सत्य, तथ्य र निष्पक्ष पत्रकारिता आजको आबश्यकता
डा.डिआर उपाध्याय,
नेपाल पत्रकार महासंघको निर्वाचन चैत्र २५ गते सम्पन्न भएको छ । यो संगै आज देश भरीको मत गणना पनि सार्वजनिक भइरहेको छ । सञ्चार क्षेत्र भनेको समाजको एैना हो । जसरी हामी एैना अगाडी उभिएर आफनो अनुहार देख्छौ , त्यसै गरि समाजले पनि सञ्चार माध्यम मार्फत सवै कुरा देख्छन । त्यसैले सञ्चार क्षेत्र भनेको समाजको एैना भनेको हो । आज सञ्चार क्षेत्र किन बिश्वश्नीय र निष्पक्ष हुन सकिरहेको छैन ।
पत्रकारहरु सत्य तथ्य र निष्पक्ष हुनु पर्छ । आज पत्रकारहरु धेरै आलोचित बनिरहेका छन । कारण के हो भने पत्रकारहरुले आफनो मर्यादा बिर्सदै गएका छन । पत्रकारितामा आचार संहिता हुन्छ , त्यो आचार संहितालाई धेरै जसो पत्रकारहरुले उलंघन गरिरहेका छन । हाम्रो देशमा पत्रकारको नाम बेचेर ब्यालेकमेलिङ गर्नेहरुको पनि कुनै कमी छैन । यस्ता ब्यालेकमेलिङ गर्ने पत्रकारहरुले धेरै पैसा पनि कमाएका छन । पैसै कमाउनका लागी पत...








