने चिज हो । पानी जीवन हो । काठमाडौंमा पानी आइपुगेकाले अब काठमाडौंवासीले खानेपानीको हाहाकार भोग्न नपर्ला । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको खानेपानी काठमाडौं ल्याउने सपना देखनु भएको थियो । अहिले हाम्रो सामु भट्टराई हुनुहुन्न तर पनि उहाँले देखेको सपना पुरा भएको छ । यस ऐतिहासिक क्षणमा उहाँलाई स्मरण गर्नुपर्ने हुन्छ । भट्टराईको अधुरो सपनालाई केपी शर्मा ओली नेतृत्वको सरकारले पुरा गरेकोमा हामी सवै काठमाडौवासीले धन्यवाद दिनुपर्छ । प्रध...
फ्रान्सको पहिलो जित
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

फ्रान्सको पहिलो जित

फिफा विश्वकप फुटबल छनौटमा फ्रान्सले पहिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा काजकिस्तानलाई २-० ले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको हो । काजकिस्तानको मैदानमा खेलको २०औँ मिनेटमा ओसुमाने डेम्बेलेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । खेलको ४४औँ मिनेटमा सेर्जीय माल्यीले आत्मघाती गोल गरेपछि फ्रान्सले २-० को जित निकालेको हो । यस्तै खेलको ७५औँ मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्न सकेनन् । जितसँगै समूह ‘डी’ को फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । फ्रान्स शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा फ्रान्स युक्रेनसँग १-१ गोलको बराबरीमा रोकिएको थियो । काजकिस्तान अंक विहीन हुँदै पुछारमा छ ।...
प्रशान्त र लिभा बने ‘मिस्टर एण्ड मिस थारु’
मनोरन्जन, समाचार

प्रशान्त र लिभा बने ‘मिस्टर एण्ड मिस थारु’

तेस्रो संस्करणको मिस थारु २०२१ को उपाधि लिभा चौधरी थारुले जितेकी छिन् । चितवनको खैरहनीमा सम्पन्न ग्राण्ड फिनालेमा १६ जना प्रतिस्र्धीलाई पछि पार्दै लिभाले उपाधि जितेकी हुन् ।  कार्यक्रमका मुख्य निर्णायक मिस नेपाल वल्र्ड २०१९ की विजेता अनुस्का श्रेष्ठले सोधेको ‘एउटा यस्तो सकरात्मक परिवर्तन के होला ? जुन चाँही आफूमा र परिवारमा ल्याउनु भएको छ, जुन सम्झिदा यहाँ गर्व गर्नुहुन्छ ’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै उदयपुर निवासी लिभाले उपाधि जितेकी हुन् । उनलाई दोस्रो संस्करणकी मिस थारु आकृति चौधरीले ताज पहराइदिइन् । यस्तै प्रतियोगितामा सुनसरीकी श्रुति गच्छदार फष्ट रनरअप भइन् भने सुनसरीकै लक्ष्मी चौधरी सेकेण्ड रनरअपको उपाधि जितिन् । श्रुतिलाई २०१८ की फष्ट रनरअप सुनेश्वरी कुमारी दास र लक्ष्मीलाई २०१८ की सेकेण्ड रनरअप आश्मा चौधरीले ताज पहिराइ दिइन् । त्यसैगरि बेस्ट फोटोजेनिक नेहा चौधरी, बेस...
कृषि क्षेत्रमा मिहिनेती हातहरुको खाँचो
अर्थ/व्यापार, समाचार

कृषि क्षेत्रमा मिहिनेती हातहरुको खाँचो

-डा.डिआर उपाध्याय, कृषि क्षेत्रमा मिहिनेती हातहरुको खाँचो छ । बिश्वमानचित्रमा नेपाल कृषिप्रधान देश भनेर चिनिन्छ । तर अझै हामी कृषिमा आत्मनिर्भर हुन सकेका छैनौं । नेपाल जलस्रोतको धनी देश हो । कृषियोग्य जमिन पनि पर्याप्त छ । अव केवल कृषि क्षेत्रमा मिहिनेती हातहरुको खाँचो छ । वैदेशिक रोजगारमा हिँड्नेको लस्करलाई स्वदेशमै रोकेर रोजगारको अवसर सृजना गर्न सक्ने सम्भावना पनि छ । अव कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउन बलियो इच्छाशक्ति, स्पष्ट नीति, प्रभावकारी कार्यान्वयनको खाँचो देखिन्छ । यसतर्फ सरकारको ध्यान पुग्न आवश्यक छ । कृषि पेसालाई हामी सवैले सम्मानको पेसाको रुपमा हेर्नु पर्छ । पछिल्लो समयमा आएर युवाहरु कृषि पेसा तर्फ आर्कर्षित बनेको पनि देखिन्छ । केहि युवाहरु बिदेशवाट स्वदेश फर्किएर कृषि पेसा तर्फ पनि लागेका छन । पछिल्लो समयमा आएर कुखुरा पालन , बाख्रा पालन , गाई पालन , बुंगुर पालनका सा...
मुलुकको बर्तमान राजनीतिक अवस्था बारे केहि कुरा
राजनीति, समाचार

मुलुकको बर्तमान राजनीतिक अवस्था बारे केहि कुरा

डा.डिआर उपाध्याय, यति बेला मुलुकको राजनीति तरंगित छ । अब के हुन्छ कसैलाई थाहा छैन । अब यहि सरकारले निरन्तरता पाउँछ की अर्को सरकार बन्छ केहि थाहा छैन । राजनीतिमा कतिखेर के हुन्छ कुनै ठेगान हुदैन । अब यही सरकार कायम हुन्छ या नयाँ सरकार बन्छ भन्ने कुरामा अनेक खालको बहस भने चलिरहेको छ । यति बेला मुलुकको राजनीतिक धु्रवीकरणमा बिभाजित छ । राजसपाले वर्तमान केपी ओली नेतृत्वको सरकारलाई समर्थन गरे ओली सरकार नै कायम रहने देखिन्छ । यदि राजसपाले ओलीलाई साथ नदिएमा कांग्रेस, माओवादी केन्द्र र राजसपाको त्रिशङ्कु सरकार बन्ने अवस्था पनि छ । राजसपामा पनि केपी ओलीलाई साथ दिने की कांग्रेस, माओवादी केन्द्र संग मिलेर सरकार बनाउने भन्ने कुरामा बिवाद छ । खास गरी राजसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो केपी ओलीको पक्षमा उभिएका छन् भने अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीको बिपक्षमा...
संचारकर्मी सबिता पोखरेलको ‘ढाँटे मरिजाम’को भिडियो सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

संचारकर्मी सबिता पोखरेलको ‘ढाँटे मरिजाम’को भिडियो सार्वजनिक (भिडियो)

काठमाडौं । गायिका मन्जु उपासना र गायक एचबी सुनारको स्वरमा नयाँ गीत ‘ढाँटे मरिजाम’ सार्वजनिक भएको छ । मञ्जरी म्यूजिकको यूट्यूबबाट सार्वजनिक भएको यो गीतको शब्द पत्रकार सबिता पोखरेलले लेखेकी हुन् । यस गीतमा संगीत सिर्जना गायक एचबी सुनारकै रहेको छ भने सुदीप सागरले संगीत संयोजन गरेका हुन् । पछिल्लो समय टिकटकबाट भाइरल भएका मोडल सुधीर श्रेष्ठ र मोडल अन्जु सुनारको अभिनय रहेको छ । https://www.youtube.com/watch?v=_dlYqK5P_dA कपिल कार्कीको निर्देशनमा यो गीतको म्यूजिक भिडियोलाई बालकुमार मगरले छायाँकन तथा सम्पादन गरेका छन् । भिडियोको कोरियोग्राफी भने सुनिल कुमार मगरको रहेको छ । गायनमा पाइला चाल्दै गर्दा आफ्नै संगीत स्कुल खोलेर नृत्य र गायनको कक्षाहरु दिँदै आएका गायिका मन्जु उपासना र एचीबी सुनारको स्वरमा धेरै गीतहरु बजारमा आइसकेका छन् । उनीहरुको स्वर रहेको गीत दिइसके यो जोवान, चोरी चोरी जस्ता धे...
देश मियो बिनाको दाइँजस्तो
राजनीति, समाचार

देश मियो बिनाको दाइँजस्तो

डा.डिआर उपाध्याय, नेपाली जनताले राजनीति परिवर्तनका लागि पटक पटक आन्दोलन गरे । जनताकै बलमा देशमा राजनीकि परिवर्तन त भए तर जनताले परिवर्तनवाट खासै केहि पाएनन् । जनताले राजनीतिक दलहरुलाई सहयोग गदै आएका छन । तर राजनीतिक दलहरुले जनताको भाग्य र भविश्य माथि खेलवाड गरे । यो नै दुख्खको कुरा हो । परिवर्तनका लागी हजारौं जनता शहीद भए । नेपाली जनताका छोरा छोरीहरु देशको मुहार फेर्न शहीद भएका हुन । कुनै नेताको ब्यक्तिगत जीवन सुधार्न शहीद भएका होइनन् । नेपाली जनताको बलमा राज्यव्यवस्था नै परिवर्तन भयो । संविधान सभाबाट संविधान बन्यो । अब त देशमा विकासको लहर आउला कि भन्ने बेलामा फेरि राजनीतिक दलहरु एक आपसमा लडेर राजनीतिक अस्थिरता ल्याउने खेलमा छन । सत्तामा पुगेका दलका नेताहरु आपसी मनमुटावमा छन । अहिले हरेक दलभित्र गुट, उपगुटको राजनीति चलिरहेको छ । सत्ता स्वार्थको राजनीतले देश अघि बढन सकेको छैन । नेत...