समाचार

पूतली र मास्कको प्रयोगमा फरक शैलीको नमूना कलेजको फेसन शो
मनोरन्जन, समाचार

पूतली र मास्कको प्रयोगमा फरक शैलीको नमूना कलेजको फेसन शो

परिमार्जन र परिवर्तन नै फेसनको महत्वपूर्ण तथा आकर्षक पक्ष हो । यही कुरालाई आत्मसाथ गरेको पाइयो नमूना कलेज अफ फेसन टेक्नोलजीको यस पटकको ग्राजुएसन फेसन शोमा । चार वर्षे फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्टको अन्तिम परिक्षा अन्तर्गतको उक्त फेसन शोले प्रदर्शन गरेका पहिरनहरु सुहाउँदा मास्कको फेसन आकर्षक एवं परिस्थिति अनुकूल रहेको पाइयो । हरेक पहिरनसित सुहाउँदो मास्क सहित मोडलहरु मंचमा उत्रिंदा हालको कोभिड १९ को जटिल परिस्थितिलाई पनि सुन्दर रुपमा सम्बोधन गर्न खोजिएको अनुभव गर्न पाइयो । यस बाहेक सो फेसन कार्यक्रममा नेपालमै पहिलो पटक मोडलले लगाएको पहिरनकै हुबहु स्वरुपमा सजाइएको पूतली सहित हरेक पहिरनका सृजनाकर्ता पनि स्टेजमा प्रस्तुत हुँदा कार्यक्रममा थप रौनकता संचार भएको थियो । ‘अस्तित्व’ शीर्षकमा संचालन गरिएको यस पटकको ग्राजुएसन फेसन शो नमूना कलेज अफ फेस...
‘म त छोरी नेपाली’भन्दै आईन गायिका स्मिता (भिडियो)
मनोरन्जन, समाचार

‘म त छोरी नेपाली’भन्दै आईन गायिका स्मिता (भिडियो)

गायिका स्मिता दाहालको स्वरमा रहेको गीत ‘म त छोरी नेपाली’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । नयाँ बर्ष २०७८ अवसर पारेर सार्वजनिक गरिएको गीतमा चर्चित संगितकार किरण घिमिरे ‘माइकल’को संगीत छ । सुदिप आत्रेयको शव्दमा तयार भएको गीत आत्रेय प्रडक्सन युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । https://youtu.be/1_4tNuLnNrE प्रमोद परियारले एरेञ्ज गरेको गीतमा तेजस्वी गौतम फिचर्ड छिन् । अभी लामाले कोरियोग्राफी गरेका छन् भने निर्देशन तथा सम्पादन फराज अर्पणको छ ।...
नेपालका सवै कम्युनिष्ट घटकहरु मिल्ने की ?
राजनीति, समाचार

नेपालका सवै कम्युनिष्ट घटकहरु मिल्ने की ?

-डा.डिआर उपाध्याय, पटक पटकको राजनीतिक परिवर्तन पछि देशमा गणतन्त्र र लोकतन्त्र आएको छ । यसका साथै हामी अहिले संघीयताको अभ्यासमा छौ । यो संघीयता देशका लागी अलि बढी महंगो भयो की भन्र्ने बहस पनि चलेको छ । हामीले देखिरहेका छौ की आज यो व्यवस्था आए पछि राजनीतिक दल र तिनका नेताहरु मोटाउने र सर्वसाधारण जनता ऋण बोक्ने बाहेक अरु केहि भएको छैन । राजनीतिक व्यवस्था परिवर्तन हुनु समयको माग थियो । तर राजनीतिक व्यवस्था परिवर्तन भए पछि जनताले जे अपेक्षा गरेका थिए , त्यो भने पाउन सकेका छैनन् । यो नै दुखद कुरा हो । नेपाली जनता आफैं राजनीतिक परिवर्तनका लागी लडेर आएका हुन । सत्तारुढ दल नेकपा एमालेले देश र जनताका लागी जे जति सेवा गर्नु पर्ने थियो , त्यो भने गर्न सकेको छैन । कारण के हो भने नेकपा एमाले भित्र आन्तरिक विवाद चरम रुपमा बढेर गएको छ । यसले देश र जनतालाई मात्र होइन , एमालेलाई समेत संकटमा पारेको ...
अमर वान्तुको ‘कसो गरी भरौंला खै सपनाको झोली’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

अमर वान्तुको ‘कसो गरी भरौंला खै सपनाको झोली’ सार्वजनिक (भिडियो)

गीतकार अमर वान्तुको नयाँ गीत ‘कसो गरी भरौंला खै सपनाको झोली…’ सार्वजनिक भएको छ । राज सागरको स्वर तथा सङ्गीत, संजिव वराइलीको एरेञ्ज र दीप घतानीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/sOyEp3bfcbw ‘पोखिएछौ विदेशको जंगल सहर गल्लीकसो गरी भरौंला खै सपनाको झोली !मलायामा होस् कि कतै रेगिस्तानी पर्देशअझै पनि उस्तै रैछ परदेशीको सन्देश !ज्यानै बाजी राख्दा पनि कमी छैन व्यथाडोरी बाट पुग्ने हो कि बाकसमा कथा-बाकसमा कथा ।। कसो गरी भरौंला खै सपनाको झोली’ गीतको भिडियोलाई दीपेन भाटले निर्देशन गर्नुभएको छ । गीतको भिडियोमा प्रज्जवल गौतम, निरुता खडका, मनोज ओली, रोजा तिमिलसिना र समभावी तिमिलसिनाको अभिनय रहेको छ । अन्नत तिमिलसिनाको क्रिएटिभ निर्देशन रहेको भिडियोमा राजकुमार केसीको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ । गीतको भिडियोमा अत्यन्तै मर्मस्पर...
अव आउँदा दिन शुभ रहुन्:डा.डिआर उपाध्याय
अर्थ/व्यापार, समाचार

अव आउँदा दिन शुभ रहुन्:डा.डिआर उपाध्याय

हामी २०७७ साललाई बिदा गरेर २०७८सालमा प्रवेश गरेका छौ । राजनीतिक रूपमा २०७७ साल त्यति सुखद रहेन । सरकारले जुन किसिमले विकास र समृद्धिको नारा अघि सारेको थियो त्यस अनुसार द्रुत गतिमा अघि बढन सकेन । अझै पनि नागरिकहरू महँगीको मारबाट पीडित छन । सर्वसाधारणले सेवा प्रवाह र सुशासनको प्रभावकारी कार्यान्वयन भएको महसुस गर्न पाएका छैनन् । अहिले जनता किन वाक्क दिक्क छन ? जनतामा निराशा बढेर गएको छ । जनतामा निराशा आउन दिनु हुदैन । जनता निराश भए भने देशलाई राम्रो हुदैन । निराशा र अभावले बिद्रोह जन्माउँछ । यो बिषयमा हामी सवै गम्भिर बनौं । बिगतमा पनि अभाव र असन्तुष्टिले जनता बिद्रोहमा उत्रिएका थिए । अव त्यस्तो स्थिती आउन दिनु हुदैन । अव सरकारले गम्भीर भएर सोच्नुपर्छ । गत वर्ष राजनीतिक मुद्धा विवादमा परे । सरकारले ल्याएका विधेयक विवादित भए । पार्टी भित्र आन्तरिक राजनीतिक बिवाद चर्किएर सर्बोच्चको फैसला पछि अन्...
वेब सिरिज “इ ओ जी” इरोर्स अफ गडको पोस्टर सार्वजनिक
मनोरन्जन, समाचार

वेब सिरिज “इ ओ जी” इरोर्स अफ गडको पोस्टर सार्वजनिक

कलासी प्रोडक्सनको ब्यानरमा निर्माण भएको वेब सिरिज “इ ओ जी” इरोर्स अफ गडको पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा सिरिजका मुख्य कलाकारहरूलाई देखाइएको छ जसमा राज न्यौपाने, घनश्याम जोशी र विकास जोशीलाई प्रस्तुत गरिएको छ । प्रकु पाण्डेको निर्देशन रहेको सिरिजको कथा, संगीत सापकोटाले गरेका हुन् । सगुन पोख्रेलको लगानीमा निर्माण भएको सिरिजमा विजय बराल, राज न्यौपाने ,घनश्याम जोशी, आनन्द छेत्री लगायत दर्जनौँ कलाकारहरूको अभिनय रहेको छ । महँगो बजेट साथै फरक कथा र दर्जनौँ कलाकारहरू राखेर निर्माण गरिएको “इ ओ जी”रङगीन क्षेत्रमा पहिलो सिरिज रहेको निर्माण टिमले जनाएका छन् । सिरिजको प्रदर्शन मिति केही समयपछि पत्रकार सम्मेलन गरेर बताउने निर्माण टिमको योजना छ ।...
मुलुक राजनीतिक , आर्थीक, सामाजिक सबै क्षेत्रबाट अघि बढोस् भन्ने कामना :डा.डिआर उपाध्याय
अर्थ/व्यापार, समाचार

मुलुक राजनीतिक , आर्थीक, सामाजिक सबै क्षेत्रबाट अघि बढोस् भन्ने कामना :डा.डिआर उपाध्याय

आज देखि नयाँ बर्ष सुरु भएको छ । नयाँ बर्षको उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई दिदी बैनीहरुमा मगंलमय शुभकामना । २०७७ साल आम नेपालीले सोचे अनुरुप हुन सकेन । गत साल राजनीतिक अस्थिरता, कोरोना संक्रमण र आर्थिक संकटका कारण मुलुक सहज रुपमा अघि बढ्न सकेन । यही अवस्थाबाट गुज्रदै आजैबाट नयाँ वर्ष सुरुवात भएको छ । हामी सबै नेपाली जनताले आशा गरौं, विगत वर्ष जस्तो हरेक हिसाबले यो नयाँ वर्ष खेप्न नपरोस् । मुलुकले खेपिरहेको संक्रमणलाई नयाँ वर्षले सजिलै पार गरोस् । मुलुक राजनीतिक , आर्थीक, सामाजिक सबै क्षेत्रबाट अघि बढोस् भन्ने मेरो कामना छ । नयाँ वर्षलाई शुभ साइतका रुपमा मानेर हरेक नागरिक आ आप्नो कर्म मा जुट्यौ ।विगत वर्षलाई भुलेर नयाँ वर्षलाई थप उत्साह र उमंगका साथ सबै नेपालीले बिताउने प्रण गरौँ । देशको जतिसुकै कठिन परिस्थितिमा पनि निरास नभई आशावादी बन्ने कोसिस गरौँ । गतवर...
पूतली र मास्कको प्रयोगमा फरक शैलीको नमूना कलेजको फेसन शो
मनोरन्जन, समाचार

पूतली र मास्कको प्रयोगमा फरक शैलीको नमूना कलेजको फेसन शो

परिमार्जन र परिवर्तन नै फेसनको महत्वपूर्ण तथा आकर्षक पक्ष हो । यही कुरालाई आत्मसाथ गरेको पाइयो नमूना कलेज अफ फेसन टेक्नोलजीको यस पटकको ग्राजुएसन फेसन शोमा । चार वर्षे फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्टको अन्तिम परिक्षा अन्तर्गतको उक्त फेसन शोले प्रदर्शन गरेका पहिरनहरु सुहाउँदा मास्कको फेसन आकर्षक एवं परिस्थिति अनुकूल रहेको पाइयो । हरेक पहिरनसित सुहाउँदो मास्क सहित मोडलहरु मंचमा उत्रिंदा हालको कोभिड १९ को जटिल परिस्थितिलाई पनि सुन्दर रुपमा सम्बोधन गर्न खोजिएको अनुभव गर्न पाइयो । यस बाहेक सो फेसन कार्यक्रममा नेपालमै पहिलो पटक मोडलले लगाएको पहिरनकै हुबहु स्वरुपमा सजाइएको पूतली सहित हरेक पहिरनका सृजनाकर्ता पनि स्टेजमा प्रस्तुत हुँदा कार्यक्रममा थप रौनकता संचार भएको थियो । ‘अस्तित्व’ शीर्षकमा संचालन गरिएको यस पटकको ग्राजुएसन फेसन शो नमूना कलेज अफ फेस...
५१ वटा विश्व किर्तिमान कायम गर्दै डा.डीआर उपाध्याय
मनोरन्जन, समाचार

५१ वटा विश्व किर्तिमान कायम गर्दै डा.डीआर उपाध्याय

यसअघि गीत सङ्गीतका क्षेत्रबााट ३२ गिनिज बुकसहित विभिन्न ३२ वल्र्ड रेकर्ड राख्न सफल गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायले थप विश्व रकेर्ड सार्वजनिक गर्नुहुने भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उहाँँले थप १९ विश्व रेकर्ड सार्वजनिक गर्न लागेको जानकारी गराउनु भएको हो । उहाँले फेरि गिनिज अफ वल्र्ड रेकर्डसहित अमेरिकन बुक रेकर्ड, बृटिस रेकर्डसहित थुप्रै विभिन्न १९ वटा वल्र्ड रेकर्ड राख्न लागेको सार्वजनिक गर्नुभएको हो । नयाँ वर्षको अबसर पारेर वैशाख ६ गते काठमाडौंको रशियन कल्चरल सेन्टरमा एक कार्यमाझ उहाँले थप १९ वटा विश्व रेकर्ड ग्रहण तथा सार्वजनिक गर्दै हुनुहुन्छ । यो १९ सँगै अव उहाँका विभिन्न विधामा ५१ विश्व रेकर्ड कायम हुने भएको छ । आफूले विश्व रेकर्डमा नेपाल पनि गीतसङ्गीत र साहित्यमा कम छैन भनेर देशको खातिर गीत सङ्गीतबाट सबैभन्दा बढी विधामा वल्र्ड रेकर्ड बनाउन लागेको डा. ...
देशको अहिलेको आबश्यकता भनेको स्थिरता, समृद्धि र दिगो विकास
राजनीति, समाचार

देशको अहिलेको आबश्यकता भनेको स्थिरता, समृद्धि र दिगो विकास

-डा.डिआर उपाध्याय, अहिले नेपाली जनता नांगो आङ र भोको पेट लिएर बाँच्न बिवश छन । नेपाली जनताले यस्तो व्यवस्था चाहेका छन् जुन प्रयोगले संसदीय व्यवस्थामा विकृति नआओस् । अहिले देशमा जुन किसिमको विकृति छाएको छ , यसले लोकतन्त्रको धज्जि उडाएको छ । लोकतन्त्रमा जनताले बोल्न , लेख्न , सभा सम्मेलन गर्न पाउँछन । यो जनताको अधिकारको कुरा हो । नेपाली जनताले समानता चाहेका छन । समानताका लागी नेपाली जनता धेरै बर्ष देखि लडदै आएका छन । यो कुरा सवैले बुझन जरुरी छ । अहिले नेपालको राजनीति तरल बनेको छ । वर्तमान राजनीतिक अवस्था त्यति सहज ढंगले अघि बढन सकेको छैन । यो नै समस्याको बिषय हो । देशलाई कुनै पनि नेताले बन्दी बनाउनु हुदैन । अहिले जे देखिएको छ , त्यो राम्रो संकेत होइन । अहिले देशमा राजनीतिक दलहरु गुटउपगुटमा बिभाजित छन । यसले मुलुकमा संकट निम्त्याएको छ । जनताको मतलाई दल र तिनका नेताहरुले अपमान गरेका छ...