गायिका सोना अमात्यको ‘मेरो माया करोडमा’ सार्वजनिक (भिडियो)
गायिका सोना अमात्यको नयाँ गीत ‘मेरो माया करोडमा’ सार्वजनिक गरिएको छ । सोनाको स्वरसँगै अभिनयसमेत रहेको गीतको भिडियो सार्वजानिक भएको हो । राजधानीमा केहीदिन अघि उद्योग वाणिज्य संघकी निवर्तमान अध्यक्ष भवानी राणाको उपस्थितिमा गीतको भिडियो सार्वजनिक गरिएको थियो ।
https://youtu.be/7W-J2tgdQVo
दीपक शर्माको शब्द र सङ्गीत रहेको गीतमा सोनासँगै सुगम पोखरेलको स्वर रहेको छ । एड एजेन्सी फुल सर्कलकी सीईओसमेत रहनुभएकी सोनाले ‘मेरो माया’ एल्बम अन्तर्गतको सिंगल गीत सार्वजनिक गर्नुभएकी हो । उहाँले आउँदो दिनमा यसका गीतहरुलाई सार्वजानिक गर्दै जाने र एल्बममा सङ्ग्रहित गर्ने बताउनुभएको छ । ‘गीतमा न्याय गर्ने कोसिश गरेकी छु’ उहाँले भन्नुभयो ।
गम्भीर विष्टको निर्देशन रहेको गीतको भिडियोमा सोनासँगै सागर लम्साल ‘बले’ हुनुहुनछ । भिडियोमा सागर र सोनासँगै गोविन्द सिंह विष्टको पनि अभिनय रहेको छ । गीतमा माया अमू...








