मुलुक राजनीतिक , आर्थीक, सामाजिक सबै क्षेत्रबाट अघि बढोस् भन्ने कामना :डा.डिआर उपाध्याय - राष्ट्रपत्र
बिहिबार, अशोज ४, २०८०

मुलुक राजनीतिक , आर्थीक, सामाजिक सबै क्षेत्रबाट अघि बढोस् भन्ने कामना :डा.डिआर उपाध्याय


आज देखि नयाँ बर्ष सुरु भएको छ । नयाँ बर्षको उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई दिदी बैनीहरुमा मगंलमय शुभकामना । २०७७ साल आम नेपालीले सोचे अनुरुप हुन सकेन । गत साल राजनीतिक अस्थिरता, कोरोना संक्रमण र आर्थिक संकटका कारण मुलुक सहज रुपमा अघि बढ्न सकेन । यही अवस्थाबाट गुज्रदै आजैबाट नयाँ वर्ष सुरुवात भएको छ । हामी सबै नेपाली जनताले आशा गरौं, विगत वर्ष जस्तो हरेक हिसाबले यो नयाँ वर्ष खेप्न नपरोस् । मुलुकले खेपिरहेको संक्रमणलाई नयाँ वर्षले सजिलै पार गरोस् । मुलुक राजनीतिक , आर्थीक, सामाजिक सबै क्षेत्रबाट अघि बढोस् भन्ने मेरो कामना छ । नयाँ वर्षलाई शुभ साइतका रुपमा मानेर हरेक नागरिक आ आप्नो कर्म मा जुट्यौ ।विगत वर्षलाई भुलेर नयाँ वर्षलाई थप उत्साह र उमंगका साथ सबै नेपालीले बिताउने प्रण गरौँ । देशको जतिसुकै कठिन परिस्थितिमा पनि निरास नभई आशावादी बन्ने कोसिस गरौँ । गतवर्ष सुरुवातदेखि नै मुलुक विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण बाट गुज्रनु परेको थियो र हालसम्म पनि त्यसैको त्राशमा बाच्न विवस छौँ । सारा विश्वलाई नै एकैसाथ आक्रमण गरेको कोरोना भाइरसका कारण कुनै पनि क्षेत्र अछुतो रहन सकेन। उद्योग कलकारखाना, होटल, पर्यटन, हवाइ क्षेत्र, शैक्षिक संस्था, साना तथा ठूला पसलदेखि दैनिक ज्याला मजदुरी गरी जीविका चलाएका समेत एकैपटक चरम आर्थीक संकटमा परेको यथार्थ लाई अझै भुल्न सकेका छैनौँ । यसबाट सबै भन्दा बढी दैनिक ज्याला मजदुरी हरु मर्कामा परे । यसको प्रत्यक्ष असर मुलुकको अर्थतन्त्रमा प¥यो ।कोरोनाको दोस्रो लहर नेपालमा पुनः देखिएको कारणले केही समय मत्थर भएको कोरोना संक्रमणपछि लयमा फर्कनै लागेको आर्थिक क्षेत्रले फेरि पनि पुरानै नियति भोग्नुपर्ने हो कि भन्ने चिन्ता थपिएको छ । यही अवस्था रहरिह्यो भने विगत वर्ष जस्तै यो नयाँ वर्ष पनि उमंग भन्दा चिन्ता र भयमै बित्ने संकेत देखिएको छ । यो चिन्ता र भयबाट पार पाउन सबैको सामुहिक पहल कदमी जरुरी छ । अब कोरोनाबाट कसरी सुरक्षित रहने भन्नेतर्फ सबै सचेत हुनु आवश्यक छ । सबै स्वास्थ्य सुरक्षाका मापदण्डमा ध्यान दिन सकियो भने पक्कै पनि कोरोना हामी सँग आउने छैन । कोरोना कहरबाट मुलुक आक्रान्त भइरहेकै बेला मुलुकले राजनीतिक संकटको सामना गरेर अघि बढ्यो । सत्तासीन दलको आन्तरिक विवादका कारण हामीले संसद् विघटनको असफल प्रयासको सामना गर्नुप¥यो । झन्डै दुईतिहाइ जनताको समर्थन बटुलेर गठन भएको सरकारसमेत धरापमा परेको छ । कारण नेताहरुको सत्तास्वार्थ नै हो । राजनीतिक दलको यो गतिविधि देख्दा जनता चरम निरासामा छन् । उनीहरूको चाहनामाथि कुठाराघात भएको छ । मुलुकमा राजनीतिक संकट अझै गहिरिँदै गइरहेको छ। अहिलेको अवस्था हेर्दा मुलुक यो संकटबाट सजिलै उम्कन सक्ने अवस्थामा छैन। यसका लागि राजनीतिक दल सत्तास्वार्थको संकीर्ण सोचबाट माथि उठ्नु जरुरी छ । नेताहरुले सत्ता र शक्तिलाई मात्रै ध्यान दिने मानसिकता त्याग्नुपर्छ । राजनीतिक दलले सत्ता स्वार्थको संकीर्ण सोच हटाउनुपर्छ। हामी सबै मिलेर मुलुकलाई राजनीतिक, सामाजिक र आर्थिक रूपले सवल बनाउने कुरामा ध्यान दिन सिकौं । यहि छ मेरो नयाँ बर्षको शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *