फ्रान्सको पहिलो जित - राष्ट्रपत्र
बिहिबार, अशोज ११, २०८०

फ्रान्सको पहिलो जित


फिफा विश्वकप फुटबल छनौटमा फ्रान्सले पहिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा काजकिस्तानलाई २-० ले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको हो ।

काजकिस्तानको मैदानमा खेलको २०औँ मिनेटमा ओसुमाने डेम्बेलेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

खेलको ४४औँ मिनेटमा सेर्जीय माल्यीले आत्मघाती गोल गरेपछि फ्रान्सले २-० को जित निकालेको हो ।

यस्तै खेलको ७५औँ मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्न सकेनन् । जितसँगै समूह ‘डी’ को फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । फ्रान्स शीर्ष स्थानमा रहेको छ ।

पहिलो खेलमा फ्रान्स युक्रेनसँग १-१ गोलको बराबरीमा रोकिएको थियो । काजकिस्तान अंक विहीन हुँदै पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *